शङ्करनाथ रिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शङ्करनाथ रिमाल
जन्म (1935-03-05) ५ मार्च १९३५ (उमेर ८९)
टङ्गाल, काठमाडौं
राष्ट्रियतानेपाली
पेशाइन्जिनियर, आर्किटेक्ट
चिनारीको कारणआधुनिक नेपालको झण्डा को मानकीकरणका लागि
जीवनसाथीशशि रिमाल
सन्तान

शङ्करनाथ रिमाल (जन्म ५ मार्च १९३५) एक नेपाली सिभिल इन्जिनियर र वास्तुकार हुन् जसले आधुनिक नेपाली झण्डाको मानकीकरण गरेका थिए। [१] उनले नेपालमा धेरै प्रख्यात भवन र स्मारकहरू पनि डिजाइन गरेका छन्। सुन्धाराको शहिद गेट, जनकपुरको रामानन्द गेट, चन्द्रागिरि पहाडको भालेश्वर मन्दिर र सोलटी होटल उनले डिजाइन गरेका केही प्रमुख संरचना हुन् ।

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

उहाँको जन्म ५ मार्च १९३५ (विस १९९१ फाल्गुन २२) मा बुबा देवेन्द्रनाथ रिमाल र आमा सीतादेवी रिमालको घर काठमाडौंको टङ्गालमा भएको थियो। उनले प्रारम्भिक शिक्षा नक्सालको नन्दिरात्री स्कुलबाट र १९५० मा दरबार हाईस्कुलबाट एसएलसी तहको शिक्षा पूरा गरे । उनले कोलम्बो योजना अन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न बंगाल इन्जिनियरिङ कलेजमा भर्ना गरे तर पछि सिभिल इन्जिनियरिङमा सरेका थिए। उनले सन् १९५७ मा स्नातक गरे।[२]

क्यारियर[सम्पादन गर्नुहोस्]

उनले राजा महेन्द्रको अनुरोधमा सन् १९६२ मा नेपालको झण्डाको मानकीकरण गरेका थिए । उनले तत्कालीन संविधानमा समावेश भएको झण्डा खिच्न आवश्यक गणितीय विनिर्देशहरू गणना गरे। [३] उनले शहिद गेट, सोलाटी होटल, नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, नेपाल कला परिषद् र अन्य धेरै सरकारी भवनहरू जस्ता ऐतिहासिक स्थल र स्मारकहरू डिजाइन गरेका थिए। [४] बेन्जामिन पोल्कले डिजाइन गरेको नारायणहिटी दरबारको डिजाइनमा उनी संलग्न थिए। [५] उनले भालेश्वर महादेव, सिंगापुरको विष्णु मन्दिर र पशुपति मन्दिर परिसर भित्र उन्माता भैरव मन्दिर जस्ता विभिन्न मन्दिरको डिजाइन गरेका छन्।

उनले नेपाल इन्जिनियर संघको ४, १७, १८ र १९ औं कार्यकारिणी परिषदमा चार पटक अध्यक्ष भइसकेका छन् । [६]

ललितकलामा योगदान पुर्याएबापत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले २०७७ मा उनलाई राष्ट्रिय अरनिको पुरस्कार बाट सम्मानित गरेको थियो । [७]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनले शशि रिमालसँग विवाह गरेका हुन् । उनीहरुका तीन सन्तान छन् ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. रातोपाटी, "यसरी बनेको थियो राष्ट्रिय झण्डाको डिजाइन्, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?", RatoPati (Nepaliमा), मूलबाट २०२१-०८-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-२८ 
  2. "शङ्करनाथ रिमालः इञ्जिनीयरिङ, आर्किटेक्चर र चित्रमूर्ति कलाका हस्ती", Swadesh Nepal (en-USमा), २०१९-०३-०७, मूलबाट २०२२-०२-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-२८ 
  3. "यसरी तयार भएको थियो नेपालको झण्डा", GorakhaPatra, मूलबाट २०१९-०९-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-२८ 
  4. "शङ्करनाथले के साेचेर बनाएका थिए नेपालकाे झण्डाकाे शास्त्रीय नमूना ?", Himal Khabar, मूलबाट २०२१-०७-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-२८ 
  5. Sureis (२०१९-०४-२४), "Remembering the architect who designed Narayanhiti Palace", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट २०२१-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-२८ 
  6. "शशिशङ्कर ग्यालरी उद्घाटन, रिमालका चित्रमूर्ति र स्थापत्यकला प्रदर्शनी", Media Mission Nepal (अङ्ग्रेजीमा), २०१९-०६-२०, अन्तिम पहुँच २०२२-०३-०१ 
  7. Republica, "Shankarnath Rimal and Santakumar Shakya honored with 'National Araniko Award'", My City (अङ्ग्रेजीमा), मूलबाट २०२२-०२-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-२८