ट्वान्टी वान पाइलट्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्वान्टि वान पाइलट्स
२०१५ मा जोस डन (बायाँ) र टाइलर जोसेफ (दायाँ)
व्यक्तिगत विवरण
उत्पत्तिकोलम्बस ओहायो, अमेरिका
विधा
सक्रिय वर्षसन् २००९–हाल
लेबल
वेबसाइटtwentyonepilots.com
सदस्यहरू
पूर्व सदस्य(हरू)
  • निक थोमस
  • क्रिस सालिह
Twenty One Pilots 2016

ट्वान्टी वान पाइलट्स, एक अमेरिकी राज्य कोलम्बस, ओहायोको एक साङ्गीतिक समूह हो। समूहको स्थापना सन् २००९ मा, प्रमुख गायक टाइलर जोसेफको साथ निक थोमस र क्रिस सालिहले गरेका थिए जहाँ दुबैले सन् २०११ मा, यस समूह छोडोका थिए। उनीहरूको प्रस्थान पश्चात्, समूह ड्रम बाधक जोस डनको साथ पुनर्गठित भएको थियो। यस समूह उनीहरूको "स्ट्रेस्ट्ड आउट", "राइड" र "हेथेन्स" लगायतका गीतहरूको लागि परिचित छ। समूहले उनीहरूको गीत "स्ट्रेस्ट्स आउट"को तर्फबाट ५९औँ वार्षिक ग्रामी पुरस्कार समारोहमा, श्रेष्ठले पप जोडी/सामूहिक प्रस्तुति बिधामा पुरस्कार प्राप्त गरेको थियो।

समूहले सन् २०१२ मा, फ्युल्ड बाई रामेन नामक एक रेकर्ड लेबलसँग हस्ताक्षर गर्नु पूर्व, स्वतन्त्र रूपमा दुई गिती सङ्ग्रहहरू जारी गरेको थियो जसमा स्वयम् शीर्षक ट्वान्टी वान पाइलट्स (सन् २००९) र रिजनल एट बेस्ट (सन् २०११) समावेश छ। लेबलमा आबद्ध भएको समूहले सन् २०१३ मा, उनीहरूको पहिलो गिती सङ्ग्रह, "भेसल" जारी गरेको थियो। जोडीले उनीहरूको चौथो गिती सङ्ग्रह, ब्लरीफेस जारी गरेसँगै प्रमुख सफलता हात पार्न सफल भएको थियो जहाँ यसले "स्ट्रेस्ट्ड आउट" र "राइड" लगायतका चर्चित गीतहरू बजारमा ल्याएको थियो।[१][२] समूहको यस प्रस्तुति सफल बनेको थियो जहाँ यसले उनीहरूको इतिहासमै पहिलो पटक यसमा समावेश प्रत्येक गीतले अमेरिकाको रेकर्डिङ उद्योग सङ्घबाट कम्तिमा स्वर्ण प्रमाणपत्र प्राप्त गरेको थियो।उनीहरूले पछि, हेथेन्स नामक गीत सार्वजनिक गरेका थिए जसले समूहलाई संयुक्त राज्य अमेरिकामा दुई समवर्ती शीर्ष दस एकलको लागि पहिलो वैकल्पिक पप कलाकारको रूपमा उभ्याएको थियो।[३] जोडीले ५ अक्टोबर २०१८ मा, उनीहरूको पाँचौँ गिती सङ्ग्रह, ट्रेन्च सार्वजनिक गरेका थिए। उनीहरूको चर्चित गीत "स्ट्रेस्ट्ड आउट"ले हालसम्म युट्युबमा दुई अर्ब भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २००९–२०११: गठन र स्व शीर्षक गिती सङ्ग्रह[सम्पादन गर्नुहोस्]

कोलम्बस, ओहायोमा बास्केटबल खेल्ने क्रममा टाइलर जोसेफले उनका भविष्यका सहकर्मी निक थोमसलाई भेटेका थिए।[४] थ‍ोमस पछि, जोसेफले पढेको विद्यालयमा सरेका थिए जहाँ उनीहरू उच्च विद्यालय सम्म सहपाठी र मिल्ने साथी बनेका थिए। [५][६]

