बम (थर)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बम्म अथवा बम नेपालमा बसोवास गर्ने ठकुरीको एक थर हो । ब्रहमको अप्रभंसबाट बम थर बनेको हो । बम /ब्रहम= राज्यको प्रधानमन्त्री स्तरिय पद हो । यो पदमा रहनेहरूको थर बम बन्यो । मध्यकालीन भारतको इतिहास अनुसार लंकाको राजा मान बमको थर बम थियो । कालान्तरमा यो थर राज्यको प्रधानमन्त्री स्तरिय जिम्मेवारी लिनेहरू पनि ब्रहम/बम को रुपामा चिनिए । रघुवंश महाकाब्यको त्रियोदश सर्गमा दुरजातबंधु भनेर कालिदासले पुलस्त्य गोत्रको ब्याख्या गर्दै चार लाइनको श्लोक लेखेका छन | त्यसको हिंदी अनुबादमा पुलस्त्य गोत्रको भालू बंदरको राजा सुग्रीव भनिएको छ | यसलाई मर्यादा पुरुष रामले आफ्नो भाई बनाएर लंका बिजय गरेका थिए | यो बिषय र लंकाको राजा मान बमको बिषयले पुलस्त्य गोत्रीय बमको प्राचीन इतिहास लंकासंग जोडिन्छ | लंकाको राजा रावण पनि पुलस्त्य गोत्रीय थिए | नेपालमा बम थर लेख्ने निम्न पाँच थरी ठकुरीहरू फरक-फरक गोत्र तथा वंशका छन् |

विषयसूची

पहिचानमा आधारित तालिका[सम्पादन गर्ने]

चिनारीको लागि गाउँ ठाउं क्षेत्र मात्र नभएर उसको सम्पूर्ण आधारभूत पहिचान खुल्नु आवश्यक छ । थर र गोत्रले मात्र पहिचान खुल्दैन । खोज अनुसन्धान अनुसार बम थर लेख्ने माथि उल्लेखित ठकुरी मात्र नभएर बिभिन्न कुलका वैश्य पनि भेटिन्छन । बम थर लेख्नेहरुको बिषयमा निम्न उल्लेखित यस तालिकाबाट धेरै जानकारी हुन् सक्छ ।

पूर्खा थर गोत्र भन्नेगरेको वंश कुलदेवता बसोबास बैबाहिक सम्बन्ध देवता प्रतिको मान्यता सामाजिक मान्यता / पुष्टिको आधार
देव/ पाल /बोगटी रजवार बम शौनक सूर्यवंशी /रघुवंशी मोहन्याल/ बेताल डोटी बोगटान /कैलाली ठकुरी जातिहरु मल्ल, चन्द, शाह, शाही, सिंह, देउवा , हमाल , राठौर ---- ठकुरीमा देवताका धामी भाराडी हुँदैनन् भन्ने र ठकुरानीहरु मोहन्याल देवताका अधेखा रहने ठकुरी / सम्बन्धित समाजबाट
सोरका बम /बोगटी रजवार बम शौनक सूर्यवंशी /रघुवंशी मोहन्याल / बेताल ,सौडी डोटी बोगटान / कैलाली ठकुरी जातिहरु मल्ल, चन्द, शाह, शाही, सिंह, देउवा , हमाल , राठौर ---- ठकुरीमा देवताका धामी भाराडी हुँदैनन् भन्ने र ठकुरानीहरु मोहन्याल देवताका अधेखा रहने ठकुरी सम्बन्धित समाजबाट
--------? बम बशिष्ठ गोत्र -----? खापर /दादे मष्टो/ दुधे शिल्लो कालिकोट /कैलाली /सुर्खेत ठकुरी जाति मल्ल, शाह, शाही , देवताका धामी हुने चलन -----? ठकुरी /सम्बन्धित समाज बाट
------? बम पुलस्त्य गोत्र सूर्यवंशी समैजी /महादेव बैतडी पुर्चुडी , कैलाली र कंचनपुर ठकुरी जाति मल्ल ,शाही, चन्द , सिंह ------? ठकुरी /सम्बन्धित समाज बाट
------? बम पुलस्त्य गोत्र सूर्यवंशी ब्रहम /महादेव दार्चुला दुन्हु , कैलाली र कंचनपुर ठकुरी जाति मल्ल ,शाही, चन्द , सिंह ----? ठकुरी /सम्बन्धित समाजबाट
------? बम कश्यप सूर्यवंशी खापर दादे मष्टो बझांग, बाजुरा , कैलाली र कंचनपुर ठकुरी जाति मल्ल ,शाही, चन्द , सिंह ----? ठकुरी /सम्बन्धित समाज बाट
बोगटी बम शौनम ------? -----? डोटी , अछाम र कैलाली बिष्ट ,खण्डका ,कुँवर---- --------? -------?
कोर बम पुलस्त्य ----? -----? बैतडी र कैलाली कंचनपुर बिष्ट ,खण्डका ,कुँवर ---- -----? ------?
बोहरा (कुकुडे ) बम कौसिल्ला ------? बसुदेवी डोटी बसुदेवी /कैलाली गोदावरी धामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत ----? -----?
धामी बम ------? -----? -----? डडेल्धुरा गंखेत /कैलाली धामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत ------? --------?
धामी बम -----? -----? -----? कैलाली धमिखेडा र जाली धामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत ------? ------?
छेका बम -----? ------? -----? डोटी र कैलाली धामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत ,वैश्य जात ------? -------?

फरक-फरक कुलका बम ठकुरीहरुको वंशावली[सम्पादन गर्ने]

(१) - डोटी बोगटानका शौनक गोत्रीय बम ठकुरी[सम्पादन गर्ने]

डोटी बोगटानका सबै बम ठकुरीहरु कत्युरी वंशीय बम राजपुत हुन् । यिनको गोत्र शौनक हो भने वंशज रघुवंश (सूर्यवंशी ) हुन् । डोटीमा रैका राजा संग युद्द हुँदा यी रैका बिरुद्दको मोर्चाबन्दी को लागि कुमाऊ सोर बाट डोटी आएका हुन् । पुरातत्वविद् डा. श्यामलाल कोली पिथौरागढका राजनैतिक एवं सांस्कृतिक इतिहांस प्रथम संस्करणमा लेख्छन् सोर इस समय नौ राजाओंके अधीन था, जो निम्नांकित गढोंके स्वामी थे –दुनीकोट, बमनकोट, द्योदारकोट, सहजकोट, डुंगराकोट, बैलुरकोट, उदयपुरकोट, भाटकोट, तथा उच्चाकोट । इन नौ राजाओंद्वारा यहाँ राज्यकरनेके कारण इसक्षेत्रको ूनौ ठाकुर सोरू कहा जाता था । कालांतरमे इन नौ राजाओंको जीतकर डोटीके बम (ब्रह्म) राजाओं ने समुचे सोर पर अपना आधिपत्य कायम किया । अस्तु , सोर के बम राजा डोटी राजवंशसे सम्बन्धित थे । इनकी अभितक पुरी वंशावली प्राप्त नही हुई । अठकिशन ने बम राजाओ के इन नामोंको गिनाया है –कारकील बम,चन्द्र बम,हरक बम,अनि बम,शक्ति बम,विजय बम तथा हरि बम ..। सोरसे बमोंका निष्कासन करनेकाबाद सोरके मामलेमें डोटी (सीरा)के मल्लों व चम्फावतके चन्दोके मध्ये एकलम्बे समयतक संघर्ष छिडा गया था । यह संघर्ष रुद्र चन्दके समय (१५६५—१५९७ ई ) तक चलता रहा जब उसने पुरुखुपंतकी सहायता से सीराको अन्तिमबार अपने चन्दराज्यमें मिलाया था । प्रतीत होता हैकी भारती चंदके पराक्रमी पुत्र रत्नचंदके पश्चात सोरका उपरोक्त इलाका पुनः बमों के हाथ चलागया था, जिसे लेनेमे मल्लोंने बमोंकी सहायताकी थी । क्योंकि मल्ल और बम डोटीके एक ही खान्दान के थे.. । [१] बोगटानका मल्ल र बम एकै गोत्र र वंशका ठकुरी हुन् । सिंजा (जुम्ला)का रैका राजा संग भएको युद्दमा डोटी बोगटान मा कत्युरी (अयोध्या) कुल र मुलका सबैको युद्द मोर्चा बन्दि भएको स्थान थियो । यसै कारण बोगटानमा अलग अलग नामका देवता संग सम्बन्धित ठकुरीहरु भेटिन्छन ।बोगटानमा कत्युरी पालका वंशज (सन्तति) का बम तल्लो बोगटानको बिभिन्न स्थान(रिसेड़ी,निगाली,बिठोडा,बर्छैन,बेरवटा, धम्कोट) हरुमा बसोबास गर्दछन । कुमाऊ सोरमा राज्यगर्ने बमका सन्तान निम्न उल्लेखित बमहरु हुन्र भन्ने मान्यता छ । वंशावली अनुसार सोरबाट बोगटान आएका बम राजा को वंशावली [२]

  • सागर बम .......१
  • कारकील बम......१
  • चन्द्र बम..........१
  • हरक बम..........१
  • अनि बम..........१
  • शक्ति बम्म.........१
  • विर वम्म..........१
  • विजय बम.........१
  • परताप बम्म.......१
  • विरि वम...........१
  • सुना वम...........१
  • केसरी वम.........१
  • जगती वम.........१
  • भीज् वम............१
  • वीरि वम..............१
  • सगति वम.............१
  • सनीसारी वम..........१
  • तीनलाषी वम.........१
  • कासि वम..............१
  • मान वम................१
  • सुजान वम.............१
  • डलै वम...............१
  • वलाजीत वम...........१
  • कालु वम...............१
  • दाजी हरि वम.........१
  • भाई नरी वम..........१
  • पीर्ति वम...............१
  • उदै वम................१
  • पीरी वम................१
    कुमाऊ सोरमा राज्यगर्ने बमका सन्तान निम्न उल्लेखित बमहरु

