जितेन्द्र रसिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जितेन्द्र रसिक
जन्म सिन्धुपाल्चोक, नेपाल,बसोबास -भक्तपुर
पेशा साहित्य
भाषा नेपाली
राष्ट्रियता नेपाली
उल्लेखनीय कार्यहरू लज्जावती,अलकापुरी भक्तपुर सर्वरत्न,काफिया, फाँचल
उल्लेखनीय सम्मानहरू ज्यापु विशेष पदक
रागरागीनी सम्मान २०७६
सिर्जनशील सम्मान २०७९

जितेन्द्र रसिक एक लोकप्रिय नेपाली साहित्यकार तथा लेखक हुन् । आख्यानकार, गजलकार, कवि, बाल साहित्यका सर्जक हुन् । फाँचल विधा प्रतिपादक वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०२ मिति पनि हुन् । सँस्कृति र इतिहासमा कलम चलाउँदै आएका रसिकका चर्चित कृतिहरु लज्जावती, सँस्कृति र इतिहास सम्वन्धि अलकापुरी भक्तपुर सर्वरत्न (वामपन्थी नेता पद्मरत्न तुलाधरको जीवनी) हुन् । रसिकका बालकथा कृतिहरु एलियनको पृथ्वी भ्रमण, एङ्री बर्ड, हावा फल्ने रुख, र बेलबहादुरसँग बिहे कथा कृतिहरु बालबालिकाहरुले अत्याधिक रुचाइएका किताब हुन् । उनका गजल सङ्ग्रहहरु काफिया र हृदय स्पर्शी छालहरु कृतिहरु प्रकाशित छन् । तारापुञ्ज - नेपालमै प्रतिपादन गरिएको विशुद्ध नेपाली साहित्यिक फाँचल विधाकाे ७ सर्जकहरुका सँयुक्त कृति हुन्। तारापुञ्जमा वि.सँ. २०६५ मा प्नकाशित नेपालकै पहिलो कृति हाे ।

विषय सूची[सम्पादन गर्नुहोस्]

जीवनी लेखनशैली कृति पुरस्कार तथा सम्मान सन्दर्भ सामाग्री बाह्य लि‌ङ्कहरु

जीवनी[सम्पादन गर्नुहोस्]

नेपाली भाषा साहित्यकार जितेन्द्र रसिकको जन्म २०३७ सालमा सिन्धुपाल्चोकको तत्कालिन स्याउले गा‍विस हालको चौतारा साँगाचेकगढी नगरपालिका वडा नम्वर १ मा पिता जगलाल श्रेष्ठ र माता रमादेवी श्रेष्ठका दोस्रो सन्तानका रूपमा भएको हो । उनको पहिलो कृति हृदयस्पर्शी छालहरु नामक गजल सङ्ग्रह वि.सं. २०६३ मा प्रकाशित भएको थियो । तारापुञ्ज (फाँचल सङ्ग्रह वि.सं. २०६५) एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह वि.सं. २०७२) काफिया (गजल सङ्ग्रह–वि.सं. २०७३) हावा फल्ने रुख (बालचित्र कथा–वि.सं.२०७३) एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह– वि.सं.२०७३) लज्जावती (उपन्यास २०७३) एङ्री बर्ड (अँग्रेजी बालकथा सङ्ग्रह वि.सं. २०७४), अलकापुरी भक्तपुर (सम्पदा इतिहास २०७५), सर्वरत्न (वामपन्थी नेता पद्मरत्न तुलाधरको जीवनी वि.सं. २०७६ र पब्लिक स्पिकिङ (Public Speaking)-उद्घोषणकला,भाषणकला र पत्रकारिता सिकाई पुस्तक-२०७७ र बेलबहादुरसँग बिहे (बाल चित्रकथा वि.सं. २०७७ ) लगायत १६ कृति प्रकाशित छन् । रसिक हाल स्थायीरूपमा भक्तपुर बसोबास गर्दै आएका छन् । उनले नेपाली विषयमा स्नातकोउत्तर गरेका छन् ।

लेखनशैली[सम्पादन गर्नुहोस्]

रसिक विशेष गरी स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा र उत्तरआधुनिक धारामा केन्द्रित रहेर कलम चलाउने साहित्यकार हुन् । बालसाहित्यका क्षेत्रमा भने विज्ञान कथा लेख्दै आएका रसिक साहित्यमा विश्वकै फरकपन अपनाउँदै मानिसको चेतना र समाज रुपान्तरणमा साहित्यको भूमिका अपरिहार्य मान्छन् ।

कृति[सम्पादन गर्नुहोस्]

  1. हृदयस्पर्शी छालहरु (गजल सङ्ग्रह – वि.सं. २०६३)
  2. तारापुञ्ज वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०२ मिति (फाँचल सङ्ग्रह – वि.सं. २०६५)
  3. एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह – वि.सं. २०७२)
  4. काफिया (गजल सङ्ग्रह–वि.सं. २०७३)
  5. हावा फल्ने रुख वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-२५ मिति (बालचित्र कथा–वि.सं.२०७३)
  6. लज्जावती (उपन्यास – वि.सं. २०७३)
  7. एङ्ग्री बर्ड (अँग्रेजी बालकथा सङ्ग्रह – वि.सं. २०७४)
  8. अलकापुरी भक्तपुर (सम्पदा -इतिहास वि.सं. २०७५ )
  9. सर्वरत्न (वामपन्थी नेता पद्मरत्न तुलाधरको जीवनी – वि.सं. २०७६ )
  10. पब्लिक स्पिकिङ (Public Speaking)-उद्घोषणकला,भाषणकला र पत्रकारिता सिकाई पुस्तक-२०७७
  11. [१]बेलबहादुरसँग बिहे (बाल चित्रकथा वि.सं. २०७७ )

१२. [२] गुलेली- (बालकथा सङ्ग्रह–वि.सं. २०७७)
१३. [३] हनुमानकाे करामत - (बाल चित्रकथा-वि.सं. २०७८)

१४. गजल ए महफिल ‍‍(संयुक्त गजल सङ्ग्रह -वि.सं. २०७९)

१५. (सत्यकाे खाेज – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकाे जीवनी-वि.सं. २०८०)

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

ज्यापु विशेष पदक -२०७६[dead link] रागरागीनी सम्मान - २०७६ पत्रकारिता सम्मान–२०७१ (अनेरास्ववियु भक्तपुर) उपभोक्ता हित सम्मान (राष्ट्रिय उपभोक्ता मञ्च –२०७३)सिर्जनशील सम्मान २०७९ वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-२५ मिति विराट साहित्य सम्मेलन नेपाल भाषा कविता प्रथम पुरस्कार –२०८०

 वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-२५ मिति

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य लि‌ङ्कहरु कान्तिपुर पव्लिकेसन्स् प्रा‍.लि. साहित्य सङ्ग्रहालय अन्नपूर्ण मिडिया नेटवर्क अनलाइन खबर साहित्य पाेष्ट

  1. बेलबहादुरसँग बिहे
  2. बेलबहादुरसँग बिहे
  3. बेलबहादुरसँग बिहे