जोसेफको आमाले उनलाई क्रिसमसमा दिएको उपहार, किबोर्ड उनले आफ्नो कोठामा फेला पारेका थिए र उनले सोही मार्फत सङ्गीत सिक्न र बजाउन सुरु गर्दै रेडियोका धुनहरूको नक्कल गर्न थालेका थिए।[७][८] सन् २००७ मा, जेसेफले उनको एकल गिती सङ्ग्रह, नो फुन इन्टेन्डेड रेकर्ड गरेका थिए जहाँ उनले उक्त कार्य उनको अभिभावकको कोठामा तयार पारेका थिए।[४] थोमसले उनको गिती सङ्ग्रहमा, धेरै गीतहरूमा गितार बजाउँदै योगदान गरेका थिए र उनले जोसेफको गीत "ट्रिज"मा उनीसँग सहकार्य गरेका थिए जुन ट्वान्टी वान पाइलट्सको पहिलो गीत थियो।[९]

ओहायो राज्य विश्वविद्यालयमा, जोसेफले टेक्ससमा जन्मिएका भविष्यका सहकर्मी क्रिस सालिहलाई एक भोज समारोहमा भेटेका थिए।[१०][४] गीतकारको प्रतिभा र रचनात्मक उर्जालाई ध्यान दिएर, सालिहले एक साङ्गीतिक समूहको सुरु गर्न जोसेफसँग सल्लाह लिएका थिए। सलिहले जोसेफले उनको घरमा निर्माण गरेको गीतबाट प्रभावित भएर जोसेफसँगै सङ्गीतमा सहकार्य गर्नेमा सहमत भएका थिए भने उनले नयाँ सङ्गीतका लागि आफ्ना विचारहरू साझा गर्न थालेका थिए।[१०] आफ्नो पहिलो प्रदर्शन हुनुभन्दा ठीक अघि, जोसेफले थोमसलाई बेनामी साङ्गीतिक समूहमा बेस बाधकको रूपमा सामेल हुन आमन्त्रित गरेका थिए। सन् २००९ मा, समूह तिनीहरूको आफ्नै घरमा सरेका थिए जहाँ तिनीहरूको पहिलो गिती सङ्ग्रहको अवधारणा बनइएको थियो भने यसलाई उनको अभिभावकको जमिन मुनिको कोठामा रेकर्ड गरिएको थियो।[५][६]

समूह सुरुमा कोलम्बस क्षेत्र वरपरका क्लब र स्थलहरूमा दर्शकको एक विस्तृत विविधताको लागि प्रदर्शन जारी राखेको थियो।[११] विभिन्न स्थलहरूमा हेभि मेटल, हार्डकोर र विद्युतीय लगायतका विभिन्न विधामा सङ्गीतहरू प्रस्तुत गरेको समूहका सदस्य जोसेफले गीत लेखनको साथ यी भिन्न शैलीहरू समावेश गर्ने तर्फ ध्यान केन्द्रित गरेका थिए। अपरिचित वा बिच्छेद भएका उपस्थितिहरू र प्रवर्द्धकहरूको ध्यान खिच्नका लागि समूहले छुट्टै पोशाक लगाउँदै मञ्चहरूमा प्रदर्शन गर्ने कार्यलाई जारी राखेको थियो।[१२][१३]

समूहको नाम आधिकारिक रूपमा ट्वान्टी वान पाइल्ट्स राख्दै समूहले २९ डिसेम्बर २००९ मा, उनीहरूको पहिलो तथा सोही शीर्षक रहेको गिती सङ्ग्रह जारी गर्दै ओहायोको भ्रमणमा निस्किएको थियो।[१४] उनीहरूको कार्यक्रमको प्रवर्द्धनका लागि जोसेफकी आमाले ओहायो राज्य विश्वविद्यालयको बाहिर उनीहरूको कार्यक्रमको लागि टिकट बिक्रीमा सहयोग गरेकी थिइन्।

सन् २०१० मा, समूहले जारी गरेका दुईवटा गीतलाई उनीहरूको आधिकारिक साउन्डक्लाउड खातामा हालिएको थियो जसमा उनीहरूले क्रिस्टिना पेरीको "जार अफ हर्ट्स्" को कभर र आन्द्रेआ बोसेयीको "को ते पार्तिरो" नामक गीतको मिश्रित संस्करण जारी गरेको थियो। उनीहरूको पछिल्लो गीतमा, स्थानीय ड्रम बाधक जोस डनको पनि भूमिका महत्त्वपूर्ण रहेको थियो।[१५][१६][१७]