मंगलेश्वर र मोहन्यालसँग सम्बन्धित परिवारकाहरु कुनै कालखण्डमा तल्लो वोगटानको कन्किडी गाउँमाबसेको कारण कन्किडा भनिएका हुन । यस मध्ये मल्लो चाल्सा, मेल्टा, कठीउर, ईनडा, धौलाबस्ती, किपला, अछाम डाईगडे र मिस्तुरवाला हुन भन्ने मान्यता छ । कैलाली जिल्ला कुम्भियाका प्रेमसिह बमसँग भएको वंशावली अनुसार महिबम, लाटुबम, कालु बम, जमनी बम र दाखु बम मध्ये कालु बमका सन्तान मेल्टा, कठीउर चाल्सामा बस्नेहरु । जमनी बमका सन्तान ईनडा र धौलावस्ती बस्नेहरु हुन ।[३] सोरका बम मानिने यस परिवारका सन्ततिहरु वोगटान बसेपछि वोगटानको नामले बोगटी भनेर परिचित हुन पुगे । वर्तमानमा बम थर लेख्ने गर्दछन । समाजमा ठकुरी भनेर चिनिन्छन ।

कठीउर[सम्पादन गर्ने]

मल्लो चाल्साबाट तल्लो वोगटानको कठीउर गाउँमा आई बसोबास गर्ने चनी, भूmसी, पिरु र लालसिह हुन् । कठीउर गाउँ उल्लेख १८७२मा चनिको नाउमा लेखिएको पत्रले गोर्खा राज्यकालमा बसोबास कठीउर गाउँमा भएको प्रष्ट हुन्छ ।

  • लालसिहका दुईपुत्र जेठा विरवल र कान्छा ः ऐभान भए
  • जेठा ः विरवलका तीन पुत्रहरु जेठा ः गजैसिह , माईला ः रतनसिह र कान्छा ः कालु भए ।
  • गजैसिहका दुईपुत्र जेठा ः बालासिह र कान्छा ः पठान हुन ।
  • बालासि र पठानसिहको अपुताली भयो । माईला रतनसिहका एकपुत्र नरवीर भए ।
  • नरवीरका तीनपुत्र क्रमस ः जेठाः टेकबहादुर बम, माईला ः वुद्धिसिह र कान्छा हिक्मत बम हुँन् ।
  • जेठा टेकबहादुरका दुई छोरी मात्र मायाँ र शान्ता भए । माईला वुद्धिसिहका ३ पुत्र क्रमस टेकबहादुर बम, अर्जूनबम र नेत्रबहादुर बम भए ।
  • जेठा टेकबहादुर बमका ईन्द्रबहादुर बम, दिलबहादुर बम र रुपकबम छन । माईला अर्जुनका छोरी मात्रै भएभने कान्छा नेत्रबहादुर बमका प्रकाशबम र चेतन बम छन् । नरवीरका कान्छा छोरा हिक्मत बमका ६ छोरा क्रमस जेठा ः धनबहादुर बम, माईला ः चेतबहादुर बम, साईलाः विरेन्द्र बम, काँईला ः गणेश बम, राँईला ः हर्कबहादुर बम र कान्छा ः चुम्मन बम छन् । जेठा धनबहादुर बमका दुई छोरा रमेश र खेम , माईला चेतबहादुर बमका दुई छोरा पुस्कर र दिपेश ,साईला विरेन्द्र बमका गिर्वाण बम, काँईला गणेशका दिपेश र विक्रम, हरिका एक छोरी स्नेहा बम र कान्छा चुम्मनका निर्माण बम छन् ।
  • विरवलका कान्छा कालु पट्टिका ः कालुका २ पुत्रहरु क्रमसः जेठा भजनसिह बम कान्छा ः डम्मरसिह बम भए ।
  • जेठा भजनसिहका २ पुत्र जेठा ः लालसिह र कान्छा ः रतनसिह छन् । लालसिहका २ पुत्रहरु जेठा ः ब्रह्मसिह र कान्छा ः लोकबहादुर हुन् । ब्रह्मसिहका एकेन्द्र बम, रमेश बम भए । एकेन्द्रका मोहन बम छन् । कालु बमका कान्छा डम्मरसिहका २ पुत्रहरु जेठा ः नरबहादुर बम र कान्छा खडकसिह भए । जेठा नरबहादुरका रामबहादुर, शेरबहादुर, हेमबहादुर र कृष्णबहादुर बम छन् । जेठा रामबहादुरका डम्मरसिह र दिपक भए भने माईला शेरबहादुरका राजु भए । काँईला हेम बमका चुम्मन बम र निर्मल बम भए । कान्छा कृष्ण बमका दुई पुत्र छन् । कालुका कान्छा खड्कसिहका तीन छोरा छन ्। जेठा सूर्जबहादुर बम, माईला ः सन्तबहादुर बम, र कान्छा खेम बम छन् । जेठा सूर्जका दुईपुत्र दिनेश र रोशन छन् ।

मेल्टा[सम्पादन गर्ने]

मेल्टाका कुलासिह बमका अनुसार तल्लो वोगटानको मल्लो चाल्सा गाउँबाट फैलिएका शौनक गोत्रीय सूर्यवंशी रघुकुलका

  • लाटु बम ,
  • कालु बम,
  • दाखु बम र
  • जमनि बमका सन्तानहरु वोगटान क्षेत्रमा फैलिएका हुन ।

यस मध्ये लाटु बमका सन्तान मेल्टा र किपला, दाखु बमका धौलाबस्ती, कालु बमका कठीउर र जमनिका इनडा गाउँमा भेटिन्छन । लाटुका सन्तान मध्ये जेठा त्रिमल बमको मेल्टा गाउँमा बसोबास भएपछि,

    1. त्रिमलका जेठा रतनका सन्तानलाई रजवार परिवार,
    2. त्रिमलका कान्छो पट्टीका जेठा धनसिहका सन्तानलाई सुविदार परिवार ।
    3. कान्छाको माईलो छोरातर्फका भावसिहको परिवारलाई मुख्या परिवार,
    4. कान्छाको कान्छो नरपतिको परिवारलाई वड्डाखलि परिवार भनेर चिनाउने गरिन्छ ।

कानाचौर ८ मेल्टा गाउँ बसोबासगर्ने शौनक गोत्रीय, रघुवंशी बम ठकुरीहरुका मुलबाजे लाटु बम भए ,

  • लाटु बमका त्रिमल भए ।
  • त्रिमल बमका
  • रतन भए । रतनका
  • विक्रमसिह बम भए । विक्रम बमका
  • चारपुत्रहरु क्रमस मानसिह बम, मनिराम बम,दलसिह बम र पूरु बम हुन ।
  • मानका ललित बम र नवलसिह बम भए ।
  • ललितका तीनपुत्रहरु क्रमस केशरसिह बम, काँसी बम र रतनबम भए ।
  • जेठा केशरका चारपुत्रहरु देवबहादुर बम, टिकासिह बम,प्रेमसिह बम र तुङ्गध्वज बम हुन ।
  • जेठा देवबहादुर बमका पाँचपुत्रहरु पुरन बम, नारद बम, थिरबहादुर बम,नेत्र बम छन् ।
  • माईला टिकाका गणेश बम,रुद्र बम,नरबहादुर बम,प्रकाश बम,डबल बम र निर्मल बम छन् । साईला प्रेमका अमर बम,लालबहादुर बम,कमल बम र मदन बम छन् । कान्छा तुङ्गध्वजको अपुताली भयो । केशरसिहका भाई काँसीरामका पुत्र चक्रबहादुर बम भए । चक्रका चारपुत्रहरु क्रमसः बुद्धिसिह बम,कित्थुविर बम,भुवनसिह बम र मानबहादुर बम छन् । रतनसिहका तीनपुत्रहरु क्रमसः कालुसिह बम, चन्द्रभान बम र नैनबहादुर बम भए । जेठा कालुसिहका तीनपुत्रहरु क्रमसः लक्ष्मण बम, दिलबहादुर बम र छत्रबहादुर बम छन् । लक्ष्मणका दुईपुत्र गणेश बम र मोहन बम भए । दिलबहादुरका एकपुत्र अशोकबम भए भने छत्रबहादुरका एकपुत्र अनिलबम छन् । चन्द्रभानका दुईपुत्रहरु ईन्द्रबम र बमबहादुर बम भए । कान्छा नैनसिहका रमेश बम,प्रकास बम र विरबहादुर बम छन् ।[४]

विक्रमसिहका माईला मनिराम तर्फ ः मनिरामका एकपुत्र महासिह बम भए । महासिहका तीनपुत्रहरु क्रमस उदैसिह बम,गगनसिह बम,मेघसिह बम छन । उदैसिहको अपुताली भयो । गगनसिह बमका मिनबहादुर बम भए भने कान्छा मेद्दसिहका दुईपुत्रहरु कृष्णबहादुर बम र एक अर्काछन् । विक्रमका दलसिहतर्फ ः दलसिहका जहरसिहबम भए । जहरसिहका तीनपुत्रहरु क्रमसः पदमसिह बम,दीर्घसिह बम र चेतमानबम भए । जेठा पदमका मानबम, माईला दीर्घसिहका थिरबहादुर बम र कान्छा चेतमानका दुईपुत्रहरु क्रमसः हर्षराज बम र मानबहादुर बम छन् । विक्रमसिहका कान्छा परुतर्फ ः परुका नरबहादुर बम भए । नरबहादुरका गजबहादुर बम छन् । गजबहादुरका तीनपुत्रहरु क्रमस अमरबहादुर बम,प्रकाश बम र मान बम छन् । मानसिहका कान्छापुत्र नवलसिह बम र केही अन्य शाखा तर्फको लेख्नबाँकी ।

