ओलिभिए जिरू
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | ओलिभिए जोनातँ जिरू[१] | |||||||||||||||||||||
जन्म मिति | [२] | ३० सेप्टेम्बर १९८६|||||||||||||||||||||
जन्म स्थान | सँबेरी, फ्रान्स | |||||||||||||||||||||
उचाइ | १.९३ मी[३] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | एसी मिलान | |||||||||||||||||||||
सङ्ख्या | ९ | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
१९९२–१९९९ | फ्रगेस | |||||||||||||||||||||
१९९९–२००५ | ग्रनोब्ल फुत ३८ | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
२००५–२००८ | ग्रनोब्ल फुत ३८ | २३ | (२अा) | |||||||||||||||||||
२००७–२००८ | → इस्त्र (ऋण) | २२ | (१४) | |||||||||||||||||||
२००८–२०१० | तुर | ४४ | (२४) | |||||||||||||||||||
२०१०–२०१२ | मोन्तपेलिए | ७३ | (३३) | |||||||||||||||||||
२०१० | → तुर (ऋण) | १७ | (६) | |||||||||||||||||||
२०१२–२०१८ | आर्सनल | १८० | (७३) | |||||||||||||||||||
२०१८–२०२१ | चेल्सी | ७५ | (१७) | |||||||||||||||||||
२०२१- | एसी मिलान | ७ | (४) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
२०११– | फ्रान्स | ११० | (४६) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:०४, २६ सेप्टेम्बर २०२० (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:५८, ११ अक्टोबर २०२० (युटिसी) |
ओलिभिए जिरू (फ्रान्सेली: ɔlivje ʒiʁu); जन्म ३० सेप्टेम्बर १९८६ एक फ्रान्सेली व्यावसायिक फुटबल खेलाडी हुन् । उनी क्लब एसी मिलान र फ्रान्स राष्ट्रिय फुटबल टिमको लागि खेल्ने गर्दछन् । उनी अग्रपङ्क्तिको रूपमा मैदानमा उत्रने गर्दछन् ।
सन् २००८ मा तुर फुटबल क्लबमा सम्मिलित हुनुभन्दा अगावै उनले लिग २ खेल्ने क्लब, ग्रनोब्लेबाटआफ्नो आधिकारिक फुटबल कार्यकाल शुरू गरेका थिए । तुरमा आवद्ध रहेकै समय उनले आफ्नो दोस्रो संस्करणमा २१ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका थिए । जसको फलस्वरूप उनी फ्रान्सको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग, लिग अँ को फुटबल क्लब मोन्टेपिलरमा आवद्ध हुने मौका पाए । जिरू सन् २०१० मा अङ्ग्रेजी प्रिमियर लिगको फुटबल क्लब आर्सनलमा आवद्ध हुनु अघि, लिग अँ को संस्करण २०११-२०१२ मा २१ गोलका साथ पुन सर्वाधिक गोलकर्ता बने, जसले गर्दा उनले खेल्ने क्लब मोन्टेपिलरले आफ्नो पहिलो लिग अँ को उपाधि हात पारेको थियो । जिरूले सन् २०१४, २०१५ र २०१७ को एफए कप आर्सनलबाट जितेका थिए । आर्सनल क्लबबाट उनले कुल २५३ खेल खेलेर जम्मा १०५ गोल गरेका थिए । सन् २०१८ जनवरीमा १८ महिनाको सम्झौतामा जिरू आर्सनल क्लबबाट चेल्सीका लागि ऋणमा आवद्ध भएका थिए ।
सन् २०११ देखि उनी फ्रान्सका लागि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागी हुँदै आइरहेका छन् । उनले फ्रान्स राष्ट्रिय फुटबल टिमका लागि ८० भन्दा बढी उपस्थिति जनाइसकेका छन् भने ३० भन्दा बढी गोल समेत गरिसकेका छन् । युइएफए युरो २०१२ र २०१४ फिफा विश्वकपमा क्वार्टर-फाइनलमा पुग्ने फ्रान्स फुटबल टोलीका एक महत्त्वपूर्ण सदस्यका रूपमा उनले आफुलाई उभ्याएका थिए । युइएफए युरो २०१६ मा फ्रान्सेली टिम फाइनलसम्म पुगेर दोस्रो हुदाँ उनको भूमिका निकै प्रसंशानीय रहन पुग्यो साथै उनी प्रतियोगिताको दोस्रो सर्वाधिक गोलकर्ता बनेर ब्रोन्ज बुट प्राप्त गर्न सफल भए । फ्रान्स राष्ट्रिय फुटबल टिमले २०१८ फिफा विश्वकपको उपाधि हात पार्दा समेत उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]जिरूको जन्म सन् १९८६ सेप्टेम्बर ३० फ्रान्सको चामबेरीमा भएको थियो र उनी ग्रनोब्लेमा हुर्केका थिए । जिरू आफ्ना दुवै हजुरआमाको तर्फबाट इटालियन मुलका हुन् ।[४][५] जिरूले आफ्नो फुटबल जीवनको सुरुवात आफ्नै गृहनगरको क्लबमा खेल्दै गरेका थिए । उनले ६ वर्षको फुटबल प्रशिक्षण पछि १३ वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्नका लागि ग्रनोब्ले फुटबल क्लबमा आवद्ध भएका थिए ।