जोसेफ, डन र सालिह कोलम्बसको गिर्जाघर फाइभ फोर्टिनमा भएको एक साङ्गीतिक कार्यक्रममा सहभागी भएका थिए।[१८][१९][२०] उनीहरूले समूहको क्लियर नामक गिती सङ्ग्रहमा सङ्ग्रहित जम्मा १४ गीतहरू मध्ये ४ गीतहरूको प्रत्यक्ष प्रस्तुति दिएका थिए[२१][२२][२३] जहाँ उनलेहरूले प्रदर्शनमा, ट्राभिस विट्टेकर र अर्को समूह " न्यु आल्बानी म्युजिक"को सहायता लिएका थिए।[२४]

सन् २०११–२०१२: सदस्य परिवर्तन र रिजनल एट बेस्ट[सम्पादन गर्नुहोस्]

सालिहले अन्यत्र परियोजनाहरूमा ध्यान केन्द्रित गर्नका लागि ८ मे २०११ मा, समूहबाट प्रस्थान गरेका थिए र थोमसले अर्को महिना अर्थात् ३ जुन २०११ मा पढाईमा ध्यान केन्द्रित गर्ने उद्देशका साथ समूह छोडेका थिए।[२५][२६] दुवैले समूहको आधिकारिक फेसबुक पृष्ठमा विदाई टिप्पणी सार्वजनिक गरेका थिए। परियोजनाबाट प्रस्थान गर्नु पूर्व, सलिहले गितार सेन्टर नामक एक कम्पनीका सह-कार्यकर्ता र समूहका मित्र जोस डन ( हाउस अफ हिरोजको लागि पूर्व भ्रमण गर्ने ड्रम बाधक) लाई आफ्नो समूहमा आबद्ध हुनका लागि आमन्त्रित गरेका थिए।[६][२७] यस साङ्गीतिक समूहको सम्भाव्यता र जोसेफको सृजनात्मक दृष्टिबाट प्रभावित भएर डनले नेभभिलमा ड्रम बजाउने योजनालाई त्यागेका थिए र थोमसले समूह छोड्नुभन्दा केही हप्ता अघि नै यस परियोजनामा ​​सामेल भएका थिए। [२८]

ट्वान्टी वान पाइलट्स २०१२ मा, प्रस्तुति दिँदै

दुबै सालिह र थ‍ोमसले उनीहरूको प्रस्थान पछि केही समयको लागि समूहको उत्पादनमा संलग्न भइरहेका थिए।[२९] थोमस संक्षिप्त रूपमा उत्तरी क्यारोलिनाको विद्यालयमा हाजिर भएका थिए, तर त्यसको एक वर्ष पछि कोलम्बसमा जोसेफ र डनको घरमा उनी पुन: फर्किँदै उनीहरूको व्यापारलाई व्यवस्थापन गर्न थालेका थिए।[३०][३१] थोमस ब्लरिफेसको उत्पादन, बजारमा बिक्री वितरण गर्ने टोलीको अंश बनेका थिए र समूहको भ्रमण चक्रमा सक्रिय रूपमा संलग्न रहिरहेका थिए।[२९]

दुई जनाको प्रस्थान पश्चात्, समूहमा मात्र जोफेर र डन रहेका थिए र उनीहरूले पछि, समूहको दोस्रो गिती सङ्ग्रह, रिजनल एट बेस्ट ८ जुलाई २०११ मा, सार्वजनिक गरेका थिए।[३२][३३] यस गिती सङ्ग्रह न्यु आल्बानी उच्च विद्यालयको मैदानमा एक नि: शुल्क रूपमा सार्वजनिक गरिएको सीडी कार्यक्रमहरूको साथ सङ्ग्रहित थियो। सालिह र थोमस यस गिती सङ्ग्रहको अवधारणामा संलग्न भएका थिए। सालिह, थोमस र डनले यसको निर्माणमा थोरै मात्रामा संलग्न भएको दाबी गरेका थिए।[३४] जोसेफले प्रायः यसको सबै पक्षको व्यवस्थापन गरेका थिए। यसमा सङ्ग्रहित गीत "किचन सिङ्क"मा, जोसेफको भाइ ज्याक र अर्को गीत "बि कन्सर्न्डमा, विद्यालयका परिचित व्यक्ति योसेफलाई चित्रित गरिएको थियो।[३५][३६]

