जुङ्ह्वा डियानसिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुङ्ह्वा डियानसिन कम्पनी लिमिटेड
中華電信股份有限公司
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगदूरसञ्चार
स्थापित१५ जुन १९९६; २७ वर्ष पहिले (१९९६-०६-15)
केन्द्रीय कार्यालयताइपेई, ताइवान
मुख्य व्यक्ति
यु चेङ, अध्यक्ष तथा कार्यकारी
उत्पादनहरूमोबाइल
इन्टरनेट
निश्चित सञ्जाल
राजश्व७.३०० बिलियन (मार्च २०१६ )
ह्रास ४१ बिलियन र २३० मिलियन (सन् २०१६)
कुल सम्पत्तिह्रास ४४७ बिलियन र १३३ मिलियन (सन् २०१६)
कर्मचारी सङ्ख्या
२२,९१३(३१ मे २०१३ सम्म)
वेबसाइटआधिकारिक वेबसाइट
जुङ्ह्वा डियानसिन कम्पनी लिमिटेड
सरलीकृत चिनियाँ 中华电信股份有限公司
परम्परागत चिनियाँ 中華電信股份有限公司
चीन दूरसञ्चार
सरलीकृत चिनियाँ 中华电信
परम्परागत चिनियाँ 中華電信
कम्पनीको प्रधान कार्यालय
जुङ्ह्वाको सेवा (ताइपेई)मा

जुङ्ह्वा डियानसिन, ताइवानका तीन प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू मध्येको एक हो।[१] यसलाई १९९६ मा सञ्चार मन्त्रालयको दूरसञ्चार सामान्य प्रशासनको सञ्चालन विभागबाट विभाजित गरिएको थियो। यसको व्यवसायले गृह दूरभाष दूरसञ्चार, मोबाइल सञ्चार र डाटा सञ्चारलाई समेट्दछ। यो ताइवानको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो। यसको प्रधान कार्यालय राजधानी ताइपेईको जोङझेङ जिल्लामा अवस्थित छ।[२][३]

इतिहास[सम्पादन गर्नुहोस्]

गणतन्त्र चीनको दूरसञ्चार सेवाहरू पहिला सञ्चार मन्त्रालयको सामान्य प्रशासनबाट विशेष रूपमा सञ्चालन गरिएको थियो। दूरसञ्चार उद्योगहरू खोल्नका लागि, गणतन्त्र चीनको सरकारले १९८० को दशक पछि "दूरसञ्चार उदारीकरण नीति प्रवर्द्धन गर्दै बिस्तारै निजी उद्यमहरूलाई दूरसञ्चार उद्योग खोल्नलाई प्रोत्साहन गरेको थियो। दूरसञ्चार उदारीकरण योजनामा ​​सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको दूरसञ्चार उद्योगको "सरकार र उद्यमको बिभाजन" हो जसले दूरसञ्चार उद्योगको व्यवस्थापन तथा सञ्चालनलाई घटाउँछ।[४]

सन् १९९७ मा, जुङ्ह्वा डियानसिन दोस्रो पुस्ताको मोबाइल सञ्चार अनुमतिपत्र (विश्वव्यापी मोबाइल सञ्चार प्रणाली ९०० मेगाहर्ज र १८०० मेगाहर्ज) प्राप्त गरेको थियो। अक्टोबर २००० मा, जुङ्ह्वा डियानसिन ताइवानी सेयर बजारमा बजार अङ्क २४१२ सहित सूचीबद्ध भएको थियो र सरकारले ४.६७% सेयर बिक्री गरेको थियो। फेब्रुअरी २००२ मा, जुङ्ह्वा डियानसिन तेस्रो पुस्ता मोबाइल सञ्चार अनुमतिपत्र ( विश्वव्यापी मोबाइल दूरसञ्चार प्रणाली २१०० मेगाहर्ट्ज) प्राप्त गरेको थियो।[५] डिसेम्बर २००२ मा, सरकारले आफ्नो सेयरको १३.४७% विक्री गरेको थियो। जुलाई २००३ मा, जुङ्ह्वा डियानसिनले न्यु योर्क सेयर बजार "सीएचटी" अन्तर्गत आफ्नो सेयरलाई सूचीबद्ध गरेको र आफ्नो सेयरको ११.५% बेचको थियो। १२ अगष्ट २००५ मा, सरकारले आफ्नो १७% सेयर बेचेको थियो र सेयरको अघिल्लो सार्वजनिकसँगै, जुङ्ह्वा डियानसिनको सरकारी स्वामित्व ५०% भन्दा तल झर्द औपचारिक रूपमा एक निजी कम्पनी बनेको थियो। जनवरी २०१२ सम्ममा सरकारले सेयरको लगभग ३५% स्वामित्व कायम गरेको छ।[५]

सन् २००७ मा, जुङ्ह्वा डियानसिनले शेनाओ अन्तर्राष्ट्रियको सेयरधनी बनेको थियो, र शेनाओ अन्तर्राष्ट्रियले विशेष रूपमा जुङ्ह्वा डियानसिनलाई मोबाइल फोन र नम्बर बेचेको थियो त्यसपश्चात्, जुङ्ह्वा डियानसिन व्यवसायमा स्थापित भएको थियो। १ मे, २००७ मा जुङ्ह्वा डियानसिन ग्राहक शाखाहरूको स्थापना गरेको थियो र ताइवान केन्द्रिय दूरसञ्चार शाखालाई ताइवान दक्षिणी दूरसञ्चार शाखामा गाभेको थियो।[६] सन् २००९ मा, जुङ्ह्वा डियानसिनले अङ्कीय सामग्री खण्ड" लाई रद्द गर्दै, जुङ्ह्वा डियानसिन एमओडी व्यवसाय मुख्य कार्यालयबाट ताइवानको उत्तर जिल्ला दूरसञ्चार शाखामा हस्तान्तरण गरेको थियो।

