चन्दा चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय
चन्दा चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
कार्यकाल
सन् २०२१ जुन ४ – सन् २०२१ जुन २२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
उपराष्ट्रपतिनन्दकिशोर पुन
प्रतिनिधि सभा सदस्य
कार्यकाल
सन् २०१७ – सन् २०२१
निर्वाचन क्षेत्रसमानुपातिक प्रणाली
व्यक्तिगत विवरण
जन्म (1974-07-18) १८ जुलाई १९७४ (उमेर ४९)
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
मातृ शिक्षाप्रतिष्ठानअनुराग नरायण कलेज, पटना
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्

चन्द चौधरी एक नेपाली राजनीतिज्ञ र सन् २०२१ जुन ४ देखि सन् २०२१ जुन २२ सम्म मात्र १८ दिनको कार्यकालको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिइन्। नेपालको सर्वोच्च अदालतको परमादेशपछि उनको कार्यकाल समाप्त भएको थियो जुन अहिले सम्मकै नेपालको इतिहासमा सबैभन्दा छोटो अवधिको मन्त्रिपरिषद् रहेको थियो।[१] उनी नेपालको सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्।[२] उनी राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट सामानुपातिक सदस्यको रूपमा संसद सदस्य भएकी हुन्।[३][४][५][६] एक अन्तर्वार्तामा चन्दले आफू बलात्कारका दोषीलाई मृत्युदण्डको सजाय दिने पक्षमा रहेको बताएकी थिइन्।[७]

अन्य पदहरू[सम्पादन गर्नुहोस्]

  • पूर्व युवा तथा खेलकुद सहायक मन्त्री
  • नेपाल भारत महिला मैत्री समाज (अध्यक्ष)
  • तराई मधेस लोकतान्त्रिक पार्टी (केन्द्रीय सदस्य)
  • तराई मधेस महिला सङ्घ (अध्यक्ष)
  • संयोजक, भारतीय मूलका मानिसहरूको उद्योग वाणिज्य सङ्घ, नेपाल[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२२ 
  2. "Chanda Chaudhary", hr.parliament.gov.np (en-USमा), अन्तिम पहुँच १० अगस्ट २०१९ 
  3. Bhattarai, Kamal Dev, "The woeful presence of Nepali women in politics and government", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ अगस्ट २०१९ 
  4. "Deliberation on policies, programs begins today", Setopati (en-USमा), अन्तिम पहुँच १० अगस्ट २०१९ 
  5. Republica, "MPs for open competition for joint secretary", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ अगस्ट २०१९ 
  6. ANI (२० मे २०१९), "RJP-Nepal urges government to publicly release Madhesh movement report", Business Standard India, अन्तिम पहुँच ११ अगस्ट २०१९ 
  7. "‘I am in favour of death penalty for rapists’", The Himalayan Times (en-USमा), १२ नोभेम्बर २०१८, अन्तिम पहुँच ११ अगस्ट २०१९ 
  8. "PIOCCI", www.piocci.org, अन्तिम पहुँच ११ अगस्ट २०१९  वेब्याक मेसिन अभिलेखिकरण ११ अगस्ट २०१९ मिति