नेपाली फुटबलमा खेल मिलेमतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खेल मिलेमतो अभियोग लागेका नेपाली फुटबल टोलीका पूर्व कप्तान सागर थापा

सन् २०१५ अक्टोबर १४, (वि.सं. २०७२ असोज २८) मा नेपाल प्रहरीले नेपालका पाँच राष्ट्रिय फुटबल खेलाडीहरूलाई सन् २०११ को विश्वकप फुटबल छनोटमा खेल मिलेमतो गरेको आरोपमा पक्रिएका थिए।[१] पक्राउ एएफसी र स्पोर्टराडरको जानकारीमा आधारित भई गरिएको थियो।[२]

सन् २०१५ नोभेम्बरमा आरोपित खेलाडीहरू अदालतमा हाजिर गराइएका थिए।[३][४] हाल लगभग ६ वर्ष पछि खेल मिलेमतो आरोप लागेका सबैै खेलाडी तथा व्यक्तिहरूले सफाई पाएका छन्।[५][६]

तत्कालीन विज्ञप्ति[सम्पादन गर्नुहोस्]

खेल मिलेमतोको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तानसहित चार खेलाडी र प्रशिक्षक निलम्बनमा परेका थिए।[७] अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले वि.सं. २०७२ असोज २८, बिहिबार विज्ञप्ति जारी गरी मुद्धाको टुङ्गो नलागेसम्म उनीहरूलाई फुटबलको कुनै पनि गतिविधिमा संलग्न नगराइने जनाएको थियो। फुटबल खेलमा मिलेमतो जस्तो संवेदनशील विषयको किनारा नलगाएसम्म अनुसन्धानमा रहेका खेलाडी एवं प्रशिक्षकलाई फुटबलको कुनै पनि गतिविधिहरूमा संलग्न नगराइने जानकारी गराउँछौं भनी विज्ञप्ति जारी गरिएको थियो।

तत्कालीन समयमा एन्फाले छानविन प्रक्रियामा प्रहरीलाई सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको थियो। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र प्राक्षिक अञ्जन केसीलाई अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको थियो।[८]

खेल मिलेमतोका खेलहरू[सम्पादन गर्नुहोस्]

टोली गोल नतिजा नतिजा प्रतिस्पर्धा
अफगानिस्तान २–२ बराबरी (मर्डेका कप २००८)
अफगानिस्तान ३–० जित (साफ २००९)
क्यामेरून ५–० हार (नेहरू कप २०१२)
कुवेत ५–० हार (एसियाली खेल २०१४)
इराक ४–० हार (एसियाली खेल २०१४)

खेलाडी तथा व्यक्तिहरू[सम्पादन गर्नुहोस्]

खेल मिलेमतोको अभियोग लागेका खेलाडीहरू तथा व्यक्तिहरू

  1. सागर थापा
  2. सन्दीप राई
  3. रितेश थापा
  4. विकास सिंह क्षेत्री
  5. अञ्जन केसी

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बदनामी कमाएको नेपाली फुटबल", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  2. "Police file subversion case against accused footballers", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जनवरी २०१६ 
  3. "Nepal footballers in treason hearing over match-fixing", बिबिसी (अङ्ग्रेजीमा), ९ नोभेम्बर २०१५, अन्तिम पहुँच ९ नोभेम्बर २०१५ 
  4. "खेल मिलेमतो अनुसन्धानमा नेपाल प्रहरी, एएफसी र स्पोर्टस राडारका सहकार्य", हाम्रो खेलकुद (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  5. "‘म्याच फिक्सिङ’ को आरोप लागेका फुटबलर सागर थापा लगायतलाई अदालतबाट सफाई", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  6. "म्याच फिक्सिङ मुद्दामा सागर थापासहित सबै खेलाडीले पाए सफाइ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  7. "सागर थापा भन्छन्, 'जिन्दगी नै सकिने भो’", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  8. ढुङ्गाना, केपी, "'सबै खेलमा हार्ने सेटिङ'", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४