सामग्रीमा जानुहोस्

बम (थर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बम्म अथवा बम (प्राचीन: वर्मा) नेपालमा बसोवास गर्ने ठकुरीको एक थर हो । राजा मलाय वर्मा र मेदिनी वर्माको उल्लेखबाट बम थर वर्माबाट उत्पत्ति भएको देखिन्छ ।

ब्रहमको अप्रभंसबाट बम थर बनेको हो । बम /ब्रहम= राज्यको प्रधानमन्त्री स्तरिय पद हो । यो पदमा रहनेहरूको थर बम बन्यो । मध्यकालीन भारतको इतिहास अनुसार लंकाको राजा मान बमको थर बम थियो । कालान्तरमा यो थर राज्यको प्रधानमन्त्री स्तरिय जिम्मेवारी लिनेहरू पनि ब्रहम/बम को रुपामा चिनिए । रघुवंश महाकाब्यको त्रियोदश सर्गमा दुरजातबंधु भनेर कालिदासले पुलस्त्य गोत्रको ब्याख्या गर्दै चार लाइनको श्लोक लेखेका छन | त्यसको हिंदी अनुबादमा पुलस्त्य गोत्रको भालू बंदरको राजा सुग्रीव भनिएको छ | यसलाई मर्यादा पुरुष रामले आफ्नो भाइ बनाएर लंका बिजय गरेका थिए | यो विषय र लंकाको राजा मान बमको विषयले पुलस्त्य गोत्रीय बमको प्राचीन इतिहास लंकासंग जोडिन्छ | लंकाको राजा रावण पनि पुलस्त्य गोत्रीय थिए | नेपालमा बम थर लेख्ने निम्न पाँच थरी क्षत्रिय ठकुरीहरू फरक-फरक गोत्र तथा वंशका छन् |

चिनारीको लागि गाउँ ठाउं क्षेत्र मात्र नभएर उसको सम्पूर्ण आधारभूत पहिचान खुल्नु आवश्यक छ । थर र गोत्रले मात्र पहिचान खुल्दैन । खोज अनुसन्धान अनुसार बम थर लेख्ने माथि उल्लेखित सबै ठकुरी मात्र नभएर क्षेत्रिहरु र विभिन्न कुलका वैश्य पनि भेटिन्छन । बम थर लेख्नेहरूको विषयमा निम्न उल्लेखित यस तालिकाबाट धेरै जानकारी हुन् सक्छ ।

पूर्खाथरगोत्रभन्नेगरेको वंशकुलदेवताबसोबासबैबाहिक सम्बन्धदेवता प्रतिको मान्यतासामाजिक मान्यता / पुष्टिको आधार
देव/ पाल /बोगटी रजवारबमशौनकसूर्यवंशी /रघुवंशीमोहन्याल/ बेतालडोटी बोगटान /कैलालीठकुरी जातिहरू मल्ल, चन्द, शाह, शाही, सिंह, देउवा , हमाल , राठौर ----ठकुरीमा देवताका धामी भाराडी हुँदैनन् भन्ने र ठकुरानीहरु मोहन्याल देवताका अधेखा रहनेठकुरी / सम्बन्धित समाजबाट
सोरका बम /बोगटी रजवारबमशौनकसूर्यवंशी /रघुवंशीमोहन्याल / बेताल ,सौडीडोटी बोगटान / कैलालीठकुरी जातिहरू मल्ल, चन्द, शाह, शाही, सिंह, देउवा , हमाल , राठौर ----ठकुरीमा देवताका धामी भाराडी हुँदैनन् भन्ने र ठकुरानीहरु मोहन्याल देवताका अधेखा रहनेठकुरी सम्बन्धित समाजबाट
सिंजापति नागराज देव/पाल/चल्ल/मल्ल/वर्मा/बम्म /बमबमबशिष्ठ गोत्रसूर्यवंशी /श्रीपाली वंशीआदिमष्टो /बराह मष्टो /क्षेत्रपाल मष्टो विन्दवासिनी देवी/कालिका देवी/कालिकोट /बाजुरा /कैलाली /सुर्खेत /बैतडी/दार्चुला /मुगु/मुस्ताङ/दैलेख ठकुरी जाति मल्ल, शाह, शाही ,ठकुरी /सम्बन्धित समाजबाट
------?बमपुलस्त्य गोत्रसूर्यवंशीसमैजी /महादेवबैतडी पुर्चुडी , कैलाली र कंचनपुरठकुरी जाति मल्ल ,शाही, चन्द , सिंह------?ठकुरी /सम्बन्धित समाजबाट
------?बमपुलस्त्य गोत्रसूर्यवंशीब्रहम /महादेवदार्चुला दुन्हु , कैलाली र कंचनपुरठकुरी जाति मल्ल ,शाही, चन्द , सिंह----?ठकुरी /सम्बन्धित समाजबाट
------?बमकश्यपसूर्यवंशीखापर दादे मष्टोबझांग, बाजुरा , कैलाली र कंचनपुरठकुरी जाति मल्ल ,शाही, चन्द , सिंह----?ठकुरी /सम्बन्धित समाजबाट
बोगटीबमशौनम------?-----?डोटी , अछाम र कैलालीबिष्ट ,खण्डका ,कुँवर------------?-------?
कोरबमपुलस्त्य----?-----?बैतडी र कैलाली कंचनपुरबिष्ट ,खण्डका ,कुँवर ---------?------?
बोहरा (कुकुडे )बमकौसिल्ला------?बसुदेवीडोटी बसुदेवी /कैलाली गोदावरीधामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत----?-----?
-----?बम---? डडेल्धुरा गंखेत /कैलाली------?--------?
धामीबम-----?-----?-----?कैलाली धमिखेडा र जालीधामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत------?------?
छेकाबम-----?------?डोटी र कैलालीधामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत ,वैश्य जात------?-------?

यो पनि भिडियो हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]