चाँपाइ नबाबगञ्ज जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चाँपाइ नबाबगञ्ज
চাঁপাইনবাবগঞ্জ
—  जिल्ला  —
Chapai landmarks.jpgचाँपाइ नबाबगञ्जका एेतिहाँसिक स्थलहरू (माथिबाट घडिको सुइको दिशा तर्फ): गोनो कबार (चिहान), सोना मस्जिद (छड्के दृश्य), युद्ध स्मारक, तोहाखाना मस्जिद, कप्टान जँहागिर पुल, अाँप, सोना मस्जिद
उपनाम(हरू): नबाबगञ्ज
बङ्गलादेशको नक्शामा चाँपाइ नबाबगञ्जको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग राजशाही
स्थापना १९८४ सिइ
सरकार
 - संसद चाँपाइ नबाबगञ्ज-१, चाँपाइ नबाबगञ्ज-२, चाँपाइ नबाबगञ्ज-३
क्षेत्रफल
 - जम्मा १,७०२.५५ किमी (६५७.४ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - जम्मा १,६४७,५२१
 जनघनत्व ९६७.७/किमी (२,५०६.३/वर्ग मी)
मूलबासी नाम चाँपाइ नबाबगञ्जी , नबाबगञ्जी, राजशनहीयो
समय क्षेत्र बङ्गलादेशी समय (युटिसी+६)
हुलाक कोड ६३००

चाँपाइ नबाबगञ्ज (बङ्गाली: চাঁপাইনবাবগঞ্জ জেলা) बङ्गलादेशको उत्तर- पश्चिममा अवस्थित एक जिल्ला हो । यो जिल्ला राजशाही विभागमा पर्छ । यो जिल्ला ब्रिटिस भारतको मालदह जिल्ला उप-विभागको रुपमा रहेको थियो भने सन् १९८४ मा यो एक छुट्टै जिल्ला रुपमा स्थापित भएको थियो । [१]

भूगोल[सम्पादन गर्ने]

अवस्थिति[सम्पादन गर्ने]

चाँपाइ नबाबगञ्ज जिल्ला बङ्गलादेशको सुदर पश्चिममा पर्छ भने यो जिल्ला २५°२५' देखि २४°५८' उत्तर अक्षांश र ८९°०१' देखि ८८°३०' पुर्व देशान्तरणमा अवस्थित छ । चाँपाइन बाबगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७०२.५६ वर्ग किलोमिटर अोगटेको छ । यस जिल्लालाई भरातको बङ्गाल राज्यले उत्तर, दक्षिण र पश्चिमबाट घेरेको छ भने यस जिल्ला पुर्वमा राजशाही र नोवागाँउ जिल्ला रहेका छन् ।

भौगोलिक अवस्था[सम्पादन गर्ने]

चाँपाइ नबाबगञ्ज जिल्ला राजशाही विभागमा पर्छ र यस जिल्लामा थुप्रै नदिहरू रहेका छन् जसमध्ये गंगा र महानन्दा यहाँका प्रमुख नदिहरू हुन् ।[२]

यस क्षेत्र को अधिकतर जमीन समथल छन् भने यहाँ धेरै मात्रमा ससाना तालाबहरु र जल भण्डारहरू रहेका छन् । तर भर्खरै, भूगोल पद्मा (गंगा) नदीमा अाएको बाढीका कारण यस क्षेत्रको जमिनहरू परिवर्तन भएका छन् । पध्मा नदीको किनारमा बालबा भारीमात्रामा रहेको हुँदा ठूलो क्षेत्र बनाएको छ जुन लगभग एक सानो मरुभूमि जस्तो देखिन्छ । नरेन्द्रनगर, जोहूरपुर, सुन्दूरपुर, बाघ्डंगा जस्ता चार देखि पाँचवटा सानो सङ्घीय परिसदहरू पद्मा नदीको अर्को छेउमा सारिएको छ ।

मौसम[सम्पादन गर्ने]

चाँपाइ नबाबगञ्ज राजशाही सहरसँग जोडिएको छ र दुई क्षेत्रमा एकै किसिमको मौसम छ । कोपेन जलवायु वर्गीकरणका अनुसार यस जिल्लाको मौसम उष्ण र सुख्खा खालको छ । यस जिल्लामा वार्सिक कम वर्षा हुने र अत्याधिक गर्मीहुने गरेको छ । यस जिल्लामा गृष्म ऋतु मार्च महिना देखि मध्य जुलाई सम्म चल्छ । हिउँद ऋतुमा यस जिल्लाको तापक्रम ७ देखि १६ डिग्री मापन गरिन्छ भने यस जिल्लामा वार्सिक १,४४८ मिलिमिटर वर्षा हुने गरेको छ । [३]

