लुसर्न घाँस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(लुर्सन घाँस बाट पठाईएको)
Jump to navigation Jump to search

लुसर्न घाँस
Alfalfa
Medicago sativa
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
Magnoliopsida
गण:
Fabale
कुल:
Fabaceae
उपकुल:
Faboideae
वंश:
Trifolieae
वंश:
Medicago
प्रजाति:
M. sativa
वैज्ञानिक नाम
Medicago sativa
कार्लस लिनियस[१]

लुसर्न वा अल्फाल्फा बहुवर्षे कोषे चरन घाँस हो। यस घाँसलाई विश्वव्यापी रूपमा घरपालुवा जनावरहरूका लागि चरनका लागि तथा एक महत्त्वपूर्ण खाद्य सामग्रीको परिचित छ। यस घाँसको प्रयोग अन्य बाली नालीलाई घेर्न, हरियो मल बनाउन तथा भू-क्षय रोकथामका लागि पनि हुँदै आएको छ। यस घाँसलाई उत्तर अमेरिकामा अल्फाअल्फा भनिन्छ भने यसलाई संयुक्त अधिराज्य, दक्षिण अफ्रिका, अस्ट्रेलिया तथा न्युजिल्यान्डमा लुर्सनको नामले पहिचान गर्न सकिन्छ। यस प्रजातिको घाँस हुर्कु सकेपछि लामो पात सहितको भेण्टा रङ्गको फूल फुल्ने गर्दछ भने यसमा १० देखि २० बीउहरू रहेका हुन्छन्। यो घाँसका लागि मध्यम तापक्रम उपयुक्त हुन्छ। यस घाँसलाई रोमन साम्राज्य कालदेखिनै पशुहरूका लागि एक महत्त्वपूर्ण बालीको रूपमा लगाइँदै आएको पाइन्छ। यस प्रजातिको घाँसको उत्पत्ति संभवत: दक्षिण-पश्चिमी एसियाका देश, तुर्की, इरान वा अफगानिस्तानमा भएको हो भन्ने धारण रहेको छ। अमरिका, पश्चिमी उत्तर प्रदेश आदिमा यस प्रजातिको घाँसको अधिक मात्रामा खेती गरिन्छ। एक पटक लगाएको लुर्सन प्रजातिको घाँस चार पाँच वर्षसम्म उपयोग गर्न सकिन्छ।

यस प्रजातिको घाँसलाई समसितोष्ण तथा शितोष्ण जलवायु क्षेत्रमा सफलतापूर्वक खेती गर्न सकिन्छ। यसको जरा २-३ मिटर सम्म तल जान सक्ने हुँदा सुख्खा याममा पनि जमिनको तल्लो सतहबाट पानी सोसेर जिवितै रहन सक्दछ। यस घासले वायुमण्डलवाट २९० कि.ग्रासम्म नाइट्रोजन सञ्चित गर्न सक्दछ। समुद्र सतह देखि करिव १२०० फिटको उचाई सम्म सफलतापूर्वक खेती गर्न सकिन्छ। यस महत्त्वपूर्ण घाँसलाई लिएर उल्लेखनीय शोध कार्य तथा विकासका कामहरू भैरहेका छन्। संयुक्त राज्य अमेरिकाका निजी कम्पनिहरूद्वारा प्रति वर्ष यस प्रजातिका विभिन्न घाँसहरू उत्पादन गर्ने कार्यमा तल्लिन छन्।[२] यस घाँसलाई घाँसहरूको राजाको रूपमा लिइन्छ। नेपालको सन्दर्भमा विगतमा विभिन्न हावापानीमा २५ प्रकारका लुसर्नका जातहरू परीक्षण गरिएता पनि केहि मात्र सफल भएको कुरा अनुसन्धानले देखाएको थियो।

हावापानी तथा माटो[सम्पादन गर्ने]

