भिभियान मिदेमा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भिभियान मिदेमा
Vivianne Miedema beim Aufwaermen BL FCB gg. SGS Essen Muenchen-1 (cropped).jpg
व्यक्तिगत विवरण
पुरा नाम भिभियान मिदेमा[१]
जन्म मिति (१९९६-०७-१५) १५ जुलाई १९९६ (उमेर २३)
जन्म स्थान हुगेभिन, नेदरल्यान्ड
उचाई १७५ सेमी (५ फिट ९ इन्च)[१]
खेल्ने स्थान अग्रपङ्क्ति
क्लबको विवरण
हालको क्लब आर्सनल
सङ्ख्या ११
युवा क्लब
सन् २००१–२००९ हाजेटभिभी
सन् २००९–२०११ भिभी दि वाइद
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
2011–2014 एससी हिरनभिन 69 (78)
सन् २०१४–२०१७ बायन मुन्छेन ६१ (३५)
सन् २०१७– आर्सनल ४४ (४३)
राष्ट्रिय टोली
सन् २०१०–२०११ नेदरल्यान्ड (१५ वर्ष मुनि) (१०)
सन् २०१०–२०१२ नेदरल्यान्ड (१६ वर्ष मुनि) ११ (४)
सन् २०११–२०१२ नेदरल्यान्ड (१७ वर्ष मुनि) ११ (२२)
सन् २०१३ नेदरल्यान्ड (१९ वर्ष मुनि) १० (७)
सन् २०१३– नेदरल्यान्ड ८८ (६९)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ३० जनवरी २०२०.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी १० मार्च २०२०[२]

भिभियान मिदेमा १५ जुलाई १९९६ मा जन्मिएकी एक नेदरल्यान्डेली फुटबल खेलाडी हुन् जो सामान्यतया अग्रपङ्क्तिको खेलाडीका रूपमा मैदान उत्रने गर्दछिन्। उनी सन् २०१७ को जुन देखि आर्सनलका लागि सुपर लिगमा खेल्दै आइरहेकी छिन्। उनले यस भन्दा अगाडि एससी हिरनभिन र बायान मुन्छेन लागि खेल्ने गर्दथिन्। मिदेमाले सन् २०१३ मा नेदरल्यान्डको राष्ट्रिय टोलीमा पाइला राखेकी थिइन्। बायान मुन्छेनमा रहँदा उनले दुई पटक बुन्डेसलिगाको उपाधि जित्नका लागि महत्त्वपूर्ण योगदान गरेकी थिइन् भने आर्सनलसँग उनले सन् २०१२ मा एफए महिला सुपर कपको उपाधि जित्नका लागि सहयोग गरेकी थिइन्। नेदरल्यान्ड राष्ट्रिय टोलीसँगै उनी सन् २०१७ मा युरोपेली विजेता बनेकी थिइन्। हालसम्म नेदरल्यान्डका लागि उनले महिला र पुरुष दुबै टोलीमा अन्य खेलाडीहरू भन्दा अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन्। उनी नेदरल्यान्ड महिला राष्ट्रिय टोलीकी नियमित सदस्य हुन्।

क्लब कार्यकाल[सम्पादन गर्ने]

एससी हिरनभिन[सम्पादन गर्ने]

मिदेमाले १४ वर्षको उमेरमा हुगेभिनको फुटबल क्लब एचजेटभिभिमा फुटबल खेल्नका लागि सम्झौता हस्ताक्षर गरेकी थिइन्।[३] सन् २०११ मा उनी खेललाई अग्रता दिनका लागि एससी हिरनभिनमा गएकी थिइन्। उनले २ सेप्टेम्बर २०११ मा २०११/१२ सत्रको पहिलो चरणको खेलबाट आफ्नो कार्यकालको सुरुवात गरेकी थिइन र १५ वर्षको उमेरमा वयस्क टोलीमा पर्दापण गरेकी उनले त्यतिबेलाको एरिडिभिसी महिलाको सबैभन्दा कम उमेरको खेलाडी भएकोमा किर्तिमानी कायम गरेकी थिइन्।[४] मिदेमाले दोस्रो लिग खेलमा पिइसी जोलेका विरुद्ध पहिलो गोल गरेकी थिइन् र उक्त खेल हिरनभिनले ४ - ३ ले जित्न सफल भएको थियो। उनले उक्त संस्करणमा १७ वटा खेलमा १० गोल गरेकी थिइन्। [५]संस्करणको अन्त्य सम्ममा मिदेमा क्लबको शीर्ष गोलकर्ताको बनेकी थिइन् र सर्वाधिक गोलकर्ताको पुरस्कार समेत प्राप्त गरेकी थिइन्।[६]

