प्रशान्त तामाङ
| प्रशान्त तामाङ | |
|---|---|
| व्यक्तिगत विवरण | |
| जन्म | ४ जनवरी १९८३ दार्जिलिङ, पश्चिम बङ्गाल, भारत |
| उत्पत्ति | नेपाल |
| मृत्यु | ११ जनवरी २०२६ |
| विधा | पप |
| पेशा | गायक, अभिनेता |
| वाद्ययन्त्र | स्वर, गितार, ड्रम |
| सक्रिय वर्ष | सन् २००७— २०२६ |
प्रशान्त तामाङ (जन्म; ४ जनवरी १९८३ - मृत्यु; ११ जनवरी २०२६) भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको "इन्डियन आइडल २००७" नामक कार्यक्रममा विजेता बन्ने नेपाली मूलका प्रथम भारतीय थिए।[१] उक्त कार्यक्रमामा भाग लिने उनी पहिला भारतीय प्रहरी जवान पनि थिए। प्रशान्तका पिताको प्रहरीमै रहेक बेला सवारी दुर्घटनामा निधन भएपछि उनलाई कलकत्ता प्रहरीमा उक्त जागीर गर्ने अवसर प्राप्त भएको थियो। प्रशान्तको जन्म भारतमा दार्जिलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो।[२] शान्त स्वभावका प्रशान्तले साथीहरूको अनुरोधमा इन्डियन आइडलको कलकत्ता अडिसनम भाग लिँदा उनको सफलताको यात्रा त्यहीँबाट सुरु भएको थियो। [३]
आइडलका निर्णयकहरू अनु मलिक, जावेद अख्तर, अलिशा चिनाइ र स्वयम उदित नारायणको पनि कार्यक्रम अवधिभर खासै प्रसंशा नपाएका प्रशान्तले रातारात नाम्, ख्याती र प्रतिष्ठा कमाएको कारण आज उनी भारतमा मात्रै नभएर नेपाल लगायत अन्य मुलुकम पनि उत्तिकै प्रसिद्ध भएका छन्। सोनी टिभी सँगको एक करोडको करार, एक कार र आफ्नै एल्बम बनाउने मौका मात्र नभएर प्रशान्तले एउटा सिङै उत्पीडित र अपहेलित वर्गको शिर ठाडो पारिदिएकाले उनको प्रसंशकहरू थप हौसिएका हुन्। प्रशान्त्ले अक्टुबर्को पहिलो साता नेपालको काठमाडौ र पोखरामा आफ्नो कार्यक्रम प्रस्तुत् गरे।
नेपाली चलचित्र गोर्खा पल्टनमा अभिनय गरेका छन्। यसका साथै तामाङले परदेशी नामक चलचित्रमा पनि अभिनय गरिसकेका छन्।
उनलाई नेपाल सरकारले सन् २०१० अक्टोबरमा नेपाल पर्यटन वर्ष २०११को सदभावना राजदूत नियुक्त गरेको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Indian Idol Page अभिलेखिकरण २००७-०६-०४ वेब्याक मेसिन
- ↑ Nepal Nation अभिलेखिकरण २००७-१०-०९ वेब्याक मेसिन
- ↑ Dhukdhuki अभिलेखिकरण २००७-०७-०१ वेब्याक मेसिन