मानिसको आँखा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मानिसको आँखा
Human eye with blood vessels.jpg
दायातिरको मानव आँखामा देखिएको ससाना रक्तनली सहितको सेतो स्क्लेरा, हरियो आइरिस, र कालो नानी.
Eye-diagram no circles border.svg
१. भिटेरस बडी २. ओसा सिराटा ३. सिलियरी मांसपेसी ४. सिलियरी जोन्युल ५. स्लेम्स क्यानल ६. नानी ७. गेडीको अगाडिको भाग ८. कोर्निया ९. आइरिस १०. लेन्स कर्टेक्स ११. लेन्स न्युक्लिअस १२. सिलियरी प्रोसेस १३. कन्जन्टिभा १४. [[]] १५. [[]] १६. [[]] १७. [[]] १८. [[]] १९. ड्युरा म्याटर २०. [[]] २१. [[]] २२. अप्टिक नर्भ २३. [[]] २४. [[]] २५. म्याकुला २६. [[]] २७. स्क्लेरा २८. कोरोइड २९. रेक्टस मांसपेसी ३०. रेटिना
Details
Systemदृष्य प्रणाली
Identifiers
LatinOculi Hominum
Greekἀνθρώπινος ὀφθαλμός
MeSHD005123
TAA01.1.00.007
A15.2.00.001
FMA54448
शरीर-संरचनाशास्त्रसम्बन्धी शब्दावलीहरू

मानिसको आँखाले बहुआयामिक, चलायमान तथा सामान्यतया पर्याप्त उज्यालो वा सूर्यको प्रकासमा रङ्गिन दृष्य प्राप्त गर्न सहयोग गर्दछ। आँखाको रेटिनामा भएका रड तथा कोन कोषहरूले मानिसलाई प्रकाशको अनुभुति गराउनुका साथै रङ्ग तथा दृष्यको गहिराइमा रहेको भिन्नताको बारेमा चेतना प्रदान गर्दछन्। मानिसको आँखाले करीब एक करोड रङ्गहरू पहिचान गर्न र प्रकासको एउटा फोटोनलाई (एक क्वान्टम प्रकाश) महशुस गर्न सक्ने विस्वास गरिन्छ।[१] अन्य स्तनधारी जनावरहरूका आँखाको रेटिनामा जस्तै मानव आँखामा पनि प्रकाश संवेदनशील तथा दृष्य निर्माण नगर्ने ग्याङ्लियन कोषहरूले प्रकाश ग्रहण गर्छन्। यस्ता ग्याङ्लियन कोषहरूले आँखाको नानीको आकार संयोजन गर्ने, मेलाटोनिन नामको हर्मोनको नियमितता तथा नियन्त्रण गर्ने र शरीरमा समयको महशुस गराउने जस्ता काम गर्दछन्।[२]

बनावट[सम्पादन गर्ने]

आँखाको आकार पूर्ण रूपमा गोलो नभएर अघिल्तिर र पछिल्तिर दुई अलग-अलग भाग जोडिएर बनेको छ। अगाडिको भाग (एन्टेरियर सेग्मेन्ट) कोर्निया, आइरिस र लेन्स मिलेर बनेको हुन्छ। कोर्निया पारदर्सी र बक्राकारको हुन्छ जुन पछाडिको ठूलो भागसँग जोडिएको हुन्छ। पछिल्तिरको भाग (पोस्टेरियर सेग्मेन्ट) भिट्रिअस, रेटिना, कोरोइड र बाहिरी कडा सेतो खोलको रूपमा स्क्लेरा मिलेर बनेको हुन्छ। सामान्यतया कोर्नियाको ब्यास करीब ११.५ मिली मिटर (०.३ इन्च) र केन्द्र नजिकको मोटाइ आधा मिलिमिटर हुन्छ। पछिल्तिरको भागले आँखाको छ भागको पाँच अर्थात् ५/६ भाग ओगटेको हुन्छ। यसको ब्यास करीब २४ मिलिमिटर हुन्छ। कोर्निया र स्क्लेरालाई लिम्बस नामको भागले जोडेको हुन्छ। आइरिस रङ्गका कणहरूले बनेको बाटुलो आकारको भाग हो। यसले आँखाको नानीलाई वरिपरीबाट घेरेको हुन्छ। आँखाको नानी बाहिरबाट हेर्दा कालो रङ्गको देखिन्छ। आइरिसमा रहेका डाइलेटर (फैलाउने) र स्फिङ्क्टर (खुम्च्याउने) मांसपेसीहरूले आँखाको नानीको आकार घटबढ गराउने काम गर्दछन्। यसको आकारमा हुने घटबढले आँखामा प्रवेश गर्ने प्रकाशको मात्रालाई घटाउने वा बढाउने गर्दछ।

प्रकाश कोर्नियाबाट आँखामा प्रवेश गर्छ र क्रमश नानी तथा लेन्स हुँदै आँखाको भित्री भागमा पुग्ने गर्दछ। नजिकको दृष्य हेर्नको लागि सिलियरी मांसपेसीले लेन्सको आकार परिवर्तन गर्ने गर्दछ। प्रकाशका फोटोनहरू आँखाको रेटिनामा रहेका प्रकाश-संवेदनशील कोषहरूमा परेपछि विद्युतीय सङ्केतमा परिवर्तन हुन्छन्। यसरी बनेको संकेतलाई अप्टिक नर्भले मस्तिष्कमा पुर्याउँछ र मस्तिष्कले यसलाई दृष्यको रूपमा परिवर्तन गर्छ।

आकार[सम्पादन गर्ने]

मानिसका सबै जनजातिमा आँखाको आकार समान हुने गर्दछ। वयस्कहरूको आँखाको आकारमा १ देखि २ मिलिमिटर मात्र फरक हुने गरेको पाइन्छ। सामान्यतया आँखाको ठाडो नाप तेर्सो नापभन्दा कम हुन्छ। ठाडो नाप करीब २४ मिलिमिटर हुन्छ। वयस्क आँखाको तेर्सो ब्यास (ट्रान्सभर्स) करीब २४.२ मिलिमिटर तथा ठाडो ब्यास (सजिटल) करीब २३.७ मिलिमिटर हुन्छ। मानिसको फरक लिङ्ग वा समान उमेर समूहको आँखाको नापबिच कुनै उल्लेखनीय अन्तर हुँदैन।[३] आँखाको तेर्सो ब्यास र चौडाइबीच अन्तरसम्बन्ध (यी दुईको अनुपात समान हुन्छ) रहेको पाइन्छ।[३] सामान्य वयस्क आँखाको अघिल्तिरदेखि पछिल्तिरको (एन्टेरियरदेखि पोस्टेरियर) ब्यास २४ मिलिमिटरको हुन्छ भने आयतन छ घनसेन्टिमिटर (०.४ घनइन्च) तथा तौल ७.५ ग्राम (०.२५ आउन्स) हुन्छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Conover, Emily (जुलाई २०१६), "Human eye spots single photons", Science News 189, अन्तिम पहुँच २०१६-०८-०२ 
  2. Zimmer, Carl (फेब्रुअरी २०१२), "Our Strange, Important, Subconscious Light Detectors", Discover Magazine, अन्तिम पहुँच २०१२-०५-०५ 
  3. ३.० ३.१ "Variations in eyeball diameters of the healthy adults" 
  4. Cunningham, edited by Paul Riordan-Eva, Emmett T. (२०११-०५-१७), Vaughan & Asbury's General Ophthalmology (18th संस्करण), New York: McGraw-Hill Medical, आइएसबिएन 978-0-07-163420-5