छक्का पन्जा २

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(छक्का पञ्जा २बाट अनुप्रेषित)
छक्का पन्जा २
निर्देशकदीपाश्री निरौला
लेखकदीपाश्री निरौला
दीपक राज गिरी
निर्मातादीपाश्री निरौला
दीपक राज गिरी
केदार घिमिरे
जितु नेपाल
मुख्य कलाकारदीपक राज गिरी
केदार घिमिरे
प्रियङ्का कार्की
जितु नेपाल
वर्षा राउत
बुद्धि तामाङ
स्वस्तिमा खड्का
आयुस्मान जोशी
सम्पादनविपिन मल्ल
वितरक
कम्पनी
आमा सरस्वती फिल्म
प्रदर्शन मिति
११ भदौ २०७४ नेपाल
अवधि
१३५ मिनेट
देशनेपाल
भाषानेपाल
बजेटरु १.५ करोड
बक्स अफिसरु १५ करोड [१]

छक्का पन्जा २ एक नेपाली कथानक हास्यप्रधान चलचित्र हो। यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ। यसलाई दीपा श्री निरौलाले निर्देशन गरेकी थिइन्। यसको पटकथा दिपकराज गिरी र दीपा श्री निरौलाले संयुक्त रूपमा लेखेका थिए।[२] यसका निर्माता दीपा श्री निरौला, दिपकराज गिरी, केदार घिमिरे र जितु नेपाल हुन्। यो चलचित्र आमा सरस्वती मुभिज नामक स्टुडियो मार्फत निर्माण गरिएको थियो।[३] यो छक्का पन्जा चलचित्र संस्करणको दोस्रो चलचित्र हो। चलचित्रमा प्रमुख भूमिकामा दीपक राज गिरी, केदार घिमिरे, बुद्धि तामाङ, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, आयुस्मान जोशी, जितु नेपाल, वर्षा राउत र नवनायक स्वरूप पुरुष ढकाललाई देख्न सकिन्छ।[४]

छक्का पन्जा २ लाई नेपालका विभिन्न प्रमुख सहरहरूमा प्रदर्शन गरिएको थियो र पछि यसलाई विश्वव्यापी रूपमा सार्वजनिक गरिएको थियो।[५] यो छक्का पन्जा पछिको सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र पनि हो।[६] महजोडीको ‘दाल भात तरकारी’ नामक चलचित्रको प्रदर्शन मिति एक साता पछाडि सरेपछि उक्त मितिमा ‘छक्का पन्जा २’ पुन: अर्को पटक प्रदर्शन गरिएको थियो जसले आलोचना समेत खेपेको थियो। [७]

पात्रहरू[सम्पादन गर्नुहोस्]

कथावस्तु[सम्पादन गर्नुहोस्]

यो सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। तीन जना साथीहरू प्रज्जल (स्वरूप ढकाल), सरस्वती (जितु नेपाल) र गौरव (गौरव पहारी) हुन्छन्। गौरव हालसालै अमेरिकाबाट नेपाल वा गाउँ फर्किएका हुन्छन् र विवाह गरेर अमेरिका जान्छन्। गौरवले गाउँ छाडेपछि, प्रज्वल र सरस्वती दुबैले काठमाडौँ जाने निर्णय गरी त्यहाँ पुग्दछन्। सरस्वतीले उनको लोक सेवा तयारीमा जुट्दछन् भने उनका साथी प्रज्वलले अस्ट्रेलिया जाने उनको सपनालाई पछ्याउँदछन्। दुईजना केटीहरू आकाङ्क्षा (स्वस्तीमा खड्का) र व्रिन्दा (वर्षा राउत) ले काठमाडौँमै जीवनयापन गरिरहेका हुन्छन्।

उनीहरू दुबै विद्यार्थी हुन्छन् भने उनीहरूको एउटै उद्देश हुन्छ आइएलटिएस उतिर्ण गरी अस्ट्रेलिया प्रस्थान गर्ने र उनीहरूले तयारी कक्षाहरू लिन थाल्छन्। आकाङ्क्षाकी आमा उमा (प्रियङ्का कार्की), एक वकिल हुन्छिन् भने उनी निकै कडा स्वभावकी हुन्छिन्। उनले छोरीको समस्यसँग जुध्छिन्। केही विकल्प नभेट्टाए पछि, आकाङ्क्षाले प्रवेशाज्ञा कम्पनी सञ्चालन गरिरहेका उनको मामा माग्ने बुढो (केदार घिमिरे) कहाँ पुग्छिन्। त्यहाँ उनले प्रज्वलसँग नक्कली विवाह सम्मन्न गरी आश्रित प्रवेशाज्ञामा अस्ट्रेलिया प्रवेश गर्ने सल्लाह दिन्छन्। पछि, उनीहरूको योजनाले अनुरूप उनीहरू प्रज्वलको गाउँमा पुगेर गाउँ विकास समिति मार्फत कागजात बनाउने तरखरमा जुट्छन् र उनीहरू सुरुमा प्रज्वलको मित बा कहाँ पुग्छन् र सो रात उनीहरू त्यही बस्छन्। उनीहरूले कागजात प्राप्त त गर्छन् तर उनीहरूलाई प्रज्वलकी आमाले नक्की कागजी विवाह गरिरहेको कुरा थाह पाउँछिन् र उक्त कागजात खोस्छिन् र उनीहरूको योजना असफल देखिन्छ।प्रज्वलले विस्तारै आकाङ्क्षालाई मन पराउन थाल्छन् तर उनले उनलाई आकाश (आयुस्मान जोशी)को कहानी सुनाउन थाल्छिन्। आकाश उनको प्रेमी हुन्छन् जुन चाही अस्ट्रेलियामा बसिरहेका हुन्छन्। आकाक्षाले आकाशले उक्त परीक्षामा उच्च अङ्क प्राप्त गरेकी प्रियासँग नक्की विवाह गरी आश्रित प्रवेशाज्ञामा अस्ट्रेलिया प्रवेश गरेको कुरा उनलाई बताउँछिन्।