जनसङ्ख्या[सम्पादन गर्ने]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या १४,२५३,२२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७,२५३,५४ छ भने महिलाको जनसङ्ख्या ६,९९९,६८ रहेको छ । यस जिल्लाको जनधनत्व ९४८ प्रति वर्ग किलोमिटर रहेको छ । धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या १३,५७५,२४ रहेको छ भने हिन्दु धर्मको जनसङ्ख्या ६०,८०९ छ । त्यस्तै गरि बुद्ध धर्मको जनसङ्ख्या ४,४९३, इसाई धर्मको ९८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३,३९८ रहेको छ । यस जिल्लामा सन्तल, मुन्डा,मुसहर, राजवंशी अादि जनजातिहरू बसोबास गर्ने गर्छन् ।

अर्थतन्त्र[सम्पादन गर्ने]

यो जिल्लामा मुख्यतया समथल जमिन र विभिन्न नदिहरू छन् । यस जिल्लाको लगभग सबै क्षेत्रमा सिंचाई सुविधाको भएका कारण यहाँको जमिन एकदमै उर्वर छ र यहि करण यस जिल्लाको अर्थतन्त्र कृषिमा पूर्णतया निर्भर छ । यस जिल्लामा थुप्रै नदिहरू रहेका छन् जसका कारण धेरै मानिसहरू माछा र अन्य सम्बन्धित क्रियाकलापमा निर्भर छन् । चाँपाईनबाबगञ्ज जिल्लालाई जसलाई देश भरिकै अाँप उत्पादक रुपमा लिइन्छ । किनकि यो गर्मीमा फल्ने फल हो जुन यस जिल्लाको अर्थव्यवस्थालाई निरन्तरता दिने मुख्य उत्पादन हो । आँप उत्पादनको मुख्य भाग शिबिगञ्ज, भोलाहाट र गेस्टोस्टापुर उप-जिल्ला हुन् ।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ५७.१३% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.१६% मजदुरी, व्यापार र उद्योगमा १.३५%, वाणिज्यमा १७.०५%, सञ्चार र यातायातमा १.७६%, रेमिटेन्समा ०.६९%, सरकारी कार्यलयहरूमा ४.४५% ,धर्म सेवामा ०.१७% र अन्यमा ९.१५% रहेका छन् ।

शिक्षा[सम्पादन गर्ने]

এক্সিম ব্যাংক কৃষি বিশ্ববিদ্যালয়

यस जिल्लाको कुल साक्षरता दर ३५.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३७.४% छ भने महिलाको साक्षरता दर ३४.४% रहेको छ । यस जिल्ला उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्: अदिना फजुल हक क्याम्पस (१९३८), नबाबगञ्ज सरकारी क्याम्पस (१९९५), नबाबगञ्ज मोहिला क्याम्पस (१९६६), रहानपुर यसुफ अलि क्याम्पस (१९६७), कनसात सुलेमान डिग्री क्याम्पस (१९६८), गमस्तपुर ससुलेमान मिया क्याम्पस अादि ।

यातायात[सम्पादन गर्ने]

प्रशासन[सम्पादन गर्ने]

प्रशासनिक चाँपाइ नबाबगञ्ज जिल्ला सन् १९४७ सम्म मालदाह जिल्लाको नबाबगञ्ज थानाको रुपमा रहेको थियो र त्यसको केही वर्षपछि बङ्गालको विभाजनमा यो राजशाही जिल्लाको उप-जिल्लाको रुपमन स्थापित भएको थियो । सन् १९८४ मा यस क्षेत्रलाई छुट्टै जिल्लाको रुपमा पुन स्थापित गरियो । ययश जिल्लामा हाल पाँचअोटा उप-जिल्लाहरू रहेका छन् जसमध्ये शिवगञ्ज जिल्ला सबैभन्दा ठूलो (५२५.४३ वर्ग किलोमिटर) उप-जिल्ला हो जसले चाँपाइ नबाबगञ्जको कुल क्षेत्रफलको ३०.८६% अोगटेको छ भने भोलाहाट सबैभन्दा सानो (१२३.५२ वर्ग किलोमिटर) उप-जिल्ला हो । यस जिल्लाका उप-जिल्लाहरू यस प्रकार छन्:

  • गोमस्तपुर उप-जिल्ला
  • भोलाहाट उप-जिल्ला
  • नाचोल उप-जिल्ला
  • शिवगञ्ज उप-जिल्ला
  • नबाबगञ्ज सदर उप-जिल्ला

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "चाँपाइ नबाबगञ्ज जिल्लाको जानकारी", बङ्गलापिडिया। 
  2. "नबाबगञ्ज बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग", मूलबाट १२ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०१५ 
  3. "चाँपाइ नबाबगञ्ज जिल्लाको मौसमी जानकारी", गेट अ म्याप। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]