महाजात्रा
महाजात्रा | |
---|---|
निर्देशक | प्रदीप भट्टराई |
लेखक | प्रदीप भट्टराई |
निर्माता | म्याक्स दिपेश खत्री यज्ञेश्वर पौडेल रवीन्द्रसिंह बानियाँ (कार्यकारी निर्माता) |
मुख्य कलाकार | |
सम्पादन | मित्र गुरुङ |
सङ्गीत | आशिष अविरल |
वितरक कम्पनी | षट्कोण आर्ट्स |
वितरक | स्टेसन ५ (काठमाडौँ) डिसिएन (नेपाल) एमएसएम इन्टरटेन्मेन्ट्स (अन्तर्राष्ट्रिय) |
प्रदर्शन मिति | २०७९ चैत ९ |
अवधि | १६० मिनेट |
देश | नेपाली |
भाषा | नेपाली |
बजेट | रु २.५ करोड |
बक्स अफिस | रु २७.०८ करोड |
महाजात्रा एक नेपाली हास्यप्रधान चलचित्र हो। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्देशक तथा लेखक प्रदीप भट्टराई हुन्। म्याक्स दिपेश खत्री, यज्ञेश्वर पौडेल र रवीन्द्रसिंह बानियाँद्वारा निर्मित यो चलचित्र २०७९ चैत ९ गते, प्रदर्शनमा आएको थियो। चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउतको अभिनय रहेको छ। यो २०७६ मा प्रदर्शनमा आएको चलचित्र जात्रै जात्राको उत्तरकथा हो। यो चलचित्र चालिस देशहरूमा प्रदर्शन गरिएको थियो।
पात्रहरू
[सम्पादन गर्नुहोस्]- हरिवंश आचार्य पुण्यप्रसादको रूपमा
- विपिन कार्की फणिन्द्र तिम्सिना
- रवीन्द्रसिंह बानियाँ जोयसको रूपमा
- रवीन्द्र झा मुन्नाको रूपमा
- वर्षा राउत सम्पदाको रूपमा
- राजाराम पौडेल
- अर्जुनजङ्ग शाही
- शिशिर वाङ्देल
- मोहन निरौला
- पुष्कर गुरुङ
- प्रकाश घिमिरे
- गौमाया गुरुङ
- दिव्य देव भाइरल इन्स्पेक्टर खत्रीको रूपमा
- रजनी गुरुङ
- सुमन कार्की
गीतहरू
[सम्पादन गर्नुहोस्]२०८० माघ १ आशिष अविरल र अस्मिता अधिकारीको आवाजमा रहेको पहिलो गीत 'हाम्रो जोडी' २०८० माघ १ मा सार्वजनिक भएको थियो। गीतको शब्द एकनारायण भण्डारीले लेखेका हुन्।[१] दोस्रो गीत साथी, २०८० चैत १४ मा कालीप्रसाद बास्कोटाको स्वर र सङ्गीतमा सार्वजनिक भएको थियो। गीतको शब्द हर्क साउदले लेखेका थिए।[२]
क्र.सं. | शीर्षक | शब्द | गायक/गायिका(हरू) | लम्बाइ |
---|---|---|---|---|
१. | "हाम्रो जोडी" | एकनारायण भण्डारी | आशिष अविरल, अस्मिता अधिकारी | ४:०१ |
२. | "साथी" | हर्क साउद | कालीप्रसाद बास्कोटा | २:३९ |
कुल लम्बाइ: | ६:४० |
प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]बक्स अफिस
[सम्पादन गर्नुहोस्]यो चलचित्रले पहिलो हप्तामा ६.२४ करोडको व्यापार गरेको थियो जसले गर्दा यो नेपाली चलचित्र उद्योगमा एक प्रमुख सुपरहिट चलचित्र बनेको थियो।[३] यस चलचित्रले प्रदर्शनको पहिलो १० दिनमा नेपालमा ८.०८ करोड र विदेशमा ५ करोडको व्यापार गरेको थियो।[४] यस चलचित्रले प्रदर्शनको तेस्रो हप्ताको अन्त्यसम्ममा विश्वव्यापी रूपमा २३.१ करोड कमाएको थियो जसमा नेपालबाट १४.१ करोड र विदेशबाट लगभग ९ करोड समावेश छ।[५] यस चलचित्रले चार हप्ताको अन्त्यमा नेपालबाट १५.९० करोड र विदेशबाट १०.७५ करोड कमाएर कुल २६.६५ करोड कमाएको थियो।[६] यसको सफल ५१ दिनको दौडपछि, चलचित्रले नेपालमा १६.०८ करोड र विदेशबाट ११ करोड सङ्कलन गर्न सफल भएको थियो[७] जसले यसलाई २०८० को सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र, विदेशमा सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र र अहिलेसम्मकै सबैभन्दा धेरै कमाई गर्ने नेपाली चलचित्रहरूमध्ये एक बनाएको थियो।[८]
समालोचना
[सम्पादन गर्नुहोस्]चलचित्रले समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो।[९][१०][११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "'महाजात्रा' को पहिलो गीत सार्वजनिक (भिडिओ)", सेतोपाटी (नेपालीमा), २०२४-०१-१५, मूलबाट २०२४-०१-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-१९।
- ↑ "'महाजात्रा' को दोस्रो गीत 'मुरी मुरी साथी'", कान्तिपुर (नेपालीमा), २०२४-०३-२७, मूलबाट २०२४-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-२७।
- ↑ "'महाजात्रा' ले पहिलो हप्तामा कति कमायो?", सेतोपाटी (नेपालीमा), २०२४-०३-२९, मूलबाट २०२४-०३-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-३०।
- ↑ "'महाजात्रा' को अहिलेसम्मको कमाइ कति?", सेतोपाटी (नेपालीमा), २०२४-०४-०३, मूलबाट २०२४-०४-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-०५।
- ↑ Setopati, सेतोपाटी कला, "'महाजात्रा' ले तीन सातामा कति कमायो?", सेतोपाटी (नेपालीमा), मूलबाट २०२४-०४-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२।
- ↑ "महाजात्राले कमायो २६ करोड ६५ लाख", खबरहब (नेपालीमा), २०२४-०४-१९, अन्तिम पहुँच २०२४-०४-२१।
- ↑ "शनिबार ५१ औं दिन मनाउँदै 'महाजात्रा', अहिलेसम्मको व्यापार कति?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२४-०५-१२।
- ↑ "५१ औँ दिनमा ‘महाजात्रा’", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२४-०५-१२।
- ↑ मोक्तान, रीना (२०२४-०३-२२), "फिल्म समीक्षा : राजनीति र अतिरञ्जनाभित्र जेलिएको 'महाजात्रा'", कान्तिपुर (नेपालीमा), मूलबाट २०२४-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-२५।
- ↑ तिमल्सिना, असीम (२०२४-०३-२६), "'महाजात्रा' को बरालिएको यात्रा", हिमाल खबर पत्रिका (नेपालीमा), मूलबाट २०२४-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-२७।
- ↑ मास्के, चिरञ्जीवी (२०२४-०३-२८), "महाजात्रा : विकृत राजनीतिको विम्ब", अनलाइन खबर (नेपालीमा), मूलबाट २०२४-०३-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-३०।