सामग्रीमा जानुहोस्

निशिकान्त कामत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निशिकान्त कामत
ड्याडीको प्रदर्शनीमा कामत
जन्म१७ जून १९७०
मुम्बई, महाराष्ट्र, भारत
मृत्यु१७ अगस्ट २०२०(2020-08-17) (उमेर ५०)[]
हैदराबाद, भारत
पेशा
  • निर्देशक
  • अभिनेता
कार्यकालसन् २००४ - सन् २०२०

निशिकान्त कामत (१७ जून १९७० - १७ अगस्ट २०२०)[] एक भारतीय चलचित्र निर्देशकअभिनेता थिए । उनको पहिलो चलचित्र डोम्बिवली फास्ट सन् २००५ कै सबैभन्दा चर्चित मराठी चलचित्र भएको हुनाले उनले सो चलचित्रको लागि विभिन्न पुरस्कार र सम्मान पाएका थिए । उनले यस चलचित्रलाई तमिलमा आर. माधवनलाई प्रमुख पात्रको भूमिका प्रदान गरी एवनो ओरुवनको नाममा सार्वजनिक गरेका थिए जसले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएको थियो ।[] उनले सातच्या आत घरात नामक मराठी चलचित्रमा पनि अभिनय गरेका थिए ।[]

२००६ मुम्बई उपनगरीय रेल बम विस्फोटमा आधारित उनको पहिलो चलचित्र मुम्बई मेरी जानले उनलाई बलिउडमा लोकप्रिय बनाएको थियो ।[] उनले रकी ह्यान्ड्सममा विरोधी पात्रको भूमिका निर्वाह गरेका थिए ।[]

कामत मुम्बईको विल्सन महाविद्यालय र रामनारायण रुइया महाविद्यालयका पूर्व छात्र थिए जहाँ उनी नाट्य विभागमा लोकप्रिय भएका थिए ।

वर्षचलचित्रभाषानिर्देशकलेखकअभिनेताटिप्पणी
सन् २००४हवा आने देहिन्दीहो
सन् २००४सातच्या आत घरातमराठीहोहो
सन् २००५डोम्बिवली फास्टमराठीहोफलिङ डाउनमा आधारित
सन् २००७एवनो ओरुवनतमिलहोडोम्बिवली फास्टको आधिकारिक तमिल रूपान्तरण
सन् २००८मुम्बई मेरी जानहिन्दीहो
सन् २०११४०४हिन्दीहो
सन् २०११फोर्सहिन्दीहोकाक्क काक्कको आधिकारिक हिन्दी रूपान्तरण
सन् २०१४लई भारीमराठीहो
सन् २०१५दृश्यमहिन्दीहोदृश्यमको आधिकारिक हिन्दी रूपान्तरण
सन् २०१६रकी ह्यान्ड्समहिन्दीहोहोद म्यान फ्रम नोवेरमा आधारित
सन् २०१६मदारीहिन्दीहो
सन् २०१७फुगेमराठीहो
सन् २०१७ड्याडीहिन्दीहोप्रहरी निरीक्षक विजयकर नितिनको भूमिकामा
सन् २०१७जूली २हिन्दीहोचलचित्र निर्देशक मोहितको भूमिकामा
सन् २०१८भावेश जोशी सुपरहिरोहिन्दीहो
  • द फाइनल कल - रचनात्मक निर्माता (सन् २०१९ - सन् २०२०)
  • रङ्गबाज फिरसे - रचनात्मक निर्माता

पुरस्कार तथा नामाङ्कन

[सम्पादन गर्नुहोस्]

ज्वरो र अत्यधिक थकावट भएको कामतलाई ३१ जुलाई २०२० मा हैदराबादको एउटा अस्पतालमा लागिएको थियो । त्यहाँ उनलाई दुई वर्ष देखि कलेजोको सिरोसिस भएको निदान गरिएको थियो । १६ अगस्ट २०२० देखि उनलाई स्वास-प्रस्वासमा समस्या भइरहेको थियो । १७ अगस्ट २०२० मा ५० वर्षको उमेरमा उनको यही रोगको कारणले निधन भयो ।[][][१०][११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Director-actor Nishikant Kamat dies at 50" [निर्देशक-अभिनेता निशिकान्त कामतको ५० वर्षमा मृत्यु], दी इन्डियन एक्सप्रेस, १७ अगस्ट २०२०।
  2. "Nishikant Kamat passes away at 50, Riteish Deshmukh shares, "I will miss you my friend"" [निशिकान्त कामतको ५० वर्षको उमेरमा देहान्त, रितेश देशमुख भन्छन्, "म तिमीलाई याद गरिरहन्छु साथी"], द टाइम्स अफ इन्डिया, १७ अगस्ट २०२०।
  3. "The Hindu: Friday Review of Evano Oruvan" [द हिन्दु: एवनो ओरुवनको समीक्षा], चेन्नई, भारत, ७ डिसेम्बर २००७। अभिलेखिकरण २००७-१२-०९ वेब्याक मेसिन
  4. "IMDB Title for Saatchya aat gharat" [इन्टरनेट चलचित्र डाटाबेसमा सातच्या आत घरात]
  5. "Madhavan's Mumbai bomb connection" [माधवनको मुम्बई विस्फोटको सम्बन्ध]
  6. "Look who's the villain in John setu's 'Rocky Handsome'" [जोन सेतुको 'रकी ह्यान्ड्सम' को विरोधी पात्रको बारेमा थाहा पाउनुहोस्], डिएनए, अन्तिम पहुँच १३ फेब्रुअरी २०१६
  7. "National Film Award 2006" [राष्ट्रिय चलचित्र पुरस्कार २००६] अभिलेखिकरण २००९-०८-२६ वेब्याक मेसिन
  8. "Nishikant Kamat: Film industry is not my life, it’s a part of my life" [निशिकान्त कामत: चलचित्र उद्योग मेरो जीवन होइन, मेरो जीवनको भाग हो], द टाइम्स अफ इन्डिया, जुलाई २१, २०१५।
  9. "'Dishyam' director Nishikant Kamat finally lost the battle of life" ['दृश्यम' का निर्देशक निशिकान्त कामतले आखिर मृत्युसँगको लडाई हारे]
  10. "Director Nishikant Kamat Passes Away" [चलचित्र निर्देशक निशिकान्त कामत रहेनन्], फिल्मफेयर (अङ्ग्रेजीमा), १७ अगस्ट २०२०।
  11. "Indian Actor, Filmmaker Nishikant Kamat Passes Away Due To Liver Cirrhosis" [भारतीय अभिनेता, निर्देशक निशिकान्त कामतको कलेजो सिरोसिसको कारण मृत्यु], मुम्बई लाइभ, मुम्बई लाइभ, अन्तिम पहुँच १८ अगस्ट २०२०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]