चन्द्रिका कुमारतुङ्गा
चन्द्रिका कुमारतुङ्गा | |
---|---|
पाँचौ श्रीलङ्काको राष्ट्रपति | |
कार्यकाल १२ नोबेम्बर १९९४ – १९ नोबेम्बर २००५ | |
प्रधानमन्त्री | सिरिमावो बन्दरानाइके रत्नश्री विक्रमनायके रणिल बिक्रमासिंघे महिन्दा राजपाक्ष |
पूर्वाधिकारी | Dingiri Banda Wijetunga |
उतराधिकारी | महिन्दा राजपाक्ष |
११औँ श्रीलङ्काको प्रधानमन्त्री | |
कार्यकाल १९ अगस्ट १९९४ – १२ नोबेम्बर १९९४ | |
राष्ट्रपति | Dingiri Banda Wijetunga |
पूर्वाधिकारी | रणिल बिक्रमासिंघे |
उतराधिकारी | सिरिमावो बन्दरानाइके |
श्रीलङ्का फ्रिडम पार्टीको नेता | |
कार्यकाल १९९४–२००६ | |
पूर्वाधिकारी | सिरिमावो बन्दरानाइके |
उतराधिकारी | महिन्दा राजपाक्ष |
व्यक्तिगत विवरण | |
जन्म | चन्द्रिका बन्दरानाइके २९ जुन १९४५ कोलम्बो, ब्रिटिस सिलोन |
राजनीतिक दल | श्रीलङ्का फ्रिडम पार्टी |
जीवन साथी | विजय कुमारातुंगा (१९७८–१९८८) |
सन्तान(हरू) | २ |
अभिभावक(हरू) | एस.डब्लु.आर.डी बन्दरानाइके (पिता) सिरिमावो बन्दरानाइके (आमा) |
निवास | होरगोल्ला वालुवा |
हस्ताक्षर | |
वेबसाइट | Official website |
चन्द्रिका कुमारतुङ्गा (सिंहली: චන්ද්රිකා බණ්ඩාරනායක කුමාරතුංග ,तमिल: சந்திரிகா பண்டாரநாயக்க குமாரதுங்க; जन्म २९ जुन १९४५) एक श्रीलङ्काली राजनीतिज्ञ हुन् जसले १२ नोबेम्बर १९९४ देखि १९ नोबेम्बर २००५ सम्म श्रीलङ्काको पाँचौ राष्ट्रपतिको रूपमा सेवा गरेकि थिइन् । अहिलेको मिति सम्म उनी देशको एक मात्र महिला राष्ट्रपति हुन्। उनी २००५ सम्म श्रीलङ्का फ्रिडम पार्टी को नेता समेत भाएकी थिइन्। [१][२] २०१५ मा उनी राष्ट्रिय एकता तथा पुननिर्माण कार्यालयको अध्यक्ष चयन भइन् ।[३]
प्रारम्भिक जीवन र परिवार
[सम्पादन गर्नुहोस्]चन्द्रिका बन्दरानाइकेको जन्म जुन २९, १९४५ मा कोलम्बोमा भएको थियो। उनको परिवार अर्को वर्ष रोसमेड प्लेस , कोलम्बोमा बसाई सर्यो ।
उनका पिता एस.डब्लु.आर.डी बन्दरानाइके अक्सफार्डबाट दीक्षित थिए, जो उनी जन्मेको समयमा स्थानीय प्रशासन मन्न्री थिए।
शिक्षा
[सम्पादन गर्नुहोस्]चन्द्रिकाको शिक्षा सेन्ट ब्रिजेट कन्भेन्ट , कोलम्बोमा भयो र रोमन क्याथोलिक याक्युनस विश्वविद्यालयमा कानुनको अध्ययनको लागि भर्ना भइन् । तर, उनले पढाई नसक्दै याक्युनस छोडेर छात्रवृत्तिमा पढ्न फ्रान्स गईन । उनले १९६८ देखि १९७३ सम्म पढेर विकास अर्थशास्त्रमा पी.एच.डी गरिन् ।[४][५] उनी धाराप्रवाह सिन्हाला भाषा, अङ्ग्रेजी भाषा र फ्रान्सेली भाषा बोल्न सक्थिन्।[६]
सुरुको राजनीति
[सम्पादन गर्नुहोस्]उनी १९७२ मा श्रीलङ्का फर्किन। उनकी आमा दोश्रो पटक श्रीलङ्काको प्रधानमन्त्री बनेकी थिइन् र सामाजिक विकासको बृहत कार्यक्रममा १९७१ मा कम्युनिस्ट बाधा भोग्नु परेको थियो।[७] श्रीलङ्का फर्केपछि उनी आफ्नी पिताले सुरु गरेको र अहिले आमाले नेतृत्वको कार्यक्रमको सक्रिय सदस्य बनिन ।१९७४ मा उनी महिला सङ्घको कार्यकारी समितिको सदस्य बनिन ।
शक्तिमा उदय
[सम्पादन गर्नुहोस्]जेभीपी बिद्रोहको अन्त्य पछि , चन्द्रिका १९९०मा देशव्यापी भ्रमण गरेर राजनीतिमा लागिन्। १९९३ मा उनी पश्चिमी प्रादेशिक परिषदको निर्वाचनमा उनी मुख्य मन्त्रीमा बिजयी भइन् ।
प्रधानमन्त्री
[सम्पादन गर्नुहोस्]१९९४ को निर्वाचन पछि, उनी श्रीलङ्का फ्रिडम पार्टीको नेता बनिन। यो निर्वाचनमा उनी गम्पाहा जिल्लाबाट अगस्ट १९९४ मा निर्वाचित भइन् । सिलोन वर्कर्स पार्टीको सहयोगमा १९ अगस्ट १९९४ मा उनको गठबन्धनले चन्द्रिका प्रधानमत्री को सरकार बन्यो जहाँ उनको आमा समेत मन्त्रिपरिषद्को सदस्य थिइन् ।[८] तत्काल नोबेम्बरमा राष्ट्रपति निर्वाचनको आह्वान गरियो।
राष्ट्रपति
[सम्पादन गर्नुहोस्]राष्ट्रपति निर्वाचनमा उनको बिपक्षी गामिनी दिसानायाके थिए। तर लिट्टेको आत्मघाती बम विष्फोटमा दिसनायाकेको हत्या भएपछि उनकी बिधवा पत्नी श्रीमा दिसनायाकेले उनको मनोनयन फिर्ता लिइन्। १९९४ को राष्ट्रपतिय निर्वाचनमा चन्द्रिका ६२.२८ % मत ल्याउदै विजयी भइन् । १९९४ नोबेम्बरमा श्रीलङ्काको प्रथम महिला राष्ट्रपति भएपछि, उनले प्रधानमन्त्रीको आफ्नो उत्तरधिकारीको रूपमा आफ्नी आमा सिरिमावो बन्दरानाइकेलाई नियुक्त गरिन् ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]चन्द्रिकाको विवाह चलचित्रकर्मी तथा राजनीतिज्ञ विजय कुमारतुङ्गासँग १९७८ मा भएको थियो, जसको १६ फेब्रुअरी १९८८ मा हत्या भयो।
सम्मान
[सम्पादन गर्नुहोस्]चन्द्रिका कुमारतुङ्गालाई २०१८ मा फ्रेन्च पदक कमान्डर अफ लिजन अफ अनरले सम्मानित गरियो।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "BBC Profile: Chandrika Kumaratunga", BBC News, २६ अगस्ट २००५।
- ↑ "चन्द्रिका"।
- ↑ "Former President Chandrika Kumaratunga, Chairperson of the Office for National Unity and Reconciliation addresses the High Level Thematic Debate on UN, Peace & Security - Sri Lanka", www.un.int, अन्तिम पहुँच ७ नोभेम्बर २०१८।
- ↑ "Alumni - Sciences Po International", www.sciencespo.fr, ४ फेब्रुअरी २०१५, अन्तिम पहुँच ७ नोभेम्बर २०१८।
- ↑ "Chandrika awarded France’s Highest National Honour", Daily News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-२२।
- ↑ "Chandrika Kumaratunga: Politics in the blood", BBC News, ९ अक्टोबर २०००।
- ↑ President Kumaratunga, www.priu.gov.lk/execpres/bbk.html; Chandrika Kumaratunga, www.clubmadrid.org/en/miembro/chandrika_kumaratunga, both retrieved 7 Sept 2014
- ↑ Prime Ministers
- ↑ "Chandrika becomes first Sri Lankan to be awarded France’s highest national order | FT Online", www.ft.lk (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-२२।
- सिंहली भाषा पाठ समावेश भएका लेखहरू
- श्रीलङ्काका राष्ट्रपतिहरू
- जीवित मानिसहरू
- श्रीलङ्काका प्रधानमन्त्रीहरू
- सन् १९४५ मा जन्म
- महिला राष्ट्रप्रमुखहरू
- महिला प्रधानमन्त्रीहरू
- महिला राष्ट्रपतिहरू
- महिला सरकार प्रमुखहरू
- महिला रक्षा मन्त्रीहरू
- सिन्हाली राजनीतिज्ञहरू
- महिला वित्त मन्त्रीहरू
- श्रीलङ्काली बौद्ध धर्मावलम्बीहरू
- राष्ट्रिय नेतृत्वकर्ताका बच्चाहरू
- पश्चिमी प्रान्त, श्रीलङ्काका मुख्यमन्त्रीहरू
- बन्दरानाइके परिवार
- एसियाका महिला राष्ट्रपतिहरू
- एसियाका पहिलो महिला राष्ट्रपतिहरू
- २१औँ शताब्दीका महिला राष्ट्रपतिहरू