जोत्तली[सम्पादन गर्ने]

जोत्तली भनिने ठकुरी परिवारका

  • लाटुको कैयांै पूस्तापछि जानकारीमा भएका
  • जेठा सगराम र कान्छा रामु अन्तरगत दुईपट्टी छन् । नागी वोगटी रजवारको सम्वत १८५२ को अभिलेखमा यी नामहरु किस्ना भँडारीलाई भैसी चराउँन दिएको वन भनेर रुक्का लेखिएकोमा साँक्षी बसेका छन् । यिनै सगराम र रामुका सन्तान जोत्तलीहरु हुन । यस अन्तरगतका जेठा सगरामका
  • दिलिप भए । दिलिपका
  • उजित भए । उजितका
  • भवानी भए । भवानीका
  • लालबहादुर बम र गोपाल बम भए । लालबहादुरका चार छोराहरु
  • टिकासिह, रणबहादुर, धनबहादुर र अम्मरबहादुर छन । जेठा टिकाका चार छोराहरु धनबहादुर, शेरबहादुर, ईन्द्रबहादुर र रामबहादुर छन् । माईला रणबहादुरका तीन छोराहरु पदमबहादुर, किशोर र बमबहादुर छन् । धनबहादुरका दुईपुत्र तेजबहादुर र भोजबहादुर छन् । कान्छा अमरबहादुरका दुईपुत्रहरु दिपक र चक्र छन् । यस्तै गोपाल बमका दानबहादुर बम भए । दानबहादुर बमका चारपुत्रहरु झलक बम, दशरथ बम, भवि बम र दिपक बम छन् । यो फौदारपट्टी भयो । यसपट्टीका दिलिपसिहले राणा राज्यकालमा जुम्लाको फौदारी समालेका थिए । घोडामा सवार गर्दथे । यिनैले राणा शासकहरुबाट अनुमति लिएर वेरवाटी अन्तरगतका नवलसिहलाई तरवारले काटेर दुई टुक्रा गराएको बताईन्छ । रिसेडी मल्लो गाउँमा नवलसिह(नरविर)लाई काटेको गडाको नाम नोलेकाटेको गडोले परिचित छ । मान्छे काटेको यो तरवार अझै यस परिवारमा सुरक्षित छ । नवलसिहलाई काट्ने कारण के थियो भने यस परिवारकाहरु पूर्खौदेखि धेरै डेउडा खेल्ने गर्दथे । डेउडामा आएका नवलसिह यिनकी महिलालाई गलत नजरले हेर्ने गर्दारहेछन् । अव यसलाई के गर्ने भन्नेकुरा यिनको परिवारमा भएपछि यो कुरा फौदारले राणा शासकहरुलाई सुनाउँदा त्यसो हो भने काट्नु भन्ने अनुमति पाएपछि काटेको हो भन्ने भनाई छ ।
  • कान्छा रामुका चारपुत्र
  • जेठा भिमबहादुर, माईला जहरसिह, साईला सितलसिह र कान्छा डम्मरसिह भए । यस शाखाले रिसेडी र जोत्तला क्षेत्रमा मुख्यली चलाएका थिए । यिनको तालुकदारी भएको र तत्कालीन समयका नेल हत्कडी यिनका घरम वर्तमानमा पनि छदैछन ।
  • जेठा भिमसिहका दुईपुत्र बालासिह र धिरसिह भए ।
  • जेठा बालासिहका दुईपुत्र दिलिप र गोवर्धन(गोईठा) भए ।
  • दिलिपका दुईपुत्र तापसिह र हुकुम भए ।
  • गोवर्धनका चारपुत्रहरु क्रमसः लालसिह बम, भिमबहादुर बम, अमरबहादुर बम, र बालासिह बम गवुर्जावाला भए ।
  • जेठा ः लालसिह र साईला अम्मरका छोरा छैनन ।
  • माईला ः भिमबहादुर बमका ३ छोराहरु क्रमस
  • जेठाः चक्रबहादुर बम, माईला ः भरत बम र कान्छा केशब बम छन ।
  • कान्छा बालासिहका २ छोराहरु जेठा ः पुष्कर बम र कान्छा ः कृष्णबहादुर बम छन ।

उपल्लो वोगटान[सम्पादन गर्ने]

उपल्लो वोगटानको चमाराचौतरा गाउँ विकास समितिको

    1. उमडी,
    2. जमरसल्ली,
    3. पोखरी,
    4. सोकाटी, र
    5. मुडेगाउँ, गाउँ विकास समिति वार्ड नं ९ घाँङडा बस्नेहरु एउटै कुलखान्दानका बताईन्छन् । उपल्लो वोगटान अन्तरगतपर्ने सुकाटी गाउँमा अघिका दिनमा वडादशैको नवमीमा सरकारी वलि हुने गर्दथ्यो । त्यहाँको दशैगर्ने स्थानमा पूरानो पर्खाल, चौतारो सहितका स्थानहरु छन् । कुवँरे भनिने कुनैजातिले त्यहाँ नरवलि दिने गरेको र हितुले त्यो नरवलि दिने कार्य छुटाएको हुँदा, डोटी रैका राजाले हितुलाई मान दिएको वताईन्छ । यस कारण दशै र नरवलि गर्ने स्थानको दाईनेतिरको ढिस्कोमा पोखरी वाल र बाँयातिरको ढिस्कोमा डुमराकोटी शाहीले बस्ने स्थान छ ।

लेकपरी (लेउपरी) क्षेत्रको घाँङडा, पोखरी र सुकाटीका ठकुरीहरु नाता अनुसार दाजी, भावी, जि, जिया जस्ता प्रयोग गरेर आ–आप्mनो घर परिवारमा बोल्ने गर्दछन् । यहाँका ठकुरीहरुका अनुसार गैरठकुरीहरुले यहाँका यी ठकुरीलाई कण्ठे, रौतेला र ठकुरी महिलालाई बौराजु भनेर सम्बोधनगर्ने गर्दछन् । पोखरी क्षेत्रमा ऐतिहासिक मानिने रौतेलीथला, टिकाथलो, बाजथलो अद्यापी रहेकाछन् । टिकाथलोमा टिकालगाउँने जेठा पोखरीपट्टिका चतुर हुन भने कान्छा पट्टिका विना हुन । यहाँका ठकुरीहरुका अनुसारतिछाडी मल्ल, वोगटानका मल्ल, डौड र चौडका सिह, गुठेउरीका शाही र पड्यार चन्दसँग यिनको वैवाहिक सम्बन्ध छ । पोखरी, उमडी, जमरसल्लीको शाखा भजिता अन्तरगतको हो भने सुकाटी, चनुकुँडाको शाखा काका अन्तरगतको हो । यस अन्तरगतका बमको वंशवृक्ष निम्न उल्लेखित छ । कुमाऊ सोर बाट आएका कैयौ पुस्तापछि

  • तुथै बमका छोराहरु
  • हरिबम, नरीबम, महि बम भए ।
  • नरिबमका छोरा रतन बम भए ।
  • रतनका छोरा पतु बम भए ।
  • पतुका चतु बम भए ।
  • चतुका हितु बम भए ।
  • हितु बमका २ छोरा जेठा ः चतुर बम र कान्छा विना बम भए ।
    1. चतुरका पोखरी पट्टी भए ।
    2. विनाका उमडी पट्टी भए ।
    3. पोखरी पट्टीका चतुरका छोरा बालचन बम भए ।
  • बालचनका ३ छोराहरु क्रमस जेठा ः नागर, माईला अजि र कान्छः जिता बम भए ।
  • जेठा नागरका १ छोरा सुजान बम भए ।
  • सुजानका १ छोरा भिञा बम भए ।
  • भिञाका १ छोरा उदैसिह बम भए ।
  • उदैसिह बमका १ पुत्र विक्रम बम विक्रमका १ छोरा रैसिह बम भए । राईसिहका २ छोरा जेठा ः विरवल बम र कान्छा ः बुद्धिसिह बम भए । विरबलका १ छोरा नैनरसिह बम भए । नैनरसिहबमका ३ छोराहरु क्रमस तुगंध्वज, मोतिसिह र भिमबहादुर बम भए । जेठा तुगंध्वजका १ छोरा प्रकाश बम छन । प्रकासका २ छोराहरु क्रमस विक्रम र राजन बम छन ।

(२) - कालिकोटका श्रीपाली बशिष्ठ गोत्रीय बम ठकुरी[सम्पादन गर्ने]