क्लब कार्यकाल
[सम्पादन गर्नुहोस्]ग्रनोब्ले
[सम्पादन गर्नुहोस्]२१ वर्षको उमेरमा पहिलो व्यावसायिक क्लबमा आवद्ध हुनु अघि जिरूले ५ वर्ष ग्रनोब्ले युथ एकेडेमीमा प्रशिक्षण लिएका थिए । खेलाडीको रूपमा व्यावसायिक फुटबल क्लबसँग अनुबन्धनले उनको खेल विकासमा एक महत्त्वपूर्ण भाग भएको कुरा उनले पछि स्वीकारेका थिए । त्यसै समय उनले 'यसले मेरो पहिलो व्यावसायिक सम्झौतामा मेरो क्षमताको बारेमा जानकारी गराउन मद्दत गर्नेछ' भन्ने कुरा बताएका थिए ।[६] २००५-०६ को संस्करण पछि उनलाई क्लबको सुरक्षित टिममा राखिएको थियो जसले फ्रान्सको पाँचौ तहको लिग खेलिरहेको थियो । जिरूले सो लिगमा खेलेका १५ खेलहरूमा १५ गोल गर्दै टोलीमा एक महत्त्वपूर्ण खेलाडीको रूपमा आफुलाई स्थापित गरेका थिए ।[७] उनको स्थायी प्रदर्शनले गर्दा टिमको नयाँ प्रबन्धक पेटन प्युलेक्वेन र निकोला माल्ग्रीले उनलाई वरिष्ठ टिमको लागि पदोन्नति गरी २२ नम्बरको जर्सी प्रदान गरेका थिए । सन् २००७ फेब्रुअरी २६ मा, जिरूले फ्रान्सेली फुटबल क्लब ले हाब्रे विरुद्ध अतिरिक्त समयमा आफ्नो पहिलो व्यावसायिक गोल गर्दै टिमलाई विजयी बनाएका थिए ।[८]
इस्त्र एफसी (ऋणमा)
[सम्पादन गर्नुहोस्]केही खेलकुद समय कमाउने प्रयासमा जिरूले सन् २००७-०८ संस्करणमा इस्त्र एफसीको लागि ऋणमा आवद्ध भए । उनले आफ्नो विकास एक स्ट्राइकरको रूपमा जारी राखे र उनको दोस्रो खेलमा क्लबको साथमा लेवललाई २-१ ले पराजित गरे ।[९] त्यसको दई हप्ता पछि, जिरूले भेनेस र क्रिटेल विरुद्ध गोल गरे ।[१०][११] उनले अर्लस-एभिगनन विरुद्ध दुई गोल गरे जुन खेल २-० को गोल अन्तरमा समाप्त भएको थियोे[१२] र त्यसको १५ दिन पछि, जिरूले पाउ फुटबल क्लबको बिरुद्धमा फेरि दुई गोल गरे र यो समयमा ३-२ को गोल अन्तरले इस्त्र फुटबल क्लब खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।[१३] उनले इस्त्रको लागि १४ गोल गरेका थिए ।
तुर
[सम्पादन गर्नुहोस्]सन् २८ मे २००८ मा जिरूले लिग २ को क्लब तुरको लागि ३ वर्षको सम्भैता गरे । उनेलाई १२ नम्बरको जर्सि दिईयो र चोटको कारण तुरका आवद्ध भएको ५ महिना पझि उनले सन् २००८ सेप्टेम्बर ३ मा आफ्नो पहिलो खेल खेले । उनको टर्सबाट रहेको पहिलो खेलमा तुरले बोलग्नेलाई कोप्ले डी ला लिगमा २-१ गोल अन्तरले हराएको थियो । त्यसको एक महिना पछि, उनले क्लबको लागि आफ्नो पहिलो गोल गरेका थिए । उनले तुर क्लबको लागि आफ्नो क्लब कार्यकाल भरी जम्मा २४ गोल गरेका छन् ।
मोन्तपेलिए
[सम्पादन गर्नुहोस्]जिरू आधिकारिक रूपमा सन् १ जुलाई २०१० मा मोन्टपेलीयर क्लबमा आबद्ध भएका थिए । उनी सँगै २९ जुलाई मा मन्टपेलीयरको यूईएफई युरोपपा लीगको तेस्रो क्वालिफिकेसनमा हङ्गेरिया क्लब ग्यारीय ईटीओको पहिलो चरणमा उनको क्लब र युरोपेली क्लबको खेल भएको थियो । खेलमा, जिरूले पहिलो खेलको पहिलो हापमा क्लबको लागि पहिलो गोल गरेका थिए ।[१४]
आर्सनल
[सम्पादन गर्नुहोस्]२०१२–१३ संस्करण
[सम्पादन गर्नुहोस्]जिरूले सन् २०१२ जुन २६ मा आर्सनल फुटबल क्लबको लागि आबद्ध भएका थिए । उनलाई ९.६ युरोमा आर्सनल क्लबले खरिद गरेको थियो[१५] साथै क्लबले उनलाई १२ नम्बरको जर्सी दिएको थियो ।[१६] आर्सनलका लागि उनले आफ्नो पहिलो खेल १८ अगस्ट, २०१२ मा खेलेका थिए । उनले आर्सनल क्लबका लागि आफ्नो पहिलो गोल भने २६ सेप्टेम्बरमा गरेका थिए । उनको पहिलो प्रिमियर लिग गोल सन् ६ अक्टोबरमा गरेका थिए, वेस्ट ह्याम युनाडटेड विरुद्ध जीरूले पहिलो प्रिमियर लिग गोल गरेका थिए ।[१७]
२०१३–१४ संस्करण
