सामग्रीमा जानुहोस्

प्रदीप भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रदीप भट्टराई
वि.सं २०७८ मा, भट्टराई
जन्म२०४० साउन २१
सर्लाही, नेपाल
राष्ट्रियतानेपाली
पेशा
कार्यकालवि.सं २०७३–हाल

प्रदीप भट्टराई एक नेपाली पटकथा लेखक तथा चलचित्र निर्देशक हुन्। उनले वि.सं २०७३ मा, प्रदर्शनमा आएको चलचित्र 'जात्रा'बाट निर्देशनमा पाइला टेकेका थिए। षट्कोण आर्टस्को ब्यानरमा सिङ्गे लामा र यादव पौडेलले निर्माण गरेको यो चलचित्र हास्यप्रधान चलचित्र हो।[][] यो चलचित्र व्यावसायिक रूपमा सफल भएको थियो।[] त्यसपछि उनले वि.सं २०७५ मा शत्रु गते[] , र सन् २०७६ मा जात्रै जात्रा गरी दुई अन्य चलचित्र निर्देशन गरेका थिए, जुन दुवै व्यावसायिक रूपमा सफल भएका थिए।[] भट्टराई पहिलो नेपाली हास्य वास्तविक टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनका निर्णायक पनि हुन्।[] उनी व्यावसायिक जीवनको सुरुदेखि नै प्रख्यात नेपाली हास्य कलाकार महजोडीसँग जोडिएका छन्।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

भट्टराईको जन्म २०४० साउन २१ गते सर्लाही जिल्लामा भएको थियो।[]

निर्देशित चलचित्रहरू

[सम्पादन गर्नुहोस्]

कुञ्जी

प्रदर्शन हुन बाँकी नभएका चलचित्रहरू प्रदर्शन हुन बाँकी नभएका चलचित्रहरू
वर्ष (वि.सं) चलचित्र निर्देशन लेखक टिप्पणी स्रोत(हरू)
२०७३ जात्रा हो हो पहिलो निर्देशित चलचित्र []
२०७५ शत्रु गते हो हो []
२०७६ जात्रै जात्रा हो हो []
२०७८ महापुरुष हो हो []
२०८० महाजात्रा हो हो []

पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
वर्ष पुरस्कार श्रेणी चलचित्र नतिजा स्रोत(हरू)
२०७४ कामना फिल्म अवार्ड २०७४ सर्वश्रेष्ठ पटकथा जात्रा विजयी [१०]
२०७५ सिने सर्कल पुरस्कार २०७४ सर्वश्रेष्ठ चलचित्र जात्रा विजयी [११]
उत्कृष्ट निर्देशक विजयी
सर्वश्रेष्ठ पटकथा विजयी
२०७५ कामना फिल्म अवार्ड २०७५ सर्वश्रेष्ठ पटकथा शत्रु गते विजयी [१२]
उत्कृष्ट संवाद विजयी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "#Yearinreview2016: A notable year for cinema", अनलाइन खबर, २०१७-०१-०१, मूलबाट २०२१-११-२०-मा सङ्ग्रहित। 
  2. २.० २.१ "Nepali cinema's latest comic offering Jatra opens to housefull weekend", अनलाइन खबर, २०१६-११-१३, मूलबाट २०२१-११-२२-मा सङ्ग्रहित। 
  3. ३.० ३.१ "Shatru Gate off to a flyer", The Kathmandu Post (Englishमा), २०१८-०३-२७, मूलबाट २०२०-११-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०५ 
  4. ४.० ४.१ Pyakurel, Diwakar (२०१९-०५-१९), "Jatrai Jatra movie review: Comic retelling of life's complex philosophy", अनलाइन खबर (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०५ 
  5. कार्की, प्रदीप (२०२१-०८-३०), "प्रदीप भट्टराईले यसरी खुलाए 'कमेडी च्याम्पियन' मा निर्णायक बन्नुको कारण", राजधानी (ne-NPमा), मूलबाट २०२१-०८-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-११ 
  6. ६.० ६.१ "Pradip Bhattarai's details in LensNepal", लेन्स नेपाल, मूलबाट २०२१-११-२२-मा सङ्ग्रहित। 
  7. Rimal, Prasansha (२०१६-११-१०), "Using comedy to make a point", myRepublica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०५  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०६-०५ मिति
  8. Mukhiya, Shiva (४ नोभेम्बर २०२२), "Mahapurush movie review: Close to reality, yet a failed promise as a work for art", अनलाइन खबर (अङ्ग्रेजीमा), मूलबाट २०२२-११-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-१० 
  9. मोक्तान, रीना (२०२४-०३-२२), "फिल्म समीक्षा : राजनीति र अतिरञ्जनाभित्र जेलिएको ‘महाजात्रा’", कान्तिपुर (नेपालीमा), मूलबाट २०२४-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-२५ 
  10. "Kamana Film Awards 2074 : Check Out The Complete List Of Winners", www.moviemandu.com, मूलबाट २०१८-०२-११-मा सङ्ग्रहित। 
  11. "'सिने सर्कल' अवार्डमा कुन विधामा कुन चलचित्र र चलचित्रकर्मीले अवार्ड पाए ?", Makalukhabar.com (नेपालीमा), २०१७-०५-२९, अन्तिम पहुँच २०२२-०६-०५ 
  12. "Kamana Awards 2075: Superstar Anmol bags Best Actor, Benisha wins Best Actress. Read more", The Cinema Times, २०१८-१२-०२। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]