नेपाल कला-परिषद्
स्वरूप
Nepal Art Council | |
सङ्क्षिप्त नाम | NAC |
---|---|
गठन | १९६२ |
संस्थापक | राजा महेन्द्र वीर विक्रम शाह |
प्रधान कार्यालय | बबरमहल, काठमाडौं |
संस्थापक अध्यक्ष | कीर्तिनिधि विष्ट |
संस्थापक महासचिव | लैनसिंह बाङ्देल |
संस्थापक कोषाध्यक्ष | मृगेन्द्र एसजेबी राणा |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपाल कला-परिषद् ( अङ्ग्रेजी: Nepal Art Council) नेपालको कला र कलाकारको प्रवद्र्धन गर्न सन् १९६२ ( बि.स. २०१९) मा स्थापना भएको गैर-लाभकारी संस्था हो। यसले करिब [१] ९,४०० वर्ग फीट क्षेत्रफल भएको बबर महल, काठमाडौं [२] मा रहेको आर्ट ग्यालरी सञ्चालन गर्दछ।
इतिहास
[सम्पादन गर्नुहोस्]राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई संस्थापक अध्यक्ष, लैनसिंह बाङ्देललाई महासचिव र मृगेन्द्र शमशेर राणालाई कोषाध्यक्षमा नियुक्त गरेका थिए । यसलाई सार्वजनिक-निजी साझेदारी संस्थाको रूपमा परिकल्पना गरिएको थियो। [३] हालको भवन सन् १९९१ मा निर्माण भएको थियो र यसको डिजाइन शंकरनाथ रिमालले गरेका थिए ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपाल राष्ट्रिय संग्रहालय
- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
बाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ रातोपाटी, "चित्रकलालाई उजागर गर्दै आर्ट काउन्सिल", RatoPati, अन्तिम पहुँच २०२०-०९-१४।
- ↑ "Nepal Art Council Gallery", KTM Guide, अन्तिम पहुँच २०२०-०९-१४।
- ↑ "Nepal Art Council", kathmandu triennale, अन्तिम पहुँच २०२०-०९-१४। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१३ मिति