मिया खलिफा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिया खलिफा
जन्म (१९९३-०२-१०) फेब्रुअरी १०, १९९३ (उमेर २६)[१]
बेरुत, लेबनान
अन्य नाममिया कलिष्टा[१]
नागरिकतासंयुक्त राज्य अमेरिकी (हाल)
लेबनान लेबनानी (पूर्व)
पेशा
कार्यकालसन् २०१४–२०१५ (अश्लील चलचित्र)
उचाइ५ फिट २ इन्च (१.५७ मी)[१]
तौल१२१ पाउन्ड (५५ किग्रा; ८.६ स्टोन)[१]

मिया खालिफा (अरबी: ميا خليفة; (जन्म - १० फेब्रुअरी, १९९३), मिया कलिष्टाको रूपमा पनि चिनिने एक लेबनानी अमेरिकी सामाजिक सञ्चार माध्यम व्यक्तित्व[२], खेलकुद टिप्पणीकर्ता र वेबक्यामेरा मोडल[३], वा अश्लील अभिनेत्री हुन्। अश्लील चलचित्र अभिनेत्रीको रूपमा उनि सन् २०१४ देखि २०१५ सम्म सक्रिय थिइन्।[४]

लेबनानको राजधानी बेरुतमा जन्मिएकी, खलिफा सन् २००१ मा संयुक्त राज्यमा बसाइसराइ गरेकि थिइन्।उद्दरण त्रुटी: Closing </ref> missing for <ref> tag[५] सन् २००१ मा संयुक्त राज्य अमेरिकामा बसाइसराई गरेका थिए।[६] उनको परिवार क्याथोलिक हुन् र उनी पनि सोही धर्ममा हुर्किएकी थिइन् जसलाई उनले "धेरै रूढीवादी" भनेर वर्णन गर्दै त्यसको पालना गरेकी थिइनन्।[६] खलिफाले बेरूतको फ्रान्सेली निजी विद्यालय अध्यापन गरेकी थिइन् जहाँ उनले अङ्ग्रेजी बोल्न सिकेकी थिइन्। संयुक्त राज्य अमेरिका बसाइसराई पछि, उनी मोण्टगोमेरी काउण्टि, मेरील्याण्डमा बसोबास गर्थिन् जहाँ उनले उच्च विद्यालयमा लेक्रोस नामक खेल खेल्थिन्।[२] खलिफाले "त्यहाँको सबैभन्दा काला र अनौठो केटि साथी" भएका कारण उच्च विद्यालयमा बदमाशीको कुरा गरेकी थिइन् जून सेप्टेम्बर ११ को आक्रमण पछि झन् तिव्र भएको थियो।[६]

खलिफाले मसान्टेन मिलिटेरी एकेडेमीमा पढेकी थिइन र त्यसपछि उच्च विद्यालय पढ्नका लागि टेक्सस गएकी थिइन्।[६] उनी टेक्सस विश्वविद्यालयबाट इतिहासमा स्नातक हासिल गरेकी थिइन्।[७]

अश्लील श्रव्य दृश्य[सम्पादन गर्ने]

उच्च विद्यालयमा छँदा, खलिफा पेय सेवकको रूपमा काम गर्थिन् र उनले केही मोडलका कार्य पनि गर्दथिन्। उनी एक स्थानीय स्पेनी भाषाको डिल अर नो डिल जस्तै दूर्दशन खेल कार्यक्रममा "ब्रिफकेस गर्ल" थिइन्।[६] स्नातक पछि, उनी मियामीमा सरेकी थिइन् जहाँ उनलाई नग्न मोडल गर्न अनुरोध गरिएको थियोे जून उनले स्वीकार गरेकी थिइन्।[६]

खलिफाले अक्टोबर २०१४ मा अश्‍लील चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।[८] उनी मियामीमा हिंडिरहेको बेलामा उनलाई अश्लील चलचित्रमा देखा परेको वा नपरेको बारेमा केही कुरा सोधिएको थियो।[९] ब्याङब्रोजको एक दृश्यमा उनले त्रि यौन क्रियाकलापमा इस्लामी हिजाब लगाई यौन क्रियाकलाप गरेका कारण उनी सञ्चार माध्यममा व्यापक चर्चामा आएकी थिइन्।[६][१०] यो दृश्यले खलिफालाई लोकप्रिय बनाएको थियो र साथसाथै लेखक र धार्मिक व्यक्तित्वहरूद्वारा उनलाई आलोचना गरिएको थियो र यही कारणले तत्कालिन समयमा शक्तिशाली रहेको मुसलमान उग्रवादी सङ्गठन आइएसले उनलाई ज्यान मार्ने धम्की पनि दिएको थियो। [११]

दृश्यका निर्माताले खलिफाको जातीयताको शोषण गर्न कोशिस नगरेको र यसलाई अँगाल्न चाहेको बताएका थिए र कसैले पनि यसको नकारात्मकता अनुमान गर्न नसक्ने पनि उनले बताएका थिए।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ फे ष्ट्र्याङ (जनवरी ५, २०१५), "Who is Mia Khalifa? Everything you need to know about Lebanese beauty who's PornHub's number one porn star", डेली मिरर, अन्तिम पहुँच जनवरी ७, २०१५ 
  2. २.० २.१ ड्यान ष्टेनबर्ग (जुलाई १३, २०१६), "A former porn star has become one of D.C.'s loudest sports fans on social media", द वासिङ्टन पोष्ट, अन्तिम पहुँच जुलाई १३, २०१६ 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named webcam
  4. "मिया खलिफाको अवकाश", इन्कुविस्टर, अन्तिम पहुँच अक्टोबर २३, २०१८ 
  5. लौरा स्मिथ-स्पार्क र रोबा अलहिनवी (जनवरी ७, २०१५), "Songs and death threats for Lebanese American porn star Mia Khalifa", सिएनएन, अन्तिम पहुँच जनवरी ७, २०१५ 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ ६.५ ६.६ ६.७ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named PBoy
  7. टेलर वफोर्ड (जनवरी ६, २०१५), "Meet Mia Khalifa, the Lebanese Porn Star Who Sparked a National Controversy", न्यूज विक, अन्तिम पहुँच जनवरी ७, २०१५ 
  8. अोगिल्भ, जेसिका (जुलाई २४, २०१५), "Inside Mia Khalifa's Mysterious Rise to Porn Superstardom", कम्प्लेक्स, मूलबाट जनवरी २, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ८, २०१५ 
  9. "Lance Armstrong finds a kindred spirit in former porn star", न्यू योर्क पोष्ट, फेब्रुअरी २८, २०१८, अन्तिम पहुँच अगस्ट ३, २०१८ 
  10. "पुनः चर्चामा छाइन् पोर्न स्टार मिया खलिफा, थाहा पाउनुहोस् १० रोचक तथ्य", रातोपाटी, अन्तिम पहुँच २६ असोज २०७६ 
  11. "विगतप्रति पछुताउँछिन् मिया खलिफा, वयस्क उद्योगले अभावग्रस्त महिलालाई जालमा पार्ने आरोप", रातो पाटी, अन्तिम पहुँच असोज २०७६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]