[सम्पादन गर्नुहोस्]जिरूले एस्टन भिल्ला विरुद्ध २०१३-१४ प्रिमियर लिग संस्करणको उद्घाटन खेलमा गोल गरेका थिए,[१८] तर उनको क्लब आर्सनलले भने उक्त खेलमा ३-१ को हार बेहोर्नु परेको थियो । १ सेप्टेम्बरमा, उत्तर लन्डनकोमा टोटन्ह्याम हटस्पर विरुद्धको खेलमा उनको मात्र गोल रहेको थियो ।[१९] २६ अक्टोबरमा, आर्सनलले क्रिस्टल प्यालेसलाई २-० को गोल अन्तरले पराजित गर्दा जिरूले संस्करणको दोस्रो गोल गरेका गिए, जो प्रीमियर लिगको शीर्ष स्थानमा आर्सनललाई राख्नका निम्ति सफल साबित भएको खेल थियो । त्यसको लगभग एक महिना पछि आर्सनलले साउथ ह्यामटनलाई २-० गोल अन्तरले पराजित गर्दा जिरूले महत्त्वपूर्ण दुबै दुई गोल गरेका थिए ।
२०१४–१५ संस्करण
[सम्पादन गर्नुहोस्]२०१४ एफए कम्युनिटी शिल्ड को खेलमा म्यान्चेस्टर सिटी विरुद्ध आर्सनलले ३-० को जित दर्ता गर्दा जिरूले तेस्रो गोल गरेका थिए । सन् ३० सेप्टेम्बर २०१४ उनको २८ औँ जन्मदिनका दिन, जिरूले आर्सनलमा पुन नयाँ अनुबन्धन हस्ताक्षर गरे, उनले २०१८ सम्म क्लबमा रहने गरी £ ८०,००० सम्म आफ्नो साप्ताहिक ज्याला बढाएर सम्झौता गरेका थिए ।
२०१५–१६ संस्करण
[सम्पादन गर्नुहोस्]जिरूले ओजिलको पासको सदुपयोग गर्दै क्रिस्टल प्यालेसको बिरुद्ध आर्सनलको लागि संस्करणको पहिलो गोल गरेका थिए । सन् २०१६ मे ८ मा जिरूले म्यानचेस्टर सिटीको बिरुद्ध गोल गरेका थिए तर त्यो खेल २-२ गोलमा समाप्त भएको थियो । एक हप्ता पछि २०१५-१६ संस्करणको अन्तिम खेलमा जिरूले एस्टन भिल्ला विरुद्ध ह्याटि्रक परा गरेका थिए, प्रिमियर लिगको संस्करण २०१५-१६ मा उनले १६ गोल गरेका थिए ।
२०१६-२०१७ संस्करण
[सम्पादन गर्नुहोस्]२०१६-२०१७ प्रिमियर लिग संस्करणमा जिरूले आर्सनलको पहिलो नौ खेलहरूमा मात्र तीन पटक खेलेका थिए । सन् २९ अक्टोबर २०१६ का दिन प्रिमियर लिग को म्याच डेडमा १० औँ खेलको मा ६९ औँ मिनेटमा मैदान प्रवेश गरेका जिरूले उक्त खेलमा २ गोल गरेका थिए । सन्डरल्याण्ड विरूद्वको उक्त खेलमा आर्सनल ४-१ गोल अन्तरले विजयी हुन सफल भएको थियो ।
२०१७-२०१८
[सम्पादन गर्नुहोस्]सन् २०१७ सेप्टेम्बर २८ मा जिरूले आर्सनल क्लबको लागि १०० गोल पुरा गर्न सफल भएका थिए ।
चेल्सी
[सम्पादन गर्नुहोस्]सन् ३१ जनवरी २०१८ मा, जिरूले अज्ञात शुल्कको लागि चेल्सीसँग १८ महिना सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।[२०] उनले प्रिमियर लिग शुरु भएको ५ दिन पछि चेल्सीका लागि पहिलो खेल वाटफोर्डको बिरुद्धमा खेलेका थिए । जहाँ उनी पेड्रोको स्थानमा ६४ औँ मिनेटमा आएका थिए । यद्यपि, परिणाम ४-१ को गोल अन्तरमा वाटफोर्डले जितेको थियोे । उनले एफए कपमा चेल्सीको तर्फबाट पहिलो गोल हल सिटीको बिरुद्धमा गरेका थिए जसमा चेल्सी ४-० को गृह जित हात पारेको थियोे ।[२१] । १३ फेब्रुअरी मा जिरूले चेल्सीका लागि आफ्नो पहिलो खेल खेलेका थिए । उक्त खेलमा एडन हजर्डको सहायतामा क्लब ३-० गोल अन्तरले विजयी भएको थियो ।[२२]
२०१८-१९
[सम्पादन गर्नुहोस्]सन् ८ नोभेम्बर २०१८ मा, जिरूले संस्करणको आफ्नो पहिलो गोल गर्न सफल भएका थिए । उनले २०१८-१९ युइएफए युरोपा लिग समूह चरण अन्तरर्गतको चौथो खेल मा बिएटीई बोरीसोभ विरूद्धको खेलमा गोल गरेका थिए । उक्त खेल पछि चेल्सी उक्त प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो ।[२३] यस्तै २४ नोभेम्बरमा जीरूले प्रिमियर लिगमा पनि टोटनह्याम हस्टपर विरूद्ध पहिलो गोल गरेका थिए । उक्त खेलमा भने चेल्सी टोटनह्याम सँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।[२४]
अन्तर्राष्ट्रिय कार्यकाल
[सम्पादन गर्नुहोस्]फ्रान्सेली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु भन्दा पहिले जिरूले राष्ट्रिय युवा टोलीको साथ कुनै पनि उपस्थिती जनाएका थिएनन् । सन् २००१ मा उनलाई राष्ट्रिय यू-१६ टोलीको प्रतिनिधित्व गर्नका लागि तालिम कार्यशालामा बोलाइएको थियो तर युवा टोलीमा बरिस्ठ युवा खेलाडी योहान कबाय र यान गार्कुफ थिए भने टोलीको प्रशिक्षकको रूपमा पेरी मेनकवास्की रहेका थिए । त्यसैले पनि उनले उक्त टोलीमा स्थान बनाउन सफल भएका थिएनन् ।[२५] त्यस कार्यशाला पछि जिरूले २००१-०२ को संस्करण अन्तरालमा पनि खेल्ने मैका पाएका थिएनन् ।
