जीवन अधिकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जीवन अधिकारी (सन् १९५०) संगीतकार हुन्। उनी भारतको सिलिगुढी, बागडोगरामा बस्छन्। उनले उद्धव पौडेलले बनाएका दुई चलचित्र तिलहरीपरिवारमा संगीत दिएका छन्। त्यसबाहेक उहाँले सिलिगुढीमा प्रचलित बङ्गालीसात्री भाषाका साना पर्दाका चलचित्र, भिडियो चलचित्र आदिमा संगीत दिएका छन्। उनको मुख्य पेसा कानुनसेवी हो उनी वकालत गर्छन्। उनका दाजू रामलाल अधिकारी प्रसिद्ध भारतीय नेपाली साहित्यकार थिए।

जीवनी[सम्पादन गर्ने]

अधिकारीको जन्म सन् १९५० जनवरी १मा दार्जिलिङको तकभर चिया कमानको तेस्रो विभागमा भएको हो। त्यही कमानमा वरिष्ठ साहित्यकार तथा चित्रकार लैनसिंह बाङ्देलको जन्म भएको हो। बुबा भक्तिप्रसाद र आमा मनमायाका छ छोरा र ४ छोरी जन्मे। अधिकारीको मूलथलो इलामको कोलबुङ (मार्से) हो। कामको खोजीमा बुबा दार्जिलिङ गएका थिए। उनका दाइहरू इलाममा जन्मे। उनी दार्जिलिङमा जन्मे। घरबाट उकालो धाएर उनले रात्रिस्कुलमा अक्षर खुट्याए। पाठशाला पुग्न साढे दुई घन्टा लाग्थ्यो। उनले कक्षा ८ सम्म बेटेन हाइस्कुलमा पढे। कक्षा ९ र १० दार्जिलिङको टर्नबुल उच्च विद्यालयमा भयो। सन् १९६७मा म्याट्रिक पास भए। त्यसपछि म सिलिगुढी गए। त्यहाँको कलेजबाट बीकम र नर्थ बङ्गाल युनिभर्सिटीबाट एमकम र एलएलबीसम्म पढे। बीकम, एमकम र एलएलबी पढ्दा आफैं कमाउँथे। दिउँसो जागीर खाएर राति पढ्थे। म त्यसबेला बागडोगराको एउटा प्राथमिक स्कुलमा पढाउन थाले। त्यहाँ नेपालीभाषीहरू थिए। साना नानीहरू पढ्दैनथे। उनले सन् १९६८ देखि सन् १९८४ सम्म उक्त स्कुलमा पढाए। स्कुलको सञ्चालक समितिमा पनि रहे।

संगीतमा रूचि[सम्पादन गर्ने]

सानैदेखि संगीतमा रुचि राख्ने अधिकारीले सुरुमा हार्मोनियममा 'जय शिव शंकर भोलेनाथ...' भजन गाए। पछि नेपाली गीतहरू सिके। उनलाई कक्षा ६/७मा हुँदा हार्मोनियम बजाउन आउँथ्यो। कक्षा ९मा पढ्दा शनिबारको आधा दिन बिदामा म गोपाल योञ्जनको रिहर्सल हेर्न कला मन्दिर जान्थे। पछि सावन क्लब जान थाले। त्यहाँ अगमसिंह गिरीले पढाउँथे। गोपाल योञ्जन, नगेन्द्र थापा, मनबहादुर मुखिया, अरुणा लामाचाहिं दाइका समकालीन थिए। दिव्य खालिङ उनका सहपाठी हुन्। उनीहरू कक्षामा पछाडि बस्थे र डेस्क-बेन्च बजाएर धुन तयार पार्थे। सन् १९६५मा पढाइ नभएका बेला कक्षामा गीत गाइरहेको गोपाल योञ्जनले सुनेर गीत प्रतियोगितामा जान हौसला दिए। अधिकारीले जितेन्द्र बर्देवासँग संगीतको तालिम लिए। सन् १९६७मा सिलिगुढी आएपछि बङ्गाली मास्टर कानन कर्मकारलाई संगीतका गुरु थापे। ६/७ वर्ष शास्त्रीय संगीत सिके।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]