बङ्गलादेशमा फुटबल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गलादेशमा फुटबल
देश बङ्गलादेश
शासकीय निकायबङ्गलादेश फुटबल महासङ्घ
राष्ट्रिय टोलीबङ्गलादेश राष्ट्रिय फुटबल टिम
राष्ट्रिय प्रतिस्पर्धा
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा
बङ्गलादेशको कुनै एक गाउँमा ग्रामीण बालबालिकाहरू फुटबल खेल्दै

बङ्गलादेशमा क्रिकेट पछि सबैभन्दा धेरै वा व्यापक रूपमा फुटबल खेल चर्चित रहेको छ, र बङ्गलादेशको सम्पुर्ण फुटबल खेलको निरीक्षण तथा नियन्त्रण गर्ने काम भने बङ्गलादेशमा सरकारी रूपमा रहेको संस्था बङ्गलादेश फुटबल महासङ्घले गर्ने गर्दछ ।

बङ्गलादेशमा केही वर्ष पहिले फुटबललाई क्रिकेटसँग तुलना गरेर विभिन्न खाले आलोचना गरिन्थ्यो, किनभने बङ्गलादेशले त्यस समय क्रिकेट खेलमा ठूलो भड्को वा खुड्किलो मारेको थियो । साथै त्यतिबेला क्रिकेटमा बङ्गलादेशले क्रिकेटमा टेस्ट मान्यता समेत प्राप्त गरेको थियो, भने क्रिकेट विश्वकपमा समेत सहभागीता जनाएको थियो । त्यसकारण त्यतिबेला बङ्गलादेशमा फुटबल प्रेमी समर्थकहरू निकै कम रहेका थिए । अनि बङ्गलादेशमा फुटबल पुरै क्रिकेटको छायाँ मुनि रहेको थियो ।

तर बङ्गलादेशमा ढाका भित्र तथा बाहिर भने थुप्रै प्रकारका प्रतियोगिताहरू हुने गर्दथे, र राष्ट्रिय टिमले फिफाको मान्यता प्राप्त खेलहरूमा पनि सहभागीता जनाउने गर्दथे । पछिल्लो दशवर्षमा भने बङ्थलादेशले फुटबल खेल क्षेत्रमा निकै ठूलो फड्को हात पारेको छ, र बङ्गलादेशी फुटबल क्षेत्रमा विकास भइरहेको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

१९७१ को बङ्गलादेशी घरेलु मुक्ति युद्धमा बङ्गलादेशमा फुटबल भने स्वतन्त्रता रूपमा अन्तर्राष्ट्रिय फुटबलमा अगाडि बढिरहेको थियो ।

६ सेप्टेम्बर २०११ का दिन बंगलादेशको फुटबलका निम्ति एक अत्यधिक महत्त्वपूर्ण तथा अविस्मरणीय दिन रहेको थियो । किनभने त्यस दिन विश्व फुटबलका सर्वाधिक चर्चित तथा उत्कृष्ट मध्येका एक लियोनेल मेस्सी र उनका राष्ट्रिय टिमले बङ्गलादेशको बङ्गबन्धु राष्ट्रिय रंगशालामा नाइजेरिया विरूद्व अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका थिए ।

क्लबहरू[सम्पादन गर्नुहोस्]

बङ्गलादेशमा केही सफल क्लबहरूको नाम लिदाँ प्रमुख ढाका वारियर्स, भिक्टोरिया एससी, वारि क्लब, इस्ट पाकिस्तान ग्याखना तथा अजाद स्पोर्टिङ क्लब पर्दछन् । यस्तै वर्तमान समयका केही चर्चित क्लबहरूमा अबहानी लिमिटेड ढाका, मोहम्मदन स्पोर्टिङ एससी, मुक्तिजोद्दा सग्साद केसी, ब्रदर्स् युनियन क्लब, शेख जमल धनमोदी क्लब तथा शेख रूस्सेल केसी जस्ता क्लबहरू पर्दछन् । लगभग बङ्गलादेश भरी ४,१०० भन्दा बढी फुटबल क्लबहरू रहेका छन् ।

घरेलु फुटबल प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको प्रमुख प्रतियोगितामा पुरूष राष्ट्रिय लिग बङ्गलादेश प्रिमियर लिग (फुटबल) लाई लिने गरिन्छ, साथै यो लिगको दोस्रो डिभिजन वा बि.डिभिजन लिग पनि बङ्गलादेशको प्रमुख प्रतियोगिता हो । बङ्गलादेश च्याम्पियनसिप लिग, राष्ट्रिय फुटबल च्याम्पियनसिप (बङ्गलादेश), बङ्गलादेश फेडेरेसन कप, बङ्गलादेश सुपर कप आदि पनि बङ्गलादेशको राष्ट्रिय स्तरका ठूला फुटबल प्रतियोगिता मध्य हुन् ।

यसबाहे बङ्गलादेशमा अन्य विभिन्न ठूला साना क्षेत्रीय फुटबल प्रतियोगिताहरू वर्षै पिच्छे हजारौंको सङ्ख्यामा हुने गर्दछन् । ढाका लिग, चिट्टागोङ् लिग, राजशाहि लिग तथा कोमिल्ला लिग आदि बङ्गलादेशका क्षेत्रीय घरेलु फुटबल प्रतियोगिताको केही उदाहरणहरू हुन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

महिला फुटबल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]