बास्टियन स्वाइन्स्टाइगर
![]() बास्टियन २०१४ मा | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | बास्टियन स्वाइन्स्टाइगर[१] | ||
जन्म मिति | १ अगस्ट १९८४ | ||
उचाई | १.८३ मी (६ फिट ० इन्च)[२] | ||
खेल्ने स्थान | केन्द्रिय मिडफिल्डर | ||
क्लबको विवरण | |||
हालको क्लब | सिकागो फायर | ||
सङ्ख्या | ३१ | ||
युवा क्लब | |||
1990–1992 | एफभी ओबेराउडर्फ | ||
1992–1998 | टीएसभी १८६० रोसेनहेम | ||
1998–2002 | बायर्न म्युनिख | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
2001–2005 | बायर्न म्युनिख II | 33 | (2) |
२००२-२०१५ | बायर्न म्युनिख | ३४२ | (४५) |
२०१५-२०१७ | म्यान्चेस्टर युनाईटेड | १८ | |
२०१७- | सिकागो फायर | ३८ | (५) |
राष्ट्रिय टोली | |||
2000 | Germany U16 | 1 | (0) |
2001–2002 | Germany U18 | 11 | (2) |
2002–2003 | Germany U19 | 7 | (2) |
2004 | Germany U21 | 7 | (2) |
2004–2016 | जर्मनी | १२१ | (२४) |
सम्मान
| |||
|
बास्टियन स्वाइन्स्टाइगर उच्चारण (सहायता जानकारी) जन्म: अगस्ट १, १९८४ जर्मन फुटबलर हुन् जो बायर्न म्युनिख र जर्मनी राष्ट्रिय फुटबल टिमको मध्यपंक्ति सम्हाल्ने गर्छन् । उनी राष्ट्रिय टिमका कप्तान समेत हुन् ।
क्लब जीवन[सम्पादन गर्ने]
स्वाइन्स्टाइगर बायर्न म्युनिखको युवा टोलीमा १ जुलाई १९९८ मा आबद्ध भएका हुन् । युवा टोलीमा उनको सफलता देखेर बायर्नले उनलाई सिनियर टोलीमा स्थान दिनुपर्ने महसुस गर्यो । बायर्नको वरिष्ठ टोलीबाट नोभेम्बर २००२ मा उनले डेब्यु गरे । छोटो समयमै बायर्नमा राम्रो छाप छोड्न सफल भएकाले उनी प्रशिक्षकका विश्वासिला खेलाडी भए । उनको बायर्नका लागि पहिलो गोल भीएफएल उल्फ्सबर्ग विरूद्ध सेप्टेम्बर २००३ मा निस्कियो । २०१४ को अन्त्यसम्म आइपुग्दा उनले बायर्नको तर्फबाट सम्पुर्ण प्रतिस्पर्धामा ५०० भन्दा बढी खेल खेलेर ५० बढी गोल गरेका छन् ।
अन्तराष्ट्रिय जीवन[सम्पादन गर्ने]
२००४ मा राष्ट्रिय टोलीमा डेब्यु गरे यता ३ फिफा विश्वकप र ३ युइएफए यूरोमा जर्मनीको फुटबल सँगसँगै हिँडेका स्वाइन्स्टाइगरले राष्ट्रिय टोलीका लागि १०८ खेलमा २३ गोल गरिसकेका छन् ।
खेल्ने तरिका[सम्पादन गर्ने]
जर्मनीको कोल्बेरमुरमा जन्मिएका स्वाइन्सटाइगर आफ्नो जादुयी खेलले सबैलाई मन्त्रमुग्द पार्न खप्पिस मानिन्छन् । स्वाइन्स्टाइगर मध्यपंक्तिको सम्पुर्ण क्षेत्रमा सक्रिय रहन्छन भने दायाँ र बायाँ विङ्गमा पनि आफ्नो जादु छोड्न सफल मानिन्छन् । स्वाइन्स्टाइगरका केही डरलाग्दा लामो दुरीका प्रहारहरू देख्दा उनमा असिमित शक्ति भरिएको झैँ लाग्छ । "मिड-फिल्ड मोटर"को उपनाम पाएका उनी खेललाई राम्ररी पढ्न सक्छन् । प्रशिक्षक जोएचिम लोले त झनै उनलाई जर्मन राष्ट्रिय फुटबल टोलीको मस्तिष्कको उपमा दिएका छन् । "मिडफिल्ड मास्टरमाइन्ड" उनको अर्को उपनाम हो ।
व्यक्तिगत जीवन[सम्पादन गर्ने]
उनका प्रशंसकले उनलाई "स्वाइनी" वा "बास्टी" भनेर चिन्दछन् । टेनिस खेलाडी एना इभानोभिक उनकी प्रेमिका हुन् । उनी रोमन क्याथोलिक हुन् ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "List of Players" (PDF), FIFA, अन्तिम पहुँच २६ जनवरी २०१२।
- ↑ "Bastian Schweinsteiger", FC Bayern Munich, ७ अक्टोबर २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २००८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा बास्टियन स्वाइन्स्टाइगर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- आधिकारिक वेबसाइट (जर्मनेली)
- Bastian Schweinsteiger at FCBayern.de
- Bastian Schweinsteiger at Sportepoch.com
- Bastian Schweinsteiger – फिफा प्रतियोगिता तथ्याङ्क
खेल्ने स्थानहरू | ||
---|---|---|
अघिल्लो फिलिप लाम |
जर्मनी captain २०१४–हालसम्म |
बहालवाला |
![]() |
विकिमिडिया कमन्समा बास्टियन स्वाइन्स्टाइगर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |