ढाँचा:प्रमुख लेख/लुर्सन घाँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लुर्सन बहुवर्षे कोषे चरन घाँस हो। यस घाँसलाई विश्वव्यापी रूपमा घरपालुवा जनावरहरूका लागि चरनका लागि तथा एक महत्त्वपूर्ण खाद्य सामग्रीको परिचित छ। यस घाँसको प्रयोग अन्य बाली नालीलाई घेर्न, हरियो मल बनाउन तथा भू-क्षय रोकथामका लागि पनि हुँदै आएको छ। यस घाँसलाई उत्तर अमेरिकामा अल्फाअल्फा भनिन्छ भने यसलाई संयुक्त अधिराज्य, दक्षिण अफ्रिका, अस्ट्रेलिया तथा न्युजिल्यान्डमा लुर्सनको नामले पहिचान गर्न सकिन्छ। यस प्रजातिको घाँस हुर्कु सकेपछि लामो पात सहितको भेण्टा रङ्गको फूल फुल्ने गर्दछ भने यसमा १० देखि २० बीउहरू रहेका हुन्छन्। यो घाँसका लागि मध्यम तापक्रम उपयुक्त हुन्छ। यस घाँसलाई रोमन साम्राज्य कालदेखिनै पशुहरूका लागि एक महत्त्वपूर्ण बालीको रूपमा लगाइँदै आएको पाइन्छ। यस प्रजातिको घाँसको उत्पत्ति संभवत: दक्षिण-पश्चिमी एसियाका देश, तुर्की, इरान वा अफगानिस्तानमा भएको हो भन्ने धारण रहेको छ। अमरिका, पश्चिमी उत्तर प्रदेश आदिमा यस प्रजातिको घाँसको अधिक मात्रामा खेती गरिन्छ। एक पटक लगाएको लुर्सन प्रजातिको घाँस चार पाँच वर्षसम्म उपयोग गर्न सकिन्छ। (पूरा  पढ्नुहोस्...)