यस प्रजातिको घाँस उष्ण देखि शितोष्ण क्षेत्र अर्थात उच्च पहाडी क्षेत्र सम्म खेती गर्न सकिन्छ। तर यस घासको वृद्धि १५ डिग्री सेल्सियस भन्दा माथि तापक्रम मात्र राम्रो हुन्छ। यसको लागि उपयुक्त तापकम १५-२५ डिग्री सेल्सियस दिनको तापक्रम राम्रो हुन्छ।[३] यसको लागि बलौटे बाहेक सबै प्रकारको माटोमा खेती गर्न सकिन्छ। पानी जम्ने ठाँउमा यसको खेती गर्न सकिँदैन।[४] यस घाँसको खेती गर्नका लागि रामरी खनजोत गरी तराई तथा मध्यपहाडी क्षेत्रमा असोज-कार्तिक र उच्च पहाडी क्षेत्रमा वैशाख-जेष्ठ अर्थात हिउ पग्लीए पछि छर्नु उपयुक्त हुन्छ। यसलाई जरा सहितको कटिङ्गबाट पनि प्रसारण गर्न सकिन्छ। उन्नत तरिकाले लुसर्न घाँसको खेती गर्दा २५ कि.ग्रा नाइट्रोजन, ६० कि.ग्रा फसफोरस प्रतिहेक्टर प्रयोग गर्नु पर्दछ।[५] पहिलो पटक लुसर्नको विउ छर्दा राइजोवियम कल्वरबाट बीउको उपचार गरी छर्नु पर्दछ। लुसर्नको बीउ प्रतिहेक्टर १२-१५ के.जी आवश्यक पर्दछ। बीउ छरेको २ महिनामा पहिलो पटक घास काट्न लायक हुन्छ। त्यसपछि प्रत्येक महिनाको अन्तरालमा घाँस काट्न सकिन्छ।[६] हिमाली क्षेत्रमा घाँस काट्ने अन्तराल केही बढि हुन्छ। जब लुसर्न घाँस काट्न लायक हुन्छ यसको बीउ उत्पादनका लागि परागणहरूको आवश्यक पर्दछ।[७] लुर्सनको परागणन कठिन हुन्छ, किनभने पश्चिमी मौरी, जसको प्रयोग परागणहरूको रूपमा गरिएको हुन्छ भने यस कामको लायक मौरीहरू हुँदैनन्।

उपयोगिता[सम्पादन गर्ने]

कालाहारी मरुभूमिमा लुसर्न घाँस खेती (सन् २०१७)
२४°२०′२१.५″द॰ ०१८°३५′३६.४″पू॰ / २४.३३९३०६°S १८.५९३४४४°E / -24.339306; 18.593444

लुसर्नलाई विश्वव्यापी रूपमा घरपालुवा जनावहरूका आहाराको रूपमा उपयोग गरिन्छ भने यस प्रजातिको घाँसको खेती मुख्यतया सुख्खा घाँसको रूपमा गरिन्छ भने यसको अधिक मात्रामा खेती गरेर घरपालुवा जनावरहरूका लागि चरन क्षेत्रको पनि स्थापनम गर्न सकिन्छ।[८][९] सुख्खा हुने खालका सबै घाँसहरूमा लुसर्नमा सबैभन्दा धेरै पौष्टिक तत्व रहेको हुन्छ। लुर्सन सबैभन्दा अधिक उत्पादन दिन सक्ने घाँसको प्रजाति हो भने यसलाई सजिलोसँग विभिन्न ठाउँहरूमा पनि लगाउन सकिन्छ।[१०][११] यस प्रजातिको घाँसमा अधिक मात्रामा प्रोटिन उपलब्ध हुने र घरपालुवा जनावरहरूले सजिलोसँग पचाउन सक्ने भएकाले यसको प्रयोग मुख्यतया दूधालु पशुहरूको प्रमुख आहाराको रूपमा हुन्छ।[१२][१३][१४] यस घाँसलाई मासुका लागि पालिएका घोडा, भेडा तथा बाख्राको आहारको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसको घाँसको कलिलो मुनो मानिसहरूद्वारा विभिन्न प्रकारका अचारहरू बनाउनमा उपयोग हुँदै आएको छ।[१५][१६] सुख्खा लुसर्नको पातलाई औषधि, पाउडस तथा चियाको व्यावसायिक रूपमा पनि प्रयोग गर्न सकिन्छ। यस प्रजातिको घाँसले दूध दिने पशुहरूको दूध दिने क्षमता वृद्ध गर्ने काम गर्दछ।[१७]

