सामग्रीमा जानुहोस्

उत्तरी आर्य भाषा परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पहाडी भाषाहरूबाट अनुप्रेषित)
उत्तरी आर्य
पहाडी
भौगोलिक
वितरण
नेपाल र उत्तर-पश्चिम भारत
भाषिक वर्गीकरणभारोपेली भाषा परिवार
उपखण्डहरू
ग्लोटोलगindo1310[]
उत्तरी आर्य भाषाहरू बैजनी रङमा छन्

पहाडी भाषाहरू वा उत्तरी आर्यन भाषाहरू इन्डो-आर्यन भाषा परिवारको उत्तर क्षेत्रिय विभाजन हो। पहाडी भाषाहरू भारत र नेपालको पहाडी क्षेत्रमा बोलिने भाषाहरूको समुह हो। इथ्नोलगका अनुसार यस पहाडी भाषाहरूलाई उत्तरी इन्डो-आर्यन क्षेत्रमा विभाजन गरिएको छ।

पहाडी भाषाहरू मुख्यतय ३ क्षेत्रमा विभाजन भएका छन्ः

पूर्वी पहाडी

[सम्पादन गर्नुहोस्]

पूर्वी पहाडी भाषाहरूमा नेपाली भाषा, जुम्ली बोली र पाल्पाली बोलीलाई इथ्नोलगले समावेश गरेको छ। यस क्षेत्रमा अन्य बोलीहरू जस्तै; डोटेली, बैतडेली, अछामी, डडेल्धुरी, बाजुरेली आदि पर्दछन्।

केन्द्रिय पहाडी

[सम्पादन गर्नुहोस्]

केन्द्रिय पहाडी भाषाहरूमा दुई ठूला भाषा कुमाउँनी भाषागढवाली भाषा हुन्। उत्तराखण्डका अरू क्षेत्रिय बोलीहरू पनि केन्द्रिय पहाडी भाषा भित्र पर्दछ।

पश्चिमी पहाडी

[सम्पादन गर्नुहोस्]

पश्चिमी पहाडी भाषाहरूमा दुई ठूला भाषा डोग्री र काङ्ग्री हुन्। विशेषतः यी भाषाहरूलाई हिन्दी भाषाको क्षेत्रिय बोली मानिन्छ। अन्य थुप्रै बोलीहरू यस वर्गीकरण भित्र पर्दछ। पश्चिमी पहाडी भाषाहरू भारतको हिमाचल प्रदेश, पञ्जाब, जम्मू काश्मीर र पाकिस्तानको आजाद काश्मीरसम्म बोलिन्छ।

  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "आर्य उत्तरी क्षेत्र", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।