पोर्टल:हिन्दु धर्म/चुनिएका लेखहरू/१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामानुजाचार्यकाे तस्विर

रामानुजाचार्य (उच्चारण, अङ्ग्रेजी: Ramanuja जन्म: १०१७ - मृत्यु: ११३७) विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए। उनको भक्तिमा परम्पराको धेरै प्रभाव रहेको छ । उनी वेदान्त दर्शनमा आधारित विशिष्टाद्वैतका प्रवर्तक हुन् । उपनिषद, भगवदगीताब्रह्मसूत्रको आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिपादको रूपमा रामानुजले विशिष्टाद्वैतको प्रतिपादन गरेका थिए । उनको समयमा जैन धर्मबौद्ध धर्मको प्रचारको कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा रहेको थियो। रामानुजले त्यो सङ्कट सफलतापूर्वक प्रतिकार गरे । साथै उनले शंकराचार्यको अद्वैत मतलाई खण्डन गरेर आफ्नो मतको प्रवर्तनको लागि अनेक ग्रन्थहरूको रचना गरेका थिए । वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य थिए । त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा थिए । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टा द्वैत वेदान्त लेखेका थिए। रामानुजाचार्यले वेदान्त वाहेक सातौँ - दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएका थिए। रामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न निषेध गरिने परम्परा थियो त्यसलाई उनले एक सभा बोलाएर जातपात धनी गरीब सबैको लागि उच्चारित गरिदिएका थिए । उनले भनेका थिए मन्त्रले कष्टनाश हुन्छ त्यो कुनै एकको लागि होइन यो सबैको अधिकार हो । रामानुजाचार्य धेरै परोपकारी सन्त थिए ।