श्रीगणेशायनमः ।। अथ श्रीपाली बम्म ठकुरीको वंशावली लिख्यते ।। सूर्यवंशी रामअंशी वशिष्ठ गोत्र वशिष्ठ इन्द्रप्रसाद मरदावसु इति तीन प्रवर माध्यान्दिनीय शाखा आदिमष्ट, वाराहामष्ट, क्षेत्रपालमष्ट विन्दावासिनी देवी सावर्णी आस्पद मानी राजासगरका सन्तानमा सत्य त्रेता द्वापर युगसम्म अलोर थाइमैं बस्या । तहाँपछि राजा प्रतिमनकी रानी वसुमनाका गर्भबाट भ्रामर जेली सागर फिनी कमलका पूmलसरह प्रथम राजा सत्यभान जन्मिया । उनकी रानी सुकेशाका गर्भबाट रौतेला सत्रवायु भया । सत्रवायुले अलोरकन छाडिकन जालन्धरदेशको कुण्डलीवन जाई रजायाका हुन । उनका रौतेला प्रद्योत भया र प्रद्योत प्रतापी भया, ताहीबाट प्रद्योतवंशी कहलायाका हुन् । प्रद्योतका प्रतीम भया, तनका फति भया, फतिका ताउ भया, ताउका तमोर भया, तनका रौतेलाकन मिहिरवोलियाको हो । मिहिरका दुरुह भया तनका कुलान्तर भया तनका तोरमान भया तनका प्रतिञ्जा भया तनका तांगूर भया तनका जिम्भल तनका नाभा तनका कपिसा भया तनका उद्वत तनका सुहोत तनका प्रतोक तनका पहुत तनका चाचु भया । चाचुका सिराय एक अपुर चच भया । चचबाट दास भया तनका आदित्य भया तनका भोज भया तनका दास भया तनका दुलभ भया प्रतापी थिया । दुल्लभका दुम्मिक तनका तामु तनका जेली तनका जीहड भयाका हुन । जीहडका सुस तनका भागु तनका राइमल राइमलका मरु भया । राजामरु कत्यूरमाजाई रजायाका हुन । सो नगरीमा रहँदा स्वामी कार्तिकेयको आराधाना र तपस्यागरी सत्कर्मद्वारा राजपाठ चलायाको हुँदा सो पुण्य प्रतापले रौतेला कीतिमान जन्मिया ताहीमा तिनीकन वसुदेव भनी भन्याको हो । तिनकैपालामा कत्यूरको नाम कार्तिकेयपुर रह्याको हो । उहाँपुडो तनका रौतेला द्युतिमान भया, तनका मरुतमान भया तनका सुदेव भया । राजासुदेवका श्रीदेव भया । राजा श्रीदेवका राजाजाब भया । जावका राजानाभ भया । राजानाभका प्रतापी बडाराजा नागराज भया । बडाराजानागराजका पालामा कार्तिकेयपुरबाट राजधानी श्रीपालखारीकोटथिं सारियाको हो । तबैदेखि यस वंशकन श्रीपाली बोलियाको हो । बडामहाराजा नागराजले बडुवालराजा, रावलराजा, थापाराजा, खड्काराजा, विष्टराजा र जाडेराजाकन मारिकन खारिकोटको राज्य बढायाको हो । बडामहाराजाका पालामा दशैं दिशा मारी जिती सिंजानगरीमा सुनको दरवार लगायाको हो । नागराजका चाप भया । राजाचापका प्रतापमा राज्यको विस्तार बाल्हीक गान्धारसम्म भयाको हो । राजाचापका पाला कश्मीरका राजा सुरपीडले सौगात चढायाका हुन । राजाचापका रौतेला चापिल्लराज भया । राजा चापिल्लराजका खरचल्ल भया । राजाखराचल्लका क्राधिचल्ल भया । राजा क्राधिचल्लका काशीचल्ल, श्रीचल्ल भया । काशीचल्लकन सिजा नगरीको राज र श्रीचल्लकन देशकोबाज मिल्याको हो । श्रीचल्लका पालामा अछाम लिथाकोटका द्वाली मिल्याको हो । श्रीचल्लका राजा राजल्ल, राजा राजल्लका भामल्ल, राजा भामल्लका श्रीमल्ल र वरमल्ल दुई रौतेला भया । वरमल्ल अछाम सर्पुकाट्याका राजा भयाका हुन । श्रीमल्लका रौतेला राजा श्रीचनबम्म भया । राजा श्रीचनबम्मका रौतेला तीन भया । तिनको नाम कालुबम्म, दाखुबम्म, बागुबम्म हो । राजा बागुबम्मका रौतेला राजाचतुरबम्म हुन । राजाचतुरबम्मका पाला हिन्दूराजा महाराणा प्रतापको र मुशलमान राजा अकवरको हल्दीघाटीमा ठूलो लडाइँ भयाको हो । त्यस लडाइँमा महाराणाथिं राजा चतुरबम्मको सौगात गयाको हो ।[५]

  • अक्षयमल्ल,.आदित्यमल्ल,.रिपुमल्ल,.कालुबम्म,.दाखुबम्म,.वागुबम्म
  • कल्याण मल्ल , चतुरबम्म
  • प्रतापमल्ल ,हरितालबम्म
  • अजैपालबम्म
  • विजयपालबम्म
  • शक्तिबम्म

यस परिवारका बम ले मान्ने कुलदेवता[सम्पादन गर्ने]

वशिष्ठ गोत्र, खापरमष्टो पहिलेको कुलदेवता हुन । पछि आएर दाडेमष्टो र कालाशिल्लो देवता कुलदेवता मान्ने गरेका हुन । त्यहाँका देवताहरुले बमलाई छिनार भन्ने गर्दछ । देवताका पुजारीलाई पाँडापूजारा भन्दछ । ५२कोट बाट बमहरु फैलिएका हुन ।[६] रति बम, कालु बम र नरि बमका सन्तान हुन । कालु बमका सन्तान दार्चुला गए । रति बमका सन्तान दैलेख रावलको अंश खान गए । रावलको अंश खाएपछि रावल लेख्न थाले । पहिले नागरिकता लिने समय २०२१ साल पछि यिनले पनि बम लेखे, कालीकोटको बाँचकोट खाडामा रति बमका सन्तानको अंश अझै त्यहाँ छ । दाजुभाइ देवता सबैले देखाएका छन । त्यहाँको अंशमा रतिबमका सन्तान गएर बसेका छैनन । नरी बमका सन्तान कालिकोट क्षेत्रमा फैलिएर रहेका छन् । कलेल शाहीको पूर्खाले बमको नास गर्याको हो । दुइ भाइ रावल खाँडचक्रमा गयाँ, बाउन्नेकोट गया । त्यहाँ सम्मान सत्कार गर्या, भेटघाट गर्या । विहानका अभै रावल, वलि रावल हुन । बासाका राजा पैकाला भईग्या । बमको नास गर्यो । पछि सिजापतिको पालामा भेडी गोठालाले नरी बमलाई बचाएको हो । यस सम्बन्धमा भन्ने गरिन्छ ।

  • दुधकुवा हिल्लन लाग्या
  • साँण जुधन लाग्या
  • सरग गड्कन लाग्यो
  • के के चालो भयो

नरी बम पैकालो कही छकी खोजेर ल्याउ भनेपछि नरी बमलाई खोजेर ल्याए । नरीबमले त्यहाँको अशान्तिलाई नियन्त्रण गरेर शान्ति कायम गरेका थिए । कालिकोटको ठिग्या भन्ने स्थानमा खापरेको थान छ । खापरे जेठ पूर्णिमाका दिन पुजिन्छन । थिर्पुका बम, धौलागाउँका बम र केही रास्कोटीले अहिलेपनि खापर कुलदेवताको रुपमा पुजेकै छन् । दाडेमष्टो विजया दशैको जुहारे पूर्णिमामा पूजिन्छ । दाडे मष्टाको माँडौ डाँडामाडौ भन्ने स्थानमा छ । दाडेमष्टाका धामी बम र धामी थरका क्षेत्रीहरु छन । कालाशिल्लाको थान वड्डामाँडौ भन्ने स्थानमा छ । यिनको नजिक वडिमालिकाको थान छ । बमका सन्तान त्यहाँ नगएसम्म यी देवता चल्दैनन् । भोटे लामा ज्योतिष यिनको राज्यमा रहन्थे । लामा निकै ज्योतिष थिए । विदेश गएको कुरापनि देखि जान्ने थिया । सभामा लामाले अलमोडा सोरमा एक पात्तर नाँची त्यसको लेहङ्गा भूईमा खस्यो नाङ्गी भई त्यो देखेर सभाका सबै हाँसे भनेपछि लामाले भनेको कुरा के हो, भनेर सत्यता पत्ता लगाउन कालुबमलाई अलमोडा सोर पठाएछन् । त्यहाँ जाँदा कालुबम भूmलाघाटमा बगेछन् । लामाले बगेको कालुबमलाई समातेर बाहिर निकालेछ । लामाले लगाएको बख्खुकोे दुवै बाउलाबाट पानीका धारा वाहिर डाँडामा बगाएपछि सबै दंङ्ग भएछन् । लामाले भनेछन् कालुबम झुलाघाटमा बगेपछि मैले समातेर बाहिर निकालेको हुँ । केही समयपछि कालुबमले अलमोडा सोरमा गई सत्यता बुझेर आउँदा लामाका कुराहरु सत्य भएकाले लामाको महत्व सिजापति राजा भन्दापनि ज्यादा हुँन गयो । सिजापति राजाको राज्य भन्दा पहिले ५२ कोटमा बमको राज्य थियो । कोटिला सुरती बम, खाँडचक्र मलैबम र बाउन्नेमा नरी बम थिया । यिनैका सन्तान शाही, बम, सिह भएका हुँन गोत्र पनि फरक फरक भएको हो । मष्टो गणका देवता सबैका कुलदेवता छन । यिनको वैवाहिक सम्बन्ध कल्याल शाही , रास्कोटी शाही सहितका ठकुरीहरुसँग छ ।यस अन्तरगतका बमहरु कालिकोटबाट फैलिएर

  • कैलाली,
  • वर्दिया,
  • बाँके,
  • सूर्खेत सहित मध्यपश्चिम क्षेत्रमा बसोबास गर्दछन् ।

कालिकोट हाल कैलाली लम्की बसपार्क नजिकका लालकृष्ण संज्यालर अशोक संज्याल जैशी ब्राह्मणहरुका अनुसार कालिकोटका कौडिन्य गोत्रीय न्यौपाने ब्राह्मणहरुका कुलदेवता खापरे मष्टो हुन । खापरे मष्टाका पूजारी न्यौपानेहरु छन भने दाडे मष्टाका पूजारी गौतम गोत्रीय संज्यालजैशी ब्राह्मणहरु छन। चौधसय सञ्जेल चारसय बम भन्ने चलन छ । सन्जेल र कालिकोटे बम भाइ भाइ हुन । समाल अन्तरगतका जोरामल्लका कान्छी रानीका छोरा कन्तुरमल्ल वानुमल्लका सन्तान सन्जेल, सुयाल, कुन्याल थर कहलाय । सन्जेलका खटकेला ब्राह्मण भए । सुयालका कालिकोटे बम भए । माघपूर्णिमामा त्यहाँ जगन्नाथ भनिने देवता पूजिन्छन् । यस देवतामा वलि हुन्छ । यसका पनि पूजारी सञ्जेल छन् । साउन पूर्णिमा, भाद्रपूर्णिमा, माघपूर्णिमा, जेठपूर्णिमामा खापरेमष्टो, दाडेमष्टो, जगन्नाथ भनिने देवताको पूजा हुन्छ ।

