जातियो स्मृतिसोउधो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
জাতীয় স্মৃতিসৌধ
नक्सा
सामान्य विवरण
अवस्थाराष्ट्रिय सहिदहरूको स्मारक
प्रकारसहिदहरूको स्मृतिस्तम्भ
स्थानसाभार,  बङ्गलादेश
निर्माणकार्यको थालनीसन् १९७८
सम्पन्नसन् १९८२
उचाइ
छाना१५० फिट (४६ मी)
योजना तथा निर्माण
वास्तुकारसैयद माइनुल होसेन

जातीयो स्मृतिसोउधो बङ्गलादेशको स्वतन्त्रता युद्धमा देशका लागि बलिदान दिएका अमर सहिदहरूको सम्झनामा निर्माण गरिएको सहिद स्मारक हो। यो स्मारक ढाका विभाग अन्तर्गत पर्ने ढाका जिल्लाको साभार उपजिल्लामा अवस्थित छ। यस सहिद स्मारकको नक्शा वास्तुकार सैयद माइनुल होसेनले तयार पारेका थिए थिए।[१] यहाँ स्वतन्त्रता युद्धको क्रममा मारिएका १० सहिदहरूको सामूहिक चिहान रहेको छ। जब विदेशी राजनेताहरू आधिकारिक रूपमा बङ्गलादेशको भ्रमण गर्छन् तब यस स्मारकमा श्रद्धाञ्जलि दिने राज्यको नीतिको एक भाग हो।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

बायाँ पट्टीको दृश्य

सन् १९७२ डिसेम्बर १६ का दिन बङ्गलादेशको विजय दिवसको अवसर पारी बङ्गलादेशका तत्कालीन राष्ट्रपति शेख मुजिबुर रहमानले ढाका सहर भन्दा २५ किलोमिटरको दूरीमा ढाका-आरिचा राजमार्ग नजिक नवीनगरमा यस स्मारकको शिलान्यास गरेका थिए। सन् १९७६ मा राष्ट्रपति जियाउर रहमानले स्मारकको निर्माणका लागि पहल गर्दै यसको।नक्शा तयार पार्न निर्देशन दिएका थिए। सन् १९७८ को जुन महिनामा प्राप्त ५७ वास्तुकारहरू मध्ये एक सैयद माइनुल होसेनद्वारा यस स्मारकको आधिकारिक नक्शा तयार पारिएको थियो। जातियो स्मृतिसोउधोको मुख्य स्मारकको निर्माण सन् १९७९ मा सुरु भएको थियो भने सन् १९८२ को विजय दिवस आउनु भन्दा केही समय अगाडि यसको निर्माण कार्य सम्पन्न भएको थियो। सन् २००२ मा अपनाइएको राष्ट्रिय परियोजनाको अनुसार यहाँ एक अग्निशिखा, पर्खालमा विभिन्न प्रकारका चित्रहरू र एक पुस्तकालय स्थापित गर्ने निर्णय गरिएको थियो। बङ्गलादेशको भ्रमणमा रहेका विदेशी राष्ट्रप्रमुखहरूले आफ्नो हातबाट यस स्मारकमा वृक्षरोपण गर्दछन्। बङ्गलादेश सरकारको वास्तुकला विभागले स्मारकको प्रमुख मीनारलाई छाडेर परियोजनाको भावी योजना र प्राकृतिक योजना सहित सबै निर्माण कार्यहरूको वास्तुशिल्प तयार गरेको थियो। यस परियोजना अन्तर्गत निर्माण कार्यले सन् १९७२ को जुलाई महिनामा गति लिएपछि सन् १९८८ मा निर्माण कार्य सम्पन्न भएको थियो।[३] पुरै निर्माण कार्य नागरिक निर्माण विभाग र नागरिक गणतन्त्र सरकारको निर्माण मञ्त्रालयको अधीनमा निर्माण विभागद्वारा सम्पन्न गरिएको थियो। हालैमा स्मारकको निर्माणकार्य तीन चरणहरूमा कुल १३ करोड टाकाको लागतमा सम्पन्न भएको थियो।