सन् २०१३/१४ सत्रमा, मिदेमाले बेन लीगमा २६ खेलहरूमा एससी हिरनभिनका लागि ४१ गोल ​​गरेकी थिइन्।[७] प्रति खेल १.६ गोलको प्रभावशाली गोल औसतका साथ मिदेमालाई स्थानान्तरण बजारमा एक प्रभावशाली खेलाडीको रूपमा उभ्याएको थियो। सन् २०१४ मा मिदेमाले एससी हिरनभिनबाट बायर्न म्युनिखमा अज्ञात रकमको लागि क्लब परिवर्तन गरेकी थिइन्।[८]

बायान मुन्छेन[सम्पादन गर्ने]

बायानको साथ मिदेमा (सन् २०१५)

६ जून २०१४ मा उनले बायान मुन्छेनसँग १७ वर्षको उमेरको रूपमा तीन बर्षेमा सम्झौता हस्ताक्षर गरेकी थिइन्। [९]मिदेमाले जर्मनीमा पहिलो लिग गोल ५ अक्टोबर २०१४ मा एफसीआर डुइसबर्गको बिरुद्धको खेलमा गरेकी थिइन् जसमा बायान मुन्छेनले उक्त खेल ६–० ले जितेको थियो। [१०] नोभेम्बर ३० मा एसजी एसेन-स्नेकबेक बिरुद्धको खेलमा मिदेमाको चुरकुच्चोमा चोट लागेको थियो। चोटपटकको अवधिमा २२ फेब्रुअरी २०१५ मा जर्मन लिगमा उनी भिएफएल उल्फ्सबर्गको विरुद्धमा खेल्न असमर्थ भएकी थिइन्। [११]१ मार्चमा, मिदेमा पुन: रक्षापङ्क्तिको खेलाडीको रूपमा सावधानीपूर्वक बायर लेभेरकुसेनको बिरूद्ध खेलेकी थिइन् र उनले सोही खेलमा १ गोल प्रहार गरेकी थिइन्। उक्त खेल २-० मा टुङ्गिएको थियो।[१२]

क्लब बुन्डेस्लिगामा ८ चरणको खेल पछि पहिलो स्थानमा पुगेको थियो, तर त्यसपछिको एघारौँ चरणमा क्लब भिएफएल उल्फ्सबर्गसँग पराजित हुन पुगेको थियो। अन्तिम चरणको खेलमा, मिदेमाले एसजिएस एसेनको बिरूद्ध २-० को जीतमा योगदान पुर्‍याएकी थिइन्। मिदेमा २२ खेलबाट १४ गोलका साथ प्रतियोगिताको उप शीर्ष गोलकर्ता बनेकी थिइन्। [१३]

आर्सनल[सम्पादन गर्ने]

सन् २०१७/१८[सम्पादन गर्ने]

बुन्डेसलिगाको तीनवटा संस्करणमा, मिदेमाले क्लबका लागि ३५ गोल गरेकी थिइन्। बायान सन् २०१४/१५ र सन् २०१५/१६ को संस्करणको विजेता बन्न सफल भएको थियो।[१४] मे २०१७ मा, मिदेमाले नयाँ चुनौतीको लागि तयार रहेको, क्लब उनीसँग सम्झौता जारी राख्न चाहेको तथापि उनले प्रस्तावलाई अलग राखि नयाँ चुनौतीहरूलाई सामना गर्नका लागि समय दिएको अभिव्यक्ती प्रकट गरेकी थिइन्। [१५]सोही महिना उनले आर्सनलसँग एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। उनकै देशका डान्याले भ्यान दे डोन्क, सारी भ्यान भिन्देनाल र डोमिनिक जान्सेन त्यसबेला आर्सनलसँग पहिले नै सम्झौतामा रहेका थिए। [१६] आर्सनलसँगको उनको पहिलो संस्करणमा, उनले पहिला बायर्न र हिरनभिनलाई पुर्‍याएका महत्त्वपूर्ण गोलहरू ल्याउन असमर्थ रहेकी थिइन्। [१७] युरोपेली कपको समाप्ति पछि उनी केही समयका लागि आफ्नै देश गएकी थिइन्। तथापि, म्यानचेस्टर सिटी बिरूद्ध डब्ल्यूएसएल कपको फाइनलमा निर्णायक गोल गरेता पनि पनि उनले मात्र ६ गोल गर्न सकेकी थिइन् जसमा उनले ४ वटा गोल समूह चरणमा गरेकी थिइन्।[१८]

