नबाबगञ्ज उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नबाबगञ्ज

নবাবগঞ্জ
उपजिल्ला
नबाबगञ्ज is located in बङ्गलादेश
नबाबगञ्ज
नबाबगञ्ज
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबङ्गलादेश बङ्गलादेश
राज्यढाका विभाग
जिल्लाढाका जिल्ला
क्षेत्रफल
 • जम्मा२४४.८१ किमी (९४.५२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा२६९,१८९
 • घनत्व१,१००/किमी (२,८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटनबाबगञ्ज उपजिल्लाको आधिकारिक नक्सा

नवावगञ्ज (बङ्गाली: নবাবগঞ্জ) बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

नवावगञ्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१४' देखि २४°३४' उत्तर अक्षांश र ८८°५८' देखि ८९°१३' पूर्वी देशान्तरणमा अवस्थित छ। नवावगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१४.६८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई पार्वतीपुर उपजिल्लाले उत्तर, हाकिमपुरघोडाघाट उपजिल्लाले दक्षिण, पिरगञ्जमिठापुकार उपजिल्लाले पूर्व, बिरामपुरफुलबारी उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुनेश्वरी र शिव यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २० जुलाई १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको खयरगानी गाउँमा आक्रमण गरी २१ सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए भने १० अक्टोबरका दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको चरारहाटमा पनि १६७ स्थानीय मानिसहरूको हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २०४३५१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०५२५९ छ भने महिलाको जनसङ्ख्या ९९०९२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७९९७३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १४३९९, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३२०८, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३१५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६४५६ रहेको छ। यस उपजिल्लामा सन्थल, उराँव, पहाडी र बुनो जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ३५ मस्जिद, १७ हिन्दु मन्दिर र ८ गिर्जाघर र एक चिहान रहेका छन्। काली हिन्दु मन्दिर, तरपङ्हाट हिन्दु मन्दिर, होलाइजाना मस्जिद आदि यस उपजिल्लाका प्रमुख तथा लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ८९.९५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३६% ले पोखरी, ०.६०% ले टुटी र ९.०९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये ६१.५७% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। नवावगञ्ज उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ९ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८७ र सन् १९९१ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो। [२]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, उखु, लसुन, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, जुट उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, श मिल, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, बिडी तथा खैनी कारखाना, ईट्टा भट्टी तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, उखु, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, पानको पात, सखरखण्ड, अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ४ माछापालन केन्द्र, ४ दुग्ध सङ्कलन केन्द्र तथा, ४ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७५.२८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.९२% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.४४% वाणिज्यमा ९.५१%, सञ्चार तथा यातायातमा २.१५%, निर्माण क्षेत्रमा ०.५३%, सुविधामा ४.०३%, धार्मिक सेवामा ०.१५%, वैदेशिक रोजगारी तथा भाडामा ०.०७% र अन्यमा ४.९२% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

नवावगञ्ज थानको स्थापना सन् १८९९ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ९ सङ्घ परिषद्/वडा, २१२ मौजा/महल्ला र २७१ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३८.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४३.२% छ भने महिलाको साक्षरता दर ३३.५% रहेको छ। यस उपजिल्लामा ११ क्याम्पस, ६७ माध्यमिक विद्यालय, १३४ प्राथमिक विद्यालय र ३९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्था यस प्रकार छन्; दौदपुर डिग्री क्याम्पस (सन् १९७२), नवावगञ्ज डिग्री क्याम्पस (सन् १९८७), अफताबगञ्ज डिग्री क्याम्पस (सन् १९९४), पलाशबाडी उच्च विद्यालय (सन् १९२१), दौदपुर बहुभाषिक उच्च विद्यालय (सन् १९३९), विनोदनगर उच्च विद्यालय (सन् १९६०), अफताबगञ्ज उच्च विद्यालय (सन् १९६४), हतिशल डिसबन्दी फजिल मदरसा (सन् १९५४), कञ्चदह सिनियर मदरसा (सन् १९५६) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. सिराजुल इस्लाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "नबाबगञ्ज उपजिल्ला (ढाका जिल्ला)", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू[सम्पादन गर्ने]