बङ्गभवन
बङ्गभवन | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | मुगल वास्तुकला |
सहर | ढाका |
राष्ट्र | बङ्गलादेश |
निर्माणकार्यको थालनी | सन् १९०४ |
प्राविधिक विवरण | |
आकार | ६,७०० वर्गकिलोमिटर |
वेबसाइट | |
bangabhaban |
बङ्गभवन (बङ्गाली: বঙ্গভবন) ,बङ्गोभबोन) बङ्गलादेशका राष्ट्रपतिको सरकारी निवास र कार्यालय हो।[१] यो कार्यालय देशको राजधानी ढाकामा अवस्थित छ। यो कार्यालयलाई सुरुमा ब्रिटिस भारतका गभर्नरको अस्थायी निवासको रूपमा प्रयोग गरिएको थियो। सन् १९४७ देखि १९७१ सम्म यो भवन पूर्वी पाकिस्तानका गभर्नरको निवासको रूपमा प्रयोग गरिएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गाल सल्तनतको शासनकालमा बङ्गभवन हाल खडा रहेको स्थान ढाकाका एक सुफी सन्त हजरत शाहजलाल दखिनीको थियो। सुफी सन्त र उनका अनुयायीहरूलाई सुल्तानका सिपाहीहरूले हत्या गरी उनीहरूलाई यहाँ गाडेका थियो। यो स्थान चाँडै सन्तका भक्तहरू बीच एक तीर्थस्थलको रूपमा परिचित हुन थाल्यो। बङ्गभवन क्षेत्रमा मनुक हाउस नामको भवन थियो। किंवदन्ती अनुसार यसको नाम ब्रिटिस राजको समयमा अर्मेनियाली जमिनदार मनुकको नामबाट राखिएको थियो। ढाकाका नवाब ख्वाजा अब्दुल घानीले मनुकबाट यो ठाउँ किनेर यहाँ एउटा बङ्गला बनाएका थिए जसको नाम 'दिलकुशा' राखिएको थियो।
सन् १९०५ मा बङ्गालको विभाजन पछि, पूर्वी बङ्गाल र आसामको सरकारले यो स्थान खरिद गरी यहाँ एक महल निर्माण गरेको थियो जसलाई सन् १९११ सम्म भारतको गभर्नर जनरलको अस्थायी निवासको प्रयोग गरिएको थियो। सन् १९११ देखि १९४७ सम्म यस महललाई राज्यपाल सदन भनिन्थ्यो र बङ्गालको राज्यपालको अस्थायी निवासको रूपमा यस महललाई प्रयोग गरिएको थियो। [२]भारतको विभाजन पछि सन् १९४७ मा पाकिस्तानको उदय पछि यो महल पूर्वी पाकिस्तानका गभर्नरको निवास बनेको थियो। सन् १९६१ मा आएको आँधीबेहरीका कारण उक्त भवनमा क्षति पुगेको थियो भने सन् १९६४ मा भवनको पुनर्निर्माण सम्पन्न भएको थियो।[३]
बङ्गलादेशको स्वतन्त्रता युद्धपछि १२ जनवरी सन् १९७२ जनवरी १२ का दिन यस भवनलाई गभर्नर निवासबाट नामकरण गरी 'बङ्गभवन' राखिएको थियो। त्यस दिन अबु साइद चौधरी बङ्गलादेशको पहिलो संवैधानिक राष्ट्रपति बने र उनले यस भवनलाई राष्ट्रपति निवासको रूपमा प्रयोग गर्न सुरु गरेका थिए। राष्ट्रपति जियाउर रहमान र हुसेन मुहम्मद एरशादको सैन्य शासनकालमा पनि यो भवनलाई राष्ट्रपतिको निवासको रूपमा प्रयोग गरिएको थियो।
