प्रदीप गिरी
प्रदीप गिरी | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| कार्यकाल वि.सं. २०७४ फागुन २० – वि.सं. २०७९ भदौ ५ | |
| पूर्वाधिकारी | पद्म नारायण चौधरी |
| निर्वाचन क्षेत्र | सिराहा १ |
| कार्यकाल वि.सं. २०५० – वि.सं. २०५६ | |
| पूर्वाधिकारी | विष्णुबहादुर तामाङ |
| उतराधिकारी | धर्मनाथप्रसाद साह |
| निर्वाचन क्षेत्र | सिराहा ५ |
| नेपालको संविधान सभा सदस्य | |
| कार्यकाल वि.सं. २०६५ जेठ १५ – वि.सं. २०७४ असोज २८ | |
| व्यक्तिगत विवरण | |
| जन्म | ६ नोभेम्बर १९४५ सिराहा जिल्ला, नेपाल |
| मृत्यु | २० अगस्ट २०२२ (उमेर ७७) ललितपुर, नेपाल |
| राजनीतिक दल | नेपाली कांग्रेस |
| मातृ शिक्षाप्रतिष्ठान | |
प्रदीप गिरी (वि.सं. २००२ कात्तिक २१ - २०७९ भदौ ५[१]) एक नेपाली राजनीतिज्ञ थिए। उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत थिए।
राजनीतिमा संलग्न
[सम्पादन गर्नुहोस्]आफ्ना बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले सानै उमेरमा राजनीतिमा संलग्न भएका गिरीले वि.सं. २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेका थिए। उनले राजनीतिक सङ्घर्षका क्रममा वि.सं. २०२५ सालमा १८ महिना र वि.सं. २०४२ सालमा झण्डै एक वर्ष समेत गरि हालसम्म कुल चार वर्ष जेल जीवन बिताएका थिए। उनी वि.सं. २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य थिए। वि.सं. २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरीले वि.सं. २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थियो। व्यवस्थापिका संसदमा उनले नेपाली कांग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थियो। उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्र विषयमा स्नातकोत्तर गरेका थिए।
निर्वाचन इतिहास
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७४
[सम्पादन गर्नुहोस्]| सिराहा १ | |||
|---|---|---|---|
| दल | उम्मेदवार | मत | |
| नेपाली कांग्रेस | प्रदीप गिरी | २३,९५१ | |
| नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) | गङ्गाप्रसाद यादव | २१,३७१ | |
| सङ्घीय समाजवादी फोरम, नेपाल | राजलाल यादव | १३,३५१ | |
| अन्य | १,४७२ | ||
| अवैध मत | २,९५४ | ||
| नतिजा | कांग्रेस विजयी | ||
| स्रोत:[२][३] | |||
पुस्तक
[सम्पादन गर्नुहोस्]लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत उनका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन्।
निधन
[सम्पादन गर्नुहोस्]घाँटीको क्यान्सरबाट पीडित गिरीको ७६ वर्षको उमेरमा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।[४]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काँग्रेस पार्टी कार्यालयमा राखिने", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २८ साउन २०७९।
- ↑ "प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको विस्तृत परिणाम", निर्वाचन आयोग, नेपाल, अन्तिम पहुँच २० अगस्ट २०२२।
- ↑ "सिराहा–१ बाट कांग्रेस नेता प्रदीप गिरी निर्वाचित", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २८ साउन २०७९।[स्थायी मृत कडी]
- ↑ "कांग्रेस नेता प्रदीप गिरिको निधन", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २८ साउन २०७९।