नोभेम्बर २०११ मा, कोलम्बस क्षेत्रमा सामाजिक सञ्चार माध्यमसँगको अन्तरक्रिया र लगातार यात्राको माध्यमबाट प्रशंसक पकड्न सफल भएको समूहले एक महिना पछि, कोलम्बसको न्यूपोर्ट म्युजिक हलमा नामक एक साङ्गीतिक स्थलमा एक रात्रिकालिन साङ्गीतिक कार्यक्रमको आयोजना गरेको थियो। सम्झौतामा हस्ताक्षर नगरेको यस स्थानीय समूहका लागि यो उल्लेखनीय उपलब्धि भएको थियो जहाँ यसले धेरै रेकर्ड लेबलहरूको ध्यान आकर्षित गर्न सफल भएको थियो। सोही वर्ष, यस जोडीले आफ्नो इमेल समाचारपत्र मार्फत दुई निःशुल्क गीतहरू प्रस्तुत गरेका थिए जसमा "हाउस अफ गोल्ड" र "टु" को मूल संस्करणहरू समावेश थियो।[३७][३८]

जोसेफ र डनले रक साङ्गीतिक समूह "च्यालेन्जर्स"को साथ रिजनल एट बेस्ट भ्रमणको सुरुवात गरेका थिए जहाँ उनीहरूले यसका दृश्यहरू कैद गर्दै दस्तावेजको रूपमा ट्वान्टी वान पाइलट्सको आधिकारिक युट्युब खाता मार्फत सार्वजनिक गरेका थिए।[३९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Payne, Chris (मार्च १, २०१८), "Twenty One Pilots' 'Blurryface' Becomes First Album With Every Song RIAA-Certified Gold", बिलबोर्ड, अन्तिम पहुँच मार्च १, २०१८ 
  2. "Twenty One Pilots' 'Blurryface' Earns Unrivaled Gold & Platinum Achievement: First Album In Digital Era With Every Song RIAA Certified", अमेरिकी रेकर्डिङ उद्योग सङ्घ, मार्च १, २०१८, अन्तिम पहुँच मार्च १, २०१८ 
  3. McIntyre, Hugh (अगस्ट ३१, २०१६), "Twenty One Pilots Match A Charting Feat That Only The Beatles And Elvis Have Managed", फोर्ब्स, अन्तिम पहुँच मे २५, २०२० 
  4. ४.० ४.१ ४.२ "Episode 10 - Nick Thomas", The Twenty One Pilots Podcast – साउन्डक्लाउडद्वारा। 
  5. ५.० ५.१ "Twenty One Pilots Biography", बिलबोर्ड, अन्तिम पहुँच फेब्रुअरी १, २०१३ 
  6. ६.० ६.१ ६.२ Joy, Kevin (अक्टोबर १८, २०१२), "With debut album set for release, Columbus duo Twenty One Pilots poised to break out", द कोलम्बस डिसप्याच, अन्तिम पहुँच फेब्रुअरी १, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मे २०, २०१६ मिति
  7. "Interview: Twenty One Pilots, part 1", Columbus Alive, अप्रिल २७, २०१२, अन्तिम पहुँच जुन २६, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुलाई १४, २०१४ मिति
  8. "MessiahPulse Interview: Twenty One Pilots", अन्तिम पहुँच जुन २७, २०१४ – युट्युबद्वारा। 
  9. "20 Facts on twenty one pilots' 'Vessel'", मिडियम डटकम, अन्तिम पहुँच फेब्रुअरी १०, २०१८ 
  10. १०.० १०.१ "Founding Twenty One Pilots member Chris Salih opens up about band", altpress.com; Chris Salih interview, अन्तिम पहुँच अक्टोबर २९, २०१७ 
  11. Shayla D (सेप्टेम्बर १४, २०१६), "Twenty One Pilots Singer Tyler Joseph Discusses How His Hard Work in Basketball Paid Off in a Successful Music Career", Inquisitr.com, अन्तिम पहुँच डिसेम्बर १०, २०१९ 
  12. "Twenty One Pilots - Trapdoor Live @ The Battle of the Bands 10-11-09" – युट्युबद्वारा। 
  13. "Twenty One Pilots - Friend, Please Live @ The Battle of the Bands 10-11-09" – युट्युबद्वारा। 
  14. "twentonepilots", साउन्डक्लाउड, अन्तिम पहुँच नोभेम्बर ५, २०१५ 
