पार्वती थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पार्वती थापा
प्रहरी नायब महानिरीक्षक, नेपाल प्रहरी
व्यक्तिगत विवरण
जन्म (1960-02-16) १६ फेब्रुअरी १९६० (उमेर ६४)[१]
गोरखा
राजनीतिक दलजनता समाजवादी पार्टी
जीवन साथी
भीमबहादुर थापा
(
वि १९७९)
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
सैन्य सेवा
निष्ठानेपाल

पार्वती थापा नेपाल प्रहरीकी पूर्व प्रहरी नायब महानिरीक्षक[२] तथा जनता समाजवादी पार्टीकी सदस्य हुन्।[३] उनी नेपाल प्रहरी सेवा अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्रमुख हुने प्रथम महिला, अञ्चल प्रहरी कार्यालयको प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बन्ने पहिलो महिलाको कीर्तिमान बनाएकी हुन्।[४][५][६]

जीवनी[सम्पादन गर्नुहोस्]

थापाको जन्म वि.सं. २०१६ फागुन ४ गते गोरखा जिल्लाको गोरखानगर क्षेत्रमा भएको थियो। मध्यमवर्गीय परिवारमा जन्मेकी थापाको आमा खेतकुमारी थापा तथा पिता सनकबहादुर थापा थिए। उनी सानै हुँदा बसाइँ सराई गरेर उनको परिवार चितवन जिल्ला आएको थियो। उनी पाँच भाइ, बहिनीमध्ये सबैभन्दा जेठी थिइन्। उनले प्राथमिक शिक्षा चितवनको जनजीवन निम्न माध्यमिक विद्यालय, चैनपुरमा सात कक्षासम्म अध्ययन गरिन् त्यसपछि एसएलसीसम्मको अध्ययन चितवनकै खैरहनी माध्यमिक विद्यालयबाट पूरा गरिन्। उनले उच्च शिक्षाको अध्ययन काठमाडौँको पद्मकन्या कलेजबाट गरिन्। उनले त्यहाँबाट प्रविणता प्रमाण पत्र तह, स्नातक तह, र स्नातोकोत्तर तहको परीक्षा उतीर्ण गरिन्।[७]

प्रहरी सेवा[सम्पादन गर्नुहोस्]

पार्वतीले वि.सं. २०४० मा वीरेन्द्र प्रहरी अस्पतालमा प्रहरी नायब निरीक्षक पदमा नेपाल प्रहरी सेवामा प्रवेश गरेकी थिइन्। उनी वि.सं. २०४३ सालमा खुला प्रतिस्पर्धाबाट निरीक्षक (इन्स्पेक्टर) बनिन्। त्यस्को छ वर्षपछि वि.सं. २०४९ मा प्रहरी नायब उपरीक्षक भइन्। वि.सं. २०५२ जेठ २६ गते उनी धादिङ जिल्ला प्रहरी कार्यालय प्रमुख भइन्। प्रहरी सेवामा लामो समय बिताएपछि उनी वि.सं. २०६३ भदौ २० गते मेची अञ्चल प्रहरी कार्यालय प्रमुख र वि.सं. २०६४ वैशाख ३ गते गण्डकी अञ्चल प्रहरी कार्यालयको दायित्व सम्हालेकी थिइन्।[८][९]

अभियानहरू[सम्पादन गर्नुहोस्]

उनी राष्ट्र सङ्घीय शान्ति स्थापना सेवाका लागि हर्जगोविना र बोस्निया तथा सियरा लियोनमा समेत अभियान कार्यमा संलग्न रहेकी थिइन्।

विवाह[सम्पादन गर्नुहोस्]

उनले वि.सं. २०३६ सालमा भीमबहादुर थापासँग विवाह गरेकी थिइन्। उनको एक छोरी ज्योति र एक छोरा सुलभ छन्।

पदक र पुरस्कार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पार्वती थापा– प्रहरीको इतिहासमा माथिल्लो पदमा पुग्ने दाबेदार", महिला न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ [dead link]
  2. "रेग्मीको भान्जी भएको भए आईजीपी हुन्थेँ: पार्वती थापा मगर", जनबोली न्यूज नेटवर्क प्रा. लि. (नेपालीमा), २०१६-१२-२७, अन्तिम पहुँच २०२१-१०-२३ 
  3. "पूर्वडीआईजी पार्वती थापा राजनीतिमा, फोरम प्रवेश गरिन्", केन्द्रबिन्दु (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ 
  4. "महिला प्रहरीका कसले बुझ्ने हुन् मर्म !", जन आस्था न्युज (नेपालीमा), २०२१-०९-०२, अन्तिम पहुँच २०२१-१०-२३ 
  5. "फोरम प्रवेश गरिन् पूर्वडीआईजी पार्वती थापा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ 
  6. "महानिरीक्षकबारे सर्वोच्चको फैसला", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति
  7. "पार्वती थापा– प्रहरीको इतिहासमा माथिल्लो पदमा पुग्ने दाबेदार", महिला न्यूज (नेपालीमा), अन्तिम पहुँच १९ जुलाई २०१८ [dead link]
  8. "पार्वती थापाको पहिलो महिला प्रहरी प्रमुखको सूचीमा", समुद्रपारी (नेपालीमा), २०१३-०९-१७, अन्तिम पहुँच २०२१-१०-२३ 
  9. "नयाँ प्रहरी महानिरीक्षक : आँखा कमजोर, दृष्टि तगडा", अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३