अन्य घाँसको समान यस प्रजातिको घाँसको जरामाका ग्रन्थिहरूमा सिनोरीहिजोबिएम मेलिलोटी, ब्याक्टेरिया हुन्छ जसले नाइट्रोजनको पूर्ती गर्न कम गर्दछ भने यसको सहायताले नाइट्रोजन माटोमा उपलब्ध नभएको खण्डमा पनि अधिक-प्रोटीन युक्त आहारको उत्पादन हुन्छ।[१८][१९][२०][२१] नाइट्रोजनलाई निर्धारित गर्ने क्षमता (जसले माटोमा रहेको नाइट्रोजनको क्षमतालाई बढाउने काम गर्दछ) तथा पशु आहारको रूपमा यसको प्रयोगले कृषि उपयोगितालाई सबल बनाएको छ।[२२] यस प्रजातिको घाँसको अधिक उपजका लागि पोटासियम तथा फोस्फोरसको स्तर कामय राख्न जरुरी हुन्छ। यो माटो र सिँचाईको पानमा नुनको मात्रलाई लिएर थोरै संवेदनशील हुन सक्छ, तरपनि संयुक्त राज्यको सुख्खा दक्षिण-पश्चिमी क्षेत्रहरूमा यसको खेती हुँदै आएको छ जहाँको नुनिलो पानी यसका लागि त्यति उपयुक्त मानिँदैन।[२३][२४][२५] सामान्यतया मल जल नभएको ठाउँमा यसको उत्पादन कम हुने हुँदा यसको अधिक उत्पादनका लागि माटोको अम्लीय तथा छारिय पन जाँच गरी रसायनिक मलको प्रयोग गर्न सकिन्छ।[२६] सामान्यतया बीउलाई रोप्दा खेरी १३-२० किलोग्राम/प्रति हेक्टर (१२-२५ पाउन्डड/प्रति एकड) उपयुक्त मानिन्छ। अधिकांश जलवायुमा लुर्सनलाई तीन वा चार पटक काट्न सकिन्छ। यस प्रजातिको घाँसमा विभिन्न कीरा प्रजातिहरूलाई आकर्षण गर्ने क्षमता भएका कारण यसमा विभिन्न प्रजातिका कीराहरू बसेको देख्न सकिन्छ।[२७] कहिलेकाँही कीराहरूलाई घाँसबाट टाढा राख्नका लागि रसायनको प्रयोग गरिन्छ। लुसर्नको जरा अति संवेदनशील हुन्छ र यसमा रसायन मलको वा कीरा रोक्नका लागि छर्किने रसायन मात्रा बढी भएको खण्डमा यस प्रजातिको घाँस मर्न सक्छ।[२८][२९] लुसर्नको प्रयोग आयुर्वेदिक औषधिको रूपमा करीब १,५०० वर्षदेखि हुँदै आएको छ।[३०] लुर्सनमा प्रोटीन, क्यालसियम तथा अन्य खनिज तत्वहरू पाइन्छन्।

घाँस कटाई[सम्पादन गर्ने]

Alfalfa round bales.jpg

यस प्रजातिको घाँस बीउ छरेको दुई महिना पनि पहिलो काट्न लायक हुन्छ।[३१][३२] जब यो घाँसको सुख्खा हुन्छ यसलाई काट्न उपयुक्त मानिन्छ। यस घाँस अहिलेपनि विभिन्न क्षेत्रहरूमा लगाइएको छ।[३३] जब दूध दिने जनावरको लागि यसको प्रयोग आहारको रूपमा गरिन्छ तब यसलाई छोटो छोटो बनाई पशुहरूलाई खान दिइन्छ।[३४] सुख्खा घाँसको रूपमा यसलाई नसुकाइकन छोटो छोटो गरी काटिन्छ र यसलाई बोरा तथा अन्य भण्डार केन्द्रमा भण्डार गरी पछि प्रयोग गर्न सकिन्छ।[३५][३६][३७] काटिएको घाँसहरूमा पौष्टिक तत्व कायम राख्नका लागिलाई विषेश प्रकारको भण्डारन केन्द्रमा भण्डार गरिन्छ भने यसको गुणस्तरलाई कायम राख्न विभिन्न परजीवीहरूको पनि प्रयोग गरिन्छ जसले यसको गुणस्तर कायम राख्नमा ठूलो मद्दत गर्दछन्।[३८][३९]

