चीर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चीर
Catreus wallichii
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Catreus

Cabanis, 1851
प्रजाति:
C. wallichii
वैज्ञानिक नाम
Catreus wallichii
(Hardwicke, 1827)
जापानको क्योटो चिडियाघरमा रहेको चिर

चीर (वैज्ञानिक नाम: Catreus wallichii)[२][३][४][५][६][७] फिजान्ट परिवारको संवेदनशील अवस्थामा प्रजाति हो। यो चरा क्याट्रेअस वर्गमा पर्ने एक मात्र प्रजाति हो। यसलाई अङ्ग्रेजीमा चिर फिजान्ट (Cheer Pheasant) भनिन्छ।

शारीरिक विबरण[सम्पादन गर्नुहोस्]

चीरको लामो, चौडा तेर्सो धर्सा भएको पुच्छर, स्पष्ट कल्की र अनुहारको छाला रातो हुन्छ। भाले पोथी भन्दा बढी सफा र स्पष्ट रूपले अङ्कित, साथै पिठ्युँमा राम्ररी चिनिने तेर्सा धर्साहरु, चिन्ह रहित गर्दन र पुच्छर वारपार र बढी चौडा तेर्सो धर्सो हुन्छ। यसको वयस्क भालेको नाप ९० देखी ११८ से.मी. र पोथीको नाप ७६ से.मी. हुन्छ।

भौगोलिक वितरण[सम्पादन गर्नुहोस्]

चिर नेपाल लगायत भारत (कश्मिर) र पाकिस्तानको हिमाली क्षेत्रहरूमा पाइने गर्छ। उत्तर पाकिस्तानको पश्चिमी हिमालयबाट भारत हुदै मध्य नेपालसम्मका क्षेत्रमा यसको अवस्थिति छ। यो चरा जाडोमा १८०० मिटर देखि ३०५० मिटर (६००० फिट देखि १०००० फिट) सम्मको उचाँइ सम्म पाइने गर्छ।[८] यो चराको प्रजाति नेपालमा अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जमा पाइने गर्छ।

वासस्थान[सम्पादन गर्नुहोस्]

चीरको लागि उपयुक्त वासस्थान झाडीयुक्त डाँडा र भिरहरु हुन् । कोणधारी तथा चौडापाते जङ्गलका घाँसे पाखाहरूमा यसको अभिलेख भएको छ । विशेष गरी घाँस काटिएको वा आगो लागेर नयाँ बिरुवाहरु उम्रिएको स्थान चीरको प्राथमिकतामा पर्दछ ।

खतरा तथा संरक्षण अवस्था[सम्पादन गर्नुहोस्]

अवैध शिकार र वासस्थानको विनाशका कारण यस प्रजातिहरू आइयुसिएनको रातो सूची संवेदनशील अवस्थामा सूचिकृत छ। नेपालको सन्दर्भमा यसको प्रजातिलाइ यो सङ्टापन्न अवस्थामा राखिएको छ। यो चरा मानवबस्ती र खेतबारी छेउछाऊ बस्न रूचाउने हुनाले शिकारको जोखिममा पर्न गएको छ।[१]

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ BirdLife International (2004). Catreus wallichi. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 11 May 2006.
  2. (1996) , database, NODC Taxonomic Code
  3. Dickinson, Edward C., ed. (2003) , The Howard and Moore Complete Checklist of the Birds of the World, 3rd edition
  4. (2005) , website, Zoonomen - Zoological Nomenclature Resource, 2005.05.23
  5. (2005) , website, 2004 IUCN Red List of Threatened Species, 06-Jun-2005
  6. (2005) , website, U. S. Fish and Wildlife Service Endangered Species Program-06/05
  7. (1996) , database, U. S. Dept. Interior
  8. Baker, EC Stuart (1918) The game birds of India, Burmay and Ceylon. J. Bombay Nat. Hist. Soc. 26(1):1-5 scan

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=चीर&oldid=976612" बाट अनुप्रेषित