ग्रहण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सूर्यग्रहणको एक दृष्य
बुध ग्रह सूर्यको अगाडी बाड जाँदै , १० मे सन् २०१६

संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ।

सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो। ग्रहण औंसीपूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ।

चन्द्रग्रहण[सम्पादन गर्ने]

चन्द्रग्रहणमा पृथ्वी, चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ। यस स्थितिअनुसार पृथ्वीको छायाँ चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो। यसअर्थले पनि सूर्य वा चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ। ग्रहण खग्रासखण्डग्रास गरी दुई प्रकारको छ।ज्योतिषीय भाषामा ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ।

सूर्यग्रहण[सम्पादन गर्ने]

सूर्य पृथ्वीको सबैभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो।सौर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै क्रममा पृथ्वी र सूर्यबीच चन्द्रमाको छायाँ पर्दा सूर्यग्रहण देखिन्छ। सूर्य र चन्द्रको अवस्था सूर्य चन्द्रमाभन्दा करिब चारसय गुना ठूलो र त्यति नै परिमाणमा टाढा रहेको छ। यसैकारण पनि पृथ्वीबाट हेर्दा सूर्य र चन्द्र लगभग उत्रै देखिन्छ। जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचमा पर्छ तब, चन्द्रमाले सूर्यलाई छेक्छ। यसबेला पृथ्वीका मानिसले आंशिक वा पूर्णरूपले सूर्यलाई देख्न सक्दैनन्। यस्तो प्रक्रिया सूर्यग्रहणमा विपरीत दिशामा रहेको सूर्यलाई आफ्नो मार्गबाट गइरहेको चन्द्रमाले छेक्ने हुनाले यो ग्रहण छोटो समयको लागि मात्र हुने गर्दछ

चन्द्रग्रहण र सुर्यग्रहण[सम्पादन गर्ने]

वैज्ञानिकहरूका अनुसार सूर्य ग्रहण एकपटकमा दुईसय ६९ किलोमिटर फराकिलो क्षेत्रबाट हेर्न सकिन्छ । सूर्यग्रहण फरक फरक ठाउँबाट फरक फरक देखिन्छ तर, चन्द्रग्रहण भने ग्रहण देखिने सबै ठाउँबाट उस्तै देखिन्छ। पृथ्वीमा बसेर आफ्नो पहुँच बाहिरको ग्रहहरूको गतिको गणना गरेर निर्दिष्ट समयमा ग्रहण लाग्ने भविष्यवाणी गर्नु कम चुनौती वा रोचक विषय होइन। महिनाको दुईपटक सूर्य र चन्द्रको संयुक्ति हुने र त्यति नै बेला ग्रहणको सम्भावना हुन्छ तर पनि सबै औंसी र पूर्णिमामा ग्रहण लाग्दैन। एक वर्षको अवधिमा ५ वटा सूर्यग्रहण र दुईवटा चन्द्रग्रहण वा चार वटा सूर्यग्रहण र ३ वटा चन्द्रग्रहण लाग्नसक्ने खगोलशास्त्रीहरूको भनाइ छ।

धर्मशास्त्रमा ग्रहण[सम्पादन गर्ने]

मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाइन्छ। ऋग्वेदलगायत ब्राह्मणगन्थहरूमा सूर्यलाई अन्धकारले ढाक्ने सन्दर्भका प्रसंग आउँछन्। वैदिक कालगणनाका लागि ३४ सय वर्षअघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन। त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन्।

पुराणमा ग्रहण धर्मशास्त्रहरूले समेत सूर्यग्रहणको समयमा गरिने कार्यहरूको महत्त्व अन्य समयको भन्दा बढि भएको बताएका छन्।‘ग्रहणको समय सबै स्थानका जल गंगाजल समान पवित्र हुन्छन्। सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भनिएको छ पौराणिक ग्रन्थहरूमा।

ग्रहण र विश्वास[सम्पादन गर्ने]

पुराणमा ग्रहण हुनुलाई सूर्य र चन्द्रलाई राहुले निलेको भन्ने अर्थ दिइएको छ। त्यसैले यसबेला सुतक लाग्ने हुनाले हाम्रा पञ्चांगहरूमा ग्रहणसमयमा गर्नुपर्ने नियमहरू बताइएका पाइन्छन्।

ग्रहणको समयमा भोजन[सम्पादन गर्ने]

सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ।

धार्मिक शास्त्र अनुसार मानिसले भोजन गुर्न हानिकारक मात्र होइन स्वास्थ्य प्रति प्रतिकुल समेत हुने बताइएको छ । यस्तोमा चन्द्रमामा पर्ने असरको सिंधा रुप अन्नमा पर्ने भएकाले अन्न ग्रहण नगर्नु जायज मानिंदै आएको छ।

यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ। ज्योतिषशास्त्रमा ग्रहण लागेको राशि र नक्षत्रलाई दोषयुक्त मान्दै ती राशि र नक्षत्रमा जन्मेकाहरूका व्यक्तिहरूलाई पीडा हुने बताइएको छ। ग्रहणका कार्य यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यको लागि त्यागिन्छ। ग्रहणको समयमा सूर्यबाट प्राप्त हुने उर्जामा केही गडबडी पैदा हुने हुँदा यस समयमा सम्पूर्ण प्राणीलगायत मानिसमा समेत नकारात्मक असर पर्दछ। यसकारण पनि ग्रहणको समयमा भोजनादि त्यागेर मनलाई एकत्रित गरी शुभकार्य मात्र गर्नु धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयुक्त मान्न सकिन्छ।

ग्रहण लाग्दा के-के गर्नु हुँदैन ?[सम्पादन गर्ने]

पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।

ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ ।ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न कामहरू [१] :-

१ यौन सम्बन्ध राख्नु हुँदैन

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउने । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गुणले भरिएको हुने उल्लेख छ ।[१]

२ भोजन नगर्ने

ग्रहण लागेको समयमा भोजन तयार गरिएको छ भने त्यसलाई ग्रहण नगर्ने । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानु । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरू छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।[१]

३ ग्रहणपछि सरसफाइ गर्ने

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरूमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।[१]

४ पुजा नगर्ने

ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।[१]

५ गर्भवती बाहिर जानु हुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराब असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरू उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरू पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]