(३) - बैतडी पुर्चुडिका पुलस्त्य गोत्रीय बम ठकुरी[सम्पादन गर्ने]

पुर्चुडीहाँट भन्ने ठाउँको समाजमा न्यायिक व्यवस्था खलबलिएको हँुंदा डिलाशैनी भगवतीको भानुसङौड भन्नेठाउँमा डिलासैनी रहेको भँडारमा भान बोलेर “सल्याल सोड्याल डाँडाकोटी भौन्याल भगै ठाकुर कुमकन्न कुमकार सस विशाल” भन्ने शब्द आउँदा अरु कसैले नपर्खि सस बिशालले त्यो शब्द पर्खेर बुझाउदो भयो । माथि उल्लेखित मानिसहरु भारतको कुमाऊँं भन्ने ठाउँमा गए र साथमा सातवटा उंखु लगेका थिए । ती सबै उखु लटै बम्मो सहितका सातवटा भाइलाई दिदा भए । ती सात भाइ मध्ये ६ भाइले आफैमात्र खाए लटै बम्मले सबैलाई बाँडी आफुले समेत सो उखु खाएका थिए । त्यसो हुँदा गएका चारथानी बाहुन सात राठ तल्लोदेहीका मडाल र भगै ठाकुर सबैले लटै बमलाई योग्य ब्यक्ति ठानी साथमा ल्याए । यहाँ ल्याई सकेपछि लटै बमलाई ४ थानी बाहुनले राज्य भिषेकगरी राज्य संञ्चालन गर्नको निम्ती राजा बनाए । त्यो समयमा ठाउँ–ठाउँमा बोटे राजाहरुको राज्य थियो । गौतम गोत्रीय धाराधिराको सन्तानलाई देवान पदमा नियुक्त गरे । सो लटै बमको राज गुरु धन्नाकर भट्टका नाती नरोत्तम भट्ट राजा बाहिर जाँदा खाना पकाउने पाठ पूजागर्ने सोड्याल,राजाको घरमा खाना पकाउने भान्से गुरु डाडाकोटी बम राजालाई निवास गर्न जमिन दिने गुरु भौन्याल थिए भने राजाको सेवागर्ने बगाल थियो । अन्य यहाँका निवासीहरु सिर्तौ बिर्तो दिने गर्दथे । श्री शांके १३२१ मा भारतको कुमाऊँबाट बम जी लटे बमलाई श्री डिलाशैनी माताको बाणी अनुसार नेपालको उत्तराखण्ड बैतडी पुर्चौडी क्षेत्रमा ल्याएका थिए ।[७]

  • १—लटै बम ,
  • २—जाड बम,
  • ३— जड बम ,
  • ४—जगत बम,
  • ५—भिम बम ,
  • ६—मगाली बम ,
  • ७—मेदनी बम,
  • ८—प्रताप बम ,
  • ९—बिरा ,
  • १०—रुद्रि बम,
  • ११—सुर्जि बम,
  • १२—उदय बम ,
  • १३—भानु बम,
  • १४—प्रताप बम,
  • १५—जितारी बम का दुईछोरा
  • १६—पहाडी बम (हांटको) (जै बम तल्लो रजवार ) हिमा बम ,
  • १७— सुन्नर बम,
  • १८—पिलु बम,
  • १९—सूर्य बम,
  • २०—नरिभान बम ,
  • २१—चन्द्र भानु बम,
  • २२—जैभान बम ,
  • २३—सर्वजित बम ,
  • २४— सुन्नर बम ,
  • २५—मानधोज बम,
  • २६—अमर बम ,
  • २७—ज्ञानेन्द्र बम,
  • २८—नृपध्वज बम ,

जैभान बमका कनिष्ट भ्राता रामु बमका छोरा बिजय बम, नाती नोगी बम, पनाती माथु बम, मथुरा बमका दुई छोरा जेष्ठ–पदम बहादुर बम तेजबहादुर बम, जनकबहादुर बम , सुरेन्द्र बम कनिष्ठ –डम्बरबहादुर बम ( भु.पु माननिय) नरेन्द्रबहादुर बम, दिपेन्द्रबहादुर बम, माथु बमका कनिष्ट भ्राता कितविर बम किर्तबिर बमका छोरा ६ जना कर्णबहादुर बम, ललीतबहादुर बम, नागी बमका कनिष्ट भ्राता कृष्ण वीर बमजेष्ठ पुत्र चमपासिह बम,कनिष्ट जंग बहादुर, धन बहादुर,अक्कल बहादुर,उसिन्नर र धनबहादुर बम (६ भाइ) चम्फा सिह बमका छोरा गणेशबहादुर बम ,उसिन्नर बमका छोरा दिपक बहादुर बम , समाज सुधारक डम्बरबहादुर बमका कार्य पुर्चौडी हाँट निवासी डम्मर बहादुर बमले यस भेगका जनताहरुको सुधारकालागि विभिन्न किसिमका लाभदायक कार्य गर्दै आए । यसै सिलसिलामा २००४ सालमा श्री ५ त्रिभुवन बीरबिक्रम शाहदेव सरकार र श्री ३ मोहन शमशेरको राज्यकालमा स्वयम डम्बरबहादुर बम काठमाण्डौ गई पुर्चौडी क्षेत्रको विकासकोलागि आधार हाई स्कुलको स्थापनागरी यस भेगका जनतालाई अन्धकारबाट उज्यालो मार्ग तिर लगेको उहाँको प्रमुख देन रहिआएको छ । जुनकी आजसम्मपनिउहाँको निकै गुणगान गाईएको पाईन्छ । उहाँ स्वयम डिलेश्वरी मा.वि.को प्रधानाध्यापकको पदमा रही धेरै वर्षसम्म सेवा गर्नुको साथै अन्य समाज सुधारकका कार्यहरुपनि गरेको हुनाले उहाँको देन अविस्मरणीय छ ।यस बम खान्दान सम्बन्धी थप जानकारी

यस परिवारका बम को परम्परागत मान्यता र कुलदेवता[सम्पादन गर्ने]

पुर्चौडीका पुलस्त्य गोत्रीय बमहरु वडादशैको जमरा र टिका पूर्खौदेखि लगाउँदैनन् । घरमा जमरा राख्दैनन् । दशैको अवधिमा कसैले वलि गर्यो भने जमरा लगाउँने नत्र नलगाउँने गर्दछन् । मन्दिरमा जमरा लगाएको अवस्थामा त्यहा जमरा लगाई रहेका छन भने मौकाले कोही जमरा लगाईपनि हाल्छन् । नत्र जमरा र दशैकोटिका लगाउनुपर्ने भन्ने हुँदैन् । दशैं हो वा होईन केही मतलव हुँदैन । दशैको टिका जमरा लगायो भने शुःख शान्तिपनि हुँदैन । अहिले आएर कोही मान्न थालेका छन् तर धेरैले मान्दैनन् । यस क्षेत्रको महादेव देवताका वाहनहरु गन्नासमैजी, रुदेपाठो, निमुन, जसैराज छन । समैजी महादेवको जाँत भाइटीकापछि आउने अष्टमीमा हुन्छ । दिउसो दिउसडी हुन्छ भने राती रतेडी हुन्छ । समैजी देवताका धामी भण्डारी जातका क्षेत्री छन् । महादेव देवताका धामी बम र भण्डारी (क्षेत्री) दुबै खान्दानका छन् । एक पालो बमको एक पालो क्षेत्री भण्डारीको धामी हुनपर्ने हुन्छ । पहिले परम ब. बम धामी थिए भने हाल परमे भण्डारी धामी छन । धामीका टाउकामा पकडी बाँधीएको हुन्छ । यहाँका बमकी महिलाहरु देवताको जाँतमा जान्छन् वर माग्ने गर्दछन् । हातमा दियोवत्ती समातेर आँखा बन्दगरी बाटामा उभिन्छन् देवताको धामी नाच्दै आउँछ । यहाँ समैजी महादेवका टिकैत क्षेत्रीहरुमा धानुक, विष्ट र कुवँरहरु पनि छन् । बमहरुमा मूख्यपट्टिको टिकैत र अन्य बम रौत हुन्छन् । बामनमा भट्ट, जोशी र पन्तहरुछन् ।पुर्चौडीगर्खामा बमहरुको बसोबास भएका स्थानहरु महादेव गाउँ विकास समितिको नुवाघर, ल्याइटी, कफलकोट, हाँट गाउँ विकास समितिको हाँट, बिसा र देही गाउँ विकास समितिको कले, कोट, खेताली, चिमडा, पिलाडी, तल्लो नुघर र बविडा गाउँहुन । महादेव स्थान गाउँ विकास समिति क्षेत्रमा देवताले दलित जातिलाई बस्न दिदैन् । त्यहाँ दलितलाई कम्कर भन्दछन् । यी कम्करहरु पिलाडी, हाँट, भ्वानेमा बस्छन् ।[८]


(४) - दार्चुला दुंहूका पुलस्त्य गोत्रीय(केहीले अत्रि गोत्र भन्ने गरेको ) बम ठकुरी[सम्पादन गर्ने]