सन् २०१८/१९[सम्पादन गर्ने]

उनको दोस्रो संस्करणको सुरुवात अघि नै धेरै आश गरिएको थियो। इटालीको विजेता युभेन्टसको विरुद्ध संस्करणको सुरु हुनुभन्दा अघिको मैत्रीपूर्ण खेलमा उनले लिभरपुलको बिरुद्ध ४ गोल र लुइस बिरुद्धको खेल ह्याट ट्रिक गरेकी थिइन्।[१९] यसका साथ तीन गोल पछि, उनको गोल कुल पहिलो संस्करणको बराबरीको स्थितिमा रहेको थियो। मिदेमाले लिग खेलहरूमा चेल्सी (५-० जित, दुई गोल), रिडिङ (६-० जीत र ३ गोल) र ब्रिस्टल सिटी (४-० जित, दुई गोल) का विरुद्ध गोलहरू गरेकी थिइन्। आर्सनलले संस्करणको राम्रो सुरुवात गरेको थियो जसमा आर्सनलको ३१ गोलहरू मध्ये मिदेमाले ११ गोल गरेकी थिइन्।[२०][२१]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

नेदरल्यान्ड – १९[सम्पादन गर्ने]

मिदेमा सन् २०१३ देखि शीर्ष टोलीका लागि खेलिरहेकी भएता पनि सन् २०१४ को गृष्म सम्ममा उनी युरोपेली कपमा आफ्ना साथीहरूसँग प्रतिस्पर्धा गर्नका लागि युवा वर्गमा (१९ वर्ष भन्दा मुनि) फर्किएकी थिइन्।[२२][२३][२४][२५][२६] अन्तिम प्रतिस्पर्धामा नर्वेमा सञ्चालन भएको थियो जहाँ फाइनलमा नेदरल्यान्डले स्पेन विरूद्ध १-० ले जीत निकालेको थियो।[२७] मिदेमाले फाइनलमा निर्णायक गोल गर्दै प्रतियोगितामा भरिमा ६ गोल गर्न सफल भएकी थिइन्। [२८]यस प्रतियोगिताको अन्त्य सम्ममा उनी शीर्ष गोलकर्ताको बनेकी थिइन् र युइएफएले उनलाई प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीको रूपमा पुरस्कृत गरेको थियो।[२७] त्यसबेला उनी नेदरल्यान्ड राष्ट्रिय टोलीमा अन्तर्राष्ट्रिय खेलहरू खेल्दै गरेका कारण नेदरल्यान्ड –१९ का लागि धेरै खेलहरू खेल्न असमर्थ रहेकी थिइन्। उनले अन्ततः दश अन्तर्राष्ट्रिय खेलमा सात गोल गर्न सफल भएकी थिइन्।[२९]

नेदरल्यान्ड[सम्पादन गर्ने]

युइएफए महिला च्याम्पियन्स लिगमा नेदरल्यान्डको तर्फबाट खेल्दै गरेकी मिदेमा

मिदेमाले अल्बानियाको विरूद्धको अन्तर्राष्ट्रिय खेलको क्रममा २६ सेप्टेम्बर २०१३ मा डच राष्ट्रिय टोलीमा पर्दापण गरेकी थिइन।[२] उनलाई राष्ट्रिय प्रशिक्षक रोजर रिजेनरले चयन गरेका थिए। सन् २०१४ को अन्त्यमा, इटालीको भ्रमण गर्ने क्रममा, विश्वकप छनोटको दोस्रो चरणमा नेदरल्यान्डले इटालीलाई २-१ को गोल अन्तरले जित्न सफल भएको थियो,[३०] जसले गर्दा नेदरल्यान्डलाई विश्वव्यापी मुख्य प्रतियोगितामा प्रवेश गर्न सक्षम बनाएको थियो। [३१] सन् २०१५ को क्यानडामा भएको महिला विश्वकपमा मिदेमाले दुई गोल गर्न सफल भएकी थिइन्।[३२]

