पशुपति प्रसाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पशुपति प्रसाद
चलचित्र पोस्टर
निर्देशकदिपेन्द्र के. खनाल
पटकथाखगेन्द्र लामिछाने
मुख्य कलाकारखगेन्द्र लामिछाने
वर्षा शिवाकोटी
विपिन कार्की
रविन्द्र सिंह बानियाँ
सुशील पाण्डे
छायाङ्कननिरज कडेँल
सम्पादनदिर्घा खड्का
वितरक
कम्पनी
देशनेपाल
भाषानेपाली भाषा

पशुपति प्रसाद सन् २०१६ को दिपेन्द्र के. खनालद्वारा निर्देशित नेपाली सामाजिक कथानक चलचित्र हो ।[१][२]

कथा सारांश[सम्पादन गर्नुहोस्]

सिन्धुपाल्चोक घर भएका पशुपति प्रसाद काठमाडौँको पशुपति क्षेत्रमा मितबालाई भेट्न आइपुग्छन् । मितबाले नचिनेपछि, पशुपतिको जन्म उनको आमाबाबुले पशुपति क्षेत्रमा दर्शन पश्चात् मात्र जन्म भएकाले उनको नाउँ मितबाले नै पशुपति राखिदिएको कुरा बताउँछन् । उनका मितबाले उनलाई सँगैँ लिएर जान्छन् । भूकम्पमा आमाबाबुको मृत्यु भएको र ५० हजार ऋण तिरेर मात्र मृत आमाबाबुको अस्तु सेलाउने थप कुरा बताउँछन् । आफू विदेश नजाने र गाउँको चियापसल पनि राम्रोसँग नचलेको कुरा पनि मितबालाई बताउँछन् ।

पाकेटमारमा बाधा दिएपछि भष्मडन र उनका साथीहरू पशुपतिलाई देखि सहदैँनन् । भष्मडनद्वारा पशुपति केही पटक कुटिन्छन् भने हनुमानका पहिरनमा भएका व्यक्तिदेखि भने भष्मडन डराउँछन् । पशुपति 'हनुमानका पहिरनमा भएका व्यक्ति'सँग नजिकिन्छन् जो पशुपति क्षेत्रमा घुम्ने आउने भक्तजनहरू सँग फोटो खिचि पैसा कमाउँछन् । भष्मडन र उनका साथीहरूबाट कुटिदाँ पशुपति एक वृद्ध आश्रममा छाडिएका वृद्ध आमालाई भेट्छन् । आफ्नो आमा सरह ठानी सम्मानार्थ पशुपति ती आमालाई सम्मान गर्छन् भने बेलाबखत समोसा, बाथका औषधि एवम् आफ्नो आम्दानी पनि आमालाई दिन्छन् ।

एक दिन हनुमानका भेषमा हुदाँ पशुपति बुनुलाई भेटछन् र उनीसित प्रेममा पर्छन् ।[३]

पशुपति जल्न बाँकी रहेका दाउरा जम्मा पार्ने काममा खटिन्छन् । भष्मडन पशुपतिलाई गाँजा तयार पार्न लगाउँछन् र फसाउँछन् । पशुपति पुन: पछि सारी बेच्ने काम पाउँछन् । यसले उनलाई थोरै आम्दानी दिन्छ । यसै क्रममा पशुपतिको भेट सडक छेउ मम पसल राखेका एक 'बिए पास भएका व्यक्ति' सँग भइसकेको हुन्छ । पशुपती उक्त व्यापारी जस्तै स्टल खोल्ने सोच्दछन् । उनका जड्याहा मितबाले उनले कमाएको रुपैयाँ खर्च गरिदिएको थाहा पाउँछन् । उक्त घटना पश्चात् बागमतीको छेउमा बस्दा पशुपतिमा फालिएको सुनको औँठी भेट्टाई, आफ्नो सपना पूरा हुने कल्पदैँ औँठी बेच्न हिड्दछन् । औँठीको राम्रो मूल्य नपाउँदा पसल चाहरी हिड्दाँ पशुपति चलचित्रको सुरु देखि देख्दै गरेका सुन व्यापारीका पुग्दछन् जसले उनलाई चोरीको दोष लगाइदिन्छन् र चोरीको आरोपमा एक हुल मानिसहरू द्वारा कुटपिटबाट उनको मृत्यु हुन्छ ।

अन्तमा, हनुमान जी घुसपैठमा परेका अफिसर भएको, आमा पशुपतिलाई आफ्नो सम्पत्ति पशुपतिको नाउ गरिदिन कुर्दै गरेको, बुनु पशुपतिलाई भेट्न आइपुगेको, भष्मडन पनि पशुपतिको मृत्युमा दुख जनाएको र मितबाले पशुपतिका बाबुआमाको ऋण तिरिदिएको कुरा प्रस्तुत हुन्छ ।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. पन्त, रघु (माघ १८, २०७२), "पशुपतिप्रसाद स्वादिलो मौलिक सिनेमा", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९ 
  2. पौडेल, अनुप (पुस ११, २०७८), "खगेन्द्रका फिल्म नछुटाई हेर्ने उनका आमाबुबाले हेर्न नचाहेको 'पशुपति प्रसाद'को एउटा दृश्य", शिलापत्र, अन्तिम पहुँच २ जेठ २०७९ 
  3. "समीक्षा: नचाखी नहुने ‘पशुपति प्रसाद’", अनलाईन खबर, २०७२ माघ १६, अन्तिम पहुँच २०७३/०९/११ 
  4. "पशुपति प्रसाद गीतः ‘मन तारको सारंगी’मा खगेन्द्रको कथा", अनलाइनखबर, २०७२ पुष २०, अन्तिम पहुँच २ जेठ २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]