प्रदीप भट्टराई
स्वरूप
प्रदीप भट्टराई | |
---|---|
जन्म | २०४० साउन २१ सर्लाही, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | |
कार्यकाल | वि.सं २०७३–हाल |
प्रदीप भट्टराई एक नेपाली पटकथा लेखक तथा चलचित्र निर्देशक हुन्। उनले वि.सं २०७३ मा, प्रदर्शनमा आएको चलचित्र 'जात्रा'बाट निर्देशनमा पाइला टेकेका थिए। षट्कोण आर्टस्को ब्यानरमा सिङ्गे लामा र यादव पौडेलले निर्माण गरेको यो चलचित्र हास्यप्रधान चलचित्र हो।[१][२] यो चलचित्र व्यावसायिक रूपमा सफल भएको थियो।[२] त्यसपछि उनले वि.सं २०७५ मा शत्रु गते[३] , र सन् २०७६ मा जात्रै जात्रा गरी दुई अन्य चलचित्र निर्देशन गरेका थिए, जुन दुवै व्यावसायिक रूपमा सफल भएका थिए।[४] भट्टराई पहिलो नेपाली हास्य वास्तविक टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनका निर्णायक पनि हुन्।[५] उनी व्यावसायिक जीवनको सुरुदेखि नै प्रख्यात नेपाली हास्य कलाकार महजोडीसँग जोडिएका छन्।[६]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]भट्टराईको जन्म २०४० साउन २१ गते सर्लाही जिल्लामा भएको थियो।[६]
निर्देशित चलचित्रहरू
[सम्पादन गर्नुहोस्]कुञ्जी
प्रदर्शन हुन बाँकी नभएका चलचित्रहरू |
वर्ष (वि.सं) | चलचित्र | निर्देशन | लेखक | टिप्पणी | स्रोत(हरू) |
---|---|---|---|---|---|
२०७३ | जात्रा | हो | हो | पहिलो निर्देशित चलचित्र | [७] |
२०७५ | शत्रु गते | हो | हो | [३] | |
२०७६ | जात्रै जात्रा | हो | हो | [४] | |
२०७८ | महापुरुष | हो | हो | [८] | |
२०८० | महाजात्रा | हो | हो | [९] |
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]वर्ष | पुरस्कार | श्रेणी | चलचित्र | नतिजा | स्रोत(हरू) |
---|---|---|---|---|---|
२०७४ | कामना फिल्म अवार्ड २०७४ | सर्वश्रेष्ठ पटकथा | जात्रा | विजयी | [१०] |
२०७५ | सिने सर्कल पुरस्कार २०७४ | सर्वश्रेष्ठ चलचित्र | जात्रा | विजयी | [११] |
उत्कृष्ट निर्देशक | विजयी | ||||
सर्वश्रेष्ठ पटकथा | विजयी | ||||
२०७५ | कामना फिल्म अवार्ड २०७५ | सर्वश्रेष्ठ पटकथा | शत्रु गते | विजयी | [१२] |
उत्कृष्ट संवाद | विजयी |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "#Yearinreview2016: A notable year for cinema", अनलाइन खबर, २०१७-०१-०१, मूलबाट २०२१-११-२०-मा सङ्ग्रहित।
- ↑ २.० २.१ "Nepali cinema's latest comic offering Jatra opens to housefull weekend", अनलाइन खबर, २०१६-११-१३, मूलबाट २०२१-११-२२-मा सङ्ग्रहित।
- ↑ ३.० ३.१ "Shatru Gate off to a flyer", The Kathmandu Post (Englishमा), २०१८-०३-२७, मूलबाट २०२०-११-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०५।
- ↑ ४.० ४.१ Pyakurel, Diwakar (२०१९-०५-१९), "Jatrai Jatra movie review: Comic retelling of life's complex philosophy", अनलाइन खबर (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०५।
- ↑ कार्की, प्रदीप (२०२१-०८-३०), "प्रदीप भट्टराईले यसरी खुलाए 'कमेडी च्याम्पियन' मा निर्णायक बन्नुको कारण", राजधानी (ne-NPमा), मूलबाट २०२१-०८-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-११।
- ↑ ६.० ६.१ "Pradip Bhattarai's details in LensNepal", लेन्स नेपाल, मूलबाट २०२१-११-२२-मा सङ्ग्रहित।
- ↑ Rimal, Prasansha (२०१६-११-१०), "Using comedy to make a point", myRepublica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०५। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०६-०५ मिति
- ↑ Mukhiya, Shiva (४ नोभेम्बर २०२२), "Mahapurush movie review: Close to reality, yet a failed promise as a work for art", अनलाइन खबर (अङ्ग्रेजीमा), मूलबाट २०२२-११-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-१०।
- ↑ मोक्तान, रीना (२०२४-०३-२२), "फिल्म समीक्षा : राजनीति र अतिरञ्जनाभित्र जेलिएको ‘महाजात्रा’", कान्तिपुर (नेपालीमा), मूलबाट २०२४-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-२५।
- ↑ "Kamana Film Awards 2074 : Check Out The Complete List Of Winners", www.moviemandu.com, मूलबाट २०१८-०२-११-मा सङ्ग्रहित।
- ↑ "'सिने सर्कल' अवार्डमा कुन विधामा कुन चलचित्र र चलचित्रकर्मीले अवार्ड पाए ?", Makalukhabar.com (नेपालीमा), २०१७-०५-२९, अन्तिम पहुँच २०२२-०६-०५।
- ↑ "Kamana Awards 2075: Superstar Anmol bags Best Actor, Benisha wins Best Actress. Read more", The Cinema Times, २०१८-१२-०२।