सन् ३ नोभेम्बर २०११ का दिन घरेलु टोली मोन्टेपिलरमा जिरूको प्रस्तुति देखेर राष्ट्रिय टोलीका प्रशिक्षक लरेन्ट ब्याङ्कले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जिरूको नाम खेलाडीको सुचिमा राखेका थिए ।[२६][२७] जिरूले उनको पहिलो अन्तर्राष्ट्रिय खेल सन् ११ नोभेम्बर २०११ मा अमेरिकाको विरुद्धमा खेलेका थिए भने सन् १५ नोभेम्बर २०११ मा बेल्जियमको विरुद्धमा खेलेका थिए । जिरूले उनको पहिलो अन्तर्राष्ट्रिय खेलमा राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा आफ्नो बाल्य अवस्थाको सपना पूरा भएको छ भनेर सञ्चार माध्यमहरूलाई भनेका थिए । उनिले फ्रान्स राष्ट्रिय टिमबाट पहिलो पटक अमेरिकाका विरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जहाँ उनी अतिरिक्त खेलाडिको रूपमा मैदान प्रवेश गरेका थिए । त्यो खेल फ्रान्सले १-० गोल अन्तरले जितेको थियो । जिरूले बेल्जियमका विरुद्ध पनि दोस्रो अन्तर्राष्ट्रिय खेल खेलेका थिए तर खेल गोल रहित समाप्त भएको थियो । सन् २९ फेब्रुअरी २०१२ का दिन जिरूले जर्मनीको विरुद्ध उनको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए जुन खेल २-१ गोल अन्तरमा फ्रान्सले जितेको थियो । त्यस खेलको ३ महिना पछि उनलाई युइएफए युरो २०१२ को फ्रान्सेली फुटबल टिमको अन्तिम खेलाडिहरूको सुचिमा समावेश गरिएको थियो । त्यस घोषणाको दुई दिन अघि जिरूले आइसल्यान्डका विरुद्ध गोल गर्नमा २ सहायता गरेका थिए । [२८]
सन् १६ अक्टोबर, २०१२ मा २०१४ फिफा विश्वकप छनौट खेलमा जिरूले स्पेनका विरुद्ध गोल गर्दै खेललाई १-१ को बराबरीमा पुराएका थिए ।[२९] त्यस खेलमा उनी अतिरिक्त खेलाडिको रूपमा ८८ औं मिनेटमा मैदान भित्र्यिका थिए । उनले स्पेनको विरुद्धमा गरेका गोलका कारणले र आर्सनलमा देखाएको प्रस्तुतिले उनलाई र उनको आर्सनलका खेलाडी साथी लरेन्ट कोसिल्नीलाई १४ नोभेम्बरमा इटालीका विरुद्धमा खेल्नका लागि डाकिएको थियो । [३०] त्यस खेलमा जिरूले निकै थोरै गोल गर्ने मौका पाएका थिए र उनलाई अर्का अतिरिक्त खेलाडीसँग साटिएको थियो । सन् ११ अक्टोबर २०११ का दिन जिरूले अष्ट्रेलियाका विरुद्ध २ गोल गर्दै खेलका उत्कृष्ट खेलाडि घोषित भएका थिए जुन खेलमा फ्रान्सले अष्ट्रेलियालाई ६-० गोल अन्तरले हराएको थियो । [३१]
सन् १३ मे २०१४ मा जिरूलाई २०१४ फिफा विश्वकपमा खेल्ने अन्तिम खेलाडीको सुचिमा सुचिकृत गरियो । उनले खेलको पहिलो खेलमा उनी एक अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए जुन खल फ्रान्सले होन्डुरसको विरुद्धमा खेलको थियो । जिरूलाई त्यो खेल पछि फ्रान्सका पशिक्षकले स्विट्जरल्याण्ड विरुद्धमा प्रमुख खेलाडीको रूपमा राखेको थियो । त्यस खेलमा जिरूले १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो गोल उनको व्यक्तिगत पहिलो विश्वकप गोल र १०० औँ अन्तर्राष्ट्रिय खेल थियो ।
सन् १० जुन, २०१६ मा युइएफए युरो २०१६ को पहिलो खेलमा फ्रान्सले रोमानीयालाई २-१ गोल अन्तरले जितेको थियो । जिरूले यस खेलमा फ्रान्सको लागि शुरु देखि अन्तिमसम्म खेल्ने खेलाडीको रूपमा ५० औँ उपस्थिति जनाएका थिए । फ्रान्सको अर्को खेलमा जिरूले ५७ औँ मिनेटमा हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जिरूले क्वाटरफाइनल खेलमा पनि १ गोल गर्न सफल भएका थिए, जुन खेलमा फ्रान्सले आइसल्यान्ड विरुद्ध ५-१ गोल अन्तरले विजय हाँसिल गरेको थियो । युइएफए युरो २०१६ को फाइनल खेलमा फ्रान्स राष्ट्रिय टोली पोर्चुगलसँग हार्न पुगेको थियो । पूर्ण प्रतियोगिताको नतिजा आएपछि जिरू प्रतियोगिताकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको दोस्रो स्थानमा परेका थिए जहाँ उनले ३ गोल र २ सहायता गरेका थिए र उनले काश्य जुत्ता पनि जितेका थिए ।
खेल्ने तरिका