मिदेमाले आफ्नो पचासौँ अन्तर्राष्ट्रिय खेल १३ जुन २०१७ मा खेलेकी थिइन् जसमा टोलीले अष्ट्रियाको राष्ट्रिय टोलीको विरूद्ध एक मैत्रीपूर्ण खेलेको थियो र उक्त खेलमा नेदरल्यान्डले ३-० को जित निकाल्न सफल भएको थियो जसमा उनले तीन मध्ये एक गोल गरेकी थिइन्।[१] सन् २०१७ अगस्टमा, उनी र उनको टोलीले उनको आफ्नै देशमा युरोपेली फुटबलको उपाधि जितेको थियो र फाइनलमा उनले डेनमार्कको विरूद्ध दुई गोलका गरेकी थिइन्।[३०]

सन् २०१९ को महिला विश्वकपको बेलामा क्यामेरून बिरुद्धको समूह चरणको दोस्रो खेलमा मिदेमाले उनको लागि ५९ र ६० औँ अन्तर्राष्ट्रिय गोल गरेकी थिइन्।[१०] उनले मानन मेलिसले राखेको सर्वाधिक गोलको किर्तिमानीलाई भङ्ग गरि पुरुष टोलीका अग्रणी गोलकर्ता रोबिन भान पर्सी भन्दा पनि अगाडि बढेकी थिइन्।[३३] उनले दुबै गोलहरू नेदरल्यान्डको इटालीमा २-० उनको उत्कृष्ट दुई गोलको मद्दतले टोलीले क्वार्टरफाइनलमा इटालीलाई २-० पाखा लगाएको थियो।[३४] सन् २०१९ को विश्वकपको फाइनलमा नेदरल्यान्ड पूर्व विजेता अमेरिकासँग २-० गोल अन्तरले पराजित हुन पुगेको थियो।[३५][३६]

खेल्ने तरिका[सम्पादन गर्ने]

मिदेमा फेनुर्ड क्लबकी समर्थकको रूपमा हुर्किएकी थिइन् र रोबिन भान पर्सी उनको मनपर्ने खेलाडी थिए। उनले बायान मुन्छेनको लागि १० नम्बरको जर्सी लगाउँछिन र उनलाई धेरै आर्जेन रोबिनसँग तुलना गरेका छन्।[३०] डच फुटबलको बारेमा पुस्तकका लेखका पत्रकार डेभिड विनरले उनको खेल शैलीलाई मार्को भ्यान बास्टन र डेनिस बर्गक्याम्पको मिश्रणको रूपमा प्रस्तुत गरेका थिए।[३७]

