आर्जेन रोबिन
|
बार्यन म्युनिखको फुटबल प्रशिक्षणमा रोबिन | |||||||||||||||||||
| व्यक्तिगत जानकारी | |||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | आर्जेन रोबिन[१] | ||||||||||||||||||
| जन्म मिति | २३ जनवरी १९८४ | ||||||||||||||||||
| जन्म स्थान | बेडम,नेदरल्यान्ड | ||||||||||||||||||
| उचाइ | १.८० मी (५ फिट ११ इन्च)[२] | ||||||||||||||||||
| खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | ||||||||||||||||||
| युवा करियर | |||||||||||||||||||
| १९९४-१९९६ | भीभी बेडम | ||||||||||||||||||
| १९९६-२००० | ग्रोनिन्गेन | ||||||||||||||||||
| वरिष्ठ करियर* | |||||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||
| २०००-२००२ | ग्रोनिन्गेन | ४६ | (८) | ||||||||||||||||
| २००२-२००४ | पिएसभी | ६८ | (१८) | ||||||||||||||||
| २००४-२००७ | चेल्सी | ६७ | (१५) | ||||||||||||||||
| २००७-२००९ | रियल म्याड्रिड | ५० | (११) | ||||||||||||||||
| २००९– २०१९ | बायर्न म्युनिख | २०१ | (९९) | ||||||||||||||||
| अन्तर्राष्ट्रिय करियर | |||||||||||||||||||
| १९९९ | नेदरल्यान्ड-१५ | १ | (०) | ||||||||||||||||
| १९९९-२००० | नेदरल्यान्ड-१६ | ११ | (४) | ||||||||||||||||
| २००० | नेदरल्यान्ड-१७ | ३ | (१) | ||||||||||||||||
| २००१-२००२ | नेदरल्यान्ड-१९ | ८ | (२) | ||||||||||||||||
| २००१-२००३ | नेदरल्यान्ड-२१ | ८ | (१) | ||||||||||||||||
| २००३-२०१७ | नेदरल्यान्डस् | ९६[३] | (३७) | ||||||||||||||||
सम्मान
| |||||||||||||||||||
| *क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:२२, २४ नोभेम्बर २०१८ (युटिसी) | |||||||||||||||||||
आर्जेन रोबिन (डच उच्चारण: [ˈɑrjən ˈrɔbə(n)] (
); जन्म २३ जनवरी १९८४) एक डच फुटबल खेलाडी हुन्।उनी फुटबलमा अग्रपङ्क्ति भुमिकामा मैदान उत्रने गर्दछन्।
रोबनको बल नियन्त्रण गर्ने खुबी गजबको छ । उनी विशेष बल लिएर तीव्र गतिमा अघि बढी पेनाल्टी क्षेत्रनजिक पुगेपछि बायाँ खुट्टाले देखाउने कलाका कारण चिनिन्छन् । उनको वेगले गर्दा प्रतिद्वन्द्वीहरू पनि पाखा लाग्ने गर्छन् ।
क्लब जीवन
[सम्पादन गर्नुहोस्]नेदरल्यान्ड्सको बेडममा जन्मिएका उनी सानैदेखि दायाँ विङ्गमा खेल्थे । उनले ग्रोनिन्गनबाट फुटबल जीवन सुरु गरेका थिए । ग्रोनिन्गनबाट उनी २००२ मा डच क्लब पीएसभी पुगे । पहिलो सिजनमै उनको लोभलाग्दो खेलको सहयोगमा पीएसभी डच लिग च्याम्पियन भयो । त्यसैले उनलाई आबद्ध गर्न इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीको होड नै चल्यो । उनले रसियन अर्बपति रोमन अब्रामोभिचको चेल्सी रोजे । । चेल्सीमा इङ्लिस प्रिमियर लिग जितेर २००७ मा रियल म्याड्रिड पुगे । रियलमा ला लिगा र कोपा डेल् रे जिते पनि काका र क्रिष्टियानो रोनाल्डोको आगमनले रोबेन जर्मनीको सर्वाधिक सफल क्लब बायर्न म्युनिखमा आबद्ध हुन पुगे ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]खेल जीवन
[सम्पादन गर्नुहोस्]अन्तरास्ट्रिय जीवन
[सम्पादन गर्नुहोस्]रोबिनले २००३ को अप्रिलमा डेब्यू गरेका थिए । त्यसयता ९६ खेल खेलेका उनले ३७ गोल गरेका छन् । नेदरल्याण्ड्सका सर्वाधिक गोलकर्तामा उनी चौथो स्थानमा छन् ।
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "FIFA Club World Cup Morocco 2013: List of Players" (PDF), FIFA, ७ डिसेम्बर २०१३, पृ: ५, अन्तिम पहुँच ७ डिसेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
- ↑ "Player Profile", Bayern Munich, अन्तिम पहुँच २४ अप्रिल २०१४।
- ↑ "आर्जेन रोबिन" (डचमा), voetbalstats.nl, अन्तिम पहुँच १० अक्टोबर २०१७।