घेघरी घाँसेफिस्टो
स्वरूप
घेघरी घाँसेफिस्टो | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | P. cinereocapilla
|
वैज्ञानिक नाम | |
Prinia cinereocapilla हड्सन |
घेघरी घाँसेफिस्टो नेपाल लगायत दक्षिण एसियाका भूभागमा पाइने घाँसेफिस्टो एक प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा ग्रे-काउन्ड प्रिनिया (Grey-crowned Prinia) भनिन्छ।
विबरण
[सम्पादन गर्नुहोस्]घेघरी घाँसेफिस्टो मैलो सुन्तले आखीँभौँ, तालु र गर्दन नीलोफुस्रो, पिठ्युँ र ढाड खैरो भएको हुन्छ। यसको लम्बाई ११ सेन्टिमिटर तथा तौल ६ देखि ८.५ ग्राम हुन्छ।
वितरण तथा वासस्थान
[सम्पादन गर्नुहोस्]घेघरी घाँसेफिस्टो दक्षिण एसियामा नेपाल, भुटान र उत्तरी भारत पाइन्छ। नेपालको सन्दर्भमा यो प्रजाति चितवन राष्ट्रिय निकुञ्जमा पाइएको अभिलेख छ। यो प्रजाति १०६५ मिटर भन्दा तलको भूभागमा पाइने गर्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बर्डलाईफ इन्टरनेसनल (२०१२), "Prinia cinereocapilla", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा घेघरी घाँसेफिस्टो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।