सबैकुरा राम्रो चलिरहेको बेलामा राजा (दीपक राज गिरी) को आगमन हुन्छ जो आकाङ्क्षाकी आमा उमाकी बाल्यबस्ताको प्रेमी हुन्छन्। उमाले उनले धोका दिएको कुरा बताउँछिन्। राजा हाल प्रहरीका प्रमुख हुन्छन्। उनकै मद्दतले घरबाट भागेका प्रज्वल र आकाङ्क्षालाई उमाले फेला पार्छिन् जसले गर्दा उमाले उनकअं छोरीलाई घर पुर्‍याउँछिन्। आकाङ्क्षाले पुन: प्रवेशाजाको लागि प्रयास गर्छिन् तथापि, उनी पुन: असफल हुन्छिन्। लगत्तै, आकाश अस्ट्रेलियाबाट घर फर्किन्छन् र उनको प्रवेसाज्ञा प्राप्त गर्नबाट प्रज्वलको अधुरो कागजात पेशका कारण भएको कुरा पत्ता लगाउँछन् र उनी निकै रिसाउँछन्। प्रज्वल उनको प्रेम सम्बन्धमा बाँघ लागेका कारण निराश हुन्छन्। आकाङ्क्षा र आकाश विवाह बन्धनमा बाँधिनै लाग्दा उनलाई प्रहरी राजाले गिरफ्तार गर्छन् र उनीहरू दुबैलाई बहुविवाहको मुद्दा दायर गर्दै अदालत पठाउँछन्।

पछि, कहानीले मोड लिन थाल्छ। अदालत कारवाह अगाडि बढिरहँदा, प्रियाको आगमन हुन्छ र उनले आकाशलाई बहुविवाह गरेकोमा दोषारोपण गर्छिन्। प्रियाले सम्बन्ध विच्छेदका लागि आकाशसँग ३ करोड रूपैयाँको माग राख्छिन् जसलाई आकाशले पूर्ण गर्छन् र पछि प्रिया वास्तवमा प्रज्वलकी प्रेमिका रहेको कुराको खुलासा हुन्छ। यो सबै उनीहरूको ३ करोड रूपैयाँ प्राप्त गर्नका लागि षड्यन्त्र रहेको कुरा पनि बाहिर आउँछ। उनीहरूलाई प्रहरीले गिरफ्तार त गर्छ तर उनीहरू कानुनको आधारमा निर्दोष हुन्छन्। उनको बुबाको मृत्यु पश्चात्, गौरव नेपाल फर्किन्छन् र अन्त्यमा, आकाङ्क्षा र आकाशको का साथसाथै प्रज्वल र प्रियाको विवाह हुन्छ र उनीहरू हासी खुसी जीवनयापन गर्छन्।

गीतहरू[सम्पादन गर्नुहोस्]

क्र.सं.शीर्षकगायक/गायिका(हरू)लम्बाइ
१."सरर हुई"दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, टङ्क बुढाथोकी१:०१
२."मत यता किनारमा (झ्याम्म झ्याम्म)"हरिवंश आचार्य, आस्था राउत५:०१
३."ए दाजु नसमाउ"अलमोडा राना उप्रेती, सुजता वर्मा४:१४
छक्का पन्जा २
अल्मोडा राना उप्रेती
को साउन्डट्र्याक एल्बम
जारी११ भदौ २०७४
शैलीचलचित्रको गीत
लम्बाइ१०:१६
लेबलहाइलाइट्स नेपाल
रेकर्ड निर्माता (हरू)दीपक राज गिरी
अल्मोडा राना उप्रेती कालक्रम
छक्का पन्जा छक्का पन्जा २ वडा नम्बर ६

गीतको आलोचना[सम्पादन गर्नुहोस्]

