पहिलो पुस्ता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पहिलो पुस्ताले ताररहित सेलुलर प्रविधि (मोबाइल दूरसञ्चार)को पहिलो पीढी भन्ने जनाउँछ। यीनीहरू एक अनुरूप दूरसञ्चार मानकहरू हुन् जो सन् १९८० मा स्थापना गरिएको थियो र यो दोस्रो पुस्ता, एक अङ्कीय सङ्केत नआइञ्जेलसम्म सेवामा रहेको थियो।

दुईवटा मोबाइल सेलुलर प्रणाली, पहिलो पुस्ता र दोस्रो पुस्ता बीच मुख्य फरक भनेको पहिलो पुस्ताले अनुरूप सङ्केतको प्रयोग गर्दछ भने दोस्रो पुस्ताले अङ्कीय सङ्केतको प्रयोग गर्दछ।

दुबै प्रणालीहरूले रेडियो टावरहरू समक्ष जडान गर्नका लागि अङ्कीय सङ्केतको प्रयोग गर्दछन् जुन हामीले हेडसेट मार्फत सुन्ने गर्छौं र दोस्रो पुस्तामा बाँकी रहेका टेलिफोन प्रणालीमा, सम्पर्कको बेलामा आवाज आँफै अङ्कीय सङ्केतको सङ्केतिक शब्दमा परिणत हुन्छ तर पहिलो पुस्ता भने उच्च आवृतिमा मात्रै परिणत हुन्छ जसमा सामान्यतया १५० मेगाहर्ज वा माथिका आवृतिहरू पर्दछन्। स्वभाविक रूपमा, अनुरूप सङ्केत भन्दा अङ्कीय सङ्केतको प्रयोगमा फाइदा भनेको दोस्रो पुस्ताको सञ्जालले विश्वभरि पहिलो पुस्ताको सञ्जाललाई हटाएको छ।

यस्तै एक मानक हो नोर्डिक मोबाइल टेलिफोन (एनएमटी) जुन चाहिँ पूर्वी युरोपका देशहरू जस्तै स्विट्जरल्याण्ड, नेदरल्याण्डस् पूर्वी युरोप र रुसमा प्रयोगमा आएको थियो। यसमा अरू, जस्तै उन्नत मोबाइल फोन प्रणाली (एएमपिएस) उत्तर अमेरिकाअष्ट्रेलियामा[१] प्रयोग गरिन्छ भने पूर्ण पहुँच सञ्चार प्रणाली (टिएसिएस) भने संयुक्त अधिराज्यमा , सि-४५० चाहिँ पश्चिम जर्मनी, पोर्चुगलदक्षिण अफ्रिकामा प्रयोग गरिन्छ। रोडियोकम २००० फ्रान्समा, टिएमए स्पेनमा, र आरटिएमआई इटालीमा प्रयोग गरिन्छ। जापानमा भने बहु प्रणालीहरू रहेका छन्। तीनवटा मानकहरू टिजेट-८०१, टिजेट-८०२, टिजेट-८०३ लाई एनटिटि (निपोन टेलिग्राफ र टेलिफोन निगम)ले विकास गरेको थियोे।[२] जहाँकी यसको प्रतिस्पर्धी प्रणालीलाई भने दैनि डेनडेन प्लानिङ, इङ्कले सञ्चालन गर्दछ जुन जापान पूर्ण पहुँच सञ्चार प्रणालीले एक मानको रूपमा प्रयोग गर्दछ।

पहिलो पुस्ता प्रविधि भन्दा पहिलेको प्रविधि भनेको मोबाइल रेडियो टेलिफोन हो।

इतिहास[सम्पादन गर्ने]

रेडियो टेलिफोन अझ विकास हुँदै गयो र पहिलो पुस्ताको नामले चिनिन थाल्यो। १९८० मा पहिलो अनुरूप सञ्चार मानक परिचित भएको थियो जसको आवाज वाहेक २८ देखि ५६ किलोबाइट प्रतिसेकेण्ड गतिसम्म डाटामा पहुँच पुगेको थियो।

सबैभन्दा पहिलो व्यवसायीक स्वचलित सेलुलर सञ्जाल (पहिलो पुस्ता), सन् १९७९ मा जापानमा निपोन टेलिग्राफ एण्ड टेलिफोन (एनटिटि) ले सुरुवात गरेको थियो। यो सुरुमा महानगरीय क्षेत्र, टोकियोमा सुरुवात गरिएको थियो र पाँच वर्षपछि, एनटिटिले उक्त सञ्जाललाई राष्ट्रव्यापी रूपमा फैलाउँदै जापानभरि यो सुविधा विस्तार गर्दै देशव्यापी रूपमा पहिलो सञ्जाल बनेको थियो।

सन् १९८१ मा, लगत्तै एनएमटी प्रणाली डेनमार्क, फिनल्याण्ड, नर्वे र स्वीडेनमा सुरुवात गरिएको थियो। एनएमटी अन्तर्राष्ट्रिय रोमिङ सुविधा भएको पहिलो मोबाइल फोन सञ्जाल हो। पहिलो पहिलो पुस्ता सञ्जाल अमेरिकामा सिकागोमा आधारित अमेरिटेक हो जसको सुरुवात सन् १९८३ मा गरिएको थियो र यसले डाइनाट्याक मोबाइल फोनको प्रयोग गरेको थियो। त्यसपछि विभिन्न देशहरू जस्तै क्यानडा, बेलायत र मेक्सिकोले मध्य १९८० सम्म यही सञ्जालको प्रयोग गरेका थिए। सन् १९८० तिर विश्वभर यो प्रविधी परिचित बनेको थियो।

सन् २०१८ सम्म, सिमित एनएमटी सेवा रुसमा मात्रै सञ्चालनमा रहेको छ जुन हाल एकमात्र पहिलो पुस्ताको सञ्जाल हो।

मुख्य आलोचना[सम्पादन गर्ने]

  • अनुरूप सङ्केतहरू हस्तक्षेपबाट सजिलै प्रभावित हुन सक्छन् जसले गर्दा सम्पर्क गुणस्तर घट्ने गर्दछ।
  • अनुरूप सङ्केतहरू साधारण हस्तक्षेपमा पनि नराम्रो हुन सक्ने सम्भावना धेरै हुन्छ जसले सम्पर्क हुँदा धेरै स्पस्ट आवाज सुनिँदैन।
  • डाउनलोड र उर्ध्वभरण गरि एकदमै न्यून।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "एएमटिए", एएमटिए डटअोआरजी डट एयु, मूलबाट १७ अप्रिल २००८-मा सङ्ग्रहित। 
  2. "एनसर्स - जीवनका प्रश्नहरूको उत्तर दिनको विश्वको सबैभन्दा विश्वासी ठाउँ र", एन्सर्स डटकम 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]


अधिल्लो
शून्य पुस्ता
मोबाइल टेलिफोन पुस्ता पछिल्लो
दोस्रो पुस्ता