डिक्सी डमेलियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डिक्सी डमेलियो
सन् २०२० मा डिक्सी डमेलियो ।
जन्म (2001-08-12) १२ अगस्ट २००१ (उमेर २२)
नर्वाक, कनेक्टिकट, संयुक्त राज्य अमेरिका
पेशा
  • सामाजिक सञ्जाल व्यक्तित्व
  • गायिका
कार्यकालसन् २०१९ - अहिलेसम्म
चिनारीको कारणटिकटक
आफन्तचार्ली डमेलियो (बहिनी)

डिक्सी जेन डमेलियो (अङ्ग्रेजी: Dixie Jane D’Amelio) टिकटकका लागि चिनिने अमेरिकी सामाजिक सञ्जाल व्यक्तित्व र गायिका हुन् । उनी चार्ली डमेलियोकी दिदी हुन् । सन् २०२० मा उनी एटवे जनरल नामक युट्युब वेब शृंखलामा देखिएकी थिइन् ।

कार्य जीवन[सम्पादन गर्नुहोस्]

उनकी बहिनी, चार्ली डमेलियोले टिकटकमा ख्याति प्राप्त गरेपछि डिक्सीको कार्य जीवनको सुरुवात भएको हो । डिक्सीले पनि टिकटकमा भिडियो राख्न थालिन् जसले गर्दा उनले २ करोड भन्दा बडी अनुयायी एकत्र गरिन् ।[१][२] डिक्सीको इन्स्टाग्राममा १ करोड भन्दा बडी र ट्विटरमा २१ लाख अनुयायी छन् ।[३][४] उनी टिकटकमा सबैभन्दा धेरै अनुयायी भएका व्यक्तिका सूचीमा १३ औँ स्थानमा पर्छिन् ।

जनवरी २०२० देखि डमेलियोले युनाइटेड ट्यालेन्ट एजेन्सीसँग काम गर्न थालेकी छिन् ।[५] मे २०२० मा उनी र उनकी बहिनीले निजी जीवन दर्शकहरूलाई देखाउन र्याम्बल पडकास्ट नेटवर्कसँग सम्झौता गरिन् ।[६]

सन् २०२० मा उनी एटवे जनरल नामक युट्युब वेब शृंखलामा देखिएकी थिइन् ।[७]

जून २६, २०२० मा डमेलियोले "बी हेप्पी" नामक गीत निकालिन् ।[८] जून २८ भित्र उनको गीत स्पोटिफाईमा १४ लाख भन्दा बडी चोटी सुनिएको थियो ।[९]

गायन र सङ्गीत[सम्पादन गर्नुहोस्]

गीत र चयनित चार्टमा स्थान
नाम वर्ष चार्टमा स्थान एल्बम
संयुक्त राज्य अमेरिका
[१०]
क्यानडा
[११]
न्युजिल्यान्ड
[१२]
संयुक्त अधिराज्य
[१३]
"बी हेप्पी" सन् २०२० ९४ ५५ एल्बममा नराखिएको
"—" ले उक्त क्षेत्रको चार्ट उपलब्ध नभएको वा सो क्षेत्रमा गीत नानिकलिएको जनाउँछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. ग्रान्ट, स्टेसी (मार्च २३, २०२०), "चार्लीकी दिदी, डिक्सी डमेलियोको बारेमा थाहा पाउनुपर्ने कुराहरू ।", सेभेनटीन, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  2. "टिकटकमा डिक्सी डमेलियो ।", टिकटक, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  3. "डिक्सी डमेलियो 🖤 (@dixiedamelio) • इन्स्टाग्राम पोस्ट ।", इन्स्टाग्राम, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  4. "डिक्सी (@dixiedamelio)", ट्विटर (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२० 
  5. जार्भी, नटाली (जनवरी १५, २०२०), "टिकटक प्रस्तुतकर्ता चार्ली र डिक्सी युनाइटेड ट्यालेन्ट एजेन्सी साथ ।", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  6. "चार्ली र डिक्सी डमेलियोको पडकास्ट ।", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  7. जार्भी, नटाली (फेब्रुअरी १४, २०२०), "टिकटक व्यक्तित्व डिक्सी डमेलियो वेब शृंखलामा ।", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  8. ट्वर्स्की, क्यारोलिन (जून २६, २०२०), "तपाईँहरूले डिक्सी डमेलियोको नयाँ गीत सुन्ने पर्छ ।", सेभेनटीन, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  9. "डिक्सी डमेलियोको "बि हेप्पी" पहिलो सप्ताहन्तमा नै १४ लाख भन्दा बडी चोटी सुनियो; भिडियो जुलाई १ मा निकालिने ।", हेडलाइन प्लानेट, जून २९, २०२०, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  10. "बिलबोर्ड अन्डर हट १०० - जुलाई १८, २०२० ।", बिलबोर्ड, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  11. "डिक्सी डमेलियो, कनेडियन हट १०० ।", बिलबोर्ड, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  12. "हट १०० चार्ट ।", द ओफिसियल न्यू जील्यान्ड म्युजिक चार्ट, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  13. "टप १०० चार्ट ।", ओफिसियाल चार्ट्स कम्पनी, अन्तिम पहुँच जुलाई ३१, २०२० 

बाह्य कडी[सम्पादन गर्नुहोस्]