[सम्पादन गर्नुहोस्]जिरू धेरै आक्रमणकारी पदहरूमा खेल्ने क्षमता राख्छन्, तर सामान्यतया उनी एक अग्रपङ्क्ति वा केन्द्रिय अग्रपङ्क्तिको रूपमा खेल्ने गरेका छन् तथा उनी कहिले काँही एक दृतिय अग्रपङ्क्तिको रूपमा पनि खेलेको पाईन्छ । उनलाई कडाँ र दमदार स्ट्राइको रूपमा लिन सकिन्छ ।[३२][३३] उनी सामन्यतया अगाडि बढ्दै रक्षापङ्क्तिका खेलाडीहरूलाई भ्रममा पार्न माहिर छन् ।[३४]
फुटबल बाहिर
[सम्पादन गर्नुहोस्]व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]जिरूको एउटा सानो भाइ छन् रोमेन, उनी पनि एक फुटबल खेलाडी हुन् । उनी लिग २ को फुटबल क्लब एक्सर एकेडेमीबाट खेल्दछन् र फ्रान्स राष्ट्रिय फुटबल टिमका लागि १५ वर्ष भन्दा कम वा १७ वर्ष भन्दा कम उमेरका खेलाडीको प्रतिनिधित्व गर्दछन् ।
जिरूले सन् २०११ मा जेनिफरसँग विवाह गरे ।[३५] उनीहरूको छोरी जेड १८ जून २०१३ मा जन्मिएकी थिइन् । जिरू एक रोमन क्याथोलिक हुन् र उनको दाहिने हातमा ट्याटू रहेको छ । फेब्रुअरी २०१४ मा, जिरूले मोडल सेलीया केसँग मीलि आफ्नी श्रीमतीलाई धोका दिएका थिए । यो घटना पछि, जिरूले आफ्नी श्रीमतीसँग उनलाई व्यभिचार नगरेकोमा माफी मागेका थिए ।
खेलजीवन तथ्याङ्क
[सम्पादन गर्नुहोस्]क्लब
[सम्पादन गर्नुहोस्]क्लब | संस्करण | लिग | राष्ट्रिय कप[क] | लिग कप[ख] | युरोप[ग] | अन्य[घ] | जम्मा | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विभाग | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | ||
ग्रनोब्ल | २००५–०६ | लिग २ | ६ | ० | ० | ० | ० | ० | — | — | ६ | ० | ||
२००६–०७ | लिग २ | १७ | २ | १ | ० | १ | ० | — | — | १९ | २ | |||
जम्मा | २३ | २ | १ | ० | १ | ० | — | — | २५ | २ | ||||
इस्त्र (ऋण) | २००७–०८ | सम्पिओँना नास्सिओनाल | ३३ | १४ | ० | ० | १ | ० | — | — | ३४ | १४ | ||
तुर | २००८–०९ | लिग २ | २३ | ९ | २ | ४ | १ | ० | — | — | २६ | १३ | ||
२००९–१० | लिग २ | ३८ | २१ | १ | ० | २ | २ | — | — | ४१ | २३ | |||
जम्मा | ६१ | ३० | ३ | ४ | ३ | २ | — | — | ६७ | ३६ | ||||
मोन्तपेलिए | २०१०–११ | लिग अँ | ३७ | १२ | १ | ० | ३ | १ | २ | १ | — | ४३ | १४ | |
२०११–१२ | लिग अँ | ३६ | २१ | ४ | २ | २ | २ | — | — | ४२ | २५ | |||
जम्मा | ७३ | ३३ | ५ | २ | ५ | ३ | २ | १ | — | ८५ | ३९ | |||
आर्सनल | २०१२–१३ | प्रिमियर लिग | ३४ | ११ | ४ | २ | २ | २ | ७ | २ | — | ४७ | १७ | |
२०१३–१४ | प्रिमियर लिग | ३६ | १६ | ५ | ३ | १ | ० | ९ | ३ | — | ५१ | २२ | ||
२०१४–१५ | प्रिमियर लिग | २७ | १४ | ५ | ३ | ० | ० | ३ | १ | १ | १ | ३६ | १९ | |
२०१५–१६ | प्रिमियर लिग | ३८ | १६ | ५ | ३ | २ | ० | ७ | ५ | १ | ० | ५३ | २४ | |
२०१६–१७ | प्रिमियर लिग | २९ | १२ | ४ | २ | १ | ० | ६ | २ | — | ४० | १६ | ||
२०१७–१८ | प्रिमियर लिग | १६ | ४ | ० | ० | ३ | ० | ६ | ३ | १ | ० | २६ | ७ | |
जम्मा | १८० | ७३ | २३ | १३ | ९ | २ | ३८ | १६ | ३ | १ | २५३ | १०५ | ||
चेल्सी | २०१७–१८ | प्रिमियर लिग | १३ | ३ | ४ | २ | — | १ | ० | — | १८ | ५ | ||
२०१८–१९ | प्रिमियर लिग | २७ | २ | १ | ० | ३ | ० | १४ | ११ | ० | ० | ४५ | १३ | |
२०१९–२० | प्रिमियर लिग | १८ | ८ | ३ | १ | ० | ० | ३ | ० | १ | १ | २५ | १० | |
२०२०–२१ | प्रिमियर लिग | १ | ० | ० | ० | २ | १ | ० | ० | — | ३ | १ | ||
जम्मा | ५९ | १३ | ८ | ३ | ५ | १ | १८ | ११ | १ | १ | ९१ | २९ | ||
कुल | ४२९ | १६५ | ४० | २२ | २४ | ८ | ५८ | २८ | ४ | २ | ५५५ | २२५ |
अन्तर्राष्ट्रिय
[सम्पादन गर्नुहोस्]- अद्यावधिक ११ अक्टोबर २०२०[३९]
राष्ट्रिय टोली | वर्ष | उपस्थिति | गोल |
---|---|---|---|
फ्रान्स | सन् २०११ | २ | ० |
सन् २०१२ | १२ | २ | |
सन् २०१३ | १२ | ३ | |
सन् २०१४ | ९ | ४ | |
सन् २०१५ | १० | ४ | |
सन् २०१६ | १४ | ८ | |
सन् २०१७ | १० | ८ | |
सन् २०१८ | १८ | ४ | |
सन् २०१९ | १० | ६ | |
सन् २०२० | ४ | ३ | |
जम्मा | १०१ | ४२ |
अन्तर्राष्ट्रिय गोलहरू
[सम्पादन गर्नुहोस्]- २५ मार्च २०१९ का अनुसार[४०]
