सामग्रीमा जानुहोस्

बैकुण्ठ ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट



नेपालको बागमती प्रदेश चितवन जिल्ला अन्तर्गत पर्ने माडी उपत्यकाकोतत्कालीन अयोध्यापुरी गाउँ विकास समिति हाल माडी न.पा .८मा अवस्थित इतिहासिक तलाउ। हो याहा बाला चतुर्दशिमासतविउ छर्नु भारत तथा नेपाल को वभिन्न ठाउँबाट भक्तजन हरुको भिड लाग्ने गर्दछ ।सोही अबसरमा मेला लाग्दछ । पुर्व पश्चिम राजमार्ग अन्तरगत भरतपुर को चौबीस कोठि बाट ५५ किमि को दुरिमा रहेको यस ठाउँ सम्म पुग्न सबै बाटो कालोपत्रे गरिएको छ । गाडी पार्किङ पछि २५मिनेटको पैदलमार्ग बाट सजिलोसँग बैकुण्ठ ताल पुग्न सकिन्छ । प्रकृति तथा धार्मिक दृष्टिकोणले यो ठाउँ असाध्यै महत्त्वपूर्ण छ ।

आयोध्यापुरी गाविस भित्रको भूभागलाई सोभायमान बनाउँदै रहेको एउटा अतिनै पवित्र कुण्ड छ बैकुण्ठे कुण्ड जसको महत्त्व अतिनै धेरै छ,अतिनै प्राचीन कुण्ड हो,जसको बारेमा वराह पुराणको १४८ अध्यायमा वर्णन गरेको पाइन्छ ।

बैकुण्ठतीर्थ यः स्नाति मुच्यते सर्वपातकैः।
सर्वपापविनिर्मुक्ता बिष्णुलोकं स गच्छति॥

अर्थात् बैकुण्ठतीर्थमा जसले स्नान गर्दछ त्यसका सम्पूर्ण पापहरू नाश हुने र अन्त्यमा उ बिष्णुलोक जाने बताइन्छ । द्दापर युगमा भगवान श्रीराम बनवास जाने क्रममा गण्डकीको संगममा स्नान गरेर हरिहर क्षेत्रमा जानुभयो भन्ने आनन्द रामायणको यात्रा काण्डमा पाइन्छ ।

गण्डकी सङ्गमे स्नात्वा नेपाले जगद्दीश्वरम्।
दृष्टा हरिहर क्षेत्रं ययौ रघुकुलो द्दहः॥

भगवान श्रीराम यस कुण्डमा पनि स्नान गरेर अगाडि जानुभयको भनिन्छ। उक्त स्थानमा भगवान श्रीरामले स्नान गरेको कुण्ड छ जसलाई हाल बैकुण्ठेताल भनिन्छ। बैकुण्ठेकुण्डमा स्नान गरेर बैकुण्ठेश्वर महादेवको दर्शन गर्नाले सम्पूर्ण पापको नाश हुने बताइन्छ । प्राचीन कालमा सुभद्र मेला पनि यही कुण्ड नजिकै लाग्ने गरेको बताइन्छ ।

यस कुण्ड नजिकै बैकुण्ठेश्वर शिवमन्दिर पनि रहेको छ यहाँ अष्टवक्र जन्मेको स्थान विश्वश्रवाऋषिको तपस्थली एवम् अभिमन्यु ऋषिले पनि तपस्या गरेको स्थान हो। यहाँ वाला चतुर्दशीमा मेला लाग्ने गर्दछ भने शतबिज अर्थात् सय थरीका अन्नका बिजलाई छर्ने गरिन्छ यस्तो गर्नाले अर्को जन्ममा खान पाउने र पितृहरूको पनि उद्दार हुनेमा समस्त तिर्थयात्रीहरूको बिबिश्वासरहेको छ। चितवन र वरपरका जिल्लाहरूबाट समेत तिर्थयात्री आउने गरेको पाइन्छ।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]