सामग्रीमा जानुहोस्

बत्तीस लक्षण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूर्वीय सभ्यता प्राचीन कालदेखि नै सौन्दर्यप्रति सजग पाइन्छ। यहाँका मनिषीहरूले कस्ता नरनारी सुन्दर एवं शुभदर्शना हुन्छन् भनेर धेरै कृतिमार्फत् वर्णन गरेका छन्। धेरै मात्रामा नारी सौन्दर्यलाई नै महत्त्व दिइएको पाइए पनि पूर्वीय शास्त्रमा पुरुष सौन्दर्यलाई पनि पर्याप्त स्थान दिइएको छ। पूर्वीय दर्शनमा विशिष्ट व्यक्तिहरूका शरीर एवं स्वभावमा हुने प्रसिद्ध बत्तीसवटा शुभलक्षण बताइएको छ। यस्ता लक्षण हुने पुरुष प्राचीन भारतवर्षमा आदर्श मानिन्थ्ये।


पुरुषका बत्तीस लक्षणहरु

[सम्पादन गर्नुहोस्]
  1. पद्मासनमा बस्दा वृत्ताकार आसन हुनु
  2. औँला लामा-लामा हुनु
  3. औँला जोड्दा टम्म मिल्ने हुनु
  4. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु
  5. शरीर सात प्रकारले सुवासित हुनु
  6. हरिणका जस्ता फिला
  7. गुप्तांगहरू हात्तीका अण्डकोषजस्तै गुप्त रहनु
  8. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु
  9. शरीरका विभिन्न अङ्ग सुगठित रहनु
  10. काँध पुष्ट, चौडा एवं गोलो हुनु
  11. पाखुरा राम्रोसँग र्फकने तथा तलसम्म पुग्ने हुनु
  12. बाहु (हात) लामा हुनु
  13. सम्पूर्ण शरीर तेजोमय वृत्तले युक्त हुनु
  14. शङ्खसमान घाँटी हुनु
  15. सोझो र सिंहको जस्तै चिउँडो हुनु
  16. बत्तीस दाँत
  17. उज्ज्वल र छिद्ररहित दन्तपङ्क्ति
  18. स्वच्छ एवं परस्परमा मिलेका दाँत
  19. बङ्गारा स्वच्छ र सुन्दर हुनु
  20. जिब्रो लामो हुनु
  21. विभिन्न सूक्ष्मातिसूक्ष्म स्वाद लिने शक्ति हुनु
  22. भँगेराको जस्तो स्वर
  23. ब्रह्माको जस्तो मौलिक एवं ज्ञानपूर्ण वाणी
  24. आँखीभौँ साँढेको जस्तो र नीलकमल रंगका हुनु
  25. दुई आँखीभौँका बीच कोमल रोमरेखा हुनु
  26. पगरीजस्तो मिलेको र राम्रो केश
  27. शुद्ध सुनजस्तो प्रदीप्त शरीर
  28. प्रबल व्यक्तित्व
  29. शरीरमा धेरै र परस्पर टाँसिएका नरम एवं दाहिनेतिर घुमेका रौँ
  30. नीलमणिजस्तो कालो र टल्कने केश
  31. न्यग्रोध परिमण्डल (न्यग्रोध= बरको रुख)
  32. विष्णुको जस्तो दृढ स्वभाव।

महिलाका बत्तीस लक्षणहरु

[सम्पादन गर्नुहोस्]
  1. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा देखिनु,
  2. हातका औंला लामा(लामा हुनु,
  3. औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु,
  4. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज,
  5. शरीरमा विभिन्न थरीका सात सुगन्ध,
  6. हरिणका जस्ता खुट्टा,
  7. गुप्तांग गुप्त रहनु,
  8. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु,
  9. शरीरका अंग सुगठित हुनु,
  10. काँध पुष्ट, चौडा र गोलो हुनु,
  11. पाखुरा राम्रोसँग र्फकने,
  12. लामा पाखुरा,
  13. सम्पूर्ण शरीर तेजोमय,
  14. शंखजस्तै घाँटी,
  15. सोझो र सिंहको जस्तो चिउँडो,
  16. बत्तीसवटा दाँत,
  17. दाँत चम्किला,
  18. समान र टमक्क मिलेका दाँत,
  19. स्वच्छ र सुन्दर बंगारा,
  20. लामो जिब्रो,
  21. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता,
  22. भँगेराको जस्तो स्वर,
  23. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी,
  24. आँखीभौँ साँढेका जस्ता र नीलकमलको रंगजस्ता,
  25. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा,
  26. मिलेको केश, २७। अकबरी सुनजस्तै प्रदीप्त शरीर,
  27. प्रबल र प्रभावशाली व्यक्तित्व,
  28. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ,
  29. नीलमणिजस्तो कालो र टल्कने केश,
  30. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक,
  31. दृढ स्वभाव।