न. | मिति | स्थान | उपस्थिती | प्रतिशपर्धी | अङ्क | नतिजा | प्रतिशपर्धा |
---|---|---|---|---|---|---|---|
१ | २९ फेब्रुअरी २०१२ | वेसरस्टेडन, ब्रिमेन, जर्मनी | ३ | जर्मनी | १–० | २–१ | मैत्रीपुर्ण खेल |
२ | १६ अक्टोबर २०१२ | भिसेन्ट रङ्गशाला म्याड्रिड, स्पेन | १३ | स्पेन | १–१ | १–१ | २०१४ फिफा विश्वकप छनौट |
३ | २२ मार्च २०१३ | स्टेट डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | १६ | जर्जिया | १–० | ३–१ | |
४ | ११ अक्टोबर २०१३ | पार्क डेस प्रिन्सेस, पेरिस, फ्रान्स | २३ | अस्ट्रेलिया | २–० | मैत्रीपुर्ण खेल | |
५ | ३–० | ||||||
६ | २७ मे २०१४ | स्टेट डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | २८ | नर्वे | २–० | ||
७ | ४–० | ||||||
८ | ८ जुन २०१४ | स्टेड पेरि, फ्रान्स | ३० | जमैका | ४–० | ८–० | |
९ | २० जुन २०१४ | इटिपाभ एरिना, साल्भाडोर, ब्राजिल | ३२ | स्विट्जरल्यान्ड | १–० | ५–२ | २०१४ फिफा विश्वकप |
१० | २९ मार्च २०१५ | स्टेट गिचार्ड, सेन्ट-इटिना, फ्रान्स | ३७ | डेनमार्क | २–० | २–० | मैत्रीपूर्ण अेल |
११ | ११ अक्टोबर २०१५ | पार्केन स्टेडन, कोपनहेगन, डेन्मार्क | ४३ | डेनमार्क | १–० | ||
१२ | २–० | ||||||
१३ | १३ नोभेम्बर २०१५ | स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | ४४ | जर्मनी | १–० | २–० | |
१४ | २५ मार्च २०१६ | आम्स्टरडम एरिना, आमस्टरडम, नेदरल्यान्ड | ४६ | नेदरल्यान्ड | २–० | ३–२ | |
१५ | ३० मे २०१६ | स्टेड डे ला, नान्टेस, फ्रान्स | ४८ | क्यामेरून | २–१ | ३–२ | |
१६ | ४ जुन २०१६ | स्टेड सेन्ट, मेट्ज, France | ४९ | स्कटल्यान्ड | १–० | ||
१७ | २–० | ||||||
१८ | १० जुन २०१६ | स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | ५० | रोमानिया | १–० | २–१ | युइएफए युरो २०१६ |
१९ | ३ जुलाई २०१६ | स्टेड डे फ्रान्स , सेन्ट-डेनिस, फ्रान्स | ५३ | आइसल्यान्ड | १–० | ||
२० | ५–१ | ||||||
२१ | १ सेप्टेम्बर २०१६ | स्टेडियो सान निकोला, बरी, इटाली | ५६ | इटाली | २–१ | ३–१ | मैत्रीपूर्ण खेल |
२२ | २५ मार्च २०१७ | स्टेड जोसे, लक्जम्बर्ग सहर, लग्जम्बर्ग | ६० | लक्जेम्बर्ग | १–० | २०१८ फिफा विश्वकप छनौट | |
२३ | ३–१ | ||||||
२४ | २ जुन २०१७ | रोजहन पार्क, रिन्स, फ्रान्स | ६२ | पाराग्वे | १–० | मैत्रीपूर्ण | |
२५ | २–० | ||||||
२६ | ३–० | ||||||
२७ | ९ जुन २०१७ | फ्रेन्डस् एरिना, सोल्ना, स्विडेन | ६३ | स्विडेन | १–० | १–२ | २०१८ फिफा विश्वकप छनौट |
२८ | १० अक्टोबर २०१७ | स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | ६८ | बेलारुस | २–० | २–१ | |
२९ | १० नोभेम्बर २०१७ | स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | ६९ | वेल्स | २–० | २–० | मैत्रीपूण |
३० | २३ मार्च २०१८ | स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | ७० | कोलोम्बिया | १–० | २–३ | |
३१ | २८ मे २०१८ | स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | ७२ | आयरल्यान्ड | १–० | २–० | |
३२ | ९ सेप्टेम्बर २०१८ | स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | ८३ | नेदरल्यान्ड | २–१ | २–१ | २०१८-१८ युइएफए राष्ट्र लिग |
३३ | २० नोभेम्बर २०१८ | स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | ८७ | उरुग्वे | १–० | १–० | मैत्रिपूण खेल |
34 | 22 March 2019 | जिम्ब्रु रङ्गशाला, चिसिनाउ , माल्डोभा | ८८ | मोल्दोभा | ३–० | 4–1 | २०२० युइएफए युरो कप छनोट |
35 | २५ मार्च २०१९ | स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स | ८९ | आइसल्यान्ड | २–० | ४–० |
उपाधि तथा सम्मानहरू
[सम्पादन गर्नुहोस्]क्लब
[सम्पादन गर्नुहोस्]- एफए कप: २०१३-१४, २०१४-१४, २०१६-१७
- एफए कम्युनिटी शिल्ड: २०१४, २०१५, २०१७
अन्तर्राष्ट्रिय
[सम्पादन गर्नुहोस्]व्यक्तिगत
