माेबाइल दूरसञ्चार कम्पनी (इरान)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोबाइल दूरसञ्चार कम्पनी
हाम्राहे अभल
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपतेहरान स्टक एक्सचेञ्ज
उद्योगमोबाईल नेटवर्क सञ्चालक
स्थापित१९९२
केन्द्रीय कार्यालयतेहरान, इरान
मुख्य व्यक्ति
हमिद फरहाङ
(कार्यकारी अधिकृत)
बबाक ताराकोमेह
(समितिका सदस्य)
उत्पादनहरूनिश्चित-लाइनमोबाईल फोन, इन्टरनेट सेवाहरू , ब्रोडब्यान्ड र निश्चित-लाइन इन्टरनेट सेवा, डिजिटल सेवादूरसञ्चार नेटवर्क सेवाहरू, र बिश्वब्यापी इन्टरनेट प्रोटोकूल
कर्मचारी सङ्ख्या
५०००+
मूल सङ्गठनइरानको दूरसञ्चार कम्पनी
वेबसाइटwww.mci.ir

इरानको माबाइल दूरसञ्चार कम्पनी (फारसी: شرکت ارتباطات سیار ایران) सामन्यतया एमसिआईको रूपमा संक्षिप्त र यसको ब्रान्ड नाम हाम्राहे अभल (फारसी: همراه اول) को नामले पनि चिनिने इरानमा पहिलो र सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो । एमसिआई इरानको दूरसञ्चार कम्पनीको एक सहायक कम्पनी हो र यसका लगभग १७ मिलियन पोस्टपेड र ४९ मिलियन प्रिपेड प्रयोगकर्ताहरू रहेका छन् । हाम्राहे अभलको सेवा १,२३९ शहरहरूमा र इरानको ७०,००० किलोमिटर लामो राजमार्गमा पनि उपलब्ध छ । यसले ११२ भन्दा बढी देशहरूमा र २७१ सहयोगी सञ्चालकहरूका माध्यमबाट रोमिंग सेवाहरू प्रदान गर्दछ । यसको मुख्यालय इरानको तेहरानमा अवस्थित छ भने हालका प्रमुख कार्यकारी अधिकृत हमिद फरहाङ हुन् । यसको स्थापना १९९२ मा इरानको तेहरानमा भएको थियो ।

अगस्ट २०१३ मा, कम्पनी ओटीसीबाट तेहरान स्टक एक्सचेन्जमा सर्यो । अप्रिल २०१४ मा कम्पनीको बजार मूल्य ४.३ अरब डलर रहेको थियो ।[१]

हाल, मोबाईल दूरसञ्चार कम्पनी ९० प्रतिशतको शेयर इरानको दूरसञ्चार कम्पनीको स्वामित्वमा रहेको छ, र बाँकी १० प्रतिशत शेयरहरू तेहरान स्टक एक्सचेन्जमा सार्वजनिक छन् ।

२०१५ मा, मोबाईल दूरसञ्चार कम्पनीले नयाँ ब्रान्ड नाम नोट्रिनो रूपमा ३ जी र ४ जी प्रविधिहरू सुरू गरेको थियोे । हाल यस कम्पनीमा ५००० भन्दा बढी कामदारहरू रहेका छन् भने यसका लगभग १७ मिलियन पोस्टपेड र ४९ मिलियन प्रिपेड प्रयोगकर्ताहरू रहेका छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

मार्च २००४ को अन्त सम्ममा, ग्राहकहरूको संख्या ३,४५०,००० मा बढेको थियोे । प्रयोगहरूको संख्या आजको भन्दा ४३ मिलियन भन्दा बढी हो (हाम्राहे अभलको प्रयोगहरूको सङ्ख्या)

हाम्राहे अभलले देशभरभरि ५२,००० किलोमिटर सडकमा सञ्जाल र ११२० शहरहरूमा सम्म सेवा क्षेत्र बिस्तार गरेको छ ।

यसले कल स्थानान्तरण, एफडिएन सेवाहरू, कल प्रतिबन्ध, फ्याक्स जडान, डाटा सेवाहरू, एसएमएस र भिएमएस प्रणालीहरू, अन्तर्राष्ट्रिय रोमिङ लगायतका विशेष सेवाहरू प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ ।

प्रतिस्पर्धा[सम्पादन गर्नुहोस्]

मोबाइल दूरसञ्चार कम्पनी, इरानमा पहिलो र सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: दक्षिण अफ्रिकाको दूरसञ्चार सेवा प्रदायक एमटिएनको ४९ प्रतिशत स्वामित्व र इरान इलेक्ट्रनिक विकास कम्पनीको ५१ प्रतिशत स्वामित्वमा रहेको इरानसेल र सामाजिक सुरक्षा लगानी कम्पनीको पूर्ण स्वामित्वमा रहेको रिधटेल हुन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]