चम्पादेवी ककनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चम्पादेवी ककनी ओखलढुंगा सदरमुकामदेखि करिब १२ कोस पश्चिम र रामेछापको साँघुटारदेखि झन्डै ६ कोस पूर्वमा अवस्थीत छ। यो सुन्दर लेक प्रकृतिको अनुपन देन नै हो। रैथानै शेर्पागुरुङ जातिको परम्परागत संस्कृति, धामीझाँक्री विद्या सिक्ने थलो र हिन्दु धर्मावलम्बीको विश्वासको देवीथानसमेत रहेकाले पर्यटकको आकर्षक गन्तव्य हो।

भौगोलिक र पर्यटकीय रूपले मात्र सुन्दर नभएर ककनी क्षेत्र वनमा पाइने जडीबुटीका लागि पनि प्रख्यात छ। लोक्ता, अर्गेली, सुनाखरीसँगै चिराइतोलगायतका बहुमूल्य जडीबुटीहरू ककनी क्षेत्रमा पाइन्छन्। दोलखाको बाटो भएर जादा सुन्दर पोकली झरना हेर्न पाउँछन्। टाढाबाट हेर्दा भीरमा सेतो धागो उनिएजस्तै गरी झरेको पोकली झरनाले यात्रालाई रोमाञ्चक बनाउँछ। मनै लोभ्याउने हरियाली, उकालो, तेर्सो र ओरालीहरूमा भेटिने चौतारीहरू, भेडीगोठका लावालस्कर र गोठालासँग अघिपछि गर्ने झ्याप्ले कुकुरहरूले गर्दा यात्रालाई अझ रोचक बनाएको हुन्छ। भीमेश्वर हुँदै पोकली झरना पुगेर केही अघि बढेपछि चम्पादेवी ककनी पुगिन्छ।

ककनीबाट देखिने सूर्योदय र सूर्यास्तको मनमोहक क्षण सम्झन लायक हुन्छ। मकालु, लोप्से, आमादब्लम, गौरीशंकर हिमशृंखलासम्मको अवलोकन पनि गर्न सकिन्छ। स्थानीयबासीले व्यवस्थित पारेको होमस्टेले खानेबस्ने चिन्ता भगाउँछ। कोदोआलुको ढिँडोसँग लोकल कुखुराको मासु खान पाइन्छ। काठमाडौँ उपत्यकाबाट विमान चढेर रुम्जाटार हुँदै एकदिनमा पुग्न सकिन्छ भने सडक भएर रामेछापको मन्थली वा सिन्धुलीको खुर्कोटबाट साँघुटार हुँदै दुई दिन लाग्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]