[सम्पादन गर्नुहोस्]- लिग अँ सर्वाधिक गोलकर्ता : २०११-१२[४४]
- राष्ट्रिय खेलाडीहरू लिग अँ का वर्ष खेलाडी : २०११-१२[४५]
- प्रिमियर लिग महिनाको उत्कृष्ट खेलाडी : २०१५ मार्च[४६]
- लिग २ खेल्ने राष्ट्रिय उत्कृष्ट वर्ष खेलाडी :२००९-१९०[४७]
- लिग २ वर्ष उत्कृष्ट टिम : २००९-१०
- लिग २ खेल्ने राष्ट्रिय उत्कृष्ट महिना खेलाडी : सेप्टेम्बर २००९, नोभेम्बर २००९[४८]
- युईएफए युरोपियन च्याम्पियनसिप ब्रोन्ज बुट : २०१६
- फिफा पुस्कार अवार्ड: २०१७[४९]
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Décret du 31 décembre 2018 portant promotion et nomination" [Decree of 31 December 2018 on promotion and appointment], Journal Officiel de la République Française (फ्रान्सेलीमा) 2019 (0001), १ जनवरी २०१९, PRER1835394D, मूलबाट १३ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०१९।
- ↑ "FIFA World Cup Russia 2018: List of players: France" (PDF), FIFA, १५ जुलाई २०१८, पृ: ११, मूलबाट २ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्टोबर २०१८। वेब्याक मेसिन अभिलेखिकरण १२ अगस्ट २०१८ मिति
- ↑ "Olivier Giroud", Chelsea F.C., मूलबाट ५ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्टोबर २०१८।
- ↑ "Aux origines de Payet, Giroud et Griezmann", La revue française de Généalogie।
- ↑ "Giroud, la Marseillaise et sa mamie", सोफुट डटका।
- ↑ "Olivier Giroud, buteur né", ले मोन्डे, ३० अक्टोबर २०११, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२।
- ↑ "Olivier Giroud, buteur né", ले मोन्डे, ३० अक्टोबर २०१२, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२।
- ↑ "ग्रिनोवल र लि हाभ्रे बिच भएको खेलको प्रतिवेदन", Ligue de Football Professionnel, २६ फेब्रुअरी २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२।
- ↑ "लेवल र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, ११ अगस्ट २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२।
- ↑ "भेनेस र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, २५ अगस्ट २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२।
- ↑ "क्रिटल र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, १ सेप्टेम्बर २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२।
- ↑ "आर्लस एभिगनन र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, २२ सेप्टेम्बर २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२।
- ↑ "पाउ र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, ६ अक्टोबर २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२।
- ↑ "ग्यो र मोन्टेपिलर बिच भएको खेलको प्रतिवेदन", युइएफए (फ्रान्सेलीमा), २९ जुलाई २०१०, अन्तिम पहुँच ६ फेब्रुअरी २०१२।
- ↑ हारे, जो (२ जुलाई २०१२), "जिरू आर्सनलसँग आबद्ध भएका छन्", लन्डन: द टेलिग्राफ, अन्तिम पहुँच २४ जनवरी २०१४।
- ↑ "जिरू आर्सनलमा आबद्ध भएका छन", आर्सनल फुटबल क्लब, मूलबाट २ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "वेस्ट ह्याम १–३ आर्सनल बिबिसी स्पोर्ट अभिगमन मिति ६ अक्टोबर २०१२
- ↑ ओर्नसटेन, डेभिड (१७ अगस्ट २०१३), "आर्सनल १–३ एस्टन भिल्ला", बिबिसी (बिबिसी स्पोर्ट), अन्तिम पहुँच ७ सेप्टेम्बर २०१३।
- ↑ मागोवन, एलिस्टर (१ सेप्टेम्बर २११३), "आर्सनल १–० टोटन्ह्याम हटस्पर", बिबिसी (बिबिसी स्पोर्ट), अन्तिम पहुँच ७ सेप्टेम्बर २०१३।
- ↑ "जिरू चेल्सीमा आबद्ध भएका छन्", चेल्सीको आधिकारिक वेबसाइट (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जनवरी २०१८।
- ↑ "चेल्सी ४ हल सिटि ० खेलको विवरण", इभिनिङ स्ट्यान्डर्ड (अङ्ग्रेजीमा), १७ फेब्रुअरी २०१८।