दार्चुला दुहुँ क्षेत्रमा बस्ने बम्हरुका अनुसार यी सूर्यवंशी, पुलस्त्य गोत्रीय हुन । यिनको कुलदेवता ब्रह्मभनिने पुरुषरुपको देवता हो । यस ब्रह्म देवता सम्बन्धमा दार्चुला क्षेत्रका जानकार पण्डित डिलानन्द पन्त भन्नु हुन्छ की ब्रह्म भनेको छिपला(मष्टा)को छोरो हो । यो पनि पछि मालिकार्जुनको पक्षमा आएको हो । यी ब्रह््म भनिने पूरुषरुपी देवता वडादशैको विजयादशमीमा पूजिन्छन् । यस देवताको मन्दिरमा सयौको संख्यामा बोकाको वलि हुन्छ । ब्रह्मदेवताको मूर्ति मन्दिर भित्र हुन्छ । धामी थरको मान्छे यस देवताको धामी हुन्छ । मन्दिर भित्र अरुले जान पाईदैन् । दार्चुला दुहुँका बमहरु दुहुँक्षेत्रका बोटेराजा÷रजवार भनेर चिनिन्छन् । यी बमहरुको रजवारी डोटी राज्यभित्रहुँदा डोटीको रैका राजाबाट पगडी दिईन्थ्यो । यहाँका बमका पुरोहित पहिलेका दिनमा पन्त थिए । पछि पन्त छुटेर अरु बामन पुरोहित भएका हुन । दुहुँको मलेरीमा पन्तको गुठी जग्गा छ । दुहुँ क्षेत्रमा बस्ने बमहरु अछाम कालीमाटीबाट आएर दुहुँगर्खामा बसेको बताउँछन् । कालीकोटका बमहरुको वंशावली अनुसार कालीकोटबाट कालुबम गएको भन्ने छ । कालीमाटी र कालीकोटको विषयमा दुहुँक्षेत्रका बम स्पष्ट नभएका कारण सत्यता अछाम कालीमाटी नभएर अछामसँग जोडिएको कालीकोटबाट आई दुँहु क्षेत्रमा फैलिएका देखिन्छन । अछाम कालीकोट भन्दा भन्दै अछाम कालीमाटी भनिएको हुन सक्छ । दुँहुका बमहरुको इतिहास व्याख्या अनुसार अछाम कालीमाटीबाट आउने पहिलो व्यक्ति कञ्चनी शाही हुन ।

वंशावली अनुसार[सम्पादन गर्ने]

  • आरा मल्ल,
  • खारा मल्ल हुँदै
  • कञ्चनी शाही भए कञ्चनी शाहीपछि
  • सुकालु बम भए । सुकालु बमको पालामा दार्चुला दुँहुक्षेत्रमा प्रवेश गरेका हुन ।
  • सुकालु बमका सन्तान कालु बमको पालामा पालसँग सिमानाको बिषयलाई लिएर लडाई भएको हो । पालबाट कालु बम काटिएका हुन ।
  • कालु बमका पुत्र थानी बम भए ।
  • हटीबाडा, जैतवाडा पनि बमहरुका बाजे हुन । अछाम कालीमाटीबाट पूर्खा दुँहु गएको हो । विभिन्न घटनाक्रम अनुसार थर र गोत्र वदलिएको हो भन्ने छ । कालीमाटीका शाही र यी एकै भाइ भएको हुँदा अहिले सम्म यिनका बीचमा विवाह चलेको छैन । दुँहुँ गर्खामा पहिले भूवावली भट्ट शासन गर्दर्थे । भुवावली भट्टको वंशनास गरेर बमहरु दुँहु गर्खाका रजवार भई फैलिएका हुन । भूवावली भट्टको वंशनासगर्दा एक बालक भूवावली भट्टको महिलाको गर्भमा रहेका थिए । पछि तिनकै सन्तान फैलिएका छन् । यी दुँहुँ गर्खाको हुँती बसेडीमा बसोबास गर्दछन् । यस वंशजका भट्टलाई खराल भटजी भन्ने गरिन्छ । यहाँका बमका पहिलेका ब्राह्मण वडु थिए । वडु खटकेला भएपछि वैतडी पुर्चुडी सल्लाबाट लगिएका जोशीहरु यिनका पुरोहित भए । आजभोलि यिनै जोशीहरु कुलका देवता पूज्ने र जजमानीगर्ने गर्दछन् । दुँहुँ क्षेत्रमा समैजी, हुनशिखर (हुँनैनाथ), लटवाव, दूर्गा भगवती, मालिकार्जुन, ब्रह्मदेवता छन् । त्यहाँका देवताहरु रजवारलाई क्षत्रे, रजवारका भाइ सन्तानलाई झाल, ब्राह्मणलाई तकालो, वैश्यजातिलाई लौडिया र दलितलाई हिन भनेर पुकार गर्दछन । यी बमको र वैतडी पुर्चूडी क्षेत्रका बमहरुको बीचमा विवाह चल्दछ । गोत्र एउटै भएपनि यिनका बीचको विवाह पहिले देखि चलेको मान्यता छ । सिमानाको विषयमा पाल रजवारसँग कालुबमको लडाई हुँदा चार राठ ब्राह्मणहरु अठोला जोशी, पन्त, विष्ट(विठज्यू) र ओझाले पालबाट डराएका कालु बमलाई मार्न दिने छैनौ भनेर मालिकार्जुनको प्रतिमा स्वरुप गोवरको लिङ्गबनाई कसम खाएका थिए तर पालले कालुबमलाई काटी दिएपछि अठोला जोशी, पन्त,विष्ट ब्राह्मणहरुले कबोल गरे अनुसार बाचा पुरा गरेको तर ओझाले त्यो भोटे ठकुरीकालागि म मर्दैन भनेको कारण मालिकार्जुन देवताबाट ओझा ब्राह्मण टाडिएको भनाई छ । दुँहुँका बमहरुको घरमा गौरा ल्याउने र खेलाउने गरिन्छ । दुँहुँबाट उत्तर ताक्लाकोट पर्दछ । दुँहुँक्षेत्रका बमहरुका पूर्वज भेँडा च्याङ्ग्रा पाल्ने गर्दथे । हिउँदमा तराई तिर ल्याउने नुन, चामल वोकाउने र वर्षामा उत्तर भोट ताक्लाकोट क्षेत्रमा लगेर चराउँदथे । यसै कारण यिनलाई भोटे ठकुरी पनि भन्ने गरिन्थ्यो । दुँहुँ क्षेत्रमा साहु, समाल, कार्की, डडाल, महरा, वडाल, वोहरा, धामी खाती सहित दलितमा भूल, लोहार र ढोली पनि बसोबास गर्दछन् । दुँहुँका बमका तीन बाजेहरु मध्ये अछाम कालीमाटीबाट एक बाजे जुम्ला गए । एक बाजे कालीमाटीमै बसे भने एक बाजे दुँहुँ गर्खामा आएका हुन । दुँहुँ गर्खामा गएकाबाजेका सन्तान त्यहाँ बमहरु हुन ।

यस परिवारका बम को परम्परागत मान्यता र कुलदेवता[सम्पादन गर्ने]

वडादशैको दशमीका दिनमा हुँने ब्रह्म देवताको पर्वमा मन्ठा भनिने मष्टो देवता पनि सहभागी हुन्छन । ब्रहम र दूर्गा ईष्टदेवता वताउँने बम खान्दानका ठकुरीहरु दुँहुँ क्षेत्रमा मालिकार्जुन नाम दिएका देवतासँग पनि सम्बन्धित छन् । मालिकार्जुन नाम दिईएको यिनको देवतासँग पूरुष र स्त्रीरुप रहने र वडादशैको सप्तमीमा पूजिने भएकोहुँदा मालिकार्जुन देवता नभएर कुनै अन्य देवतालाई मालिकार्जुन देवता नाम दिएकाहँुनकी भन्ने प्रश्न खडा हुन्छ । यो विषय अझै खोजको विषय बनेको छ ।शिवरुपी देवताहरुको पूजन हुँने तिथि, पक्ष फरक छन । डोटीमा कफलेकीमा हुँने डँडारमष्टोको पक्ष र तिथिमा पूजिने रैका राजाका देवता कटारी मल्लको जाँतलाई गलत रुपमा कफलेकी केदार नाम, छिपलो मष्टोलाई छिपला केदार नाम दिए जस्तै यहाँपनि कुनै मष्टो गणको देवतालाई मालिकार्जुन नाम दिएको आसंका हुन्छ । यी मालिकार्जुन नाम दिएका देवतासँग वडु, बम, कुवँर र धामी थरका मान्छेहरु सम्बन्धित छन । यी चार थरी मध्ये एकको घरमा जुठो सुतक भए पूजिदैनन । दुँहुँगर्खा क्षेत्रका बमको परिवारबाट राजनीतिक क्षेत्रमा अग्रणी भूमिका खेल्ने ईन्द्रबहादुर बम २ चोटी जिल्ला पञ्चायत सभापति १ चोटी राष्ट्रिय पञ्चायत सदस्य समेत भएका छन । यिनी राम्रो जनसम्पर्क भएका व्यक्ति हुन् । यस परिवारको रजवार पट्टीका हर्कबहादुर बम हुँन् । यिनका तीन छोराहरु छन् । जेठा पूर्णबहादुर बम, माईला, जंगबहादुर बम र कान्छा खड्कबहादुर बम भए । यी दुूहुँको विडकोट भन्ने स्थानमा बस्दछन् । यस वंशका ठकुरीहरु सोझा साझा कृषि कामगर्ने साधारण सानो तिनो व्यपार गर्दछन । हिन्दूवर्णश्रम धर्मलाई मान्दछन । दार्चुला जिल्ला १५सय दुँहुगर्खा अन्तरगत बम परिवारको बसोबास भएका गाउँ विकास समिति र गाउँहरु निम्न अनुसार छन । १— हुतु गाउँ विकास समितिका तिग्रम, बसेडी, दाहुती, २— पिपलचौर गाउँ विकास समितिको विण, सौतोली, खर्रा, खोल्टी, धुलीगडा, ३— हिकीला गाउँ विकास समितिको चनाखोली, ४—धारी गाउँ विकास समितिको भूँईकोट, दौला, चिनचिरी, ५— ब्रह्मदेव गाउँ विकास समितिको सिमली, बानी गाउँ, ६—छापरी गाउँ विकास समितिको श्रीवगर, लकेमगर्खाको धाप गाउँ विकास समितिको धाप र धौकोट, मार्मा गर्खाको एयरकोट गाउँ विकास समितिको नागुमा पनि यी बमको बसोबास रहेको पाईन्छ । हाल केही परिवार कैलाली कञ्चनपुर तिर बसोबास गर्दछन । भने अरु दार्चुलामा नै बस्ने गर्दछन् ।[९]

