भिभा बहराइन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिभा बहराइन
व्यवसाय प्रकार
निजी साउदी दूरसञ्चार कम्पनीको सहायक
उद्योगदूरसञ्चार
स्थापित२०१० (2010)
केन्द्रीय कार्यालय
मनामा
,
सेवा क्षेत्र
 बहराइन
मुख्य व्यक्ति
नेजार बानाबेला (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूमोबाइल दूरभाष सेवा
ताररहित विस्तृत पट्टि
सेवाहरूएकीकृत सञ्चार
मूल सङ्गठनसाउदी दूरसञ्चार कम्पनी
वेबसाइटviva.com.bh

भिभा बहराइन - (भिभा) - (अरबी: فيفا‎‎) बहराइनमा आधारित एक दूरसञ्चार कम्पनी हो। कम्पनीको प्रधान कार्यालय राजधानी मनामामा अवस्थित छ।

इतिहास[सम्पादन गर्नुहोस्]

२३ जनवरी २००९ मा, बहराइन दूरसञ्चार नियामक प्राधिकरणले साउदी दूरसञ्चार कम्पनीले ८६.७ मिलियन बहराइन दिराम (२३१ मिलियन अमेरिकी डलर) को मूल्यमा तेस्रो मोबाइल सञ्जाल सञ्चालन अनुमतिपत्र जितेको घोषण गरेको थियो। साउदी दूरसञ्चार कम्पनीले सन् २००९ मा एसटीसी बहराइन स्थापना [१][२] गरेको थियो तर जनवरी २०१० मा यसले यसको नाम परिवर्तन गरी भिभा बहराइन राखेको थियो।[३]

कम्पनीको बारेमा[सम्पादन गर्नुहोस्]

भिभा बहराइन साउदी दूरसञ्चार कम्पनी (एसटीसी) को पूर्ण स्वामित्वमा रहेको एक सहायक कम्पनी हो। यसले मार्च २०१० मा बहराइनको दूरसञ्चार परिदृश्यलाई रूपान्तरण गर्ने उद्देश्यले यसको वाणिज्य सेवा सञ्चालन सुरू गरेको थियो। अतुलनीय अनुभव, ज्ञान र दर्शनद्वारा समर्थित, भिभाले यसको छ वर्षको सञ्चालन अवधिमा असाधारण वृद्धि अनुभव गर्दै राम्रो प्रदर्शनलाई जारी राखेको छ।

बहराइनको दूरसञ्चार बजारमा प्रवेश गरेदेखि, भिभा बजारको नेतृत्वकर्ता बनेको थियो। भिभाले दूरसञ्चार बजारलाई सकारात्मक रूपमा प्रभाव पार्दै यसले ब्यापार गर्ने तरीकालाई बदलेको थियो। यसले नयाँ उच्च प्रविधिक उपकरणहरू सुरूवात गरेर कम्पनी नवप्रवर्तनको अग्रभागमा रहन सफल भएको छ। सन् २०११ मा यसको एचएसपीए + सञ्जालमा गरिएको वृद्धिसँगै , भिभा यसका विस्तृत पट्टि ग्राहकहरूलाई ४२ मेगाबाइट प्रति सेकेण्ड गति प्रदान गरेको थियो र यसले सन् २०१२ को सुरुवातमा, सफलतापूर्वक चौथो पुस्ता/दीर्घकालीन सञ्जालको परीक्षण गरेको थियो। यसले आफ्ना ग्राहकहरूका लागि चौथो पुस्ता/दीर्घकाली सञ्जाल जनवरी २०१४ मा आधिकारिक रूपमा सञ्चालनमा ल्याएको थियो।[४]

बहराइनको सबैभन्दा ठूलो र विविध खुद्रा सञ्जाल[सम्पादन गर्नुहोस्]

भिभा बहराइनको सबैभन्दा ठूलो र विविध खुद्रा सञ्जाल हो। यसले एक व्यापक खुद्रा सञ्जाल, एक प्रयोगकर्ता मैत्री वेब पोर्टल, २४ खुद्रा निकास र ७०० भन्दा बढी भुक्तान च्यानलहरू समावेश गर्दछ। वितरण च्यानलको अतिरिक्त देश भरमा यसका ३,७०० निकासहरू रहेका छन्। कम्पनीलाई यसको ग्राहक केन्द्रित दृष्टिकोणका लागि मान्यता प्रदान गरिएको थियो भने यसलाई दूरसञ्चार विश्व मध्य पूर्व पुरस्कारमा 'सर्वश्रेष्ठ ग्राहक अनुभव रणनीति' को लागि सम्मान गरिएको थियो। यसका अतिरिक्त, भिभालाई उत्कृष्ट ग्राहक सेवा प्रदानलाई जारी राख्न र आफ्नो कल केन्द्रलाई सफल संरचना र पङ्क्तिबद्धताको लागि मध्य पूर्व कल केन्द्र पुरस्कारमा "सर्वश्रेष्ठ ग्राहक अनुभव प्रबन्धन वफादारी कार्यक्रम" पुरस्कारबाट मान्यता प्रदान गरिएको थियो।

कम्पनीले प्रतिष्ठित समिना वार्षिक कार्यक्रममा आफ्नो नवीन ग्राहक केन्द्रित सेवा र विश्व-स्तरीय सेवाको लागि प्रशंसा पनि प्राप्त गरेको छ।[४]

प्रायोजन र साझेदारी[सम्पादन गर्नुहोस्]

भिभा बहराइनले विश्वको सबैभन्दा ठूलो फुटबल क्लब मध्येको एक म्यानचेस्टर युनाइटेड फुटबल क्लबसँग पनि हात मिलाएको छ, जसले आफ्ना ग्राहकहरूलाई अनौठो र विशेष सेवाहरूको आयोजना मार्फत फाइदा लिन र राज्यमा फुटबल विशेषज्ञता ल्याउन सक्षम पार्दछ।[४] स्थानीय रूपमा, भिभा बहराइनले बहराइन फुटबल सङ्घ र राही गल्फ क्लबसँग रणनीतिक साझेदारीमा प्रवेश गरेको छ। यी सबै साझेदारीहरूको उद्देश्य मैदानमा स्तरमा खेलको प्रवर्धन गर्ने र बहराइनका युवाहरूलाई उनीहरूको सीप वृद्धि गर्न र देशव्यापी रूपमा खेल प्रतिभाको स्तर बढाउन मद्दत पुर्‍याउनु हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "الاتصالات السعودية تفوز على البحرين رخصة المحمول الثالثة", ताररहित उद्योगको जानकारी, ऐकरिसर्च, अन्तिम पहुँच १२ अप्रिल २०१३ [dead link]
  2. म्याकडोनल्ड, आर्थर (जनवरी २३, २००९), "Saudi Telecom wins third mobile licence", गल्फ डेली न्युज News, अन्तिम पहुँच १२ अप्रिल २०१३ [dead link]
  3. "شركات الاتصالات الرئيسية", दूरसञ्चार, مجلس تنمية البحرين, अन्तिम पहुँच १२ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०१३ मिति
  4. ४.० ४.१ ४.२ "نبذة عن الشركة", نبذة عن الشركة, अन्तिम पहुँच ७ नोभेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट