मणि सिङ्ह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
মণি সিংহ
जन्म(१९०१-०७-२८)२८ जुलाई १९०१
नेत्रकोना, ब्रिटिस भारत (हाल बङ्गलादेश)
मृत्यु३१ डिसेम्बर १९९०(1990-12-31) (उमेर ८९)
राष्ट्रियताबङ्गलादेशी
जातीयताबाङाली
नागरिकताबङ्गलादेश
चिनारीको कारणराजनितीज्ञ
राजनीतिक दलबङ्गलादेश कम्युनिस्ट पार्टी
पुरस्कारस्वाधीनता दिवश पुरस्कार

मणि सिङ्ह (बङ्गाली: মনি সিংহ; जन्म: २८ जुलाई १९०१–३१ डिसेम्बर १९९० दुर्गापुर उपजिल्ला, नेत्रकोना) एक प्रमुख बङ्गाली कम्युनिष्ट राजनीतिज्ञ थिए जसलाई कमरेड मणि सिङ्ह भनेर चिनिन्थ्यो। उनी पूर्वी पाकिस्तानको कम्युनिष्ट पार्टीका संस्थापक थिए। सिङ्हले सन् १९७१ मा बङ्गलादेश मुक्ति युद्धको क्रममा बङ्गलादेशी लडाकुहरूको शाखा सञ्चालन गरे भने उनी बङ्गलादेशको अस्थायी सरकारका सल्लाहकार पनि थिए।[१][२]

जन्म[सम्पादन गर्नुहोस्]

मणि सिङ्हको जन्म २८ जुलाई १९०१ का दिन भारतको कलकत्तामा भएको थियो।[३] उनकी आमा नेत्रकोनाको दुर्गापुर क्षेत्रमा स्थापित जमिन्दार वंशकी छोरी थिइन्।[४]

राजनितीक जीवनको शुरूवात[सम्पादन गर्नुहोस्]

सन् १९२१ मा मणि सिङ्ह महात्मा गान्धीको ब्रिटिस विरोधी आन्दोलनमा सामेल भएका थिए। सन् १९२५ मा उनी बामपन्थी राजनीतिमा संलग्न भए। यस समयमा उनी मयमनसिङ्हबाट कलकत्ता आएका थिए। उनी कलकत्ता आएपछि त्यहाँ मेटेबुरुजे श्रमिक आन्दोलन आयोजना भएको थियो तर यस सम्बन्धमा उनी पक्राउ परेका परे पाँच वर्ष पछि उनी कारागार मुक्त भएका थिए।

किसान आन्दोलन[सम्पादन गर्नुहोस्]

सिङ्हले टङ्क प्रणाली विरुद्ध किसान आन्दोलन गरेको आयोजना गरेका थिए। उनी पुनः पक्राउमा परे तर उनले १९३१ मा मुक्ति पाएका थिए। सन् १९३७ मा मणि सिङ्हले अन्य थुप्रै कार्यकर्ताको सहयोगमा मयमनसिङ्ह जिल्लामा कम्युनिष्ट पार्टी गठन गरेका थिए। पार्टीको सङ्गठनात्मक गतिविधिको परिणाम स्वरूप किसानहरू सामन्तवाद विरोधी आन्दोलनमा अत्यन्तै संलग्न थिए। किसानहरूको यस आन्दोलनको मार्गमा तेभागा आन्दोलन सन् १९४६ मा आयोजना गरिएको थियो र त्यसपछि सन् १९४८ मा नाचोलको आन्दोलनको शुरूवात भएको थियो।

पाकिस्तानको कार्यान्वयन[सम्पादन गर्नुहोस्]

सन् १९४७ मा पाकिस्तानको गठन पछि कम्युनिष्ट पार्टीले क्रान्तिकारी नीति अपनउन थालेको थियो। पार्टी नेता र कार्यकर्ताहरूको व्यापक रूपमा गिरफ्तारीमा परेका थिए मणि सिङ्ह लुक्न बाध्य भएका थिए। सन् १९५० को दशकमा उनी पूर्वी पाकिस्तान कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए। उनी पाकिस्तानको अवधिमा धेरै समय लुक्नुपरेको थियो जसमा उनलाई धेरै पटक कारागार चलान गरिएको थियो। तर उनले यी प्रतिकूल परिस्थितिहरूमा पनि बामपन्थी सङ्घर्ष र जन आन्दोलनहरू आयोजना गर्न महत्त्वपूर्ण भूमिका खेलेको थिए। उनलाई सन् १९६७ मा पक्राउ गरिएको थियो भने एक जन आन्दोलनले उनको रिहाईको माग गरेपछि उनी कारागार मुक्त भएका थिए।[५][६]

मुक्ति युद्ध र स्वाधीन बङ्गलादेश[सम्पादन गर्नुहोस्]

सन् १९७१ मा बङ्गलादेश मुक्ति युद्धबा शुरूमा उनी राजशाही कारागारमा कैद थिए। उनी जेलबाट भागेर भारत प्रवेश गरेका थिए। मुक्ति युद्धको क्रममा उनले बामपन्थीहरूलाई सङ्गठित गर्ने र समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेले। मणि सिङ्ह युद्धको समयमा मुजिबनगर सरकारलाई सल्लाह दिन गठन गरिएको सल्लाहकार परिषद्का एक सदस्य थिए। उक्त परिषद्का अन्य सदस्यहरू मौलाना भासानी र प्रध्यापक मोजाफफर अहमद थिए।

मृत्यु[सम्पादन गर्नुहोस्]

सन् १९९० डिसेम्बर १९ का दिन कमरेड मणि सङ्हको मृत्यु भएको थियो।[७] प्रत्येक वर्ष उनको मृत्युको दिन नेत्रकोना जिल्लाको दुर्गापुरमा टङ्क स्मारक स्तम्भ र दनकपुरमा कामरेड मणि मेला आयोजना गरिन्छ।[८]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Comrade Moni Singh's 15th death anniversary observed", bdnews24.com, अन्तिम पहुँच २०१९-०२-११ 
  2. "Moni Singh's death anniversary today", www.observerbd.com, अन्तिम पहुँच २०१९-०२-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१२ मिति
  3. Khan, Saleh Athar, "Singh, Moni", en.banglapedia.org, Banglapedia, अन्तिम पहुँच ११ फेब्रुअरी २०१९ 
  4. "Comrade Moni Singh: A lifelong communist", The Daily Star (अङ्ग्रेजीमा), २०१२-०१-०१, अन्तिम पहुँच २०१९-०२-११ 
  5. Ranjan, Amit (२०१८-११-२०), Partition of India: Postcolonial Legacies (अङ्ग्रेजीमा), Taylor & Francis, आइएसबिएन 9780429750526 
  6. "Moni Singh: Life of a revolutionary", Dhaka Tribune, २०१७-०२-०३, अन्तिम पहुँच २०१९-०२-११ 
  7. "new age" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-११ [dead link]
  8. Rahman, Syedur (२०१०-०४-२७), Historical Dictionary of Bangladesh (अङ्ग्रेजीमा), Scarecrow Press, पृ: 355, आइएसबिएन 9780810874534 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]