यस चलचित्रमा समावेश गीत "ए दाजु नसमाउ" ले नेपाली लोक गायक कान्छा मगर नेपालीको गीत थियो जसलाई निर्माण पक्षले यसमा कुनै अनुमति बिना नै चलचित्रमा प्रयोग गरेको थियो।[८] त्यसपछि चलचित्रका निर्देशक तथा निर्माता दिपकराज गिरीले मूल गायकलाई श्रेय दिँदै उनीसँग माफी मागेका थिए।[९] यसै चलचित्रको अर्को गीत मत यता किनारमालाई पनि गीत चोरीको आरोप लागेको थियो। यसले नेपाली चलचित्र देवर बाबुको गीत "वासना मिठो कस्तुरीको" सङ्गीतको अंश प्रयोग गरेको थियो र यसले डिमार्चा सङ्गीतिक समूहको झ्याम्म झ्याम्मको गीत चोरेको आरोप पनि लागेको थियो।[१०][११]

व्यापार[सम्पादन गर्नुहोस्]

छक्का पन्जा २ ले प्रदर्शन मितिको ६ दिनमै ६ करोड कमाउन सफल भएको थियो। चलचित्र २०७४ सालको सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र हुन सफल भएको थियो। यसले प्रेम गीत २ को सर्वाधिक कमाईको किर्तिमानीलाई प्रदर्शन मितिको ८ दिन मै तोड्न सफल भएको थियो। चलचित्रले आफ्नो पहिलो दिनमै राजधानी बाहिर मात्रै रात्रीकालिन प्रदर्शन बाहेक ५७ लाख रूपैयाँ बराबर कारोबार गरेको बताइएको थियो।[६]छक्का पन्जा २ ले नेपालमा बाहुबलीको कमाईलाई पनि उछिनेको थियो। यसले लगभग १५ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "छक्का पन्जा २ ले मनायो ५१ दिन, ग्रस कलेक्सन १५ करोड रूपियाँ"न्युज अफ नेपाल। २ असोज २०७४। सङ्ग्रह मिति ७ वैशाख २०७७  मिति मान यहाँ जाँच गर्नुहोस्: |তারিখ=, |সংগ্রহের-তারিখ= (मद्दत)
  2. "'छक्का–पन्जा २'को ट्रेलर"साप्ताहिक। १४ भदौ २०७४। सङ्ग्रह मिति ७ वैशाख २०७७  मिति मान यहाँ जाँच गर्नुहोस्: |তারিখ=, |সংগ্রহের-তারিখ= (मद्दत)
  3. "'छक्का–पन्जा २'मा भद्दा मजाक"नेपाल म्याग। २२ भदौ २०७४। सङ्ग्रह मिति ७ वैशाख २०७७  मिति मान यहाँ जाँच गर्नुहोस्: |তারিখ=, |সংগ্রহের-তারিখ= (मद्दत)
  4. "छक्का पन्जा २, नेपाली टाइम्समा"नेपाली टाइम्स डटकम। सङ्ग्रह मिति २०१७-१०-२२ 
  5. "डेढ करोडको 'छक्का पन्जा २'ले ११ करोड कमायो"क्लिक माण्डु। २३ भदौ २०७४। सङ्ग्रह मिति ७ वैशाख २०७७  मिति मान यहाँ जाँच गर्नुहोस्: |তারিখ=, |সংগ্রহের-তারিখ= (मद्दत)
  6. ६.० ६.१ "इतिहास रच्दै 'छक्का पन्जा २'"एभरेष्ट दैनिक। १२ असोज २०७४। सङ्ग्रह मिति ७ वैशाख २०७७  मिति मान यहाँ जाँच गर्नुहोस्: |তারিখ=, |সংগ্রহের-তারিখ= (मद्दत)
  7. "'दाल भात तरकारी' सर्दा 'छक्का पन्जा २' फेरि रिलिज हुने"अनलाइन खबर। ३ चैत २०७५। सङ्ग्रह मिति ७ वैशाख २०७७  मिति मान यहाँ जाँच गर्नुहोस्: |তারিখ=, |সংগ্রহের-তারিখ= (मद्दत)
  8. "दिपकराज गिरीलाई 'ए दाजु नसमाऊ नाडीमा' पछि अर्को चोरीको आरोप"नेपाल आज। ५ असोज २०७४। सङ्ग्रह मिति ७ वैशाख २०७७  मिति मान यहाँ जाँच गर्नुहोस्: |তারিখ=, |সংগ্রহের-তারিখ= (मद्दत)
  9. "पहिलो गीतको विवाद सेलाएपछि "छक्का पन्जा २" को दोस्रो गीत"हाम्रो पात्रो। सङ्ग्रह मिति २०२०-०४-२० 
  10. "'छक्का पन्जा २'लाई मल्टिप्लेक्समा सर्वाधिक शो"सेतोपाटी। सङ्ग्रह मिति २०१७-१०-२२ 
  11. "'छक्का पन्जा २' को दोस्रो गीतलाई पनि चोरीको आरोप, सुन्नुहोस दुवै गीत र फरक छुट्याउनुहोस्"डिसि नेपाल अनलाइन। सङ्ग्रह मिति २०१७-१०-२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]