पुम्दिकोट
पुम्दिकोट
भूमेश्वर महादेव | |
|---|---|
पर्यटकीय स्थल | |
पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति | |
| निर्देशाङ्क: २८°१९′ उत्तर ८३°५९′ पूर्व / २८.३१७° उत्तर ८३.९८३° पूर्व | |
| देश | |
| प्रदेश | गण्डकी |
| जिल्ला | कास्की |
पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ।[१] यस पुम्दिकोट हाल धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ, भने हाल आन्तरिक पर्यटकीय स्थलको रूपमा लोकप्रिय बनेको छ ।
शिवको मुर्ति
[सम्पादन]
पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ । यस महादेवको विशाल मूर्तिले धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ । सनातनकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा यस ५२ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापना गरिएको हो । सो कार्यको लागि आठ हजार वर्गफिटको गोलाकार जगमा यो मुर्ति निर्माण भएको छ[२] ।
नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिवलिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति राखिएको छ[३] । सौर्य ऊर्जा विधिद्वारा सो परिक्रमा निरन्तररुपमा जारी रहनेछ । तेस्रो तल्लामा फाइबर ग्लासको पद्मासन अवस्थाको महादेवको मूर्ति स्थापना गरिएको छ ।
जाने बाटो
[सम्पादन]पोखराको छोरेपाटनबाट सात किलोमिटर दक्षिण पश्चिममा अवस्थित सो स्थलमा पुग्नका लागि नगर बससमेत सञ्चालन हुने गर्दछ । यस्तै पदयात्राको लागि पोखराको रानीवन, पुम्दीकोट, भुम्दीकोट, थाप्लेडाँडा हुँदै पञ्चासेसम्मको पुरानो बाटोलाई नयाँ पहिचान दिइ यस स्थानसम्म जानेबाटो निर्माण गरिएको छ ।
चित्र दिर्घा
[सम्पादन]बाह्य कडींहरू
[सम्पादन]सन्दर्भ सामाग्रीहरु
[सम्पादन]- ↑ "पोखराको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै पुम्दिकोट शिव मूर्ति", पोखरा न्यूज पोखरा न्यूज (नेपालीमा), साउन ११, २०७८, अन्तिम पहुँच २०२१-१०-०७।
- ↑ "सराङकोट डाँडाको ठ्याक्कै सामुन्ने ५६ फिट अग्लो महादेवको मूर्ति स्थापना हुँदै…", शब्द नेपाल (नेपालीमा), २०७५ मंसिर ५, बुधबार १२:५७ गते, अन्तिम पहुँच २०२१-१०-०७। अभिलेखिकरण २०२१-१२-०८ वेब्याक मेसिन
- ↑ "पुम्दिकोटको विशाल शिव मूर्ति उत्कृष्ट गन्तव्य : प्रदेश प्रमुख पौडेल", JagaranPost (नेपालीमा), २०७५ मंसिर, अन्तिम पहुँच २०२१-१०-०७। अभिलेखिकरण २०२१-१२-०८ वेब्याक मेसिन