बङ्गभवन बङ्गलादेश सरकारको सबैभन्दा महत्त्वपूर्ण संरचनाहरू मध्ये एक हो। बङ्गभवन राष्ट्रपतिको निवास भएकाले यसले संयुक्त राज्य अमेरिकाको ह्वाइट हाउस र भारतीय राष्ट्रपतिको निवास समान हैसियत बोकेको छ। एक ऐतिहासिक संरचना भएकाले यसलाई विशेष अवसरहरूमा यहाँ सजावट र निर्माणका कामहरू गरिन्छ स्वतन्त्रता र विजय दिवसका दिन सर्वसाधारण नागरिकका लागि विशेष कार्यक्रम यहाँ आयोजना गरिन्छ।[४] बङ्गलादेशका राष्ट्रपति यस भवनमा बस्छन् र आफ्नो नेतृत्वमा सबै आधिकारिक कार्यहरू गर्दछन्। यस भवनमा प्रायः राजनीतिज्ञ, बुद्धिजीवी र विदेशी कूटनीतिज्ञहरूका लागि बैठक, सम्मेलन र राजकीय भोजहरू आयोजना गरिन्छ।
संरचना
[सम्पादन गर्नुहोस्]ब्रिटिस शासनकाल अन्तर्गत ढाकामा स्थापित अन्य संरचनाहरू जस्तै बङ्गभवन पनि भिक्टोरियन वास्तुकलाको शैलीमा निर्माण गरिएको थियो। सन् १९६१ र १९६४ मा पुनर्निर्माण पछि इस्लामी वास्तुकला र बङ्गाली वास्तुकलाको संयुक्त प्रयोग यस भवनमा देख्न पाइन्छ। मुख्य भवन लामो पर्खालले घेरिएको छ। भवनलाई फूल तथा साना रूखहरूले घेरिएकाले यहाँको परिसर पूर्णरूपमा हरियालीमय छ। भुइँतलाको क्षेत्रफल ६७०० वर्ग मिटर रहेको छ। राष्ट्रपति निवास उत्तर-पूर्व दिशामा अवस्थित छ यसको दोस्रो तल्लामा पाँच सुन्दर शयनकक्षहरू अवस्थित छन्।
भुइँतलामा राष्ट्रपतिको कार्यालय, सेना र नागरिक सचिवालय, अन्य अधिकारी र आगन्तुकका लागि छुट्टाछुट्टै कोठा छन्। यसमा बैठक हल, कोर्ट हल, सानो बेङक्वेट हल र स्थानीय आगन्तुकहरूका लागि सानो बैठक कक्ष पनि छ। यसका साथै दोस्रो तल्लामा पाँच वटा कार्यालय कक्ष, एउटा नियन्त्रण कक्ष र एउटा स्टुडियो रहेको छ। तेस्रो तल्लामा विदेशी कूटनीतिज्ञ र सरकारका उच्च अधिकारीका लागि छुट्टाछुट्टै चार वटा कोठाहरू रहेका छन्।
बङ्गभवनमा ५० एकड खुला स्थान, सुरक्षा कार्यालय, हुलाक, बैङ्क, चमेनागृह, टेलरिङ पसल, तीन गुम्बज मस्जिद र राष्ट्रपति सुरक्षा कार्यालयका लागि छुट्टै कक्षहरू रहेका छन्। बङ्गभवनका विभिन्न तीन स्थानमा भवनका अधिकारी र कर्मचारीहरूका लागि आवासहरू रहेका छन्। त्यहाँ सैन्य सचिव र सहायक सैन्य सचिवका लागि थप दुई बङ्गला अवस्थित छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ জাতীয় তথ্য বাতায়ন
- ↑ "বঙ্গভবনের পরিচিতি ও সংক্ষিপ্ত ইতিহাস", bangabhaban.gov.bd, Government of Bangladesh।
- ↑ বাংলাপিডিয়া
- ↑ "'Hundred Yrs of Bangabhaban' launched", The Daily Star, १५ फेब्रुअरी २००६, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०१४। वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति