जयपुरी घर्ती
जयपुरी घर्ती | |
---|---|
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री[१] | |
कार्यकाल वि.सं. २०६८ साउन १६ – वि.सं. २०६८ भदौ १२ | |
व्यक्तिगत विवरण | |
जन्म | रोल्पा जिल्ला, नेपाल |
नागरिकता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी |
पेशा | राजनीतिज्ञ |
जयपुरी घर्ती नेपालकी राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री हुन्।[२]वि.सं. २०७५ असोज ५ गते प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको सभापति पदमा निर्वाचित रहेर काम गरिसकेकी उनी नेपाली राजनीतिमा सक्रिय महिला राजनीतिज्ञ हुन्। [३] [४][५][६]
जीवनी[सम्पादन गर्नुहोस्]
जयपुरीको जन्म रोल्पा जिल्लाको पश्चिम पहाडी गरीब किसान परिवारमा भएको हो। जयपुरी आठ दिदीबहिनीमा सातौँ हुनुहुन्छ। जयपुरी सानैदेखि विद्रोही स्वभावकी थिइन्।
राजनिती[सम्पादन गर्नुहोस्]
एकीकृत नेकपा माओवादीको तर्फबाट संविधान सभाको चुनावमा रोल्पा-१बाट विजयी सभासद् जयपुरी घर्तीमगर माओवादीको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की अध्यक्ष तथा माओवादी मगरात राज्य समिति सदस्य हुनहुन्छ। वि.सं. २०४६ देखि विद्यार्थी राजनीतिबाट वामपन्थी राजनीतिमा प्रवेश गर्नुभएकी जयपुरीले विद्यालयको पढाइलाई माया मारेर जनयुद्धमा होमिनु भएकी थिइन्। माओवादी जनमुक्ति सेनामा काम गरेकी जयपुरी वि.सं. २०५० देखि अनेम सङ्घ क्रान्तिकारीको केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै वि.सं. २०६० देखि अध्यक्ष हुनुहुन्छ।[७][८]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "रोल्पा–रुकुमकै हालीमुहाली", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१।
- ↑ "जनयुद्धले महिलाको आत्मबल बढायो : जयपुरी घर्ती", ०८ Mar २०२०]।
- ↑ "शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती निर्वाचित", ०८ Mar २०२०]।
- ↑ "प्रतिनिधिसभा शिक्षा समितिका सभापतिमा जयपुरी घर्ती", लोकपथ (नेपालीमा), २०१८-०९-२१, अन्तिम पहुँच २०२०-०८-३१।
- ↑ "वामगठबन्धनले दुईतिहाई सीट ल्याउँछ : जयपुरी घर्ती", एभरेस्ट दैनिक (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०२०-०८-३१।
- ↑ "जनयुद्धदेखि दोस्रो पटक उपराष्ट्रपतिसम्म नन्दबहादुर पुन (फोटो फिचर)", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१।
- ↑ "केन्द्रीय सरकारमा महिलाको प्रतिनिधित्व सधै नगण्य, कुन मन्त्रिपरिषद्मा कति महिला ?", खरिबाट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१।
- ↑ "१३ वर्षमा ५५ महिला मन्त्री, हेर्नुहोस् को को ?", ओखल न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१।