वास्तुकला र महत्त्व[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको स्वतन्त्रता युद्ध सन् १९७१ मार्च २६ का दिनबाट देश व्यापी रूपबाट सुरु भएको थियो। यो युद्ध सन् १९७१ को डिसेम्बर १६ मा बङ्गलादेशको जीतका साथ समाप्त भएको थियो। यस युद्धमा लगभग ३० लाख व्यक्तिहरूले आफ्नो ज्यान गुमाएका थिए। यस स्मारक बङ्गलादेशको स्वतन्त्रताका लागि लड्दै वीरतापूर्ण सङ्घर्षको स्मृतिमा समर्पित छ भने यसलाई स्वतन्त्रता युद्धका सहिदहरू प्रति राष्ट्रिय सम्मानको एक उदाहरणको रूपमा स्थापित गरिएको थियो। स्मारक र यसको परिसरको क्षेत्रफल ३४ हेक्टर (६४ एकड) रहेको छ। यसबाहेक १० हेक्टर (२४ एकड) बराबरको क्षेत्रलाई ढाक्ने वृक्षहरूको रोपण गरिएको छ जसले यस स्मारक वरपरको क्षेत्रलाई समेट्छ। यस स्मारकले सबै देशभक्त नागरिक र स्वतन्त्रता सेनानीहरूको जीत र सफलताको जोडी बनाएको छ। बङ्गलादेशको स्वतन्त्रता युद्धलाई ७ चरणहरूमा प्रत्येक सात त्रिकोणीय स्मारकको उच्च मीनार देशको माध्यमबाट बनाइएको थियो। यी सात चरणहरू मध्य प्रत्येकलाई सन् १९५२ को भाषा भाषा आन्दोलनद्वारा सङ्केत गरिएको छ। पछि सन् १९५४, १९५६, १९६२ र सन् १९६६ को ठूलो आन्दोलन माध्यमबाट अघि आन्दोलनहरू अघि बढेपछि सन् १९७१ को स्वतन्त्रता युद्धको माध्यमबाट देश स्वतन्त्रता बनेको थियो। यस मीनारको कुल उचाइ ४५ मिटर (१५० फिट) रहेको छ भने राष्ट्रिय सहिद स्मारकको परिसरमा एक महत्वपूर्ण बिन्दुमा यो अवस्थित छ। यस सहिद मीनार कृतिम ताल र बगैँचाद्वारा घेरिएको छ। यहाँ वीर सहिदहरूको दश सामूहिक चिहान रहेको छ जसले मातृभूमिका लागि आफ्नो बलिदान दिएका थिए। स्मारकको परिसरमा खुल्ला मञ्च, स्वागत कक्ष, मस्जिद र हवाईजहाज अवतरण स्थल रहेको छ।

स्मारक परिसरको कुल क्षेत्र ६४ एकड रहेको छ। स्मारक र यसको परिसरको क्षेत्रफल ३४ हेक्टर (६४ एकड) रहेको छ। यसबाहेक १० हेक्टर (२४ एकड) बराबरको क्षेत्रलाई ढाक्ने वृक्षहरूको रोपण गरिएको छ जसले यस स्मारक वरपरको क्षेत्रलाई समेट्छ। स्मारकमा सात जोडी त्रिकोणात्मक पर्खालहरू रहेका छन्। पर्खालहरू साना देखि अग्लो गरी व्यवस्थित गरिएका छन्। यी सात जोडी पर्खालहरूले बङ्गलादेशमा स्वतन्त्रता आन्दोलनको सात क्रमिक चरणहरूलाई सङ्केत गर्दछन्। जसमध्ये सन् १९५२ को भाषा आन्दोलन, सन् १९५४ को संयुक्त मोर्चाको चुनाव, सन् १९५६ को संवैधानिक आन्दोलन, सन् १९६२ को शैक्षिक आन्दोलन, सन् १९६६ को छ बुँदे आन्दोलन, सन् १९६९ को नरसंहार र सन् १९७१ को स्वतन्त्रता युद्ध रहेका छन् भने यी ७ ऐतिहासिक घटनाहरूलाई ध्यानमा राखेर स्मारक निर्माण गरिएको थियो।[४]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


निर्देशाङ्कहरू: २३°५४.६७४′उ॰ ९०°१५.२९१′पू॰ / २३.९११२३३°N ९०.२५४८५०°E / 23.911233; 90.254850