विश्वव्यापी उत्पादन[सम्पादन गर्ने]

लुर्सन घाँसको विश्वव्यापी उत्पादन

लुसर्न विश्वमा सबैभन्दा अधिक उत्पादन गरिने घाँसको एक प्रजाति हो। सन् २००६ मा विश्वव्यापी रूपमा यसको उत्पादन लगभग ४३६ लाख टन गरिएको थियो।[४०] विश्वव्यापी रूपमा लुसर्नको सबैभन्दा अधिक उत्पादन अमेरिकामा हुने गरेको छ। तर यस घाँसको लागि उपयुक्त क्षेत्र अर्जेन्टिना (मुख्यरूपमा घाँसको लागि प्रयोग गरिने), अस्ट्रेलिया, दक्षिण अफ्रिका र मध्य पूर्व आदि हुन्। संयुक्त राज्य अमेरिका भित्र, लुसर्न उपजउ गर्ने अग्रणी राज्यहरूमा क्यालिफोर्निया, दक्षिण डकोटा र विस्कोन्सिन हुन्।[४१] माथिल्लो मध्य-पश्चिमी अमेरिकी राज्यमा उत्पादनमा ५०%, पूर्वोत्तर राज्यहरूले १०%, पश्चिमी राज्यहरूमा ४०% र दक्षिणी राज्यहरूमा निम्न उत्पादन हुन्छ।[४२] लुसर्नमा अनुकूलनको व्यापक सीमा हुन्छ भने यसलाई अत्यन्त चिसो उत्तरी क्षेत्रदेखि उच्च क्षेत्रमा, उच्च शीतोष्ण कृषि क्षेत्रहरूदेखि भूमध्य सागरीय जलवायु र मरुभूमिमा पनि लगाउन सकिन्छ।[४३]

