ढाँचा:प्रमुख लेख/डिसेम्बर, २०१८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिरुडको एक तस्बिर

ओलिभिएर जिरुड (फ्रान्सेली उच्चारण: [ɔlivje ʒiʁu]; जन्म ३० सेप्टेम्बर १९८६; अङ्ग्रेजी: Olivier Giroud) एक फ्रान्सेली व्यावसायिक फुटबल खेलाडी हुन्, जो प्रिमियर लिगको क्लब चेल्सीफ्रान्स राष्ट्रिय फुटबल टिमको लागि खेल्ने गर्दछन् । उनी अग्रपंक्तिको रूपमा मैदान उत्र्ने गर्दछन् ।

सन् २००८ मा टूर्स नामक फुटबल क्लबमा सम्मिलित हुनुभन्दा अधि उनि लिग २ मा खेल्ने क्लब, ग्रिनेबलबाट आफ्नो आधिकारिक फुटबल कार्यकाल सुरू गरेका थिए । टूर्समा आफ्नो दोस्रो सिजनमा २१ गोलका साथ उनी सर्बाधिक गोलकर्ता बनेका थिए जसले गर्दा उनी फ्रान्सको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग, लिग १को फुटबल क्लब मोन्टेपिलरमा आबद्ध हुने मौका पाए । जिरुड सन् २०१० मा अङ्ग्रेजी वा प्रिमियर लिगको फुटबल क्लब आर्सनलमा आबद्ध हुनु अघि, लिग १ को सिजन २०११-२०१२ मा २१ गोलका साथ पुन सर्बाधिक गोलकर्ता बने, जसले गर्दा उनले खेल्ने क्लब मोन्टेपिलरले आफ्नो पहिलो लिग १ को उपाधि हात पारेको थियो । जिरुडले सन् २०१४, २०१५ र २०१७ को एफए कप आर्सनलबाट जितेका थिए । आर्सनल क्लबबाट उनले कुल २५३ खेलहरू खेली जम्मा १०५ गोलहरू गरेका थिए । जिरुड जनवरी २०१८ मा १८ महिनाको सम्झौतामा आर्सनलबाट चेल्सीका लागि ऋणमा आबद्ध भएका थिए । (पूरा  पढ्नुहोस्...)