(५) - बझांगका कश्यप गोत्रीय बम ठकुरी[सम्पादन गर्ने]

बझाङ्गी सिह र बम एउटै भाइ सन्तान हुन । यिनको गोत्र र वंश सम्बन्धी फरक फरक भनाईहरु छन् । बझाङ्गका अधिकांस सिह र बमको भनाई अनुसार कश्यप गोत्र हो । बझाङ्गबाट दैलेख सुर्खेत तर्फ गएका बझाङ्गी राजा ओमजंङ्गबहादुर सिहको प्रमुख शाखा दावि गर्ने सिहहरुको भनाई अनुसार कौशिक गोत्र हो । वंश सम्बन्धी पनि यिनमा फरक फरक मतहरु छन् । केही बझाङ्गी सिहहरु आपूm सूर्यवंशी बताउछन् भने कोही चन्द्रवंशी हौ भन्दछन् । पूर्णप्रकाश नेपालद्वारा लिखित सेती अञ्चल दिग्दर्शनमा बझाङ्गी सिह ठकुरीको गोत्र कास्यप, तीन प्रवर, चन्द्रवंश उल्लेख छ । यिनको कुलदेवता मष्टो हो ।

यस परिवारका बम को परम्परागत मान्यता र कुलदेवता[सम्पादन गर्ने]

बझाङ्गका बमहरुको पूर्खामा दाडेमष्टो उब्जेको बताईन्छ । यसै कारण दाडेमष्टाले त्यहाँका कश्यप गोत्रीय बमहरुलाई मेरो नाती भनेर सम्बोधन गर्दछ । स्थान अनुसार बझाङ्गी बम र सिहठकुरीहरुका शाखा सन्तानहरु दुधेमष्टो, ढँडारमष्टो, बान्नीमष्टो, खापरमष्टो, दाडेमष्टोे, दुधीर(दुधेमष्टो) लाई कुलदेवता मानि पुज्ने गर्दछन् । बझाङ्ग जिल्लाको स्थापना खापर मष्टो कुलदेवता भएका शौशिक गोत्रीय श्रीपाल वस्नेतले वि.स.१२८६ मा गरेका थिए, भन्ने भनाई छ । थलराराज्यको स्थापना वि.स.१५०२मा भएको थियो । नेपालको सुदूर पश्चिमाञ्चलमापर्ने यो जिल्ला अति दुर्गम र विकट मानिन्छ । मध्यकालमा बाइसे र चौविसे राज्य अन्तरगत यस जिल्लाको राज्यलाई पनि लिईएको छ । जुम्लाका राजा चल्ल÷मल्लका वंशज अभयमल्लको वि.स.१४३३ को दानपत्रमा रहेका उदैसिह राउलाले वि.स.१४४७ मा राउदु भण्डारीलाई बझाङ्ग भेगमा जमिन दान दिएको पाईएको छ । यसमा राजाधिराज उदयसिह चिरँजयतु । रजवार दत्त पसाईकी भनिएको छ । यसमा एकातिर राजाधिराज भनिएको छ भने अर्को तिर रजवारले निगाहा गरेको भनेको छ । यसैले उदैसिह राउला अधिनस्थ रजौटा देखिएकाछन् भने वि.स.१४२९को वीरसिन्ध जोईसिलाई बझाङ्गभेगमा जमिन दान दिँदा आपूmलाई श्री राजाधिराज परमेश्वर भनेता पनि रजवार भाष पसा भई अर्थात रजवारको बचन निगाहा भयो भनेर आप्mनो हैसियत रजवारको नै वताएकाछन् । यस प्रकार सिँजाका केही भारदारहरुले बझाङ्ग भेगमा रजवारी प्राप्त गरेको र अभयमल्लका पालामा सिञ्जाको केन्द्रिय सत्ता कम्जोर भएको मौका पारी बझाङ्ग पनि स्वतन्त्र हुनु खोजेको देखिन्छ । जुम्लाबाट डोटीमाथि विजयगरी डोटीमा स्थापित भएको जुम्लाकामल्लहरुको राज्य डोटी क्षेत्रमा वलियो र शक्तिशाली राज्यको रुपमा उदय हुन पुग्यो । यसपछि डोटीको अधिनता स्वीकार गरेर बझाङ्ग राज्यले बस्नु पर्यो । यो कुरा बझाङ्ग भेगका रजौटा

  • सुमति बम्म,
  • सुमेरु बम्म,
  • शक्ति बम्म(सिह)
  • भाउसिह आदिका वि.स. १४७१ देखि १५५५ सम्मका केही अभिलेखले उनीहरुको हैसियत रजवार (रजौटा)को रहेको पाईएको छ । बझाङ्गको राज्य वि.स.१७९४ को अभिलेख अनुसार राजा कल्याणसिहका पालादेखि स्वतन्त्र राजाको हैसियतमा देखाएको छ । बझाङ्गराज्यले कल्याण सिहका नाती अमरसिहका छोरा समुन्द्रसिहका कार्यकालमा वि.स.१८४७ मा गोर्खा राज्यको अधिनता स्वीकार गर्यो । यस प्रकार १७९४ देखि १८४७ सम्म गरी ५३ वर्ष स्वतन्त्र रुपमा र १८४७ देखि राजा रजौटा ऐन खारेज नभएसम्म नेपाल सरकारलाई वार्षिक कर तिरी नेपालकोअधिनता स्वीकारगरी बझाङ्ग राज्य चलेको थियो । वि.स.१८५० मा रणबहादुर शाहको नामबाट समुन्द्र सिहलाई लेखिएको एउटा पत्रमा सालिन्दा रु.५०१ नेपाल सरकारलाई वार्षिक रुपमा बुझाई बझाङ्गको जिम्दारी गर्नु भन्ने कुरा उल्लेख भएको प्रमाण पाइएकोछ । त्यसको केही वर्षपछि एउटा पत्रमा बझाङ्गको तिर्नु पर्ने वार्षिक कर रु.५३७० रुपैयाँ पुगाई सो रकम बुझाएर आप्mनो सिमाना भित्र राजनीति चलाई आप्mनो राज जानी खानु भनिएको छ । वि.स.१८६३ मा लेखिएको एउटा अर्को पत्रमा उक्त रकममा १०६९ रुपैया घटाई बझाङ्ग भर मुलुकको ठेकबन्दी रुपैया ४३०१ प्रतिवर्ष तिरि टहलमा रुजु रही मुलुकको चलन गर भन्ने उल्लेख छ । अधिनस्थ बझाङ्ग राज्यले पश्चिम नेपाल विजय अभियानमा सहयोग गरेको सन्दर्भ जनाई आपूmलाई लगाएको बार्षिक रकम वढि भयो भनि बराबर विन्तीपत्र पठाई गुनासो गरिरहेकाले उक्त रकम घटाएको बुझिन्छ ।

नेपालको राजपरिवार र राणा परिवारसँग बझाङ्गी राजपरिवारको विहेवारी हुन थालेपछि नेपालको दरवारवाट बझाङ्गी राजाहरुलाई विभिन्न सम्मान र सहुलियत प्रर्दान गरिदै आएको थियो । बझाङी राजाको वंशावली[१०] यसमा उल्लेखित बझाङ्गीराजाको वंशावली ताम्रपत्र आदि सामग्रीबाट ज्ञात भएका हुँन् ।

  • (१) जसैबम(यशोवर्मा),
  • (२) शिव वम्म,
  • (३)रतनिवम,
  • (४)नरिवम्म (हरिवम वि.स.१४२९),
  • (५)नरिबमका ३ पुत्रहरु जेठाःराजवम, माईला ःजयति वम,कान्छा ःश्री वम्म (सुनिकोट),
  • (६) जयती बम,
  • (७)मलैबम्म,
  • (८)शक्ति बम (सिह) वि.स१४७१–१५०३).......जक्तिसिह (थलारा)
  • (९)सुजानसिह,
  • (१०)भाउसिह(१५५५)
  • (११)भीमसिह .....................डेगरसिह (बाजुरा)
  • (१२)पृथ्वीसिह (प्रथम) ..........रतनसिह (छान्ना)
  • (१३)जितारी सिह ................मेदनी सिह (तल्कोट)
  • (१४)इन्द्रसिह (प्रथम)...............विजयसिह (पन्धबीस र रनडा)
  • (१५)भैरवसिह ........................मुकुटसिह (तिलेलीकोट)
  • (१६) दिलिप सिह
  • (१७)महेन्द्र सिह.................. गाङ्गुसिह (पन्धबीसदरा) वीरसिह(छबीसदरा)
  • (१८)पृथ्वी सिह (दोस्रा)............मेदनीसिह (खत्याड)
  • (१९)रतनसिह,
  • (२०)कल्याणसिह....................लक्ष्मणसिह (चमखले)
  • (२१)अमरसिह (१८०६) .......केशरसिह (बिजौरी) अन्य पाँचभाइ
  • (२२) समुन्द्रसिह (१८२६ देखि ५४)
  • (२३) रघुनाथसिह (१८६३ देखि ६९)
  • (२४)इन्द्रसिह,
  • (२५)गजराजसिह,
  • (२६)भुपेन्द्रसिह,
  • (२७)विक्रमबहादुर सिह,
  • (२८)जयपृथ्वीबहादुर सिह,
  • (२९) देवि सिह,
  • (३०)रामजंगबहादुर सिह ,
  • (३१)ओमजंग सिह,
  • (३२)ओमजंग बहादुर सिहले स्वशासित बझाङ्गी राज्य कार्य गर्ने ईरादाले राज्य उन्मुलन एव पञ्चायती व्यवस्थाको विरोधमा नेपाली काँग्रसको क्रान्तीको नेतृत्व गरी बझाङ्गलाई आप्mनो कब्जामा लिन आन्दोलन गर्दा नेपाली सेनासँगको भिडन्तमा २०१९ साल असोज १९ गते वैतडी मार्माको लेकमा वीरगती प्राप्त गरेका थिए ।

बाजुरा ठकुरी[सम्पादन गर्ने]

बझाङ्गबाट बाजुरा आएको शाखा कश्यप गोत्रीय अन्तरगतका सिहहरु मष्टो देवताको अंश मानिने वीरजय (खापर मष्टो)लाई कुलदेवता मान्ने गर्दछन् । ५२ वटा वीर मारेकोले वीरजय भनिने यसको सिमाना खापरसँग खप्तडको तालमा रहेको छ । खप्तडमा अंश भएको वीरजय भनेको खापरमष्टो हो । यो देवता मंसिर पूर्णिमापछि, जेठपूर्णिमापछि वलिगरेर पुजिन्छ । बाजुराका सिहहरु यसलाई कुलदेवता मान्ने गर्दछन् । एउटै बाजेका संन्तान मानिने बाजुराका सिहहरुमा तीन भाइ जेठोपट्टीले वीरजयको रजवारी गर्ने पुजारी हुनेलाई ठाकुर भनिन्छ । माईलो पट्टिलाई हितराज भनिन्छ । माईलोपट्टिले वीरजयको धामी बन्ने व्यवस्थापन गर्ने गर्दछ । कान्छोपट्टिले वीरजयको पूजाको अवसरमा पातसंकलन गर्ने, फोहर व्यवस्थापन गर्ने भएकोले देवान भनिन्छ । ठाकुर अन्तरगत रामशिखरझालाका प्रकाश बहादुर सिहपट्टि, हितराज अन्तरगत टिकापुरका प्रेम बहादुर सिह र देवान अन्तरगतका बाजुरामै बस्ने तेज बहादुर सिह, विर बहादुर सिहपट्टिको परिवार पर्दछन् ।

बाजुराको वंशावली[११][सम्पादन गर्ने]

  • डुगरसिह (वि.स.१५७५तिर),
  • सान्नी बम,
  • सुरीबम,
  • तुथै बम,
  • उदैबम, कान्छा अजैबम,
  • अजैबमका
  • चंखपाल,
  • चुनरीपाल(चन्द्रपाल वि.स.१७६१)
  • अन्तुपाल,
  • जिमुपाल,
  • बलीरामपाल,
  • नाथुपाल,
  • जसन्तुपाल,
  • अन्नतपाल,
  • मन्धिरपाल,(मन्धिरशाह वि.स.१८७२–१९०१)
  • सम्वत १८५० सालमा बझाङ्गका समुद्र सिहलाई बहादुर सम्शेरले गरी दिएको जिम्दारी पत्र
  • श्रीदुर्गा सहाय ः १ स्वस्ति
  • श्रीगिरिराजचक्रचुडामणि नरनारायणे न्यादिविविधविरुदा
  • वलीविराजमानमानोन्नतश्रीमन्महाराजधिराजश्री श्री श्री महारा
  • जेरण वहादुरसाह बहादुरसम्सेरजंङ्गदेवानामसदासमरविजययिनाम्
  • आगे वजाँका समुद्रसिंके तिमिलाई अघि वकस्याको
  • जग्गा जो छ तस्को जिमिदारी थामि वक्स्यैको
  • छ सालिन्ना रुपया ५०१ साल व साल
  • चहउनु हाम्रो सोझो गरी बाउन्न लाषका
  • सरहसित हान्या ठाउँ हान्नु कुन्र्हा ठाउँ कुन्र्हु
  • गरि आफना षातिर्जामासित जिमिदारी जानि भोग्य
  • गर इति सम्वत १८५० साल मिति मार्गशिर वदि ३ रोज ४ शुभम ...[१२]
  • चौघान पाटा वान्नी चैतली मेला

यो मेला बझाङ्ग जिल्लामा चैत्र शुक्लत्रयोदशीको दिनमा लाग्छ । यसठाउँमा श्री मष्टाको मन्दिर पनि छ । यो बझाङ्गको सबै भन्दा ठूलो मेला हो । पहिले पहिले यस ठाउँमा बाघले मारेको वा खाएको वहडको छालाको भकुण्डो बनाएर मल्लो छब्बीसे र तल्लो छब्बिसेका बीचमा विजय र पराजयको खेल खेल्ने परम्परा अनरुप हाल पनि भकुण्डो खेल्ने गरिन्छ ।


नोट -
  • डोटी बोगटान क्षेत्रमा ठकुरी कुलकै वकोटी /बोगटी भनिनेहरु पनि बम लेख्छन | कुनै पनि कुलकाले उसकै स्तरको एक थरबाट अर्को थर लेखनु खासै फरक पर्ने बिषय होइन | बैतड़ीका चन्द देउ/देव (राना देउ /उदय देउ /भाना देउ) बाट चन्द बने | बझांगका पहिले के थर थियो ? पछि बम बाट केही परिवार सिंह बने | डोटी रैका राजवंश चल्ल/मल्ल बाट शाही /शाह बने | डोटी बोगटानका ठकुरी पाल र बम बाट वकोटि/बोगटी बने पछि पुनः बम बने | यी त समाजले मानेको र जानेकै ठकुरी भए तर राजपरिवार बाट कुनै कारणले एक स्तर तल झरेको लाई कोर(कुंवर/कँवर) भनिन्छ | यस्ता कोर /कँवर हाम्रो समाजमा छन | यी मध्ये हाल आएर बैतडीमा गौतम गोत्रीय कोर बाट चन्द बनेकाहरु पनि छन | दार्चुलामा पुलस्त्य गोत्रीय कोर बाट बम बनेकाहरु पनि छन | दार्चुलामा कत्युरी वंशजका पाल राजाका संतान मानिने शौनक गोत्रीय कोरबाट पाल बनेका पनि भेटिन्छन | डोटी बोगटान क्षेत्र र डडेलधुरा क्षेत्रमा कत्युरी पाल राजाका वंशज मानिने शौनक गोत्रीय कोर (कँवर)बाट मल्ल बनेका पनि भेटिन्छन | यी त कोर/कँवर भनिएपनि रगत राजपरिवारकै हो तर यी बाहेक बर्तमानमा केही वैश्य जातिले पनि बम थर लेखेको देखिन्छ । डोटी बासुदेवी गाउँ विकास समिति बाट तराई झरेका कुकुडे बोहरा बम लेख्छन | डोटीका छेका भनिने बैस्से, कैलाली जिल्ला खैरालको धामीखेड़ा र बन्वारका धामी र डडेल्धुराको गङ्गखेतका धामी पनि बम लेख्छन |

यो पनि भिडियो हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. डा.श्यामलाल कोली (पुरातत्वविद्), एम.ए.पी.उच.डी.प्राचार्य,राजकीय डिग्री कालेज,मानिला (अल्मोडा) पिथौरागढका राजनैतिक एवं सांस्कृतिक इतिहांस प्रथम संस्करण,वर्ष —ज्ञढडढ , पृष्ट ९ र १० बाट
  2. डोटी बोगटानका लाल बहादुर बम रजवार संग रहेको वंशावली सक्कल प्रति र बोगटानका इतिहास ब्याख्याताहरु को इतिहास बर्णन अनुसार
  3. पूर्णप्रकाश नेपाल यात्रीबाट लेखिएको सेती अञ्चल दिग्दर्शन पेज २९५ देखि २९८ मा उल्लेख भए बमोजिम
  4. लाटु बमका सन्तान मानिने कानाचौर ८ मेल्टा नावलीका केशरसिह बमका नाती टेकबहादुर(टिकासिह) बमका जेष्ठ सुपुत्र गणेशबहादुर बमबाट प्राप्त वंशावली अनुसार
  5. सूर्यमणि अधिकारी, खश साम्राज्यको इतिहास,(२०६१)पृष्ट ४१,२४२,२४३ बाट
  6. पूर्खेउली घर कालिकोट मेलमुडी गाउँ विकास समिति वार्ड नम्बर १ डाँडाखेत वर्ष ७२ का कालीकोटे वशिष्ठ गोत्रीय जितबहादुर बम र वर्ष ४३ का गणेश बमका अनुसार
  7. वंशावली प्रकाशन, श्री भोजराज जोशी, मठैराज गाउँ विकास समिति ,बैतडी
  8. पुलस्त्य, ईष्टदेव ः महादेव (शिव)हर्कबहादुर बम, वर्ष ६३ का महेन्द्रनगर
  9. दुँहुँ गर्खा विणकाफली जन्मघर बताउने वर्ष ५८का जनकबहादुर बमका अनुसार
  10. प्रा.डा.सूर्यमणि अधिकारी, बाइसे राज्यको इतिहास(वि.स.२०६०)
  11. प्रा.डा.सूर्यमणि अधिकारी, बाइसे राज्यको इतिहास(वि.स.२०६०)
  12. इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह भाग १ पृष्ठ ५३६ योगी नरहरिनाथ

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]