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Medicago sativa - ILDIS LegumeWeb", www.ildis.org, अन्तिम पहुँच २००८-०३-०७ 
  2. Dasanna, Amit (२० अगस्ट २०१२), "How to make Alfalfa sprouts", Vegetarian recipes of India, Dasanna, अन्तिम पहुँच २५ अक्टोबर २०१६ 
  3. "alfalfa (plant) – Britannica Online Encyclopedia". Britannica.com. http://www.britannica.com/EBchecked/topic/14595/alfalfa. अन्तिम पहुँच मिति: 29 June 2011. 
  4. LATRACH, Lahbib; FARISSI, Mohamed; MAURADI, Mohammed; MAKOUDI, Bouchra; BOUIZGAREN, Abdelaziz; GHOULAM, Cherki (२०१४), "Growth and nodulation of alfalfa-rhizobia symbiosis under salinity: electrolyte leakage, stomatal conductance, and chlorophyll fluorescence", Turkish Journal of Agriculture and Forestry 38: 320–326, आइएसएसएन 1300-011X, डिओआई:10.3906/tar-1305-52 
  5. "CELL BIOLOGY & MOLECULAR GENETICS", Ddr.nal.usda.gov, मूलबाट २८ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  6. "Understanding Autotoxicity in Alfalfa", Uwex.edu, मूलबाट १४ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०११ 
  7. "SUSTAINABLE AGRICULTURE MANAGEMENT GUIDES", Kansas Rural Center, मूलबाट ७ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  8. "Alfalfa in the South", Caf.wvu.edu, मूलबाट १७ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  9. "A", UKY, मूलबाट १३ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  10. "Alfalfa for Dairy Cattle", Uaex.edu, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  11. "HayUSA, INC. Premium Quality – Alfalfa", Hayusa.net, मूलबाट २३ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०११ 
  12. Heuzé, V.; Tran, G.; Boval, M.; Lebas, F.; Lessire, M.; Noblet, J.; Renaudeau, D. (६ अक्टोबर २०१३), "Alfalfa (Medicago sativa)", Feedipedia.org. A programme by INRA, CIRAD, AFZ and FAO, अन्तिम पहुँच ६ अक्टोबर २०१३ 
  13. Spottiswood, John, "Alfalfa sprouts", CookEatShare, मूलबाट ८ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०११ 
  14. "Alfalfa for Industrial and Other Uses", Alfalfa.ucdavis.edu, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  15. "Alfalfa: MedlinePlus Supplements", Nlm.nih.gov, अन्तिम पहुँच २९ जुन २०११ 
  16. Medicago Sativa (Alfalfa) at the Wayback Machine अभिलेखिकरण १६ अगस्ट २०११ मिति. Plantdex.com. Retrieved on 17 October 2011.
  17. "Sinorhizobium meliloti genome home", Cmgm.stanford.edu, मूलबाट १९ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०११ 
  18. "Nitrogen Fixation in Crop Production", portal.sciencesocities.org, मूलबाट २४ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  19. "Commodity Fact Sheet Alfalfa Information compiled by the California Alfalfa and Forage Association", Alfalfa.ucdavis.edu, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  20. "UCANR Web Sites", Cestanislaus.ucdavis.edu, मूलबाट ३१ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०११ 
  21. "Archived copy", मूलबाट २६ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०५-०८ 
  22. "Phosphorus and Potassium Fertilization of Alfalfa", Ces.purdue.edu, मूलबाट २६ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  23. G4555 Managing Manure on Alfalfa Hay | University of Missouri Extension. Extension.missouri.edu. Retrieved on 17 October 2011.
  24. "New Findings on Salinity in Streams and Ground Water in the Southwestern United States", Water.usgs.gov, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  25. "Growing Alfalfa for Seed in Arizona", Ag.arizona.edu, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  26. Fertilizing Alfalfa in Minnesota at the Wayback Machine अभिलेखिकरण १७ जुन २०१० मिति. Extension.umn.edu. Retrieved on 17 October 2011.
  27. Alfalfa seeding rates: how much is too much? at the Wayback Machine अभिलेखिकरण ६ जुलाई २००९ मिति. Uwex.edu. Retrieved on 17 October 2011.
  28. Alfalfa Cutting Height at the Wayback Machine अभिलेखिकरण २८ मे २०१० मिति. Uwex.edu (9 April 1999). Retrieved on 17 October 2011.
  29. "California Agriculture in the Classroom", learnaboutag.org, मूलबाट ६ अक्टोबर २००८-मा सङ्ग्रहित। 
  30. Alfalfa: The High-Quality Hay for Horses. (PDF) . Retrieved on 17 October 2011.
  31. http://www.uaex.edu/Other_Areas/publications/PDF/FSA-2005.pdf
  32. [१] at the Wayback Machine अभिलेखिकरण २० मार्च २०१२ मिति
  33. http://extension.missouri.edu/publications/DisplayPub.aspx?P=G4570
  34. ftp://ftp-fc.sc.egov.usda.gov/ID/programs/technotes/tn8_alfalfaguide3.pdf
  35. http://ucce.ucdavis.edu/files/repositoryfiles/ca1505p2-64859.pdf
  36. "The Ensiling Process and Additives", Extension.iastate.edu, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  37. "Alfalfa control test with polymicrobial biofertilizer", अन्तिम पहुँच १७ सेप्टेम्बर २०१६ 
  38. http://www.britannica.com/EBchecked/topic/257652/hay-mower-conditioner
  39. http://cals-cf.calsnet.arizona.edu/animsci/ansci/swnmc/papers/2005/Hartnell_SWNMC%% 20Proceedings 202005.pdf
  40. M S Reddy; Rodolfo I. Ilao; Patricio S. Faylon (१० नोभेम्बर २०१४), Recent Advances in Biofertilizers and Biofungicides (PGPR) for Sustainable Agriculture, Cambridge Scholars Publishing, पृ: ३८१, आइएसबिएन 978-1-4438-7105-1 
  41. Cash, Dennis, सम्पादक (२००९), "Chapter 1. Global Status and Development Trends of Alfalfa", Alfalfa Management Guide for Ningxia, United Nations Food and Agriculture Organization, पृ: 1–2, अन्तिम पहुँच ३ अगस्ट २०१३ 
  42. "Crop Production: 2012 Summary", United States Department of Agriculture National Agricultural Statistics Service, जनवरी २०१३, पृ: ३३, मूलबाट १३ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अगस्ट २०१३ 
  43. "Alfalfa in the South", Certified Alfalfa Seed Council, पृ: २, मूलबाट १७ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अगस्ट २०१३ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]