अक्टोबर २०१३ मा, जुङ्ह्वा डियानसिनले ताइवानी डलर ३९.०७५ का साथ दीर्घकालीन सञ्जाल ब्याण्ड (९०० मेगाहर्ज बि२/१८०० मेगाहर्ज सि२/सि५) प्राप्त गरेको थियो।ब्याण्डवसथ सीमा (२x३५ मेगाहर्ट्ज) सम्म पुग्ने एक मात्र दूरसञ्चार सेवा प्रदायक थियो। ती मध्ये, सि५ ब्याण्ड (१८०० मेगाहर्ट्ज) हाल प्रयोगमा आएको छैन तर यो विभिन्न मोबाइल सञ्चार उपकरणहरूद्वारा समर्थित छ। त्यस समयमा, यो २०१४ भन्दा चाँडो नै प्रयोगमा ल्याइने तालिकामा रहेको थियो।[७]

२९ मे २०१४ मा, जुङ्ह्वा डियानसिन एक प्रेस सम्मेलनको आयोजना गरी चौथो पुस्ता सेवा मे २०१४ मा सञ्चालन गरिने घोषण गरेको थियो जसले गर्दा यो ताइवानको पहिलो चौथो पुस्ता सेवा प्रदायक (१८०० मेगाहर्ट्ज सी५ को प्रयोग गरि) बन्ने छ।

२ डिसेम्बर २०१४ मा, जुङ्ह्वा डियानसिनले चौथो पुस्ता, ९०० मेगाहर्ज बि२ ब्याण्डको प्रयोग गरी सञ्चालन गर्ने घोषण गरेको थियो।कम्पनीका चौथो पुस्ताका आधार स्टेसनहरू ताइवानको टाढाको टापुमा स्थापित गरिएको छ। यो गाउँ र सहरहरूमा गरी १००% सञ्जाल विस्तार तथा सञ्चालन गर्ने ताइवानको पहिलो दूरसञ्चार कम्पनी हो। यसले सञ्जाल सेवाको गतिलाई सुधार गर्न वाहक समुच्चयन प्रविधिलाई सक्षम पारेको छ। सन् २०१३ को अन्त्यमा, जुङ्ह्वा डियानसिन, ताइवानमा ३५.९% को सेयरको साथ ताइवानको मोबाइल सञ्चार बजारमा पहिलो स्थानमा रहेको थियो। [८]

सेवाहरू[सम्पादन गर्नुहोस्]

जुङ्ह्वा डियानसिन ताइवानको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो र राजस्वको आधारमा एसिया सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी मध्येको एक पनि हो। ग्राहक र राजस्वका हिसाबले, जुङ्ह्वा डियानसिन ताइवानको गृह दूरभाष सेवाहरू, मोबाइल सेवा, विस्तृत पट्टि पहुँच सेवा, र इण्टरनेट सेवाको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। कम्पनीले संयुक्त ग्राहकहरूलाई सूचना र सञ्चार प्रविधि सेवा पनि प्रदान गर्दछ।

ई-मेल स्प्याम पठाउनेहरूको लागि हाइनेट सुरक्षित स्थल भएको भन्दै आलोचना गरिएको छ, जसको परिणामस्वरूप धेरै इण्टरनेट सेवा प्रदायकहरूले नियमित रूपमा सेवाबाट सुरु भएको इडाँकहरू रोकेका थिए। [९][१०]<ref>

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "月營收公告訊息", 中華電信, २०१७-१२-०८, मूलबाट २०१३-११-०१-मा सङ्ग्रहित। 
  2. "Chunghwa Telecom 2008 Form 20-F filed with the U.S. SEC", 中华电信, मूलबाट २९ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण २९ फेब्रुअरी २०१२ मिति
  3. "中华电信主页", cht.com.tw, अन्तिम पहुँच २ जुन २०१०  台北市信義路一段21-3號
  4. "推動情形", 中華民國交通部, २०१२-०१-०३, मूलबाट २०१८-०८-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१० मिति
  5. ५.० ५.१ "臺灣4G頻譜競標塵埃落定,共六家公司出線", इनग्याजेट, २०१३-१०-३०, मूलबाट २०१३-११-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-१०-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०१ मिति
  6. 江明晏 (२०१४-०५-२९), "中華電:4G快3G七倍價錢更低", 中央通訊社, मूलबाट २०१४-०६-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०५-३० 
  7. 徐毓莉、蔡孟修 (२०१४-०५-३०), "4G來了月付236元飆網", 臺灣蘋果日報, मूलबाट २०१४-०५-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०५-३० 
  8. "鄉鄉有4G中華電信達陣", 中央社, २०१४-१२-२९, मूलबाट २०१४-१२-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-१२-२९ 
  9. "Taiwan email problems due to spam", ग्रिन इन्टरनेट सोसाइटी Society, मूलबाट ५ जुलाई २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २००८  वेब्याक मेसिन अभिलेखिकरण ५ जुलाई २००८ मिति
  10. "Hinet Spammer/Hacker IPs", Spacequad AntiSpam Services, मूलबाट १८ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २००८  वेब्याक मेसिन अभिलेखिकरण १८ जुन २००८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट