ढाँचा:प्रमुख लेख/मे, २०१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुम्ला जिल्लाको नेपाल र तिब्बत सिमानामा अवस्थित घुमौरे सडक र साथमा रहेको कर्णाली नदीको एक मनोरम दृश्य ।

हुम्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक अत्यन्तै दुर्गम हिमाली जिल्ला हो । शाके सन १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा विसं १८४६मा जुम्लालाई गोर्खाली फौंजले विजय गरेपछि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौंजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए । तिब्वतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्वतका अरु भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । वि. सं. २०१८ सालमा भएको नेपालको राजनीतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो । (पूरा  पढ्नुहोस्...)