सामग्रीमा जानुहोस्

पुम्दिकोट

निर्देशाङ्कहरू: २८°१९′उ ८३°५९′पू / 28.317°N 83.983°E / 28.317; 83.983
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुम्दिकोट
भूमेश्वर महादेव
पर्यटकीय स्थल
पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति
पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति
पुम्दिकोट is located in गण्डकी प्रदेश
पुम्दिकोट
पुम्दिकोट
पुम्दिकोट is located in नेपाल
पुम्दिकोट
पुम्दिकोट
निर्देशाङ्क: २८°१९′उ ८३°५९′पू / 28.317°N 83.983°E / 28.317; 83.983
देश नेपाल
प्रदेशगण्डकी
जिल्लाकास्की

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ।[] यस पुम्दिकोट हाल धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ, भने हाल आन्तरिक पर्यटकीय स्थलको रूपमा लोकप्रिय बनेको छ ।

शिवको मुर्ति

[सम्पादन गर्नुहोस्]
पुम्दिकोटमा मुख्य आकर्षणका रुपमा रहेको ५२ फिट अग्लो शिव मूर्ति

पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ । यस महादेवको विशाल मूर्तिले धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ । सनातनकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा यस ५२ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापना गरिएको हो । सो कार्यको लागि आठ हजार वर्गफिटको गोलाकार जगमा यो मुर्ति निर्माण भएको छ[]

नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिवलिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति राखिएको छ[] । सौर्य ऊर्जा विधिद्वारा सो परिक्रमा निरन्तररुपमा जारी रहनेछ । तेस्रो तल्लामा फाइबर ग्लासको पद्मासन अवस्थाको महादेवको मूर्ति स्थापना गरिएको छ ।

पोखराको छोरेपाटनबाट सात किलोमिटर दक्षिण पश्चिममा अवस्थित सो स्थलमा पुग्नका लागि नगर बससमेत सञ्चालन हुने गर्दछ । यस्तै पदयात्राको लागि पोखराको रानीवन, पुम्दीकोट, भुम्दीकोट, थाप्लेडाँडा हुँदै पञ्चासेसम्मको पुरानो बाटोलाई नयाँ पहिचान दिइ यस स्थानसम्म जानेबाटो निर्माण गरिएको छ ।

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

बाह्य कडींहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरु

[सम्पादन गर्नुहोस्]
  1. "पोखराको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै पुम्दिकोट शिव मूर्ति", पोखरा न्यूज पोखरा न्यूज (नेपालीमा), साउन ११, २०७८, अन्तिम पहुँच २०२१-१०-०७ 
  2. "सराङकोट डाँडाको ठ्याक्कै सामुन्ने ५६ फिट अग्लो महादेवको मूर्ति स्थापना हुँदै…", शब्द नेपाल (नेपालीमा), २०७५ मंसिर ५, बुधबार १२:५७ गते, अन्तिम पहुँच २०२१-१०-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-०८ मिति
  3. "पुम्दिकोटको विशाल शिव मूर्ति उत्कृष्ट गन्तव्य : प्रदेश प्रमुख पौडेल", JagaranPost (नेपालीमा), २०७५ मंसिर, अन्तिम पहुँच २०२१-१०-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-०८ मिति