  15. "Lord of Glory - New Albany Music ft. twenty one pilots" – YouTubeद्वारा। 
  16. "twenty one pilots interview at Five14 Church" – युट्युबद्वारा। 
  17. "New Albany (Feat. Tyler Joseph & Josh Dun) - Lord of Glory ( Subtítulos Español )" – युट्युबद्वारा। 
  18. "Lord of Glory - New Albany Music ft. twenty one pilots" – युट्युबद्वारा। 
  19. "twenty one pilots interview at Five14 Church" – युट्युबद्वारा। 
  20. "New Albany (Feat. Tyler Joseph & Josh Dun) - Lord of Glory ( Subtítulos Español )" – युट्युबद्वारा। 
  21. "The (moderately inspiring tale of the) Longboard Rodeo Tango Episode 1", अन्तिम पहुँच जुलाई २७, २०१४ – युट्युबद्वारा। 
  22. "The (moderately inspiring tale of the) Longboard Rodeo Tango Episode 2", अन्तिम पहुँच जुलाई २७, २०१४ – युट्युबद्वारा। 
  23. "The (moderately inspiring tale of the) Longboard Rodeo Tango Episode 3", अन्तिम पहुँच जुलाई २७, २०१४ – युट्युबद्वारा। 
  24. "Tyler Joseph performs 'O come, O come, Emmanuel' at Five14 Church, OH on Christmas Eve", अन्तिम पहुँच जुन १७, २०१४ – युट्युबद्वारा। 
  25. Salih, Chris (मे ९, २०११), "Member Change: Chris' Farewell", फेसबुक, अन्तिम पहुँच अगस्ट २२, २०१६ 
  26. Thomas, Nick (जुन ३, २०११), "Nick Thomas' Farewell", फेसबुक, अन्तिम पहुँच अगस्ट २२, २०१६ 
  27. "Interview: Twenty One Pilots, part 1", Columbusalive.com, अन्तिम पहुँच जुन २६, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुलाई १४, २०१४ मिति
  28. "Founding Twenty One Pilots member Chris Salih opens up about band", altpress.com; Chris Salih Interview, अगस्ट २४, २०१७, अन्तिम पहुँच अक्टोबर २९, २०१७ 
  29. २९.० २९.१ "Episode 05 - Chris Salih", The Twenty One Pilots Podcast on SoundCloud 
  30. Greene, Andy (जनवरी २०, २०१६), "13 Things We Learned Hanging Out With Twenty One Pilots", रोलिङ स्टोन, अन्तिम पहुँच फेब्रुअरी ११, २०१८ 
  31. "Nick Thomas's Twitter account "realpootom" given on Chris Robinson's podcast", ट्विटर। 
  32. "Review: Twenty One Pilots in finest form at hometown show", सेप्टेम्बर ८, २०१४, अन्तिम पहुँच फेब्रुअरी ११, २०१८ 
  33. "21 Old Songs That Only True Twenty One Pilots Fans Will Know", अन्तिम पहुँच फेब्रुअरी ११, २०१८ 
  34. "Review twenty one pilots Regional at Best", अन्तिम पहुँच फेब्रुअरी १, २०१३ 
  35. "The site", ट्वान्टी वान पाइलट्स, फेब्रुअरी २३, २०१७, मूलबाट मे २४, २०१७-मा सङ्ग्रहित। 
  36. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named AMbio
  37. "Challenger! and Twenty One Pilots featured on "The Regional at Best Tour" this summer", Club.Kingsnake 
  38. ""The Regional at Best Tour" featuring CHALLENGER! and Twenty One Pilots Kicks Off July 16th in Chicago IL!!", Neufutr 
  39. "'The Regional at Best Tour' Featuring Challenger! And Twenty One Pilots Kicks Off July 16th in Chicago!", Top40 Charts 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:ट्वान्टि वान पाइलट्स