बहराइन विकास बैङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बहराइन विकास बेङ्क
व्यवसाय प्रकार
सरकारी कम्पनी
उद्योगबेङ्किङ
वित्तिय सेवा
स्थापित11 डिसेम्बर 1991; ३२ वर्ष पहिले (1991-१२-11)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
बहराइन
मुख्य व्यक्ति
महोमद बिन एस्सा अल खलिफा
(अध्यक्ष)
निधल सलेह अल-अौजन
प्रमुख कार्यकारी अधिकृत
उत्पादनहरूवित्त र बीमा
उपभोक्त बेङ्किङ
संयुक्त बेङ्किङ
लगानी बेङ्किङ
राजश्वह्रास $२७.५९ मिलियन (सन् २०१५)
वृद्धि $२.७४ मिलियन (सन् २०१५)
कुल सम्पत्तिवृद्धि ५१४ मिलियन (सन् २०१५)
कुल इक्विटीवृद्धि $२०४.३ मिलियन (सन् २०१५)
कर्मचारी सङ्ख्या
२०३ (सन् २०१५)
वेबसाइटwww.bdb-bh.com

बहराइन विकास बेङ्क (अरबी: بنك البحرين للتنمية‎) बहराइनको एक विकास वित्तिय संस्था हो जुन बहराइन सरकारले देशमा लगानी प्रवर्द्धन गर्न स्थापना गरेको थियो।[१] बहराइन विकास बेङ्क, उद्योग र वाणिज्य मन्त्रालयको साथ दर्ता छ र बहराइनको केन्द्रिय बेङ्क द्वारा पारम्परिक खुद्रा बेङ्कको रूपमा अनुमति पत्र प्राप्त छ।[२]

अवलोकन[सम्पादन गर्नुहोस्]

बहराइन विकास बेङ्कले विभिन्न वित्तीय सेवाहरूको प्रदान गर्दछ जुन बहराइनमा साना तथा मध्यम व्यवसायहरूको आवश्यकताहरू अनुरूप तयार हुन्छ।[३] यसमा व्यवसाय वित्त, इस्लामी वित्त र तम्किन वित्त, निर्माण, कृषि व्यवसाय, स्वास्थ्य सेवा र अन्य सेवा क्षेत्रहरूमा समावेश छ। [४]

बहराइन विकास बेङ्कको प्रधान कार्यालय राजधानी मनामाको कूटनीतिक क्षेत्रमा रहेको छ। ३१ डिसेम्बर २०१५ मा, बेङ्कको कुल सम्पत्ति मूल्याङ्कन लगभग ५१४ मिलियन अमेरिकी डलर वा १९४ बहराइनी दिनार रहेको थियो जसमा सेयरधनीको सेयर मूल्य लगभग २०४.७७ मिलियन अमेरिकी डलर वा ७७.१९ मिलियन बहराइनी दिनार रहेको छ। देश भरि यसका विभिन्न ठाउँहरूमा शाखा कार्यालयहरू रहेका छन्।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

बहराइन विकास बेङ्क ११ डिसेम्बर १९९२ मा व्यवस्थापकीय आदेश सङ्ख्या १९ द्वारा यसको स्थापना भएको थियो[२] र २० जनवरी १९९२ मा बेङ्कको सञ्चालन सुरु भएको थियो। यसको मुख्य कार्यसूची बहराइनमा विशेष गरी महत्त्वपूर्ण उद्योगहरूमा लगानी प्रवर्द्धन गर्नु थियो। [६]

सन् २०१४ मा, बहराइन विकस बेङ्क भारतको लघु उद्योग विकास बेङ्कसँग सुरुवाती चरणलाई बढावा दिन एउटा सम्झौतामा हस्ताक्षर गरेको थियो। यस सम्झौता अनुसार, भारतको लघु उद्योग विकास बेङ्क जोखिम व्यवस्थापन र ऋण व्यवस्थापनमा बहराइन विकास बेङ्कको लक्ष्यको लागि प्राविधिक सहायता प्रदान गर्न प्रतिबद्ध छ।[७]

सन् २०१५ मा, बेङ्कले उच्च जोखिम ऋण विभाग र सार्वजनिक कोषको निर्भरताका कारण बहराइन विकास बेङ्कलाई मुडिले ऋणात्मक मूल्याङ्कन दिएको थियो।[८]

सदस्य कम्पनीहरू[सम्पादन गर्नुहोस्]

यसको विकास बेङ्किङ प्रमुख व्यवसाय बाहेक, बहराइन विकास बेङ्क सहायक कम्पनी र लगानी पनि रहेको छ जुन यसका उद्देश्यहरू प्राप्त गर्न तत्पर छन्।[५]

स्वामित्व[सम्पादन गर्नुहोस्]

बहराइन विकास बेङ्कको सबै सेयरहरू बहराइन सरकारको हो जसले बहराइन विकास बेङ्कलाई एक सरकारी स्वामित्वको कम्पनी बनाउँदछ।[३]

प्रशासन[सम्पादन गर्नुहोस्]

बहराइन विकास बेङ्क, ८ निर्देशक समितिद्वारा शासित छ जसमा मोहम्मद बिन एसा अल खलिफा समूहका अध्यक्ष र नेधल ​​सालेह अल-ओजन प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्।[५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "प्रोफाइल - बहराइन विकास बेङ्क", बहराइन विकास बेङ्क, अन्तिम पहुँच २०१६-११-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२४ मिति
  2. २.० २.१ "BDB - Basel II Pillar III Disclosures For the six months ended 30-Jun-14", बहराइन विकास बेङ्क, २०१४-०६-३०, अन्तिम पहुँच २०१६-११-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२९ मिति
  3. ३.० ३.१ "بنك البحرين للتنمية", وزارة الصناعة والتجارة والسياحة في البحرين, मूलबाट २९ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-११-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२९ मिति
  4. "Company Overview of Bahrain Development Bank B.S.C", ब्लुमबर्ग बिजनेस विक, ब्लुमबर्ग, अन्तिम पहुँच २०१६-११-२९ 
  5. ५.० ५.१ ५.२ "البحرين تقرير التنمية السنوي", बहराइन विकास बेङ्क, २०१५-१२-३१, अन्तिम पहुँच २०१६-११-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२९ मिति
  6. "البحرين تقرير التنمية السنوي", बहराइन विकास बेङ्क, २०१३-१२-३१, अन्तिम पहुँच २०१६-११-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-३० मिति
  7. "SIDBI and Bahrain Development Bank seal deal to help SME", फेब्रुअरी १९, २०१४, अन्तिम पहुँच नोभेम्बर ३०, २०१६ 
  8. "Moody's: Bahrain Development Bank's government ownership and robust capital levels are credit positive", ४ फेब्रुअरी २०१५, अन्तिम पहुँच २०१६-११-३० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]