- ↑ "चेल्सी ३–० वेस्ट ब्रुमविच एल्बियन खेलको विवरण", स्काईस्पोर्ट्स (अङ्ग्रेजीमा), १२ फेब्रुअरी २०१८।
- ↑ "जिरूले चेल्सीलाई युरोपा लिगको नकआउट चरणमा प्रवेश गराय", एसबिएस (अङ्ग्रेजीenमा), अन्तिम पहुँच ९ नोभेम्बर २०१८।
- ↑ "प्रिमियर लिग - टोटनह्याम ३ चेल्सी १ - खेलको प्रतिवेदन", बिइन स्पोर्ट्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ नोभेम्बर २०१८।
- ↑ "La liste des participants au rassemblement du CTNFS" (फ्रान्सेलीमा), फ्रान्स फुटबल सङ्घ, १७ अगस्ट २००१, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२।
- ↑ "सार्बाधिक गोलकर्ता जिरूले फ्रान्स राष्ट्रिय फुटबल टोलीमा आवद्ध भएका छन्", फ्रान्स२४, ३ नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२।
- ↑ "जिरू फ्रान्स राष्ट्रिय टोलीमा", युइएफए, १० नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२।
- ↑ "Le joueur du MHSC Olivier Giroud sélectionné en équipe de France" (फ्रान्सेलीमा), मिडि लिब्रे, ३ नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२।
- ↑ "फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल जित्न सफल भएको छ", स्काई-स्पोट्स, १४ नोभेम्बर २०१२, अन्तिम पहुँच १६ नोभेम्बर २०१६।
- ↑ "ओलिभिए जिरू र लरेन्ट कोसील्नीले फ्रान्स राष्ट्रिय टोलीका लागि खेल्ने भएका छन्", स्पोर्ट्स उपडेट, १० नोभेम्बर २०१२, अन्तिम पहुँच ११ नोभेम्बर २०१२।
- ↑ "स्पेन १–१ फ्रान्स:", गोल डट कम, १६ अक्टोबर २०१२, अन्तिम पहुँच १४ मे २०१४।
- ↑ "Giroud, tras los pasos de Guivarch, el 'falso 9 de la Francia del 98': un delantero sin gol... que es fundamental" (स्पेनीमा), मार्का, १२ जुलाई २०१८, अन्तिम पहुँच ३० नोभेम्बर २०१८।
- ↑ "Giroud, un avenir en bleu" [Giroud, a future in blue], Le Dauphiné (फ्रान्सेलीमा), ८ नोभेम्बर २०११, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२।
- ↑ "कसरी आर्सनलका जिरूले रक्षपङ्क्तिका खेलाडीहरूलाई भ्रममा पार्दछन् ?", बिबिसी स्पोर्ट्स, २६ सेप्टेम्बर २०१३।
- ↑ "ओलिभिए जरु र उनकी श्रीमती जेनिफर", फेब्रुअरी २०१४, अन्तिम पहुँच १५ फेब्रुअरी २०१४।
- ↑ Olivier Giroud सकरबेसमा
- ↑ "Olivier Giroud Bio, Stats, News", मूलबाट ५ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०१३। वेब्याक मेसिन अभिलेखिकरण ५ सेप्टेम्बर २०१२ मिति
- ↑ "Olivier Giroud", मूलबाट १९ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१४।
- ↑ "Giroud, Oliver", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।
- ↑ "ओलिभिए जिरू-राष्ट्रिय फुटबल टिम खेलाडी", ५ जुन २०१६, अन्तिम पहुँच ५ जुन २०१६।
- ↑ "ओलिभिए जिरू", युरो स्पोर्ट्स डटकम।
- ↑ म्याकनल्टि, फिल (१९ मे २०१८), "चेल्सी १–० म्यानचेस्टर युनाइटेड", बिबिसी स्पोर्ट, अन्तिम पहुँच १९ मे २०१८।
- ↑ म्याकनल्टि, फिल (१५ जुलाई २०१८), "फ्रान्स ४–२ कोएसिया", बिबिसी स्पोर्ट्स, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८।
- ↑ "फ्रान्स – सर्बाधिक गोलकर्ता", आरएसएसएसएफ डटकम।
- ↑ "UNFP: Trophées UNFP du football: Le palmarès complet...", नेसनल युनियन अफ प्रोफेसनल फुटबलर, १४ मे २०१२, मूलबाट ३ मार्च २०१४-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१४ मिति - ↑ "ओलिभिए जिरू: अवलोकन", प्रिमियर लिग, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८।
- ↑ "आधिकारिक सर्बाधिक गोलकर्ताको सुची: २००९–१० लिग अँ", लिग अँ डटकम।
- ↑ "Trophées UNFP: ओलिभिए जिरू: Palmarès & trophée", नेसनल युनियन अफ प्रफेसनल फुटबलर, अन्तिम पहुँच ६ फेब्रुअरी २०१२।
- ↑ "२०१८/१९ प्रमियर लिग माइलस्टोन्स", प्रमियर लिग, २२ अक्टोबर २०१८, अन्तिम पहुँच २७ अक्टोबर २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- ओलिभिए जिरू – युइएफए प्रतियोगिता तथ्याङ्क