सम्मानहरू[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

बायान मुन्छेन

आर्सनल

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

व्यक्तिगत[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "खेलाडीहरूको सूची – नेदरल्यान्ड" (पिडिएफ), फिफा, ३० मे २०१५, पृ: १६, अन्तिम पहुँच ३१ मे २०१५ 
  2. २.० २.१ "Profile", onsoranje.nl (नेदरल्यान्डेलीमा), अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  3. Toptalent Vivianne Miedema naar Heerenveen Dagblad van het Noorden, 29 juni 2011
  4. Vivianne Miedema straks al weg uit Nederland? Vrouwenteam, 3 december 2013
  5. Wedstrijdverslag Bayern München - MSV Duisburg op voetbal.com
  6. Miedema scheurt buitenband van enkel in bij Bayern München Voetbal Centraal, 6 december 2014
  7. Miedema sleept titel in de wacht bij 'dubbel' voor Bayern Voetbal International, 10 mei 2015
  8. Spielerinnenprofil Miedema op de website van de Deutsche Fussball Bund
  9. Miedema maakt overstap van Bayern München naar Arsenal FCUpdate, 23 mei 2017
  10. १०.० १०.१ "Vivianne Miedema: Der nächste Superstar?" (जर्मनेलीमा), Sportschau, ६ जुन २०१५, अन्तिम पहुँच १४ जुन २०१५ 
  11. "Star of 2014: Vivianne Miedema", युइएफए, अन्तिम पहुँच ५ जुन २०१५ 
  12. "FC Bayern verpflichtet Vivianne Miedema und Katie Stengel", बायान मुन्छेन (जर्मनेलीमा), ६ जुन २०१४, अन्तिम पहुँच ६ जुन २०१४ 
  13. "Vivianne Miedema kampioen met Bayern München" (नेदरल्यान्डेलीमा), NU.nl, १० मे २०१५, अन्तिम पहुँच १४ जुन २०१५ 
  14. "Vivianne Miedema" (नेदरल्यान्डेलीमा), Kicker। 
  15. "Vivianne Miedema: Bayern Munich striker joins Arsenal Ladies", बिबिसी 
  16. "WSL: Arsenal Women beat Liverpool Women 5–0 as Vivianne Miedema stars", बिबिसी खेलकुद (अङ्ग्रेजीमा), २०१८-०९-०९, अन्तिम पहुँच २०१८-१०-२९ 
  17. "Virgil van Dijk and Vivianne Miedema win PFA Player of the Year awards", बिबिसी खेलकुद, २०१९-०४-२८, अन्तिम पहुँच २०१९-१०-१६ 
  18. "Arsenal's Vivianne Miedema hits four in Champions League win at Slavia Prague", द गार्जिएन, २०१९-१०-१६, अन्तिम पहुँच २०१९-१०-१६ 
  19. "Seven Liverpool players on Ballon d'Or shortlist, Bronze and White nominated", The Guardian, PA Media, २०१९-१०-२१, अन्तिम पहुँच २०१९-१०-२२ 
  20. "Arsenal Women 11–1 Bristol City Women", BBC Sport, १ डिसेम्बर २०१९, अन्तिम पहुँच २ डिसेम्बर २०१९ 
  21. Vivianne Miedema: Arsenal’s six-goal headline stealer who hates limelight, द गार्जिएन, ४ डिसेम्बर २०२९
  22. "A-Nationalmannschaft"। onsoranje। १६ मे २०२०। 
  23. "U-19"। onsoranje। १६ मे २०२०। 
  24. "U-17"। onsoranje। १६ मे २०२०। 
  25. "U-16"। onsoranje। १६ मे २०२०। 
  26. "U-15"। onsoranje। १६ मे २०२०। 
  27. २७.० २७.१ 2014: Vivianne Miedema, uefa.com, abgerufen am 2. August 2014।
  28. "Spielbericht Portugal-Niederlande"onsoranje। सङ्ग्रह मिति १० मे २०२० , onsoranje.nl, abgerufen am 7. Juni 2014।
  29. onsoranje.nl: OranjeLeeuwinnen walsen over Noord-Ierland heen
  30. ३०.० ३०.१ ३०.२ "Miedema: I play very differently to Robben", फिफा, अन्तिम पहुँच ५ जुन २०१५ 
  31. "UEFA.com Golden Player 2014: Vivianne Miedema", युइएफए। 
  32. "Schotland 1–2 Nederland: kleine straf geeft de Schotse WK hoop", स्कटल्यान्ड दूरदर्शन, २४ अक्टोबर २०१४, अन्तिम पहुँच ५ जुन २०१५ 
  33. Taylor, Louise (५ जुन २०१५), "Women’s World Cup 2015: 10 players to watch", The Guardian, अन्तिम पहुँच १४ जुन २०१५ 
  34. "Sarina Wiegman benoemt het WK-team van de Nederlandse vrouwen", शाही नेदरल्यान्ड फुट सङ्घ, १० अप्रिल २०१९। 
  35. van Warmerdam, Hidde; Reedijk, Tim (१८ जुन २०१९), "Miedema: Zonde dat Van Persie niet nog tien jaar voetbalt" (नेदरल्यान्डेलीमा), Algemeen Dagblad, अन्तिम पहुँच ३० जुन २०१९ 
  36. "Niederländisch in WM-Halbfinale nach 2-0 Sieg gegen Italien", युरोन्युज, अन्तिम पहुँच ३० जुन २०१९ 
  37. Wieten, Jesse (३१ डिसेम्बर २०१९), "Oranje en Ajax worden weer bewonderd: 'Totaalvoetbal 5.0 of zoiets'", NOS। 
  38. "The London Football Awards 2019 – Celebrating the very best of London Football", londonfootballawards.org, अन्तिम पहुँच २०१९-०३-०१ 
  39. "The PFA", www.thepfa.com, अन्तिम पहुँच २०१९-०७-०७ 
  40. Evening Standard (२०१९-०४-२८), PFA Awards 2019 live stream | Van Dijk wins POTY, अन्तिम पहुँच २०१९-०७-०७ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]